“ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म छँदै छु नि!” यति भन्दै हर्कमान राहुलनजिकै कुर्सी तानेर बस्यो। कोठामा मुक्तकण्ठको मधुर हाँसो गुन्जियो।
‘हजुरहरूलाई केही सेवा गरौँ कि!’ भन्दै १५/१६ वर्षकी नानी भित्र पसिन्।
हर्कमानले आवाज आएतिर दृष्टि लगायो। अनि, देख्यो पोटिलो जवानी, जवानीभित्र प्रस्ट देखिएको शरीरको मौन बोहोनी।
हल्का मुस्कुराहटका साथ हर्कमानले भन्यो, “चिकेन प|mाई तीन प्लेट, भटमास साँधेको तीन प्लेट, तीन प्लेट सलाद, सूर्य चुरोट एक बट्टा, तीनवटा बियर, एक फुल सिग्नेचर।”
वेटर मुसुक्क हाँसी र लाडिएको भावमा हर्कमानको शरीरमा स्पर्श गर्दै भनी, “यति मात्रै?”
“कि फलफूल पनि खाने हो केटा हो?” हर्कमानले सोध्यो। अरू हाँसे।
कति धेरै मगाएको भन्ने सोभितको प्रश्नमा हर्कमानले भन्यो, “यतिले कहाँ पुग्छ? आज त रातभर िखाने अनि यहीँ भुक्लुक्क ढल्ने।”
“छोड् यी कुरा। जुन घरको मुद्दा तैँले जितिस्, त्यसको अहिले कतिजति पर्ला?” सोभितले प्रसंग फेर्दै सोध्यो।
“घर बोल्दैन क्यारे, मूल्य राख्ने मान्छेले हो। त्यस्तै १५ करोडजति जाला। जग्गा एक रोपनी, घर पाँच तला छ, त्यसमाथि न्युरोडको घर, नजाला र?” हर्कमानले प्रतिप्रश्न गर्यो।
“कस्तो खालको मुद्दा हो यो?” आत्मीय भावमा सोभितले सोध्यो।
“मुद्दा पनि कस्तो हुन्छ? तँलाई थाहा छँदै छ, हामी तीन दाजुभाइ। छुट्टँिदा तीनै जनाको भागमा एक-एकवटा घर परेका थिए। यो घरको विषयमा हामी कसैलाई थाहा थिएन। छुट्टएिको केही महिनापछि बुबाले यो घरको लालपुर्जा मलाई दिनुभयो। म त दंग भएँ किनभने यो घर मेरो नाममा रहेछ। पछि दाइहरूले थाहा पाए, मुद्दा हाले। बुबा हुन्जेल अप्ठ्यारो परेको थियो। पोहोर बुबा बितेपछि त यिनका हड्डी गलिहाले नि!” हर्ममानले भन्यो।
“तिम्रो नाममा भएको घर तिमीले नै थाहा नपाउने? गजबको कुरा गर्यौ। तिमीले थाहै नपाई कसरी पास भयो त?” सोभितले जिज्ञासा राख्यो।
“आठ-दस वर्षपहिले एकपटक बुबासँग मालपोत गएको
थिएँ। खोइ, कता कता ल्याप्चे लगाएझैँ लाग्छ। तर, केका लागि लगाएँ भन्ने मलाई नै थाहा थिएन।” हर्कमानले भन्यो।
सबै आ-आफ्ना सुरमा खाँदै थिए। मानौँ, कसले धेरै खान सक्छ भन्ने परीक्षाजस्तै थियो। गफ त केवल गफका लागि मात्रै थिए। राहुलले एकपटक हर्कमानलाई पुलुक्क हेर्यो अनि सुरु गर्यो, बियर थप्न। सोभितले सिग्नेचर ग्लासमा राख्यो र थर्मसको मनतातो पानी थप्यो। यता हर्कमान लामो समयपछि मुद्दा जितेर काठमाडौँको पाँचतले घर हात पारेकाले मक्ख थियो। त्यही बेला ढोकामा ढकढक आवाज आयो। अघिकी वेटरको केही नघ्न शरीर उसको मानसपटलमा नाच्यो। रोमान्सका आरोह-अवरोह चल्न थाले।
ढकढक आवाजपछि ढोका घरक्क खुल्यो। चिसो बताससँगै करबि ४०-४२ वर्षको पुरुष भित्र पस्यो र चारैतिर नियालेर हर्कमानतिर हेर्दै भन्यो, “तपाईं हर्कमान होइन? सुरमान साहूको छोरा?”
हर्कमानले उसको अनुहार हेर्यो। तर, चिनेजस्तो लागेन, नशामा भएकाले नचिनेको होला भन्ने सोच्दै उत्तर दियो, “हो । तर,
तपाईंलाई मैले…।”
“तपाईं बच्चै हुनुहुन्थ्यो। सुरमान साहू अर्थात् तपाईंको बुबा र म अति मिल्ने साथी,” लामो निश्वासपछि उसले भन्यो, “साथीभन्दा पनि उहाँ मेरो अभिभावक भन्दा अझ ठीक होला। उहाँले मलाई औधी माया गर्ने भएकाले मैले उहाँलाई गुरु नै मानेको थिएँ। तर, के गर्नु, उहाँ बितिहाल्नुभयो।”
हर्कमानले ‘अकंल बसौँ न’ भन्दै हातमा समायो। अघिकी वेटर भित्र पसी, खानेकुरा लिएर। हर्कमानले थप एउटा ग्लास मगाउँदै सोध्यो, “अंकल हार्ड खाने कि सफ्ट?”
“नाइँ नाइँ, मैले भर्खर खाएको। मैले त तपाईंको बोली सुरमान साहूको जस्तै लागेर पसेको। चिनजान भइहाल्यो, म निस्कन्छु पनि। फेर िभेटौँला नि!” यति भन्दै ऊ बाहिरनि खोज्यो।
हर्कमान जुरुक्क उठ्यो र च्याप्प समाउँदै भन्यो, “अंकल आज मेरो विशेष खुसीको दिन भएकाले साथीहरूलाई पार्टी दिएको। प्लिज एकछिन त बसौँ न!”
हर्कमानले समातेर तान्यो। ऊ पनि अप्ठ्यारो मान्दै कुर्सीमा बस्यो र ग्लास समात्यो।
“बाई द वे, हजुरको नाम?” हर्कमानले सोध्यो।
“मिस्टर करन,” उसले भन्यो।
हर्कमानले अनौठो मानेर उसको अनुहारमा हेरेपछि मिस्टर करनले भन्यो, “यो नाम तपाईंको बुबाले राखिदिनु भएको। उहाँ नाम सधैँ युनिक हुनुपर्छ भन्नुहुन्थ्यो।”
अरूले मुखामुख गरे।
“अनि, हर्क आज केको…?” मिस्टर करनले जिज्ञासा राख्यो।
“अंकल हाम्रो एउटा घरायसी मुद्दा थियो। पाँच-सात वर्ष लडेपछि बल्ल जितेँ। त्यही भएर।” हर्कमानले सन्तुष्ट भावमा भन्यो।
“त्यही न्युरोडको…?” मिस्टर करनले सोध्यो।
“हजुरलाई त हाम्रो सबै कुरा थाहा रहेछ,” हर्कमानले आश्चर्य
मान्दै भन्यो।
“अनि, थाहा हुँदैन त लाटा? म तिमीहरूको घरमा कति जान्थेँ? तिमीहरूकै घरमा बसेर भविष्यका कत्रा कत्रा योजना बनाउँथ्यौँ? अहिले पो!” केही सम्झेझैँ गरी मिस्टर करनले भन्यो, “अरू दाइहरूलाई भन्दा तिमीलाई बुबाले सानैदेखि अलि बढी माया गर्नुहुन्थ्यो। तिम्रा बारेमा चिन्ता लाग्छ भन्नुहुन्थ्यो? उहाँका कुरा सुन्दा मलाई पनि तिम्रो चिन्ता लाग्थ्यो। के गर्दै छौ त हर्क अचेल?”
“खायो, पियो, हल्लियो, हिँड्यो, यस्तै छ अंकल मेरो त।” हर्कमानले भन्यो
“कहाँ त्यसरी हुन्छ? व्यापार-व्यवसायमा लागे पनि हुन्छ। जागिर खाने हो कि? यत्तिकै बस्नु ठीक होइन बाबु!” करनले भन्यो।
सोभित धर्मराउँदै ट्वाइलेटतिर गयो। राहुल झुम्म परेर बसिरहेको थियो। हर्कमानको पनि बोली लरबरएिको थियो।
“तपाईंको कुरा त ठीकै हो। तर, अब केही गरन्िन अंकल। बुबाले बेलामा दुःख गरेर कमाइदिएका थिए। पुग्छ अंकल नातिका पालासम्म, केलाई दुःख गर्ने हो अब,” लरबरएिको स्वरमा हर्कमानले भन्यो, “बाबुको कमाइ भएपछि कान्छो छोरालाई के त? होइन अंकल?”
“अंकल, आज हजुरलाई भेट्दा बुबालाई नै भेटेजस्तो भयो,” बोतलतिर हात लम्काउँदै हर्कमानले भन्यो, “थोरै थपौँ है?”
“भयो म कत्ति पनि थप्दिनँ,” करनले गिलास तान्यो।
सोभित ट्वाइलेटबाट फक्र्याे र उही कुनामा बसेर पिउन थाल्यो।
हर्कमानको अनुहार र शारीरकि हाउभाउमा सुरमानको छायाँ प्रस्टै देखिएको थियो। मिस्टर करनलाई सम्हालिएर अभिनय गररिहन गाह्रो भइसकेको थियो। मनमनै सोच्यो, ‘मेरो सम्पत्तिमा तेरो रजाइँ।’
हर्कमान उठेर ट्वाइलेट जान मात्र के लागेको थियो, मिस्टर करन जुरुक्क उठ्यो र हर्कमानको गालामा च्याप्प समात्यो, दाहिने खल्तीबाट सानो पेस्तोल निकाल्यो र अट्टहास साथ भन्यो, “मिस्टर करन हो मेरो नाम। मतलब, सुरमान साहूले जोगी बनाएको मान्छे।”
“आजभन्दा ठीक नौ वर्षपहिले तेरो बाउले मलाई उक्सायो, बहकायो, फकायो, मैले मान्दै गएँ र आफ्नो भएभरको अंश बेचेर २८ लाख रुपियाँ तेरो बाबुको हातमा हालिदिएँ। मलाई लालपुर्जा आउन समय लाग्छ भन्दै भाका सार्दै गयो। मैले विश्वास गर्दै गएँ किनभने मलाई करोडपति बन्ने सपना देखाउँदै थियो, तेरो बुबाले। पछि थाहा भयो, त्यो पैसाले न्युरोडमा कान्छो छोराका नाउँमा घरै किनेछ।”
देब्रे हातले हर्कमानको कपाल समाउँदै दाहिने हातमा रहेको पेस्तोल हर्कमानको मुखनेर पुर्याएर मिस्टर करन डरलाग्दो गरी हाँस्यो र फेर िभन्यो, “कंगाल भएपछि धेरै सोचेँ, अन्तिम विकल्प हतियार उठाउनु नै देखेँ अनि…।”
“बुबा हुन्जेल तपाईंले यो कुरा किन गर्नुभएन त?”
हर्कमानले सोध्यो।
“त्यसको कथा छुट्टै छ, छोटकरीमा भन्दा म जेलमा थिएँ। मैले त्यसलाई भेट्न पाएको भए, त्यसको मासुको किमा बनाइदिन्थेँ।” रसिको आवेगमा मिस्टर करनको शरीरमा कम्पन उत्पन्न भयो।
हर्कमानले थरथर काम्दै भन्यो, “अंकल…।”
“चुप्, म तेरो अंकल-संकल कोही होइन। बरू, विगत लामो समयदेखि तेरो पिछा गर्ने गुन्डा हँु, गुन्डा।” मिस्टर करनले डरलाग्दो र चर्को हाँसो निकाल्यो।
चर्काे हाँसोसँगै दुई जना डरलाग्दा रूपका मानिस भित्र पसेका मात्र के थिए, सोभित कसोकसो ढोकाबाट बाहिर निस्क्यो, राहुलचाहिँ झ्यालबाट हाम फाल्यो। हर्कमान थरथर काम्दै थियो। पछि आएका दुई जनाले बडो डरलाग्दो गरी हर्कमानको शिर-पाउ नियाल्दै थिए। हर्कमान एकदमै आत्तियो, दिमाग छिटोछिटो चल्न थाल्यो, मुटुको धड्कन बढ्यो अनि झल्याँस्स बुबाले अन्तिम अवस्थामा भनेको अधुरो वाक्य उसलाई याद आयो, ‘बाबु मिस्टर करन भन्ने मान्छे…।’ त्यसपछि अनायासै भन्न पुग्यो, “त्यो घर बरू…।”
“चाहिँदैन मलाई त्यो घर। यत्ति भन्, तेरो बाउको कमाइ खाने तेरो अधिकार हो भने बाउको बदनामी स्वीकार्नु तेरो कर्तव्य हो कि होइन? त्यो बदनामीको तलाई अंश लाग्छ कि लाग्दैन? दाइहरूलाई भन्दा त तँलाई बढी लाग्ला नि होइन?” यति भन्दै करन पेस्तोल खेलाउँदै हर्कमानको वरपिर िघुम्न थाल्यो। हर्कमानले थचक्क बसेर टाउको समात्यो र धरधरी आँसु बगायो।
करनले हर्कमानको कपालमा समातेर उठाउँदै भन्यो, “तेरो बाउको पि्रय छोरो होइनस् तँ? अरूलाई नभनेको कुरा तँलाई भन्थ्यो होइन तेरो बाउले। ठीक छ, तेरो बाउको बदनामीको एक-एक हिसाब यसरी नै तँलाई रेटीरेटी उठाउनेछु।”
मिस्टर करनले हर्कमानलाई झड्कारेर कुर्सीमा पुर्याइदियो अनि अरू दुई जनासँगै बाहिर निस्क्यो। हर्कमान काम्दै भुइँमा लडिरहेको थियो। फेर ित्यही पहिलेकी वेटर आएर सोधी, “हजुर, हार्ड खाने
कि सफ्ट ?”
(स्रोत : नेपाल साप्ताहिक श्रावन २०७१ )