~बिनोद खड्का~
आफैदेखि अत्यास लाग्ने
यो जीन्दगी कस्तो
मूल्य राख्न बिर्सिएको
बजारिया सामान जस्तो ।
आफुदेखि आफै बिरानो
यो जीन्दगी कस्तो
पर्दा नउँघारी सकिएको
एउटा रंगमंन्च जस्तो ।
आफैभित्र आफ्नै शत्रु
यो जीन्दगी कस्तो
आफ्नै लागी आफै रुने
सारंगीको धुन जस्तो ।
मीलन होईन एक्लिदै जाने
यो जीन्दगी कस्तो
केवल दुर्गती नै हात लाग्ने
एउटा विपरित खेल जस्तो ।
कोही स्वदेशमा कोही परदेशमा
यो जीन्दगी कस्तो
हात लाग्यो सून्यको
गणितिय खेल जस्तो ।
२३ अप्रिल २०११, शनिवार, १० बैशाख २०६८, दोहा, कतार
Khadkabinod02@yahoo.com
(स्रोत : DCNEPAL.com)