~मोती चामलिङ्~
मान्छेको जीन्दगी सव उस्तै हुन्छ,
जीउने तरीका मात्र पृथक हो ।
सवैले टेकेको धर्ती एउटै हुन्छ,
भूवनावट र सतह मात्र फरक हो ।
।।१।।
अहमको परिणाम जहिल्यै घातक हुन्छ,
महशुस हुने समयको हेराफेरि मात्र हो ।
आत्माभित्र रहर सवैको उस्तै हुन्छ,
अभिव्यक्तिको सार मात्र फरक हो ।
।।२।।
०१ अक्तोवर २००७
साउदी अरव दम्माम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरव च्याप्टर
(स्रोत : DCNEPAL.com)