मलाई जस्तो पिर व्यथा
अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट
जस्तै कालीखोला …
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2
जब साँझ ढल्ने गर्छ
काली रातलाई
आँशु पुच्छ्न फुर्सद छैन
मेरो ई हातलाई..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2
आज भन्दा भोलि खुशी
हुनी आशमा,
परिणत भयो मेरो जिबन
जिउंदै लासमा ..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !!)2
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
(स्रोत : DCNEPAL.com)