घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । जीवनदान होइन, मृत्युदानको धाक दिन्छन् ।” अन्यायमा परेको लासलाई वकिल भन्छन्– “शुल्क पूरा नभए यो मुलुकमा रहनै पाउन्नौं ।” बुद्धिजीवी मूल्याङ्कन गर्छन्– “दलिन गन्न नसकेपछि यस्तै हुन्छ । यसमा कसैको केही लाग्दैन ।” व्याख्याता सिंहावलोकन गर्छन्– “व्याख्यानमा अन्धविश्वास नगर्नेलाई को सिकाउन सक्छ ? को जीवन्त ज्यान दिन सक्छ ?”
गलेर अस्थिपञ्जर मात्रै छ तर मांसपिण्डको पर्खाल देखिन्छ । पढेर ‘डिग्री’ मात्रै छ तर शब्दभण्डार मात्रै भेटिन्छ । बाचेर श्वास मात्रै छ तर प्राणवायुको हुरीमा ऊ बत्ताउछ । मरेर लास मात्रै छ तर ऊ फलाम जस्तो दृढ देखिन्छ । हेर्नेलाई ऊ मलामीलाई भारी होला जस्तो लाग्छ तर ऊ आपूmलाई कपास जस्तै हलुका पाउछ । ऊ सदा जलधिमा निमग्न हुन्छ तर उसलाई आप्mनै गाथ गन्हाउछ अनि नाक थुन्छ । उसले नासिका नै कायापलट भएको पाउछ । अलिकति मात्र शेष रही उठेको नासिकाको ऊध्र्वभाग पनि कुहेर खस्नै थालेकोे पाउछ । ऊ आत्तिएर छटपटाउछ अनि टोलाउछ ।
आफरखोलामा फापर छर्छ । घट्टेखोलामा खट्टे भुट्छ । दरखोलामा खर रोप्छ । दाङखोलामा भाङ खान्छ । भुजीखोलामा शूली चढ्छ । नर्जाखोलामा कर्जा काढ्छ । गुर्जाखोलामा जीर्ण पुल पाउछ । असङ्ख्य ठक्कर खाएर सातखोलापारि, कता हो कता निर्जन जङ्गल÷वनमा उसले यौटा खर्क पाउछ । पशु र वनस्पतिबाहेक कसैलाई देख्न नपर्ने त्यसै ठाउमा ऊ अब जिउन चाहन्छ, सोमरस पिउन चाहन्छ । मरेर पनि उसमा बाच्ने धुकधुकी रहिरहन्छ ।
गुर्जाखोलाको पारि, माफलाको धुरीको वल्लो पाखामा गाईगोठ राख्ने, वैभवशाली यौटा खर्क छ । त्यस खर्कमा गगनचुम्बी महल उभिएको देखिन्छ । आखाका नानी जस्तै झ्याल चम्कन्छन् । कुसुमित पराग जस्तै सुशोभित तडाग टल्कन्छन् । विशाल भवनभित्र गलैंचाको हरियाली छ । दुबोले आफूलाई भवनभित्रै जीवन्त बनाइरहेछ । ‘मनिप्लान्ट’ डलरमा लहराइरहेछ वल्लो भित्ता पल्लो भित्ता सबै खोकिलामा हालेर । स्नान पुष्करिणी कल्पिरहेछन्– कसलाई कुन बेला काखमा राख्न पाउला भनेर । सिकुवा नाट्यशाला जस्तै छ । भान्साकोठा यौटा बृहत् बार जस्तै छ । शयाप्रकोष्ठको चारैतिर विशाल दर्पणहरू टागिएका छन् । एक मानिस अनेक हुन्छन् त्यहा । एक रतिक्रीडाले अतृप्त मानिस एकै समय एकैसाथ पाचवटा अमोघ रतिक्रीडाको आनन्दातिरेकमा पुग्न सक्छ ।
विविध प्रकारका सोमरस छन् त्यहा । छ त्यहा‘स्टेरियो’ ‘अन’ प्र्mयाङ्क सिनेत्रा ९ँचबलप क्ष्लबतचब० को ‘लुक टु योर हार्ट’ ९ीययप तय थयगच जभबचत० को राग सहित । सानोतिनो अभिनय पनि नगरी कुन शीला त्यहा सुत्न सक्छ ? हिमालको पाखो यो, यहा छ फिट हिमवर्षा भइरहेछ । भवनभित्र बस्नेलाई तापक्रम पद्धतिले जाडोमा न्यानो बनाउछ । गर्मी ऋतुमा शीत ऋतुको जस्तै शीतलता प्रदान गर्दछ । प्रकृतिले नै त्यहा छैन आवश्यकता ‘एयर कन्डिसन’ को । भवनको चतुर्दिक् विशाल बगैंचा छन् । मृगहरू उफ्रदै यताउता गरिरहन्छन् । गगनमा विमान र आगनमा कार छन् । भवनको अन्तर्जगत् र बहिर्जगत्मा विद्युत् प्रवाहित छ । बाह«मासे कुसुमहरू कुसुमित छन् । यो सबै उसको मनोरथ हो । यो सबै उसको मौलिक रचना हो ।
यो हो उही खर्क । मानिसहरू यसलाई दहखर्क भन्छन् । ऊ यसैमा झुल्कन्छ, यसैमा अस्ताउछ । महल यौटा सुमेरु पर्वत हो, ऊ आङ्खनो रचनामा आफैं हराउछ ।
भुजेल जातिका मानिस भन्छन्– “यो दहखर्क हाम्रो हो । तिमीले किन बस्ती बसायौ ?” ऊ तर्सन्छ, बारम्बार सोच्छ– ‘यो निर्जन जङ्गलको सुदूर हिमाली भेकमा, न्यायालय त छदै छैनन् । यिनले मेरो भवन भत्काइदिने त होइनन् ?’
ऊ पुनः सोच्छ– ‘काठमाडौंमा गनीगनी अन्याय गर्ने न्यायालयभन्दा त वैयक्तिक ईष्र्या र द्वेषको कमी भएका यी जङ्गली प्राकृतिक जाति नै बेस होलान् । यिनले कसरी मेरो महल तोड्लान् र ?’ ऊ मन दह«ो बनाउछ । यो जङ्गल धरातल होइन, स्वर्ग हो । यहा कल्पतरु छ तर छैन यहा नारी जाति । त्यसैले वंशको यो शङ्का छ । मनमा द्वन्द्व हुन्छ तर ऊ आप्mनै सिर्जना हेरेर मख्ख पर्छ । हिजोको मृतप्राणी ऊ, आज भूतलमा स्वर्ग सिर्जिरहेछ ।
दहखर्क हो यो । गुर्जाखोलाले यसलाई पार गर्छ । मधुर निनाद दिदै गुर्जाखोलो एक मिलको लम्बाइमा बहन्छ । गुर्जाको पुल तरेर केही उकालो चढी दुई जना जनता आउछन् । छ फिट तीन इन्च अग्लाइ र एक सय सत्तरी ‘पाउन्ड’ वजन भएका एक मानिस मित्रलाल हुन् । आधामोलमा किनेको जस्तो थोत्रो खैरो एक कोट र पतलुन लगाई यौटा काधेझोला भिरेका छन् उनले । उनको मुखमा रक्तकण छैनन् । उनको पछिपछि यौटी वृद्ध आमा पनि घुडामा हात राखेर बिसाईबिसाई उकालो चढेकी देखिन्छिन् ।
धरातलबाट उत्तरापन्थमा यात्रा गरिरहेका मित्रलाललाई देखेर ऊ पुलकित हुन्छ । मित्रलालकी वयोवृद्ध आमाको यात्रालाई देखेर ऊ सोच्छ– ‘यस्ती वयोवृद्ध नारीलाई पनि डलर कमाउने के रहर होला ढोरको यस बुक्यानमा त नारी जातिलाई आउने अधिकार पनि छैन । दुई दिन धरातलमा बाच्न पनि यिनलाई कति गाह«ो भयो होला अनि सारा प्रचलित कठोर नियम भग्न गरी यहा आउन सङ्घर्षरत छिन् । इच्छा कति साह«ो निर्भयी पाशविक वृत्ति होला ?’
मित्रलाल उसका अतिप्रिय पात्र हुन् । उनी उसैलाई भेट्न धरातलबाट दहखर्कमा आएका हुन् भन्ने ऊ सोच्छ । उसलाई लाग्छ– मित्रलाल ऊ र उसको ताजमहल देखेर आउदै छन् यही । ऊ स्वागतको तयारीका लागि घरभित्र पस्छ । उसको घरभित्र नौथर र भुजेल गोठालाहरूको कचहरी जस्तै छ ।
काधमा झोला भिरी यौटा कालो लाफु ओढेका मित्रलाल पछि फर्केर हेर्छन् । रिमझिमरिमझिम पानीमा सेगु ओढेर उकालो चढिरहेकी आमालाई अलिअलि देख्छन् । घना बादलको मण्डलले दर्शनशक्ति सम्पूर्णतः हराउदै जान्छ । जाडोले लुगलुग कामिरहेका बिचरा मित्रलाल उदासीन हुदै सोच्छन्– ‘के गर्ने हाम्रो धरतीमा जमिन छैन, पहिरो लाग्यो । पशु छैनन्, रोग लाग्यो । न्याय छैन, वकिल लागे । काम छैन, नाता लागे । बस्न–खानै नसकिने भो । त्यसैले मानिसै नभएको ठाउमा गई बसौं, पर्ती जग्गा फाडेर स्याउ खेती गरौं, पशुपालन गरौं । यही बेस होला भनी सारा जहान, केटाकेटी, बालबच्चालाई चौधारा रुवाएर स्वर्गे भएको । यत्ति उकालो चढेर यो हिमाली भेक दहखर्कमा आइपुग्दा पनि भने जस्तो खेती गरी बाच्ने धरती अझै पाइदैन ।’
चिप्लोले ढल्न थालेकी आमालाई च्याप्प पाखुरामा समातेर उकालो लाग्छन् मित्रलाल । आमा हिड्छिन् तर बोल्दिनन्, संवेदनशील छिन् तर अव्यक्त । मित्रलाल एक्लै गुनगुनाउछन्– ‘त्यो माथिको भकारीको गोठबाट उसले हेरिरहन्छ । ऊ कस्तो बोलाउदैन हामीलाई ?डलर कमाएर के नापियो त बसेको त गोठमै रहेछ नि हामीलाई देखेर झन् भित्र पो पस्छ, गोठालो आङ्खनो स्वार्थको लागि बडो चाप्लुसी गरी मित्र बनाएको मलाई ”
मित्रलालका आखामा दहखर्क यौटा सामान्य गाईगोठ, भैंसीगोठ, भेडागोठ राख्ने ठाउ मात्रै हो । दहखर्क दुईवटा छन् । यो तल्लो दहखर्क हो । उनलाई धरतीको मानिस देख्न मन लाग्दैन । उनी उसको भकारीको गोठमा नपसी सीधै उपल्लो दहखर्क जान्छन् । यौटा ठूलो हिमाली डाडामा मुस्किलले उक्लन्छन् । एकबार पछि फर्केर हेर्छन्– ऊ गोठभित्र लुकेको छ । धुपी, सल्लो र निगालोहरूको हरियो वस्त्र लगाएर दहखर्कको पहाडी चट्टानलाई चकनाचुर पार्दै गुर्जाखोलो सुसाएर आकाशगङगा बन्दछ । थकित, क्लान्त मातालाई डो¥याएर मित्रलाल उतराञ्चल पर्वत शिखरमा पुग्छन् । उनका पाशविक वृत्तिहरूलाई चराउने जङ्गल खोज्दै नौथर भुजेलको राज्यमा घुस्छन् । निगाला र बोक्राले बनेका पर्णकुटीभित्र पस्छन् ।
ऊ उत्सुकतासाथ विशालकाय महलबाट बाहिर निक्लेर चतुर्दिक् नयन घुमाउछ । ऊ चारैतिर शून्य देख्छ । के उसलाई आप्mना मित्रको विश्वास प्राप्त छैन ? के उसलाई आमाको माया छैन ? के उसलाई धरातलका बन्धुबान्धवको माया छैन ? के उसलाई कसैले वास्ता गर्दैन ? के काठमाडौंबाट ढोरमा आउनेले उसलाई देख्न सक्दैनन् ? के कसैले चस्मा लगाएको छ ? के बीचमा कुनै चीनको विशाल पर्खाल छ ? उसको वैभवलाई तुच्छ जस्तै गरी मित्रलाल जान्छन् । यसमा ऊ आपैंmलाई हीन ठान्छ, पिरोलिन्छ, छटपटिन्छ प्रत्येक क्षण । उसलाई शङ्का लाग्छ– ‘मानिस मानिसलाई देख्न मन पराउदैन कि के हो ?’ उनी स्वर्ग आउदा उसको नगरी बाटोमै परेर पनि एक आखर नबोलाई किन गए ? के यो सम्भव छ ? उसलाई शङ्का लाग्छ– ‘के धरातलका मानिसका लागि म नै खराब हु त ?’ जे भए पनि ऊ मित्रलालको अन्वेषणमा इन्द्रियहरू लिप्त बनाउछ ।
माफलाको भीरमा डढेलो लाग्छ । जाडाका दिन छन् । सिरिरिर्र स्याठ चल्छ । दहखर्कमा धेरै पशु ठन्डीले मासिन्छन् । दुईचार पशु मात्रै गोठको सामुन्ने उभिन्छन् । पृथ्वीमा कसैले होम… यज्ञ… नरमेध… नगरेर होला, स्वर्गका पशुलाई घास छैन । प्रजननशक्तिमा बिर्को लाग्छ । बेलुकीपख मालीगाई आउदा आमा आइन् भनी कराउने याटै बाछी पनि छैन । खर्कमा डाठ, मल र शीलाका कङ्कणबाहेक केही देखिदैन । पर्ती जग्गा एक बित्ता पनि खाली छैन । यस्तो देखेर मित्रलाल स्वर्गदेखि विमुख हुन्छन् । उनी वैरागिन्छन् ।
ऊ आपूmलाई मित्रलालको प्यारबाट केही अलग्याएको जस्तो महसुस गर्छ । मित्रलाल उसको गोठमा पस्दैनन् । सीधै खोलातिर झर्छन् । उनकी आमा पनि पछिपछि लाग्छिन् । आमालाई उछिनेर ऊ मित्रलाललाई आङ्खनो प्रेमबोध गराउन अगाडि जान्छ । ऊ भय र त्राससहित मित्रलाललाई आप्mनो महलमा ल्याउन प्रयास गर्छ । ऊ सोध्छ– “तिमी मलाई साथी मान्दैनौ ?”
मित्रलालको मुख अध्यारो छ । शिर तल झुकेको छ, कपडा कालाकाला छन् । उनी नीरवरत ओरालो श्रेणीमा झर्छन् । ऊ भन्छ– “मित्रलाल, मलाई एक चोटि मीठो प्यारको मुस्कान मात्रै देऊ, मलाई स्नेह चाहिएको छ । मसग भएको यो स्वर्गीय सम्पूर्ण वैभव तिम्रै नाममा लेखिदिन्छु ।” उनी वास्ता गर्दैनन् । कुनै प्रतिक्रिया नै नजनाई ओरालोको पानी जस्तै धरातलतिर झर्दै जान्छन् । ऊ भन्छ– “तिमीलाई मेरो विश्वास छैन भने मारिदेऊ, नत्र नजाऊ फर्केर धरातलमा । नौथर भुजेल देवता भनेर के गर्ने ? मलाई सजातीय, मानव मात्र पनि ठान्दैनन् । त्यसैले मलाई आङ्खनो वर्गको मानवको स्नेह चाहिएको छ, माया चाहिएको छ । यो दहखर्क पूरै तिम्रो हो, फर्क ।”
माफलाको धुरीबाट तलतिर खसेको फुटबल जस्तै उनी गुड्किन्छन् तर कुनै खास एक विन्दुमा गई रोकिन्छन् । उनलाई थाहा हुन्छ, जुन बाटो स्वर्ग आएका थिए त्यही बाटो धरतीमा ओर्लन सक्दैनन् । उनी निस्तब्ध हुन्छन् । “नजाऊ मलाई छोडेर,” उसको कारुणिक क्रन्दन निक्लन्छ ।
उनी फर्कन्छन् । एकदुई डिल उक्लिएर उसको गोठनेर आई भन्छन्– “आमालाई लिएर जाऊ तिमी, म आउछु ।” ऊ आमालाई लिएर वैभवशाली महलतिर लाग्छ ।
मित्रलाल सोच्छन्– ‘जुन कुरा कुरा गरेर सम्झाउन सकिदैन त्यो कुरा सम्झाउने कोसिस गर्नुभन्दा आफूले अर्कै बाटो लिनु उत्तम हुन्छ ।’ उनी महलतिर जादैनन् । महलनेरबाट खर्कको कुनातिर भाग्छन् । सोच्छन्– ‘धरतीको मायाप्रीति छोडेर ब्रह्माण्डको जुनसुकै कुनामा गए पनि, जतिसुकै वैभव भए पनि जतिसुकै उपभोग गरे पनि कुनै सार छैन । बिनासार स्वर्गमै पनि आत्महत्या गर्नु बेकार हुदैन ।’
आमा बीचैमा रोकिन्छिन् । ऊ महलमा गई फर्कन्छ । गुर्जाखोलाको निनादले उसलाई सचेत गराउछ । ऊ भन्छ– “आमा, मित्रलाल खोइ ?” उनी मौन रहन्छिन् । दुवै अगाडि बढी खर्कको डिलमा आएर भीरमा हेर्छन् । रूखमनि खोज्छन् । नदीतिर आखा घुमाउछन् । खर्कको उत्तरतिरबाट ठ्याक्कै धरतीको एक मानिस नदीमा फरालेको देख्छन् । दुवै एक हात लामो जिब्रो काढ्छन् । असमञ्जस हुदै मित्रलालको खोज गर्छन् । पर… दक्षिणतिरको डिलमा उनी उभिन्छन् । नीलो कमिज, नीलो ज्याकेट, नीलो जुत्ता लगाएका छन् अहिले । दुवैले हेर्दाहेर्दै एक मिल गहिरो नदीमा फराल्छन् उनी । अवाक् लाटी आमाको मुखबाट पनि कहालिएको आवाज निक्लन्छ । पहाडी ओढारहरूले प्रतिध्वनि दिन्छन्– ‘उनी फर्केरै जान चाहन्छन् ।’ यौटा वानर आएर रुन्छ– “के भएको हो कुन्नि, हरएक मानिस गुर्जाघाटमा कुद्न तयार छन् ”
उसका दुःस्वप्न साकार हुन्छन् । ऊ सोच्छ– ‘आदिकालदेखि नै भुजेल नौथरले यो भूमि हाम्रौ हो, तिमीहरू चर्न पाउदैनौ भन्दै आएका छन् । उनीसग हतियार छ, हामी गौप्राणी हौं ।” ऊ सोच्दै गगनचुम्बी विशाल भवनमा जान्छ । अहिले उसले गगनचुम्बी भवन देख्दैन । कुनै बेबिलोनियाको बगैंचा छैन त्यहा । त्यहा ऊ देख्छ– खालि यौटा सानो भकारीको गोठ । उसको सम्पूर्ण सम्पत्तिमा भुजेल जातिको लुट भइसक्छ तर पनि उसमा कुनै खास कुरा लोप भए जस्तो लाग्दैन ।
उसको गोठमा दुई जना भुसतिघ्रे भुजेलहरू कान्लामाथि बसेर गुन्द्रु कको झोल र कोदाको ढिडो खाइरहेछन् । उनीहरू ठूल्ठूला आखा बनाएर उसलाई हेर्छन् । ऊ भन्छ मनमनै– ‘के हो ? मेरो सब सम्पत्ति लुटे । आजसम्म कमाएको सब पानी भो ।” उसलाई लाग्छ– भुजेलहरूले उसका सुन र डलर त भित्र झ्यापमा हालेर राखिदिएका होलान् । उसलाई उता छेउबाट यौटा कालो ठूलो भोटे कुकुर घुरर्… घुर्र… गरी टोक्नलाई मुख खोल्दै छ । ऊ…ज्यान माया मारी भित्र पसेर झ्याप खोली हेर्छ । त्यहा ऊ एकरत्ती सुन पाउन्न एक ‘पेन्नी’ ‘सेन्ट’ पनि पाउन्न । तैपनि ऊ मूच्र्छित हुन्न ।… कही कान्लामुनि प्mयाकिदिएका त छैनन् ? यी आदिजातिलाई डलरको के मूल्य ? सुनको के सत्ता ? ऊ फटाफट फर्केर आउछ । उसले हेर्दाहेर्दै आमा पनि गुर्जाघाटमा कुद्छिन् । नदीको निनादमा उनी सुसेल्छिन्– “मलाई नभन यी सबै भएका कुरा ।”
ऊ झर्छ खोलाको किनारमा, खोज्छ अझै कही बासघारीनेर ङ्खयाकिदिएका छन् कि भनेर । उसलाई लाग्छ– उसको कही दिग्भ्रम त होइन ? ऊ आखा मिच्छ । चतुर्दिक् स्पष्ट देख्छ । अनि ऊ रुन्छ गुर्जाखोलाको तीरमा शिरलाई ढुङ्गामा ठोकेर “मेरा घोडाहरू सब तिमी भुजेलले चोरिदियौ नि ” भनेर ।
सिनु बौरन्छ– ‘कस्तो सुन्दर स्वप्निल जगत् कस्तो दुःस्वप्नमा परिणत भो ’ नाक फेरि छाम्छ, ठीक अवस्थामा छ कि छैन भनेर । कुहिएको नाक उसको हातमै आउछ । ऊ जोड्न यत्न गर्छ । सम्भव हुदैन । नाक गास्न लोहारकहा जान्छ । तर ऊ सोच्छ– फलामको तारले गासेको नाकभन्दा त सुनको तारले गासेको ना कको प्रतिष्ठा होला यस समाजमा । ऊ फर्केर सुनुवारकहा गई सुनको तारले नाक जोड्छ । पूरा दिन उसले कल्पनामै बिताउछ । सन्ध्यामा ऊ नाक ठाडो पारी नया सडक पीपलको बोटमनि उभिएर पञ्चायतको व्याख्यान दिन्छ ।
ऊ झल्यास्स हुन्छ । नाक छाम्छ । उसले आप्mनै हात पनि उकुच भएर कुहेको देख्छ । उसका नयनमा तेज छदै छैन । ऊ बत्तिदै नया सडकतिर लाग्छ । प्रहरी निरीक्षकले एक तीक्ष्ण कोर्रा लाउछन् उसलाई “मदोन्मत्त भएर हल्लिरहेछ” भनेर । उसको व्यथा यत्ति साह«ो छ कि प्रहरीको कोर्राको प्रहार भएको सम्म उसले चेत पाउदैन । नेपाली समुदायको ऊ यौटा झरेको पात हो । ऊ उडेर पीपलबोटसम्म आउछ । नेपालीको नग्न रूप हेर्न ऊ फेरि त्यही टोलाउछ ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
March 25th 2007
(स्रोत : DCNEPAL.com)