एउटा तस्वीर छ छातीमा!….
कल्कलाउदो बिहानी सुर्यको रातो चुम्बनजस्तो तिम्रो साथ्…..
कहिल्यै धीत नमर्ने संगीतको अन्तराजस्तो तिम्रो आलिङगन…..
थाहा छ तिमीलाई…..
मेरो मनको आकाशभरी…..
जाइको अजम्बरी बास्ना फैलिरहेछ तिम्रो केशबाट…..
हैन तिमी पाखाभरी फक्रेको लालिगुराश हौ कि…..
सहस्र प्यासहरुको एक मात्र बिसौनी…..
ओ मेरो स्वप्नपरी,……
एउटा मिठो सपनाभन्दा पनि ताजा जिन्दगी बोकेर…..
कतिबेला उदायौ तिमी मेरो छातीमा!…..
कतिबेला ह! …..
April 11, 2009
(स्रोत: Khadgasen Oli sir’s Facebook)