बोल्दिनौ जालिम रिसाइ हिडिरह्यौ आँखा तरी
जिन्दगीको हौसला मेरो सबै बरबाद भो ।
छैन केही चाहना प्रेमको धोको पुग्यो
मतलवी संसारको रित बल्ल क्यै क्यै थाहा भयो ।
हिंड्दछु बाटो समाती प्रेमको माला जपी
मुख लुकाइ झ्यालमा हाँस्नु पर्दैन भो ।
निठ्ठुरीले बात फेर्दा जिउँदै मरे जस्तो भो
स्वप्नको संसार मेरो बिम्झिंदा चकनाचुर भो ।
हाँस्दछन सारा जगत रुने फगत एउटा म छु
पापिनी हेर्छ्यौ तमासा तिम्रो लीला यस्तै नै भो ।
(सभार : गुरुप्रसाद मैनाली : व्यक्ति र कृति )
(स्रोत : शारदा – वर्ष १, अङ्क १२, वि सं २०६४ पुष – गजल विशेषाङ्क )