~उपेन्द्र बहादुर ‘जिगर’~
दिल फगत मैले चढाएँ थे नजर होल भनी ।
यो दरदले त्यो दरदमा क्यै असर होला भनी ।।
निर्दयी झैँ झन हृदय टुकडा गर्यौ तरवारले ।
थाहा थिएन दर्दले तडपी हृदय रोला भनी ।।
एक मछु कि जुल्म सब हाँसी हाँसी शाही रहेछु ।
एक तिमी छौ कि दया गर्छौ दगा होला भनी ।।
एक मछु कि नजरको आँसु पनि साँची रहेछु ।
एक तिमी माया बगाउने बिरहको खोला बनी ।।
आँसु तक हुन्न निधा हेर मेरो दुर्भाग्य यो ।
आँसुको जलले ‘जिगर’को बिरह कै धोला भनी ।।
फूलको काँढा पनि भमराको निम्ती चीज छ ।
छैन दृष्टि यो नजरमा बिरहले छोला भनी ।।
(सभार : एक सय एक गजल )
(स्रोत : शारदा – वर्ष १, अङ्क १२, वि सं २०६४ पुष – गजल विशेषाङ्क )