~बद्रीप्रसाद शर्मा~
जता हेर्छु मेरो अगाडि निराशा
जलेको बलेको गलेको छ आशा
घना रातमा पन्थको छु अकेला
न दीने भए काम यी नेत्र प्यासा
खरानी भएको छ यो चित्त मेरो
मलाई हरे चाहियो के भरोसा
हुने हुन्छ भो, होस् जे जे हो
मुटुमा बगेको निराशा निराशा ।।
(स्रोत : शारदा – वर्ष ८, संवत् १९९९, वैशाख – सङ्ख्या १ )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.