शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै नहुने । मोबाईलमा केटी फोन आउनै नहुने श्रीमतीले शंकाले हैरान । सधै बिहान , बेलुका सधै रडाको एकले अर्को लाई आरोप प्रत्यारोप टोल बासी छिमेकि दिक्दार भैसके । तिनिहरुलाई नसम्झाउने छिमेकीहरु कोही बाँकि छैनन् । एक जना महिलाले अंन्तिम उपाय स्वामी बिबेकानन्द कहाँ जान सल्लाह दिए । तर दुबै जान मानेनन् । आखिर निकै प्रयास बाट उनकै साथ श्रीमती चाँही जान तयार भईन् र उनकै साथ लागिन् आश्रम तिर केहि समय पछि मोटरसाईकलमा श्रीमान पनि आईपुगे । प्रबचन सुरु भईसकेको थियो । दुबै जना आ–आफ्नो सुरमा थिए । प्रबचनको कुनै भेउ नै पाएन उनिहरुले । पुर्ब जानकारी गराएको हुदा कार्यक्रम पछि बिशेष समयमा दुई जना लाई स्वामीजीले धेरै सम्झाउनु भयो । अंन्तमा हेर मेरो कुरामा यो चाँही हेक्का राख्नु लोग्ने स्वास्नी भनेका तिमीले ल्याएको मोटरसाईकलका दुई पाङग्रा जस्तै हुन । एउटा राम्रो भएर हुदैन दुबै राम्रो हुनु पर्दछ । एउटा पाङग्रा पंङ्गचट भए पछि , एउटा पाङग्राले मात्र मोटरसाईकल अगाडी बढन सक्दैन । त्यसैले आ–आफ्नो ख्याल आफैले राख्नु पर्दछ । घर ब्यबहार भनेको पनि यस्तै हो । एक हप्ता पछि आउने सर्तमा दुबै जना स्वामीजीलाई प्रणाम गरी बिदा भए ।
घर गएर दुबैले स्वामीजीको कुरा लाई खुबै मनन् गरे । श्रीमान्ले बिचार गरे । गाडीमा जस्तै एउटा पाङग्रा जगेडा राख्नु पर्दछ । त्यसैले उसले सालीलाई घरमा नै ल्याएर राखे । श्रीमतिले पनि धेरै बिचार गरीन् । स्वामीजीले भन्नु भए झै मोटरसाईकलको पाङग्रा धेरै पंङ्गचेट हुनु हुदैन त्यसैले नयाँ तरीका टायर टयुबलेस बनाउनु पर्दछ । जस्तो सुकै किला पसे पनि आफै टाँलिन्छ र समस्या नै हुदैन । दुबैले आ–आफ्नो तरीका बाट समस्या समाधान गरे । दुबैमा एक आपसमा बिवाद रहेन । श्रीमतीले जे जस्तो गरेर आए पनि घरमा नै नआए पनि श्रीमान् चुप ,घरमै साली ल्याएर राख्दा श्रीमती चुप । एक हप्ता पछि स्वामी जी कहाँ दुबै उपस्थित भए । स्वामी जी बाट सोधनि भयो । कति पटक झगडा ग–र्यौ यो हप्तामा ? झगडा त भएन …..तर …..श्रीमतीले भुई कोट्याउदै बोलीन् । समस्या बुझे स्वामीजीले प्रयोग बाट समस्या समाधान गर्ने बिचार गरे । आश्रममा पालेका बाख्राहरु साँझ पख चराएर ल्याएका थिए । स्वामीजीले मकै लिएर बाख्राहरुलाई खुवाए , बाख्राले खाए । फेरी हातमा केहि काजु लिएर ख्वाए , पछि केही राम्रा घाँसहरु दिए त्यो पनि खाए । ति सबै दूबैले ध्यान दिएर हेरी बसेका थिए । स्वामीजी आएर केही छिन पछि दुबैलाई खाजा खान भने , दुबैले हामी भर्खरै खाएर आएका भने , दुध खान भने , होईन स्वामीजी खान मन छैन । धन्यबाद , (स्वामीजी लाई प्रणाम गरे) ।
स्वामीले दुबैलाई सम्झउन सुरु गर्नु भयो । हामी भनेका मानिस हौ । भोक लाग्दा समेत कहाँ खान हुन्छ । के खान हुन्छ हुदैन सबै कुरा बिचार गर्दछौ मन लाई आफ्नो बसमा राख्दछौं। यिनिहरु (बाख्राहरु) पशु हुन जतिसुकै अघाए पनि खान छाडदैनन् । चाहे घाँस , मकै ,काजुमा केहि भिन्नता देख्दैनन् । त्यसैले यिनिहरु र हामीमा भिन्नता छ । आबश्यकता भन्दा बढी भोजनले स्वास्थमा हानि गर्दछ भने ,परपुरुष र परस्त्रिको चाहना दाम्पत्य जिबनको बाधक हो त्यसैले हामी मानिस भएर मानिसको ब्यवहार गर्नु पर्दछ । आफु राम्रो संसार राम्रो ,आफु नराम्रो संसार नराम्रो , आफु राम्रो भएर राम्रो को चाहना गर्नु पर्दछ ।
जाने बेलामा पानि प–यो । भित्र बाट छाता ल्याएर दिए दुबै जना छाता ओढेर घर पुगे । रात भर दुबैले बिचार गरे । अब मानिस भएर जिउँछौँ । दुबैले आफु राम्रो हुने प्रण गरे । बिहान दुबै जना आश्रममा पुगे । आफ्नो कार्यले आत्मग्लानी दुबै श्रीमान् श्रीमती स्वामीजीको चरण घोप्टो परे । आखाँबाट बलिन्द्र धारा आँसु चुहाएर माफि मागे । हामी पशुतुल्य जिबन बिताई रहेका रहेछौ । अब मानिस भएर जिउन प्रयत्न गर्ने छौं । स्वामीजीले अनुहार बाट थाहा पाए यिनिहरुमा सदबुद्धि पलायो भनेर , जाने बेलामा छाता फिर्ता गर्न खोजे । स्वामीजीले यो छाता मेरो तर्फ बाट तिमीहरुलाई उपहार सधै तिमिहरु यसै छाता भित्र मिलेर बस्नु यही मेरो कामना सधै सुखि भएस् भनि आर्शिबाद दिए ।
हिजोका ति दिनहरु सबैले बिर्सीसके आज ति बृद्ध दम्पतीहरु मेलमिलाप समाजमा प्रेरणा हुन त्यही पुरानो छाता ओढेर सबैलाई आत्मज्ञानको सन्देश दिने गर्दछ ।
ईति
(स्रोत : Sahityasansar.com )