एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो।
कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो।
कठघरामा उभिएर बिद्या बोली।
श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी छु।
न्याय चाह्यो।
बिद्याको बोली टुङ्गिन नपाउँदै बिदुर चिच्यायो।
अडर अडर जज बोल्यो-मिस्टर बिदुर-तपाईलाई जे भन्नु छ कठघरामा आएर भन्नुस्।
श्रीमान म यो सँग बस्न नसक्ने अवस्थामा पुगें।
मिस्टर बिदुर-कारण खुलाउँनुस्।
यसको र यसका माइतीको दरिद्रपनले मलाई आफू होच्चियको महसुस भयो श्रीमान । यसलाई ठूलाबडाकी बुहारी र श्रीमती भएर कस्तो व्यवहार गर्नुपर्छ रत्तिभर ज्ञान छैन। यसको कारणले मेरो उच्च छवी मैल्याउँन चाहन्न म श्रीमान।
श्रीमान यो झुटो आरोप म उपर थोपरिँदै छ बिद्या बोली ।
अडर अडर तपाई कानुन मिच्न नखोज्नुस् श्रीमती बिद्या जजले आदेश उगेल्यो।
मिस्टर बिदुर-कानुन बम्मोजिम मानोसामलको प्रक्रिया पूरा गरेर तपाई उहाँबाट भिन्न हुन पाउँनु हुन्छ,जजले बिदुर पक्ष निर्णय सुनायो।
श्रीमान तपाईहरू यति सजिलै एकतर्फी निर्णय गरेर पन्सिन पाउँनु हुन्न। आईमाई सोकेशको खेलौना हैन।
इच्छा हुञ्जेल उपभोग गर्यो। अघाएपछि मानोसामल भरेर पन्सायो।
कोटको आजको निर्धारित समय सक्यो। फैसला फेरिने छैन श्रीमती बिद्या। जज कालो कोट बोकेर बाहिरिँयो।
म अदालतमा जान्छु बिद्या बड्बडाइ।
बिदुरले औंला ठड्यायो-तेरो हैसियत एकमानो चामलको हो।त्यो भन्दा माथि उठ्ने कोसिस गरिस् भने, ज्यान पनि जान सक्छ!
उसका शब्दले बिद्या नाजवाफ भइ।
कथाकार
गीता थापा “दोषी”
हाल ईजरायल
(स्रोत : Palpalimilan.blogspot.com)