जीन्दगी जिउने यात्रा अनुभुति सगैमनमा भावनाको सिगौरी खेल्दा खेल्दै मानषपटलमा नदि जस्तै बगीरहेका अनन्त उथुलपुथुल यादहरु सगै हङकङको जिवन यात्रामा गत साल मैले एउटा चाइनिज रेस्टुरेन्टमा वेटरको काम पाएकी थिएँ। मैले चाइनिज भाषा नजान्ने भए पनि साथीहरु मीलनसार हुनाले मलाई कुनै आपत्ति थिएन। खानेकुराको आइटम जान्नु नै आपुनो काम जोगाउनु थियो।
रेस्टुरेन्ट बाटोमै भएकोले बिभिन्न किसीमका मानिसहरुको आवत जावत भइनैेरहन्थ्यो। प्राय आँउने मानिसहरु ब्रेक टाइम र आफनो डिउटी छुटेर आउने हुनाले थकित शरीर लाइ कुसर्िमा थचक्क राख्दा एकैछिन भए पनि उनीहरुको चेहरामा थकान हराएको देखिन्थ्यो। सधै झै आउने क्रममा खै किन हो उनी आइनन्।
मानिसको जिन्दगी पनि अनौठो खालको छ जहाँ सुख दुख आशु हाँसोको परेड खेल्दा खेल्दै बाल युवा र बुढौलीको हार र जीतका तक्माहरु जिन्दगी रुपी भित्तामा टाग्न नपाइ फेरी एकदिन सदासदाको लागी अस्ताउनुको अनिवार्यतालाई अगाल्नै पर्नै हुन्छ हामी सबैले। मानिसले जतिनै घमन्ड गरे पनि आध्यातमीकता र भौतिकताको धरातलमा उभिएर रथ रुपी जिन्दगीलाई लगाम बाधेको घोडा जस्तै आफनै बस्मा लिए पनि आखिर मृत्यु संगको जूवा आज सम्म कसैले जित्न सकेको छैन। बगैचा जस्तो संसारमा कोपिला भएर फक्रदै बास्नादार फूल फुलेर सबैको नजरमा ‘आहा’ बन्ने रहर हँुदाहुदै पनि कोपिला मा नै निमोठिनु पर्ने सघर्षशिल जिन्दगिको खुट्कीलो हरु हुन। अनी फूले पछी ओइलाएर झर्नै पर्ने फुलकेा अनुशासन होला सायद।
मेरो यात्राक्रममा उनी को थिइन भन्ने कुरा मलाइ थाहा नभए पनि उनि कहाँ बस्छिन त्यो मलाई थाहा थियेा। सबैले फालेको लत्ताकपडा फूल बटुल्नु नै उनको आफनै डिउटी थियो। उनि बसेको ठाँउ हेर्दा यस्तो लाग्थ्यो उनी पहिले कुनै फूलबारीको माली थिइन। अथवा फूलहरुको सौखिन थिइन। डिउटीको क्र्रममा म उनको डेरा हुदै स्टोरमा सामान लिन जानु पर्ने हुनाले यसो उनी भए तिर नजर लगाउँथे उनी मस्त निन्द्रामा हुन्थीन। पानी नपरे पनि छाता ओढेर सुत्ने उनको सौख रहेछ क्यारे।
भन्नै पर्दा “मोनिका डार्लिङ” कसैको घरको पेटीमा सुत्दथीन तर वरीपरी कुनै रेस्टुरेन्टबाट उद्यघाटन पछि फालीएका रङगीबीरङी फूलहरुको गुच्छाले आफु बस्ने डेरा सजाउँथीन्। झरीबादल घामपानी संग जीन्दगीका धेरै बसन्त बिताइसकेर होला सायद त्यो पुसको जाडो मा पनि बाच्ने तरीका थाहा थियो उनलाई। उनको त्यो ड्रेसअपहेर्दा यस्तो लाग्छ कुनै जमानामा उनी चलचित्रको नायीका थिइन्। रेस्टुरैन्टमा सधैजसो एउटै टेबुलमा खाना खान्थीन सधै देखिरहने पुराना कोही मान्छेहरुले उनले खाएको खानाको पैसा तिरीदिन्थे। अरु बेला खाली बक्स र क्यान बेचेर आएको पैसाले खाना खान्थीन। अरुल ेआफनो पैसा तिर्दा खुशी भएर “तोचे” “याङक्यु” भन्थीन। राम्रो कुरा गर्दागर्दै फेरी उनको होस कता उडथ्यो कुन्नी उल्टोपाल्टो गफ लगाउन थाल्थीन। खै कसले यती रामा्रे नाम राखीदिएको होला हामीले “हाइ मोनिका” भनेर बोलाउदा “हाइ डार्लिङ” भनेर बा्रेकन इङलीस उडाउथीन।
कतिपय उनका कुराहरु घतलाग््दा बास्तावीक हुन्थे अनि बोल्दा बोल्दै अर्धपागल झै बोल्नै हुदाँ मान्छेले उनलाई गरेको विश्वासमा धमिलो पना आएर वास्तै गर्दैनथे। तर म भने उनको बिगत जिन्दगी प्रति आफना सोचाइहरु लाई माकुराले जाल बुनेझै बुनिरहन्थे। मेरो हेराइमा मोनिका कुनै ठुलै घरघरानाको छोरीबुहारी हुनु पर्ने अनुमान लगाउँथे।तर अहिले मोनिकाको यो हालत देख्दा मान्छेले जीन्दगी जीउन नजानेर हो या आफनो भाग्यको खेल हो भनि मेरो मनमा एक किसीमको दुखको करेन्ट दौडीरहन्थ्यो।
एक दिनको कुरा हो सधै झै म रातको दुइ बजे स्टोरमा सामान लिन जानु परने् भएकोले मेरो मालिक्नी र म चाबी लिएर स्टोर तर्फ लाग्यौ।बाहिर निकै ठुलो मुसल्धारे पानी झमझम परीरहेको थियो। आकाशमा कालो बादल मडारीएर गडयाङ गुडुङ गरीरहेको थियो पानीमा भिज्दै हामी स्टोर तर्फ लाग्यौ। जादाँ जाँदै मेरो आँखा सधै्र झै मोनिका डार्लिङ बस्ने पेटीमा पुग्यो। झसंङग भएँ। सधै जस्तै त्यहाँ सजिएको फूलहरु थिएनन्, मोनिकाको थोत्रो बिस्तारा थिएन, सधै ओढीरहने छाता थिएन, धुजा धुजा भएको सीरक थिएन।
एउटा कुसर्ीमा भिज्दै टाउकोमा पहेलो बोर्डर भएको ठुलो सनग्लास चस्मा अडयाएर दुइ वटा हातले गालालाई टेको दिएर आखाँबाट वरवरी आँशु खसिरहेको देख्दा सायद त्यो बेला उसलाई देख्ने जो कोही निस्ठुरी मान्छेको पनि आखाँ रसाउँथ्यो होला। उमेरमा झन्डै असी काटेकी एउटा बृद आइमाइ, न छोरा न छोरी, न बुढा न नाती न पनाती, न साथी न दाजु भाइ, आज कोही छैन उसको यो स्वर्ग जस्तो शहरमा।
पेटीको बास पनि खै कसले पोल लगाइदिएछ मोनिका नभएको बेलामा हङकङ पुलिसले सबै लगेर फालिदिएछ। गालामा चौसठी मुजा परेकी हाँसेर बोलिरहने मोनिकाको बास लुटीएकोले झोक्राएर टोलाइरहेकी मोनिका सायद यस्तै सोच्दै होलिन “दुखीको घरमा मात्रै तेरो बास हुने भए हे भगवान दया गरी अझ मलाइ दुख दे॥।।”
आज भोली पनि ठुलो पानी पर्दा उनै मोनिकाको यादले सताउँछ।
(स्रोत : Hongkongnepali.com)