~गोरखबहादुर सिंह~
म ससानो बजारको साँगुरो सडक पार गर्दै थिएँ एक हूल हाँसले बाटो काट्न थाले । सबै हाँसले बाटो पार गरेपछि गाडी अगाडि बढाएँ । तर एउटा अर्को हाँसले गाडीको बीचबाट बाटो काट्न थालेछगाडीको पछाडिको चक्काले छोएर हाँस घाइते भयो । गाडीलाई छेउ लगाएर रोकें ।
मानिसको भीड स्वाभाविक थियो । भीडमै घाइते हाँसको मोल गरियो ।
मैले चुपचाप पैसा निकालें सुनेको थिएँ हाँस मारेको जरिवाना चर्को छ ।
त्यत्तिकैमा भीडका एकजनाले मेरो हात तान्दै एकान्त मागे । भीडबाट पर पुगेपछि उनले भने “त्यो घाइते हाँस तपाईंले नै लैजानुपर्छ बुझ्नु भो ”
किन ?
“किन रे ! चार सय तिरेको होइन हाँसको एउटा खुट्टा भाँचिएर हिँड्न नसकेको मात्रै हो अरु केही भएको छैन । तपाईंलाई थाहै होला नि हाँसको सेकुवा खुबै मीठो हुन्छ ।” उनको प्रसङ्ग परिवर्तनले म अल्मलिएँ ।
अलमलमै म सोध्न पुगें यहाँको परिचय ?
त्यो घाइते हाँसको मालिक र मेरो घर जोडिएको छ ।
अनि उनले उनीहरुको जोडिएको घर देखाए । साँच्चै नै उनीहरुको घर जोडिएकै रहेछ ।
(स्रोत : sahityanurag)