संघर्षको कहानी तिम्रो पनि मेरो पनि,
अन्तर्मनको नादानी तिम्रो पनि मेरो पनि .
दुखाइ, पिडा गाह्रो छ सहनलाई त्यता पनि,
एकै खाले कहानी तिम्रो पनि मेरो पनि .
रसाउछन नयनहरु पग्लिएर मुटु यता,
आशुधारा सिरानी तिम्रो पनि मेरो पनि .
बितृष्णाको कहाली यो उदाशिको अस्पष्टता,
आफ्नै थलो बिरानी तिम्रो पनि मेरो पनि .
उत्कर्ष भो पराकाष्ठा चुलियेछ अनन्तमा,
फक्रिसक्यो जवानी तिम्रो पनि मेरो पनि
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )