पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन् । उनको मन पनि धर्मर थियो ड्युटी जानलाई किनकी यता उस्को ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाई रहेको थियो । सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो । त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो– “पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ ? नगए हुन्न आज, आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइन र ? माया मार आजको कमाइलाई” ।
उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइन –“यो खटाइ र दुःख उनिहरुको भविष्यको लागी नै त हो । मैले रातभरी खटिनुको कारण नै उनिहरुलाई पछीलाई जगेडा गर्नलाई हो । काम माया मारेर कहाँ हुन्छ ? डलरको पो कुरा छ त !” पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो “वाह! डलर मोह । जतिबेला बालकलाई आफ्नी आमाको न्यानो काख र स्पर्ष को खाँचो हुन्छ, त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइ पाउँदैन भने भविष्यको त्यो जगेडा के काम ?” पाहुना यही सोँच्नमा मग्न थियो । पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो । पाहुनाको सोंच बालकको रुवाइले चक्नाचुर भयो ।
कथाकार
Acharya Prabha
Jhapa Nepal
हाल Denver, Colorado
(स्रोत : Palpalimilan.blogspot.com)