~नीर शाह~
बादल बनाइदेऊ आकार बदल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चूपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
फेरि चलाऊ गोली घाइते बनाई नराख
चितामै जल्न देऊ चिन्तामा जलाई नराख
लाजहीन बनाइदेऊ सडकमा ढल्न सकुँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
शब्द – नीर शाह
स्वर – दीपक खरेल
संगीत – सम्भुजीत बास्कोटा
एल्बम – पूर्णिमा