~कलानिधी दाहाल~
परिचित मित्र गोर्खे साइँलो !
न्यानो अभिवादन ।
फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो – त्यो पनि कोसेलीस्वरूप । माग्दा नपाइने जमानामा कहिलेकाहीँ नमागी पाएको चीज पनि अभिशाप बन्दोरहेछ । आरामले थन्किरहेका हातहरू फेरि गोर्खे साइँलोतिर अभिनन्दित/सम्बोधित हुन विवश छन् । यसपटक त्यो व्यस्त बजारमा ! त्यो उदास र उराठिलो जङ्गली परिदृश्यमा यौनउदात्तीकरणको आनन्द लिन चाहनुभएछ – अग्रिम बधाई । काम अप्ठेरा छन् – कार्यविधि असजिला । तपाईं जे चाहनुहुन्छ – त्यो जीवनभर पाउनुहुन्न । जसरी चाहनुहुन्छ – त्यसरी पाउनुहुन्न । कहाँ सिग्मन फ्रयडको अदृश्य अन्तर्आवेगको रौँचिरा दर्शन, कहाँ तपाईंको चिचिले ‘पल्लव’ ।
कहाँ विराट् ब्रहृमाण्डमा करिब-करिब सात अरब – त्यो पनि पलप्रतिपल बढ्दै जाने असङ्ख्य मानिसका अर्न्तर्मनमा अवस्थित कुण्ठित/दमित तर अत्यन्त शक्तिशाली एषणाहरूको समराग्नि, कहाँ तपाईंका चार आँखाले पनि भ्याउन नसक्ने ‘पल्लव’ का अक्षराकृति । कहाँ तपाईंको सौम्य-सुडोल सुपरिष्कृत वाहनमा आरोहित शारीरिक स्वरूप कहाँ यो सम्मोहनका साँचामा अन्धाको अनजान अन्तर्लोकबाट बर्बराएका ध्वनिसङ्केतमा पाइने अपत्यारिला तर शतप्रतिशत अदृश्य व्यावहारिक सत्यता ।
मित्र गोर्खे साइँलो झ् तपाईं ठान्नुहोला – म एक्लो छु, म मै हुँ । म पनि त्यही ठान्छु – म एक्लो छु, म मै हुँ । अर्को, अझ अर्को यही ठान्छ – म एक्लो छु र म मै हुँ । वास्तविकता योभन्दा कोसौँ टाढा छ । तपाईं स्वयम्मा स्वयम्बाट परिचालित भएको भ्रम मात्र हो, हुनुहुन्न । म छैन र अर्को अझ अर्को पनि यस्तै हो । हरेक ँम, म’ का हामीभित्र तीन जबर्जस्त शक्तिहरू संवाहित छन् । ती तीन शक्तिका रणसङ्ग्राममा हामी खोज्छौँ एउटा – पाउँछौँ अर्को, चाहन्छौँ एकथोक – गर्र्छौं अर्कैथोक । के तपाईंलाई थाहा थियो – “म एउटा व्यापारिक क्षेत्रबाट एकाएक फड्केर ँपल्लव’ को सम्पादकर्/र्सजक बन्छु भन्ने -” के तपाईंलाई थाहा थियो – “होण्डामा हल्लिएर हार्डवेयरको सामान चियाउने म पाइताला खियाएर काठमाडौँका गरिब साहित्यकारका कोठाचोटा चियाउँदै पानसुपारी बाँड्छु भन्ने -” यही नहुनुको, नसोच्नुको, नठम्याउनुको प्राप्ति वा परिणाममध्ये तपाईंले छनोट गरेको विषय पर्दछ – यौन ।
चेतन, अर्धचेतन र अचेतन हामीभित्रका त्यस्ता शक्ति हुन् जसले हामीलाई जतिबेला, जस्तोसुकै परिणाममा जहाँ पनि पुर्याइदिन सक्छन् । यसमध्ये हामी जस्ता देखिन्छौँ, जस्ता छौँ भन्छौँ त्यो चेतन मनको सक्रिय अवस्था हो । अनुशासनका यान्त्रिक चापमा, विभिन्न बन्देज र व्यवधानका कठोरभन्दा कठोर यन्त्रणाका बीच हामी आफूलाई निर्विवाद देखाउन रङ्गीन वस्त्राभूषणदेखि चर्मप्रशोधनका आकर्ष एवम् सुगन्धित साधन समायोजन गरी चिटिक्क हुन्छौँ । सामान्य मानिसले यसैलाई र्सवस्व ठान्छ र रमाउँछ पनि । जब-जब मानवविकासका क्रमहरू बाल्यावस्था पार गरेर तरुणावस्थातिर आरोहित हुन लाग्छन् तब-तब भित्री मनोग्रन्थिका उन्मत्त बैँसहरू पनि आ-आफ्ना वेगमा बिना रोकटोक सिँढी आरोहित हुँदै जान्छन् ।
चेतन मनका चाहनाहरू खुला हुने भएकाले तिनका नियन्त्रणमा पनि असजिला अवस्थाहरू देखापर्दैनन् । अर्थात् सहज नियन्त्रण परम्परादेखिकै सामाजिक व्यवस्थाभित्रबाटै सम्भव हुन्छ । यो स्वाभाविक प्रक्रियामा सिङ्गो विश्वको उनान्सय प्रतिशत मानवजाति हिँडेको हुन्छ जसलाई हामी जडभविताभित्रका जीव भन्छौँ । साना चीज पाउँदा हर्षाश्रुमा पौडने र साना चीज गुम्दैमा दुःखाश्रुले निथु्रक्क भिज्ने यो वर्ग नै सांसारिक सामाजिक क्षेत्रमा हलचल मच्चाउने वर्ग हो । यो वर्गले कहिल्यै बुझेको हुँदैन – मनका ती उद्दाम एषणाहरू कसरी व्यवस्थित गर्नुपर्छ भन्ने, अनि उसलाई यो पनि थाहा हुँदैन – ‘मभित्र कुन-कुन एषणा -इच्छा) वयोबृद्धिका कुन-कुन बिन्दुविशेषमा उन्मत्त उन्माद उफ्रेर हलचलमा निस्कन्छन् भन्ने कुरा -’ यस्तो संवेदनशील विषय तपाईंले होण्डाको तेल वा पेट्रोल वा मोबिल बेचेरै भए पनि भावकका सामु ँपल्लव’ मार्फ् उजागर गराउन खोज्नु सारै सह्राहनीय कार्य हो ।
गोर्खे मित्र ! यौन भन्ने वस्तु भुसुनादेखि हात्तीसम्म र बाह्र-तेह्र वर्षा तोतेदेखि सय वर्षा थोतेसम्म व्यक्त-अव्यक्त अपरिहार्य आवश्यकता हो, अझ भनौँ प्राकृतिक अनिवार्यताको खुराक हो ।
इद्, इगो र सुपरइगोजस्ता अन्तश्चेतनाबाट गतिशील मानिस, महत्त्वपूर्ण यौनआवेगलाई परम्परागत संस्कारका आवरणले, सामाजिक परिवेशका स्वाङ्हरूले, आफैभित्रका चेतनाहीनताजस्ता अनेकौँ कारणका बन्दी बनेर अचेतनभित्र भण्डारण गर्दै जान्छ । भण्डारण गरिएको वस्तुले पनि भण्डारित वस्तुको शक्तिसन्तुलन गुमेपछि छरपष्ट हुँदै छरिएझैँ यौनावेग पनि विस्फोटित हुन पुग्छ । यस उदाहरणमा अनायास छरिएका वस्तु पनि संयोगले सही ठाउँमा परे त ठीकै छ, कुठाउँमा पर्दा जुन हविगत वस्तुको हुन्छ त्यही हविगत यौनविस्फोटित व्यक्तिको पनि हुनजान्छ भन्ने कुरा घामजत्तिकै र्छलङ्ग छ । हाम्रो यो हवल्दारी विचार र चन्दनलेपित पण्डित परम्परामा यसले पार्ने असरको अनुमान असम्भव भएकाले यसलाई विभिन्न माध्यमद्वारा विस्तारै नङ्ग्याउँदै गएर सहज व्यवस्थापनका ढोका खोल्नु नै सही दिशाबोध हुनसक्छ ।
मित्र महोदय झ् यौन मान्छेभित्र सञ्चित अनेकौँ शक्तिशाली विचारमध्येको एक विचार हो । पौराणिक मिथकलाई उदाहरणमा लिने हो भने महाभारतका धर्मात्मा नायक युधिष्ठिरले कुनै बाहृयशक्तिले दण्डित नगर्ने हो भने आमा कुन्ती र पत्नी द्रौपदी एकै ठाउँमा भएका बेला आफ्नो मन द्रौपदीलाई छाडेर कुन्तीतिर जाने स्वीकारोक्ति प्रकट गरेका छन् । वेदमा पनि पुरुरवासँग उनकी साख्खे बहिनीले शारीरिक सर्म्पर्क/सम्भोगको याचना गरेकी छिन् । पश्चिमा जगत् जसले विश्वको बीसौँ शताब्दीलाई मनोविश्लेषण-यौनमनोविश्लेषणात्मक नवविचारको ज्वारले हल्लाइदियो, त्यहाँ पनि यसलाई मानव जीवनको प्रथम महत्त्वपूर्ण तत्त्वका रूपमा विश्लेषित गरिएको छ । यस सशक्त विचारका संस्थापक सिग्मन फ्रयड र उनका अनुयायी एड्लर, जुङ्ग र रैङ्कजस्ता विचारकका विचारलाई मिलाएर भन्ने हो भने अझ वैचारिक क्रान्तिको सुनामी नै आएको ठानिन्छ । यस विचारको समग्रतालाई र्सवप्रथम एउटा चित्रका माध्यमले नियालौँ – यी मनोविश्लेषक-यौनमनोविश्लेषकहरूले त्यति बेलै यत्रो विद्रोही विचार व्यक्त गर्न हिम्मत गरे । यो विषय विषमालिङ्गी यौनाकर्षा स्त्रीजातिमा एघार/साढे एघार र पुरुषजातिमा तेह्र/साढे तेह्रको वयसन्धिबाट सुरु हुन्छ । समाज, कानुन र परम्पराले अश्लील ठान्दै निषेधित गरेको विचार सबल हुनपुग्छ । बहिर्मुखी व्यक्ति बोलीका माध्यमबाट विभिन्न प्रतीकात्मक शब्दका सहयोगले व्यक्त गरेर सहज जीवन जिउन सक्छन्, जसलाई हामी ठट्टा वा रमाइलो भन्छौँ । अन्तर्मुखी व्यक्तिहरू आँखाले बाहृय सर्म्पर्कका वस्तुहरू हेर्छन्, त्यहाँ पनि यौनजन्य यिनै प्रतिक्रियाहरू भइरहेका हुन्छन् । मान्छे बाहेक कीटपतङ्गदेखि मानवेतर सबै प्राणीमा शारीरिक यौनक्रिया-प्रतिक्रिया मौसमअनुसार निश्चित समयमा भइरहेका हुन्छन् । आँखाले देखेका यी दृश्यलाई हरेक मानिसले चाहे ऊ शिक्षित होस् चाहे अशिक्षित मनभरि भण्डारण गर्दछ । भण्डारित मनका यी यौन एषणाहरू अनुकूल -एकान्त वातावरण, आफू र ‘ऊ’ मात्रको अवस्था) समयमा त्यसरी नै उफ्रन्छन् जसरी रगत घटघटी पिएर उन्मत्त भएको चितुवा जङ्गलमा उफ्रन्छ । त्यो बेला न कुनै कानुनको बन्देजले छेक्छ, न कुनै पुलिस वा अभिभावकका भयले, न कुनै परम्परागत सामाजिक मान्यताका बन्धनले रोक्छन्, न कुनै वर्तमान अन्य समाज व्यवस्थाका बन्धनजन्य संस्मरणले ।
माथिको रेखाचित्रले सङ्केत गरेका विचारहरू यौनमनोविज्ञानका तरङ्गमा झूटा हुन सक्दैनन् । अझ गजब रमाइलो त के छ भने बाबुको निधनमा आमा खुसी हुन्छे, कारण बाबु -पति) भन्दा तरुण पति ऊ आफ्नै पुत्रमा देख्छे । आमाको निधनमा बाबु खुसी र छोरो अत्यन्त दुःखी बन्ने सञ्जाल अचेत मानसिक रूपले यहाँ देखिन्छ । छोरो पत्नी वियुक्ताका रूपमा आफूलाई उभ्याउँछ भने बाबु बृद्ध पत्नीको निधन र तरुण पत्नी -पुत्री) प्राप्तिमा आहृलादित हुनपुग्छ । यति गहिरो तर पूर्वीय समाजव्यवहारमा अमान्य/अविश्वस्त मनोवैज्ञानिक वास्तविक दर्शनलाई मित्र महोदय झ् के तपाईं विश्वास गर्न सक्नुहुन्छ – के तपाईंको पत्रिकाको यस विशेषाङ्कमा कुनै ढोँगी नेपाली विचारकर्/र्सजकले आफ्ना विचार र सिर्जनामा यो वास्तविकतालाई उतार्न सकेको पाइएला –
मित्र गोर्खे साइँलो झ् यो अर्न्तर्मनोजगत्को सुनामी नेपाली साहित्यजगत्मा पहिलोपटक भित्र्याउने शिखरपुरुष, प्रजातन्त्रका समेत प्रथम प्रमिथस विश्वेश्वरप्रसाद कोइराला हुन् । वि.सं. १९९३ को ‘शारदा’ पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ यौन कथाबाट सुरु भएको यो यात्रा विनारोकटोक सीता पाण्डेको ँयौन अनुभूति’ सम्म सञ्चरित भइरहेकै छ । “म फ्रयडलाई मान्छु र उनीभन्दा पनि एकबित्ता अगाडि जान चाहन्छु” भन्ने विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्र्णोलको घोडा’ की कर्र्णोल्नीमा, ‘मधेशतिर’ की नायिकामा, ‘तीनघुम्ती’ की इन्द्रमायामा, ँनरेन्द्रदाइ’ का नायक नरेन्द्रमा प्रशस्त मात्रामा झाङ्गिएको पाइन्छ । यही विचारको बीजारोपण तारिणीप्रसाद कोइरालाले ‘सर्पदंश’ शीर्षक उपन्यासका निम्मी र कम्मुजस्ता बालपात्रका माध्यमले निकै राम्ररी प्रकट गराएका छन् ।
यसपछि यसै कित्तामा निकै गहिरिएर लागिपर्ने व्यक्तिका रूपमा भवानी भिक्षु, विजय मल्ल, गोविन्दबहादुर मल्ल ँगोठाले’, पोषण पाण्डे आदि देखापर्दछन् । यी व्यक्तित्वहरूले कथित शिष्ट-श्लील यौनविचारहरू आ-आफ्ना कृतिमार्फ् हाम्रा सामु राखिदिएका छन् । यी व्यक्तिका कृति पढेर गहन विचार गर्दै सिग्मन फ्रयडजस्ता माथि उल्लेख गरिएका चिन्तकका यससम्बन्धी भावालोकमा गहिरिने व्यक्तिहरू सम्भवतः यौनमनोविचारलाई रोगका रूपमा सञ्चित नगरी खानाजत्तिकै सहज रूपमा लिएर आवश्यकतानुसार संरक्षणात्मक प्रयोग पनि गर्दै स्वस्थ जीवन जिउन सक्षम हुन्छन् भन्ने कुरा ठोकुवाका साथ भन्न सकिन्छ ।
मित्र गोर्खेज्यू झ् यो भन्दा पनि अगाडि फर्केर हर्ेर्ने हो भने नेपाली साहित्यको माध्यमिककालीन यात्रा जानेर होस् वा नजानेर यौनमनोविश्लेषणका साङ्केतिक रेशाहरूमा छताछुल्ल छिरल्लिएको छ । मोतीमण्डलीका अनेकौँ सदस्यदेखि लगभग लेखनाथ पौड्यालको पूर्वार्द्धको लेखनखण्डसम्म आइपुग्दासमेत यसको प्रवाह रोकिएन । सायद राणाकालीन दरबारिया रसरङ्गले सीमित पारिवेशिक खुलापन र त्यससँग सम्बन्धित स्रष्टाहरूले यस विषयलाई उजागर गर्ने/गराउने मौका पाए ।
के फ्रयड गलत छन् त – प्रश्न ज्यूँका त्यूँ हाम्रा सामु रहिरहेकै छ । व्यक्तिगत रूपमा म विश्वस्त छु – फ्रयड गलत छैनन् । पशुपक्षीहरू हाम्रासामु साक्षी छन् । सभ्यताको सुरु बिन्दुबाट अघिल्लो पाटोलाई सर्सर्ती हेर्ने हो भने हाम्रो नाम पनि पशु नै हो । त्यहाँ यौनसम्बन्धका लागि जातिभेद छैन, नाताभेद छैन, रक्तभेद छैन, उमेरभेद छैन । उमेर पुगेको भाले र त्यसै आवश्यकतानुसारकी पोथीका बीच चाहे आमाको होस्, चाहे दिदी-बहिनीको, चाहे भाउजुबुहारीको होस् चाहे जोसुकै, दुइ आत्माका चाहनाका आधारमा शारीरिक यौनसम्बन्ध भएका थिए, भइरहेका छन्, यथार्थ सत्य यही हो । हामी अश्लीलताका सङ्कर्ीण्ा सीमाभित्र रहेर लेख्न डराउँछौँ, बोल्न सक्दैनौँ । जुनजुन कुरा हामी अश्लीलता होला भनेर लेख्न-बोल्न डराउँछौँ तिनैतिनै कुराहरू समाजमा लुकिछिपी कार्यरूपमै भइरहेका छन् । आमासँग यौनसम्बन्ध राख्ने छोरो, दिदी-बहिनीसँग यौनसम्बन्ध स्थापित गर्ने दाजुभाइ, छोरीसँग शारीरिक सर्म्पर्क गर्ने बाबु, बुहारी भाउजूसँग यौनसम्बन्ध स्थापित गर्ने ससुराजेठाजु, देवरहरू हामीले हाम्रै समाजमा – घरव्यवहारमा खोज्ने हो भने प्रशस्त पाउँछौँ र यो सङ्ख्या जेलभित्र पनि थुप्रै भएबाट बीसौँ शताब्दीका यौनमनोविश्लेषक शिखरपुरुष सिग्मन फ्रयड र उनका सह र समकक्षीहरू सहस्र शताब्दीपछिसम्मका समग्रतालाई देख्ने भविष्यद्रष्टाका रूपमा स्थापित छन् भइरहने छन् । यस क्षेत्रका साहित्यिक लेखनका प्रेरणास्रोत र सहज जीवन जिउन प्रेरित गर्ने ती महान् विचारक-विभूत्रि्रति कृतज्ञता प्रकट गर्दै म आराम लिन चाहन्छु ।
तपाईंको झञ्झटिलो मित्र
कलानिधि दाहाल, रातो पुल, काठमाडौँ ।
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)