~दिपकराज काफ्ले~
पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ ।
ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।।
आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम ।
गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।
सिरिरी बतास बाह्रै मास चल्ने यो हाम्रो छाते गाऊँ ।
के भुल्न सक्नु गढ़ेर बस्छ, मेटिन्न मनमा नाऊँ ।।
अमरपुर मुनि तमोर घुम्छ, हिम्खोला भेटनलाई ।
गोठाला गर्दा त्यै खोला पुग्थें पियास मेटनलाई ।।
अटुट बगि तमोर पुग्छ सात कोशी भेट्टाउन ।
उ जस्तै हुने प्रतिज्ञा गर्थें तमन्ना मेट्टाउन ।।
मास्तिर भन्थ्यो त्यो कुम्भकर्ण “यहि चिसो हावा खाम” ।
तलतिर भन्थ्यो त्यो यासोक डाडा “ल मधेश सगै जाम”।।
यासोकको कुरा सुनेर हिंडें, कहिँ छ कि गर्ने काम ।
दसक दुइ बिते छोडेको छाते, पुग्या छु पराइ गाम ।।
न्युयोर्क,अमेरिका
(स्रोत : NRNaksa)