~सुप्रिया गुरूंग~
दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा
जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै ,
ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ,
त्यो अन्धकारमय रातहरुमा पनि
नेपाल र नेपालीको दु:खहरुलाई, समस्याहरुलाई
समाप्त गर्ने हरेक कोशीश सँगै ऊ जागीरहन्छ !
किनकी ऊ,
राष्ट्रको निम्ती मरिमेट्ने, देशप्रेमी
नेपालको छोरो बन्न चाहन्छ !!
(स्रोत : NRNaksa)
