~ज्योतिराज अधिकारी~
बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो
अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो
कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ
कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ ।
चरालाई सोधे मैले कहाँ जान लाग्यौ चरी
बास सारी जान्छौ हामी पहिले देखी यसै गरी
गर्मी भए जाडो खोज्छौ जाडो भए गर्मी रोज्छौ
यसै गरी उद्गम देखी नाच्दै गाउदै हामी हिद्छौ ।
माछा लाई सोधे मैले खोला पौडी कहाँ जान्छौ
त्यही पारी समुद्र छ, वही हामी गई बच्छौ
पानी ले बगाइे दिन्छ हामीलाई डुंगा बनी
पौडी रन्छौ पुग्छौ लक्ष्य बाधा अड्चन यसै टरी ।
तारा गयो प्रकाश छोडि आफ्नो बाटो लागि सक्यो
त्यही आँखा टिकिरह्यो प्रप्ती पनि सुन्य भयो
धेरै चमक आकाशमा एकै सुर्य कफी छन
एउटा कला नजिक पुग्छ बाँकी सबै सख्छी छन ।
जहाँ जसै पौढे पनि उत्रिनु मात्र मुख्य हो
जती थाहा भए पनि सन्तोष नै त शुख् हो
हिडौ एकै बाटो लिई अब नौलो पाईला रखेर
नयाँ सोच जगर ल्याऔ शही सबै मन भाकेर !!!
नयाँ बर्ष को शुभकामना !!!
(स्रोत : Weallnepali)