कविता : फुल र तिलहरी

~फुच्ची जमुना~Fuchchi Jamuna

ए “फुल” साच्चै कती सुन्दर तिमि
हेर त, भमराहरु झुम्मिइरहेछन्
भरिएको जवानी देखि
सायद ति पनि लालायित भए
र त तछाड मछाड छ उनिहरु बिच
अनी फुल तिमी मुस्काइरहिछौ
उनिहरु कै स्वागतको लागि
मैले भनेकी थिए –
‘तिमी त्यसरी नमुस्राकुराउनु’
तिमिले भनेकी थियौ –
‘कती लोभिनी तिमि’
सम्झ त एकचोटी
हिजो घर छाड्ने बेलामा
शिरमाथी हात राखेर
आमाले के आशिर्वाद दिनुभएको थियो ?
हुन त यो झिलिमिली शहर
र यो शहरिया लगाइ खबाइमा
त्यो गाउकी पाखे आमालाइ
बिर्सियौ होली तिमिले
तर, अस्ती गाउ पुगेकी थिए
र आज मात्रै फर्केकी म
आमा भन्दै हुनुहुन्थ्यो –
“शहरमा त पढाइ खर्च चर्को छ रे
किनमेल पनि उस्तै छ भन्ने सुन्छु
मेरी फुल बिचरा बालखा छे
के कसरी जोहो गरेकी होली ?
पैसाको नाउमा सुको कौडी छैन्
नानि, यो लगेर दिनु है ”
यी यता हेर त
तिम्री आमाले पढाइ खर्च
भनेर पठाइदिनु भएको “तिलहरि”

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.