एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् ।
पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी पौराणिक वैवाहिक संस्थाबारे सोच्न पुगे । समाजलाई सुयोग्य नागरिक दिने एउटा समाजिक वन्धनको रुपमा कसरी तत्कालिन समाजले यो वैवाहिक सँस्था अनी वंशवीर्य व्यवस्था आदिको विकास गरे उनी चकित थिए । सोँच्दासोँच्दै उनी फसे एउटा समय जाजालमा । स्थान थाहा भएन कहाँ हो । समय थाहा भएन कहिले कुन युग हो । तर फसे एउटा समय जंजालमा ।
एउटा मनोरम दृष्य थियो उनको चारैतिर । एकातिर धेरै टाढा सेतासेता हिँउले ढाकिएका अग्लाअग्ला पर्वतहरु थिए । अरुतिर थिए हरिया वनहरुले सुसोभित पर्वतहरु । आफू वरिपरि चारैतिर साना ठूला वृक्ष र लताहरु । वनका फूलहरुले मनोरम एउटा वनवाटिका । नजिकै छंगछंग गर्ने झरना । त्यहीँ मूनि काचन पानीको तलाऊ । बनका पंछीहरुले भिन्नभिन्न स्वरहरुमा वातावरणलाई संगीतमय बनाइरहेका थिए । मॄगका बथान छेउमै नाच्दै र उफ्रदै चरिरहेका थिए । एउटा स्वर्गसरी दृष्यको भान भयो उनलाई ।
नजिकै एउटा चिप्लेटी परेको ढुंगा थियो । त्यसैमा उनी बसे योगासनमा यो मनोरम वातावरणको आनन्दलाई पान गर्न ।
आनन्दमयी आँखा विस्तारै बन्द भयो । छाति उच्च । शीर ठाडो । आँखा चिम्म । दुवै हात योगासनको मुद्रामा घुँडामाथि । क्षणभरमै ध्यानरत भए उनी । मौन । मानौ उनी ऋषी हुन् । हज्जाराँ वर्षदेखि एकै मुद्रामा तपस्यारत एउटा ऋषी । उनमा एउटा सौम्य सुखको अनुभूति भइरहेथ्यो । उनी त्यसैमा ध्यान मग्न भए । त्यसैमा हराए । उनको चेतना शून्यविन्दूमा पुग्यो । भारहीन देशहीन श्पर्शहीन र गतिहीन । आकशसरी ऊ विशाल र व्याप्त थियो । उनको अस्तित्वानुभूति मात्र शून्य थियो । मात्र शून्य ।
समय वित्दै गयो । दिन महिना वर्ष र अनेकन युग । तर उनको समय रोकिएको थियो । पूर्णतः स्थीर ।
एकाएक उनको ध्यान भंग भयो । एउटा कोलाहल जयजयकारको वातावरणलाई थर्काउँदै एउटा व्यवधान । मानौँ उनी आकाशबाट एक्कासी तल धकेलिए । एकाएक उनको शरीरमा भार उत्पन्न भएथ्यो । मानौँ उनी भूईमा डयाम्म पछारिए । स्थितिलाई आँक्न उनले आँखा खोले । सामून्ने एउटा पौराणिक भीड उनैलाई हात जोडेर जयजयकार गर्दै ठींग थिए । यस व्यवधानमा रिसले उनी आगो भए । मानौँ उनी दूर्वासा हुन् । एउटा दूर्दन्त क्रोधी ऋषी । मानौँ उनका आँखाबाट अग्नी प्रज्ज्वलित हुनलागे ।
“त्राही ! त्राहीमाम !”
भिड भयवित भिएर विनति गर्दै भूइँमा लम्पसार परे ।
“हे महापुरुष हे दायानिधान हजुर कल्याणकारी हुनुहुन्छ । मर्मज्ञ हुनुहुन्छ । त्रीकालदर्षी हुनुहुन्छ । हजुर श्रृष्ठी पालन र संहारको लागि सक्षम हुनुहुन्छ । हे परब्रह्म हजुर वेदका विन्दु हुनुहुन्छ । हाम्रो यस धृष्टतामा क्षमा चाहन्छौँ । हामी हजुरकै शरणमा छौँ । हे महर्षी हाम्रो दुखलाई नाश गरिदिनुहोस् ।”
भाषा अलग थियो । हजारौँ वर्ष पुरानो । तर उनका ब्रह्मज्ञानले सबै अनुवाद गरिदियो । प्रार्थनाबाट उनी खुशी भए । उनका रिस तत्कालै नाश भए । मानौँ आगोको भुंग्रोमा सैयूँ घडा शीतल पानीको वर्षा भयो । उनका अनुहारमा सौम्यता प्रखरित भएर आयो । कल्याणका अभिलाषी भीडले हर्षकासाथ जयजयकार मनाए- “ऋषी महाराजको जय होस् । जय होस् ।”
उनका हात अब वरदमुद्रामा उठे । मानौँ उनी ब्रह्मर्षी नै भए ।
भीडलाई उनले हेरे । सयपचासको भीड थियो- “आदिम परिधान आदिम आभूषण आदिम व्यवहार आदिम तौरतरिका आदिम भाषा ।”
भीड ढुक्क भएर अब उठे । अग्रिम पंतिमा एउटा प्रौढ व्यक्ति दुवै हात जोडेर उभिएका थिए । करुण अनुहार दुखी आँखा- उनले घुँडा टेके । भूईमा शीर राखेर करुण स्वरमा उनले प्रर्थना गरे- “हे महर्षी ! हे ब्रह्मर्षी ! म सारै दुखी छु। मेरा सबै प्रजाहरु दुःखी छन् । हे करुणानिधान मेरा सन्तान भएनन् । मेरा सातैवटी रानीहरुले मलाई पुत्रसुख दिन सकेनन् । मेरा उत्तराधिकारी नभएकाले राज्य कल्याणोन्मुख छैनन् । हे महर्षी एउटा सुयोग्य पुत्रको अभिलाषाले हजुरसामू प्रार्थनार्थ उपस्थित छौँ । प्रभू, हामीमाथि दया होस् ।”
उनका सौम्य अनुहारमा केही परिवर्तन आएन । मानौँ उनले सुने तर सुनेनन् । मानौँ उनी सबै रहस्य बुझ्दछन् र तीनका निराकण जान्दछन् । मानौँ केही भएको छैन वा उनको लागि यो समस्या केही होइन ।
एउटा बृद्ध पुरुष अगाडि सरे र निवेदन गर्नलागे- “हे महर्षी हे दयानिधान जनी रहोस् । राजगरुको हैसियतले मैले गर्नु सबै गरेँ । तर सबै निरर्थक रहे । एउटा पुत्रेष्टी यज्ञविधान गर्दैछु । हे ब्रह्मर्षी ! यस यज्ञको प्रकृयामा ऋतुदानार्थ एउटा योग्यपुरुषको खाँचो रहेको छ । हे भगवन ! हजुरसिवाय यस जगतमा को नै योग्य महापुरुष होला ? हे महापुरुष हाम्रा यज्ञको प्रयाशलाई कृतार्थ गरिदिनुहोस् ।”
उनले समस्त जनलाई आँखा घुमाएर हेरे । सबैको आँखामा त्यही सविनय निवेदन । वरदमुद्रामा हात यथावत राखेर गंभीर स्वरमा उनी बोले- “तथास्तु !”
वातावरण फेरि गुन्जियो हर्षोल्लास र जयजयकारले ।
राजगुरुले निवेदन गरे- “हे सतपुरुष ! हे भगवन ! ऋतुदानको लागि सबभन्दा असल मुहुर्त आज चौथो प्रहरको दुइघडी एकपलादेखि आठौँ प्रहरको अन्त्यसम्म देखिएको छ । यस साइतमा गर्भाधान हुँदा सन्तान सूर्यसमान तेजस्वी, िसंहसमान शुरबीर, र धर्मराजसमान धर्मज्ञ र न्यायवान हुनेछन् । अतः हे महापुरुष ! सात महारानीहरुमध्ये जसजसलाई हजुरका लागि सुयोग्य पात्र ठहरिन सक्छ उनलाई नै ऋतुदान बक्स होस् । सातै महारानीहरु शीतल गुलावजलमा स्नान गरी एकवस्त्रमा यहाँ सवारी हुनेछन् । हजुरबाट सुयोग्य पात्रको छानौट भएपछि बाँकी महारानीहरु फिर्ता राजदरवार सवारी हुनेछन् । हजुरको जो आज्ञा ।”
“तथास्तु !”
फेरि जयजयकारले थर्किए वातावरण । अग्रीम प्रंक्तिमा भक्तिभावमा उभिएका राजाले हर्षाश्रु बगाउँदै स्तुतिपूर्ण उद्गार व्यक्त गरे- “हे प्रभू ! हजुर धन्य हुनुहुन्छ । हजुरको कृपाले धन्य भयौँ । मेरा प्रजाहरु धन्य भए । मेरा रानीहरुका कोख धन्य हुनेछन् ।”
त्यसपछि सबैले त्यस मनोरम स्थान छाडेर गए । वातावरण फेरि यथावत रह्यो । सुन्दर शान्त मनोरम । उही छंगछंग आवाज झरनाको । उही संगीतमय चराहरुको आवाज ।
ऋषीले आफ्ना वातावरणलाई हेरे । वातावरणमा धेरै परिवर्तनहरु थिए । वरपर व्रिक्ष्यहरु बडेमानका थिए । पारीका पहाड पैरोले खारेर फरक देखिन्थे । टाढा पहाडहरुमा मानववस्तिहरु ठाउँठाउँमा बसेका देखिन्थे । अर्कोतिर ठाउँठाउँमा फडानी गरी खेत र बारीहरु बनाइएका दखिन्थे ।
निकै युग बितेको अनुभव भयो उनलाई । उनले आफ्ना शरीर चलमलाए । केही कुराले उनलाई जकडेको अनुभव भयो । हेरे झण्डै आधा जीउसम्म धमिराको ढिकुरो उठेको रहेछ । विस्तारै त्यो ढीकुरोको वन्धनलाई तोड्दै उनी उठे । हज्जार्रौ लाखौँ धमिराहरु घरविहिन भएर छ्याल्ल र व्याल्ल भए । उनका जीउभरी धमीराहरु रगरगाए । उनी विस्तारै उठे । आँङ ताने, अनि शरीरका धमिरा झार्न जीउ झडकारे । शरीरमा त्यही स्फुर्ति त्यही बल । मानौँ युगौँयुग बितेकै होइन । एकै रात बितेको हो र उनी एका विहानै निन्द्राबाट ब्युँझेका मात्र हुन् ।
आफूलाई नियाले । समस्त लुगाहरु छिन्नभिन्न भएर झरिसकेका थिए । घामपानी र हावाले खाएर उनका छाला गोहोरोको जस्तै खस्रो थियो । केश र दाह्री लट्टिएका थिए । सेतै फुलेका थिए । कताकतै लेउ र झ्याउसमेत उम्रिएका थिए । पेट सुकेर ढाडैसम्म टाँसिएको थियो । छातिमा करंग डाडाभाटासमान देखिन्थे । हात र खुट्टाका नंग्राहरु बढेर पूरै बटारिएका थिए ।
आफ्ना नांगो शरीरलाई हेर्न उनी तलाउको डीलमा उभिए । पानीभित्र छायाँमा उनलाई आफ्नो कंकाल जंगली शरीरमा देदिप्यमान दिव्य व्यक्तत्वको दर्शन भयो । मानौँ उनी शुकदेव हुन्, अष्टावक्र हुन्, वेदव्याश हुन्, वशिष्ठ हुन् वा विश्वामित्र हुन् । सभक्ति उनले आफना दिव्य शरीरको बन्दना गर्न लागे- “धन्य हो धन्य हो …।”
ऋतुदानको मुहुर्त नजिकै आउँदै थियो । एकहुल जनसमुदायले सातैवटी महारानीहरुलाई बाजागाजासहित पाल्कीमा राखेर त्यहाँ ल्याइपुर् याए । ऋषी अझै तलाउको डीलमा दुवै कर जोडेर आफ्ना शरीरको वन्दनामा ध्यानमग्न थिए । राजगुरुले सबैलाई मौन रहने संकेत दिए । एकाएक बाजागाजाको स्वर बन्द भयो ।
मुहुर्त अझै बाँकी थियो । राजगुरुले रानीहरुलाई त्यहाँ नै पाल्कीबाट उतारे . अनि बाँकी सबैलाई लिएर फर्किए वस्तितिर । फेरि त्यहाँ शून्यता छायो । सातैवटी रानीहरु भक्तिभावसाथ मौन विन्ति गर्दै प्रतीक्षामा रहे । मुहुर्त आउनेवित्तिकै ऋषीको मनमा चंचलता छोप्यो । उनले आँखा खोले । उनका सामू थिए सात रानीहरु- परीसमान मनमोहक र सालीन ।
सातमध्ये चार रानीहरु तँछाड मछाड गरी ऋषीसामू आए । ऋषी अटल रहे । सामु आएका रानीहरुलाई देखेर उनले फेरि आँखा चिम्ले । मुहुर्त आफ्नै पारामा बित्दै थियो । चारै रानीले बुझे उनीहरु कसैलाई पनि यी महापुरुषले ऋतुदानको लागि सुयोग्य पात्र मानेनन् । उनीहरु चारैजना त्यहाँबाट हटे ।
ऋषीभित्रको निस्सारता हट्यो । उनका आँखा खुले । चार रानीहरु त्यहाँ थिएनन् । बाँकी तीन रानीहरु संकोचसाथ केही टाढा नम्र विन्तिभावमा उभिएका थिए । तीनैजनाले ऋषीका आँखामा आँखा राख्न सकेनन् । उनीहरु नतमस्त थिए ।
ऋषी विस्तारै अघि बढे । तीनजनामध्ये उनले एकजनालाई नजिकैको झाडिपछाडि डोर् याएर लगे । आफूले घुँडा टेके, अनि रानीलाई भद्रतासाथ नरम घाँसमा सुताए । रानीले ऋषीलाई हेरिन् । देखिन् एउटा जाज्वल्यमान् देदिप्यमान पुरुष, एउटा पूर्णपुरुष उनलाई ऋतुदान गर्न तयार छन् । तिनलाई कामान्ध भयो । ऋषीलाई कमुक हिसाबमा व्यवहार गरिन् । ऋतुदान भयो ।
ऋषीले त्यस रानीलाई भने- “जाऊ, तिमीलाई अति नै शुरवीर पुत्रलाभ हुने छ । तर उ कामान्धो हुने छ । कामको सामु उनले अरु केही देख्ने छैन ।”
ऋषीले केही समयपछि अर्की रानीलाई सभद्र डोर् याए । ऋषीका बटारिएका नंग्राहरुले तिनका सुकुमार पाखुरामा पिडा दियो । उनी संकुचित भइन् । ऋषीलाई हेरिन् । उनको त्यस उग्र जंगली स्वरुपले तिनमा डरका साथै हीनभाव उत्पन्न भयो । ऋतुदानको समय उनी निचेष्ट मूर्दातुल्य रहिन् ।
ऋषीले रानीलाई भने- “जाऊ तिमीलाई एउटा पुत्रको लाभ हुनेछ । तर उ अति हीनभावले ग्रसित हुनेछ । राजामा हुने गुण उनमा हुने छैन ।”
दुवै रानीहरुले स्थान छाडे । अब सीर्फ कान्छीरानी मात्र बाँकी थिइन् । तिनी आफै ऋषीका सामू गइन् र घुँडा टेकेर सभक्ति प्रणाम गर्दै झुकिन् । ऋषी अमूक यथावत उभिए । रानीले ऋषीलाई नै डोर् याएर तलाऊको डीलमा बसाइन् । ऋषी अन्यमनस्क रहे । रानीले आफ्ना पछ्यौरीको एक छेउ पानीमा भिजाइन् र ऋषीको गोडामा नरमपारामा मोलिन् । शीतल पानी गोडामा परेका चीराहरुमा ऋषीलाई अति सुखानुभूति भयो । रानीले समस्त जीउमा यसैगरी आफ्ना पछ्यौरीले सुख्खा स्नान गराइन् ।
ऋषी दंग थिए । रानीमा कत्ति उछृखलता थिएन । अति नम्र । अति शुसील । अति सरल । ऋषी अल्हादित थिए । अब उनी महापुरुष रहेका थिएनन् । त्यो गर्व, त्यो बडप्पन, त्यो उच्चानुभूति- सबैसबै ओर्लिएका थिए ।
रानी अझै उही भावमा थिइन् । तिनले अब ऋषीका हात र गोडाका नंग्राहरु पनि टोक्न लागिन् । रानीको भक्तिभावलाई देखेर ऋषी दंग परे । एउटा समान्य मान्छेसमान उनको व्यवहार स्वाभाविक हुन लागे । उनी सामान्य पुरुषमा परिणत थिए । ढोँग थिएन लोकाचार थिएन । न उनमा ऋतुदान गर्ने स्वाँग बाँकी थियो, न कामान्धता नै । उनमा उल्टो रानीप्रति स्वाभाविक आकर्षण ससम्मान जाग्रत हुन लाग्यो ।
रानीले टोक्दै बटारिएका नंग्राहरु सखाप पारिन् । ऋषी तिनैलाई हरेको हेर् यै । थाहै नपाई बरदान स्वरुप ऋतुदान होइन, बरदपुत्रका लागि बरददान हैन- आफ्नै नजानिदो सुखका लागि ऊनी प्रस्तुत हुनलागे । उनका हातहरु अब विश्वविजेता निरंकूश थिएनन् । जता मनलाग्यो उता निशंकोच जानसक्ने निर्लज्ज थिएनन् । भद्र बनेका थिए । अरुका सम्मानमा नतमस्त थिए । संयमित थिए कि कतै अभद्रता नजनियोस् ।
हावाका झोँकाहरुले रानीका केशलाई बारम्बार लहराएर मुखतिर ओह्राल्दथ्यो । उज्यालो मुखाकृतिलाई बारम्बार बादलले ढाकेको अनुभुति हुन्थ्यो । रानी झड्कारेर केशलाई पछाडि हुत्याउँथिन । एकपल्ट होइन, बारंबार । रानीलाई अपठारै भइरहेको स्पष्टै थियो । तर त्यो केशको मुठालाई पछडितिर सुर्काएर मद्दत गर्न पनि उनले सकेनन् । यी हात तीनै हुन्, जो पहिले अन्य रानीका तीघ्रातिर कामूकताका साथ उग्र झम्टन्थे । अहिले त तिनका भद्रताले आकाशै छोइरहेथ्यो ।
एकपल्ट खुट्टा मोल्नेक्रममा रानीलाई अरु निहुरिन पर् यो । तिनको ठूलै चुल्ठो अगाडि झर्लम्म झर्नपुग्यो । झडकारेर अब त्यो जान असम्भव थियो । नारी र पाखुरीको सहायताले तिन्ले आफ्नो केश सयार्न खोजिन तर असम्भव थियो । ऋषीको दुवै हात अनायासै सहयोगको लागि बढे । एकाएक सहजतासाथ चुल्ठो सयारिए । रानीले कृतज्ञताको आँखाले ऋषीलाई धोइन् । दुवैका आँखा चार भए । मानौँ एउटा पर्दा नै हट्यो । मानौँ अकाशै बादल हटेर छ्यंाग भयो । मानौँ चुल्ठो मात्र सयारिएन रानी र ऋषी बीचको त्यो दूर्गमताकै नाश भयो ।
ऋषीले बिर्से- उनी ऋषी थिए । उनले बिर्से- जगदसुखका लागि उनी प्रस्तुत थिए । थाहै नपाई उनी सामान्य मान्छे भए । उनका हात अनायाश रानीका दुवै गालाहरुलाई च्याप्न पुगे । आँखा हेरे । ओँठ हेरे । ती सुन्दर सुन्दर अंगहरुलाई उनले होशैबेगर चुमे । रानीमा स्वाभाविक समर्पण थियो । यो स्वभाविकताले ऊनी झनै खुत्रुक्क भए । उनले रानीलाई अंगालोमा कसे । कताको चिसो हात, कताको भिजेको पछ्यौरी- दुबैले सबै भुले । भूई नै पानीले लपक्क भिजेको थियो । त्यो नै उनीहरुको लागि बेमतलबको रह्यो । कैयूँवेरसम्म उनीहरु एउटा सहज स्वच्छ प्रणयमा झुमी रहे, हराइरहे ।
साँझ मज्जाले छिप्पिसकेको थियो । पहाडबाट जुनले चिहाउन लागिसकेथ्यो । दुवैजना चौरमा लडेका थिए । ऋषीको पाखुरीमा रानीको सिरानी थियो । समयसमयमा ऋषी रानीको निधार चुम्दथे । रानी ऋषीलाई रौँले व्याप्त छातिमा सप्रेम चुम्दै अँगाल्दथिन् । आकाशमा जुन माथितिर बढ्दै आएर रुखको आडमा लुक्न पुग्यो । सायद ऋषीलाई यही क्षणको प्रतीक्षा थियो । उनले रानीका अंगप्रत्येंगमा आफ्ना मायालुहातहरु डुलाउन लागे । रानीमा ती सवैको स्वीकार थियो । दुवैका प्रणयले विस्तारै रंग फेरे । अनि त दुवैमा होस् भएन । उनीहरु पूराका पूरा सम्भोगमा हराए ।
त्यहाँ स्वभाविक ढंगमा यौन सम्बन्ध भो । रातभर उनीहरु यही रतिसुखमा हराए । विहान उठ्दा उनीहरु ऋषी र रानी थिँदै थिएनन् । प्रेमी र प्रेमिका थिए । छुट्नुपर्ने विरहको वेदनाले दुवैका आँखा भिजेका थिए । विधिको विधान छुट्नुत थियो नै । परबाट रानीलाई लिन आउने बाजाको आवाज सुनिन लाग्यो । रानी आफ्ना प्रेमी पुरुषको अँगालोमा झन गाडिइन् । प्रेमी पुरुषले प्रेमिकालाई गाडे झनै छातिभित्र । दुवैको प्यास मेटिएन । बाजाको आवाज नजिकिँदै थियो । रानीको रोदनमा तीब्रता बढ्न लाग्यो । प्रेमी पुरुष असहाय थिए ।
बाजाको अवाज बन्द भयो । दुवै संयमित भए । हेरे पर दृष्यपटलमा राजा राजगुरु गन्दर्भहरु र प्रजावर्ग ठींग उभिएका थिए । विर्यदान गर्ने पुरुष र वीर्यग्रहण गर्ने स्त्रीको आँखामा अदम्य अपठारोपना अनि उस्तै अपराधबोध र लज्जा व्याप्त थिए । तर, तर वंशवीर्यकामी राजा र प्रजा मख्ख थिए- वंशको रक्षा हुँदै गरेको सुखमा ।
ऋषी अब संयमित थिए । तर आँखामा हार थियो । रानी पनि अब संयमित थिइन् तर तिनको आँखामा पनि उस्तै हार थियो । उता जनसमुदाय पूर्णतः निश्चिन्त । उनीहरुका आँखामा विजय थियो ।
हारेको मन्दस्वरमा ऋषीले उद्गार पोखे- “हे रानी हाम्रो संसर्ग ऋतुदानको लागि थिएन । यो स्वाभाविक त्यसैले दैवी संसर्ग थियो । म भन्छु तिमीलाई अति नै योग्य स्वभावबादी सत्यकामी पुत्रको लाभ हुने छ । उनी मान्छेमा हुनुपर्ने सबै गुणले सम्पन्न हुनेछन् । उनमा तिम्रो संस्कार रहने छ । उनी सुयोग्य शासक हुनेछन् ।”
रानीको आँखामा त्यो बरदानप्राप्तिको सुख थिएन । सन्तानसुखको परिकल्पना भन्दा यो सत्प्रेमको विरहवेदना दुरुह थियो । असह्य थियो । तिनको आँखाले बलिन्द्र धारा बगाउन लागे । आँखाले भनिरहेथे- “हे निष्ठुरी ! तिमी कसरी त्यत्ति लोकाचारी बन्न सकिरहेछौ ? ममा कसरी त्यो शक्ति भएन ।”
सत्प्रेमी रहेका पुरुषले मानौँ ती सबै सुने र मनैमन उत्तर दिए- “सायद तिमीले मेरो प्रशंसा गरेकी हौ र पनि त्यो कताकता मलाई गाली प्रतीत हुन्छ । के गर्छौ ? लोकाचारको लागि मान्छेजाति मान्छे रहनै सक्तैन । उसलाई देउता बन्नुछ । देउता अर्थात, यही हाम्रै मानेमा वलीको बोको । प्रेयशी तिमी बली चढेकी छौ । म बली चढेको छु समाज निरन्तरताको नाममा । पशुहरुले यसरी वली चढनुपर्दैन । सायद मान्छे हुनुको विडम्बना नै यही हो । सायद मान्छेको देउता हुने तृष्णाको फल नै यही हो । प्रीय के गर्छौ ? तिमी बाँधिएकी छौ । म बाँधिएको छु। म व्रम्हर्षी बनेको आत्मसुखमा जीउँदै जाने छु । तिमी पनि समाज निरन्तरताको कढी, जगतमाता बनेकी आत्मसुखमा जीउँदै जाऊ । पशु बनिनौ । आदर्श मान्छे हुनुको नियति नै यही हो । मेरो शुभकामना ।”
उनको आँखामा तीव्र वेदना स्पष्ट थियो र पनि उनि दृढ उभिएका थिए ।
रानीले उनलाई अनि सँगै ती लोकाचारका प्रतिक महान ऋषीलाई सादर सभक्ति प्रणाम गरिन् । विरहवेदना लुकाइसक्नु थिएन । आँखाबाट त्यो छचल्किएर गालाहुँदी बग्नलागे । लोकाचारले तिन्लाई पनि डस्यो । तत्काल तिन्ले घुम्टो काडिन् । ऋषी बिचरोको लागि कुनै घुम्टो थिएन । व्यथित व्यथित उनको आँखामा त्यही मान्छेत्व छचल्किएला र उनको देवत्व संकटमा पर्ला भनी ऊनी डराए । के गर्नु र के नगर्नुमै उनी तत्काल चप्लेटी ढुंगामा चढे र ध्यानको आवरणमा ऊनी पूरै लुक्न पुगे ।
ध्यानस्थ उनी भए नै । तर यसपल्ट उनको ध्यान आकाशमूखी थिएन । पृथ्वीमूखी थियो । मानौँ उनी फर्कदै थिए । त्यतैतिर जहाँबाट उनको शूरुवात भएको थियो । यसै क्रममा उनी झल्यास्स विउँझिए । उनको अगाडि आजको वास्तुबादी संसार झल्झलाइरहेथ्यो । थाहा भो वीर्यको स्खलन पनि भएको रहेछ । बन्जरबन्जर ओछ्यानमा शायद त्यो अवास्तविक धरातलमा उठेका मान्यताहरुको स्खलन थियो । अब कुनै आकाशी अलौकिक अन्धमान्यताको जन्म हुने छैन । मान्छे आफूले आफैँलाई अनाहक वेमूल्य कज्याउने कुमान्यताको अब शुत्रपात हुनुछैन । उनी केहीबेर ध्यनमग्न भए ।
पूर्वतिरबाट रातो घामले पृथ्वीका हर अन्धपक्षलाई धमाधम धुँदै थियो । हिमाल, पाहाड तराई र त्यहाँका हर चराचरमा समान प्रकाश झलमलाई रहेको थियो । ओझेलका समस्त भूगोल र त्यहाँका जीव र वस्तुहरुको सार्थक उपस्थितिलाई यसले उजागर गरिरहेथ्यो । निन्द्राबाट विउँझिएको आजको यो ऋषीकोलागि यो नवीन दिव्यदृष्टी हुनपुग्यो । उनी ओछ्यानबाट जुरुक्क उठे । दुवैकर जोडी सूर्यलाई नयाँपारामा नयाँ देशको सृजनाको लागि प्रतिबद्धता जनाउँदै उनले नमस्कार गरे र, र केही छैन संस्कृतमै सही उनले सूर्यको प्रशस्तीमा नयाँ अर्थसाथ गायत्री बडबडाए –
“ॐ भूर्भुवः स्वः ।
तत् सवितुर्वरेण्यं ।
भर्गो देवस्य धीमहि ।
धियो यो नः प्रचोदयात् ।”
—
(Note : follwoing are the literarl translation of the Mantra
“We meditate on the effulgent glory of the divine Light; may he inspire our understanding.”- S Radhakrishnan
“We meditate on the glory of that Being who has produced this universe; may He enlighten our minds.”- Swami Vivekananda.
“O God, Thou art the giver of life, the remover of pain and sorrow, the bestower of happiness; O Creator of the Universe, may we receive Thy supreme, sin destroying light; may Thou guide our intellect in the right direction.”- Gayatri Rariwar
“Unveil, O Thou who givest sustenance to the Universe, from whom all proceed, to whom all must return, that face of the True Sun now hidden by a vase of golden light, that we may see the truth and do our whole duty on our journey to thy sacred seat.”- W. Quan Judge. )
(स्रोत : रचनाकारको ब्लगबाट सभार )