त्यो हो चीनको विशाल पर्खाल ग्रेट वाल अफ चाइना । यसलाई दुनियाँका आठ आश्चर्यमध्येको एउटा आश्चर्य मानिन्थ्यो । अहिले विज्ञानको द्रुत प्रगतिले गर्दा त्यस्ता आश्चर्यका वस्तु कति निर्माण भैसकेका छन् । त्यसैले ती पुराना आश्चर्यलाई आश्चर्यको बस्तु मान्न छोडिसकेको छ आजको पुस्ताले । तैपनि प्राचीन आश्चर्यका वस्तुहरुको मूल्य र पहिचान आफ्नो ठाउँमा उत्तिकै छँदैछ । त्यसमा पनि यो चीनको विशाल पर्खालको बेग्लै मूल्य छ । किनभने यो चन्द्र धरातलबाट समेत देखिने पृथ्वीको एउटै मात्र मानव निर्मित रचना मानिन्छ ।
त्यसैले जिज्ञासु र पर्यटक प्रवृत्तिका व्यक्तिका लागि यो पहिलेजत्तिकै आकर्षणको वस्तु छ र जीवनमा त्यस ठाउँमा पुगेर त्यसलाई नजिकैबाट अवलोकन र स्पर्श गर्ने आकाङ्क्षा उसले राख्छ । मेरो पनि कताकता त्यो आकाङ्क्षा सुष्ाप्त अवस्थामा थियो । तर मैले जीवनमा त्यस्तो आकाङ्क्षा राख्नुको कुनै अर्थ हुँदैनथ्यो । किनभने म निजी खर्चमा शोख पूरा गर्न सक्ने सम्पत्तिशाली पर्यटक त छँदै थिइँन । न त कुनै महìवपूर्ण मानिने मानिस कै कोटीमा पर्थे जसलाई राज्यस्तरकै भ्रमणहरुको अवसर बारम्बार पर्छन् । त्यसैले मेरा कतिपय इच्छा आकाङ्क्षासपनाहरुसपना नटुङ्गिदै बिउँझिएको निद्रालुका सपना बन्न पुगेका थिए । तर कुनै कुनै सौभाग्यशाली व्यक्तिको असम्भव मानिने सपना पनि विपनामा बदलिने सम्भावनाको ढोका खुल्दोरहेछ । २०५१ सालमा म अप्रत्याशित रुपले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य बनाइए । यसले मेरा कयौं नपुग्ने सपना पुग्नसक्ने सम्भावनाका ढोकाहरु खोलिदियो । तिनैमध्ये चीनको भ्रमण गर्ने र त्यहाँ पुगेपछि “शताब्दीको” त्यो आठौं आश्चर्य मध्येको मानिएको चीनको विशाल पर्खालको अवलोकन गर्नु पनि एउटा थियो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र चीन सरकारको एउटा सांस्कृतिक निकायका बीचमा सांस्कृतिक सद्भावनाको आदानप्रदान गर्ने सम्झौता रहेछ । यसै अन्तर्गत प्रतिवर्ष पालैपालो गरेर सांस्कृतिक सद्भावना सदस्यका रुपमा देश भ्रमण गर्ने निम्तो आउँदोजाँदो रहेछ । हाम्रा यहाँबाट जाने प्रतिनिधि मण्डलमा प्रतिष्ठानका परिषद् सदस्यहरु र एकाध आवश्यक कर्मचारीहरु नै जाने परम्परा रहेछ । सद्भावना भ्रमणको निम्तोमा पठाइँदा परिषद्का सदस्यहरुलाई पालैपालो पठाइने परिपाटी भए पनि कुनै कुनै बाठा र राजनीतिक टेका भएका सदस्य भने साथीलाई उछिट्याएर आफैँ दोहोर् याएर पनि जाँदारहेछन् । तर त्यसपल्ट वि।सं। २०५३ को चीनको यो सांस्कृतिक सद्भावना भ्रमणको निम्तोमा पहिले गैसकेका सदस्यलाई नलगेर नयाँ सदस्यलाई लाने निधो भयो । त्यसैले एकाध झिनामसिना असन्तुष्टिका स्वर उठे पनि यसपल्टको चीन भ्रमणमा जाने मध्येमा म पनि छानिएथेँ ।
त्यस कार्यक्रमको अर्को कमजोरी के रहेछ भने भ्रमण दलका सदस्यमा परिषद्का सदस्यभित्रबाटै लैजाने र यो सुविधाबाट बाहिरका योग्य र वरिष्ठ प्राज्ञ ने.रा.प्र.प्र. मा पुग्ने योग्यता भएका तर पुग्न नसकेका वा नपाएका व्यक्तित्वहरुलाई समाविष्ट नगरिने रहेछ । यसको परिणाम परिषद बाहिर रहेको प्राज्ञ समुदायमा ने.रा.प्र.प्र.प्रति त्यति अपनत्वको विकास हुन नसकिरहेको अनुभव भयो । अर्थात् ने.रा.प्र.प्र. लाई प्रतिष्ठान बाहिरका प्राज्ञ समुदाय प्रतिष्ठानलाई पराई ठानेर यसका गतिविधिमा त्यति सहयोगी भावना देखाउने मानसिकतामा पुग्न सक्तारहेनछन् । यस दुर्बलताको बोध गरेर मैले यसपटकको सद्भावना मण्डलमा प्रतिष्ठानका औपचािरक सदस्यहरुका साथमा एक दुईजना बाहिरका व्यक्तित्वहरुलाई पनि समेट्नु पर्ने कुरा उठाएँ । यो परिपाटी बस्न सके प्रतिष्ठान बाहिर रहेका प्राज्ञ व्यक्तित्वहको सद्भावना र अपनत्व आर्जन गर्न प्रतिष्ठान केही मात्रामा भए पनि सफल हुनेछ भन्ने सोच थियो ।
मेरो प्रस्तावलाई एकाध असन्तुष्टि बाहेक सबै साथीहरुले सहर्ष स्वीकार गर्नुभयो । अनि परिषद्मा पुग्न योग्न तर पुग्न नसकेका प्राज्ञ व्यक्तित्वमध्ये यसपटक दुईजनालाई यात्रादलमा समाविष्ट गर्ने सहमति भए अनुसार वरिष्ठ साहित्यकार देवकुमारी थापा र वरिष्ट साहित्यिक पत्रकार रोचक घिमिरेलाई समाविष्ट गरे उपकुलपति मदनमणि दीक्षितको नेतृत्वमा सातजनाको भ्रमणदल बन्यो । त्यसमा म देवकुमारी थापा रोचक घिमिरे धूस्वाँ सायमि ज्ञानमणि नेपाल र कर्मचारी तर्फबाट तात्कालीन प्रशासनिक अधिकृत तुलसीदास राजभण्डारी पर् यौं ।
यो सांस्कृतिक सद्भावना प्रतिनिधि मण्डल २०५३ साल जेठ २३ १९९५ जून ९ ई। का दिन चीन भ्रमणका लागि प्रस्थान गर् यो । आकाश मार्गबाट तल विस्तृत महासागरका विचित्र नीलिमायुक्त छाल र लहलहरुमाथि दायाँबायाँ कपासका थुप्राजस्ता बादलका विचित्र विचित्र गतिमान आकृतिहरुलाई हेर्दै हङकङको कौलुन खण्डको विमानस्थलमा उत्रियौं । बाटामा एकाधपल्ट जहाज वायुशून्य अवस्थामा परेर सोझै तल झर्दा सास भित्रको भित्रै बाहिरको बाहिरै गरेर आँखा चिम्लिएर रामराम ! जप्ने एकाध घटनाका अतिरिक्त त्यस्तो कुनै खास घटना भएन । काठमाडौंदेखि हङकङसम्मको उडानमा फुर्तिला वायु परिचारिककाहरुको मृदुमुस्कान र कटाक्षपात अनि रसिक यात्रुहरुका लोभिएका आँखाको रसास्वादन भने प्रायः सबैले गरिरहेथ्यौं ।
हाम्रो भ्रमण टोलीमा एकजना विद्वान साथी हुनुहुन्थ्यो । उहाँ अरुभन्दा भिन्न आफ्नै पाराका हुनुहुन्थ्यो । उहाँ बेलाबखत हामीलाई अनौठो र अडबाङ्गे लाग्ने अनेक ताल झिकिरहनुहुन्थ्यो । उहाँको यस्तो तालले कहिलेकहीँ त हामीलाई विदेशीका अगाडि रातोमुख लाउनु पर्ने स्थितिमा पनि पारिदिन्थ्यो । त्यसैले हामी उहाँलाई कण्डापछाडि युगपुरुष आख्यानपुरुष इतिहासपुरुष पुराणपुरुष भनेजस्तै पुरातत्वपुरुष भन्ने गथ्र्यौं । हङकङमा उहाँका एकजना साथी रहेछन् । उनी त्यहाँका लाहुरे बासिन्दाहरुकहाँ पुरोहित्याइँ गरेर वस्ता रहेछन् । हाम्रा साथीले यता आउने बेलामा आफू आउने सूचना दिनुभएको रहेछ र उनका लागि खास नेपाली कोसेली गुन्द्रुक भटमास बोडी मस्यौराहरु ल्याइदिनुभएको रहेछ ।
हुन त हामी नेपालीका लागि गुन्द्रुक भटमास बोडी मस्यौरा कुनै अनौठो वा नौला वस्तु होइनन् । कुनै इष्टमित्रकहाँ जाँदा त्यस्तो कोशेली लिएर जानु पनि कुनै अनौठो कुरो होइन । किनभने हाम्रो नेपाली परम्परामा कसैकहाँ पाहुना लाग्न अथवा भेटघाट गर्न जाँदा खालि जानु हुँदैन । अझ धेरै कालसम्म आफ्नो मातृभूमि छोडेर पराइ भूमिमा बसेको मानिसलाई भेट्न जाँदा त नेपाली कोसेली लिएर जानु अस्वाभाविक हुँदै होयन । किनभने धेरै समयदेखि बाहिर बसेको मानिस आफ्नो माटोको गन्धदेखि विाचत भएकोले त्यसको उसलाई ज्यादै महìव हुन्छ । तर अनौठो त त्यतिबेला हुन्छ जब त्यसले हास्यास्पद स्थितिको सृजना गरिदिन्छ ।
हाम्रा पुरातत्व पुरुषका ती साथी आइपुगेका थिएनन् । त्यसैले अलि आत्तिएजस्तो देखिनु भयो । कतै प्रतिक्षित वन्धु आइदिएनन् भन्ने यत्रो गुन्द्रुक भटमासको कोसेली के गर्ने अर्काको निमन्त्रणामा पाहुना बनेर आएका आफैं पकाएर खाने कुरा भएन । त्यहाँका विदेशीहरुलाई दिउँ भने त्यस्तो कोसेलीको उनीहरुका लागि के महìव जात चिन्नेलाई पो वस्तुको मूल्य थाहा हुन्छ । हाम्रा साथीका आँखामा अलमलको भाव स्पष्ट झल्किन्छ ।
त्यसैबेला परतिरबाट एकजना अर्का पुरातत्वपुरुष हामीतिर आउन लागेको देखियो । कमीज सुरुवाल ज्वारिकोट लाएको नेपाली टोपीले शिरलाई र चन्दन टीकाले ललाटलाई सुशोभित तुल्याएको त्यो पुरातत्वपुरुष पनि टाढैदेखि नेपालीपण्डित पुरेत वर्गको हो भन्ने ठ्याक्कै खुटिन्थ्यो । त्यस व्यक्तिलाई देख्नासाथ हाम्रा साथी पुरातत्वपुरुषका आँखामा ज्यान आएझैं देखियो । उहाँ अलि हडबडाएजस्तो पनि लाग्नुभो । त्यही खुशी र त्यसै हडबडमा उहाँबन्धुका लागि ल्याएको कोसेली झिक्न सुटकेस खोतल्न थाल्नुभो । तर हडबडमा उहाँको मन र हात पनि कििाचत असन्तुलित भए केही कामे । यसै कम्पनमा सुटकेसबाट झिकेका दुई तीनवटा पोका पन्तुरा फुकेर त्यसभित्रका गुन्द्रुकमस्यौरा बोडी भटमासहरु ट्याक्सी बिसौनीको चौडिलो जमिन भरी छताछुल्ल भए । यो स्थितिले हाम्रा साथी झन हडबडाउनु भयो र ती गुन्द्रुकमस्यौराहरु सोहोर्न थाल्नुभो । हाम्री दिदी देवकुमारी थापा पनि सघाउ गर्न त_िम्सनुभो र पण्डित भेषका ती व्यक्ति पनि मस्यौरा टिप्न थाले ।
त्यो घटनाबाट आकृष्ट भएर त्यहाँ केही रैथाने मानिसहरु पनि झ्याम्मिए । उनी आफ्ना आँखामा कौतुक र परिहासको भाव लिएर मुस्कन थाले “ह्वाट अ अन्कल्चर्ड म्यानरलेस फोक्स् !”
ती आफूलाई सभ्य ठान्ने तमासेहरुका आँखाका पौडने परिहासको भाव र आफ्ना साथीको त्यो हास्यास्पद स्थिति देखेर एकपल्ट त मेरा क_िन्सरीका रौं पनि तातेर आए । केही अपमान र हीनताबोधले ज्यादै असजिलो अनुभव भयो । तर के गर्ने यो हास्यास्पद घटनामा कसैको दोष थिएन । न हाँस्नेको न हँसाउनेको ! तै पनि घटना सृजनुमा कारक तत्व त हाम्रै पुरातत्वपुरुष नै थिए । त्यसैले खिन्नता र लज्जाबोध गर्नुबाहेक अरु उपाय थिएन ।
हाम्रो पहिलो बास हङकङसँगै जोडिएको चीनको पूर्वीदक्षिणी सीमाको नयाँ सहर । सििाजयान थियो । हामी रेलमार्गबाट त्यहाँ गएका थिर्यौं । तर भूलले ओर्लनुपर्ने रेल बिसाउनीभन्दा एक बिसाउनी यतै ओर्लन्छौं । त्यो भूललाई सुधारेर अर्को ट्रेन पक्डेर सििाजयान पुग्दा अबेला भैसकेको थियो । रातको बेला बिरानो धर्ती हामी त कुइराको काग नै बन्यौ । सडकको एउटा कुनामा पर्खिंदा हाम्रो मनमा एउटा कटुता पनि जन्म्यो । हामीले आफ्नो भूललाई बिसर्ियौं उनीहरुकै अव्यवस्था ठान्न पुग्यौं । हाम्रो मुलुकको व्यवस्थापनमा यस्ता अव्यवस्था त पाइलैपिच्छे हुन्छन् । किनभने हाम्रो मुलुकका नेताहरु भन्ने गर्छन् “हाम्रो प्रजातन्त्र शिशु छ भरखर बामे सर्दैछ । बामे सर्दैको शिशुबाट यस्ता भूलहरु भैरहन्छन् । बिस्तारै बिस्तारै सिक्दैछौं हामी अनि तिनै नेताको पदचिन्हमा हिँड्ने हामी जनता पनि समाजका प्रत्येक क्षेत्रमा यस्तै भूलहरु गरेर आफूलाई क्षम्य ठान्छौं र दाह्रा ङिच्याएर भन्छौूमाफ गर्नुहोला ! के गर्नु व्यवस्था गर्दा त्रुटि भैजान्छ । सिक्तै छौ ।”
बस फच्या ! कति सजिलो तर चीनजस्तो विकसित जनवादी देशमा पनि यस्तो हेलचक्य्राइँ हुनु त क्षम्य हुँदैन । नि ! के त समाजवादी आदर्शबाट तर्किएर पूँजीवादी बाटोतिर लागेको यस देशमा पनि अनुशासन आदर्श र चरित्रले आफ्नो अनुहार फेरेछ त के त यसले पनि आफ्नो शताब्दी पुरानो संस्कार फेरि बिउँताएर आधुनिकताको अव्यवस्था कुरुपतालाई अँगाल्न पुगिसकेछ त के त यहाँ पनि हाम्रै मुलुक हाम्रै समाजमा जस्तो अनुशासनहीनता अनुत्तरदायी व्यवहार उपेक्षालाई स्वाभाविक मानवीय चरित्रका रुपमा स्वीकार्न थालिएछ त भनेजस्ता सोचाइहरु जन्मिए । तर होइन रहेछ । यहाँ भूल त हाम्रै थियो । हाम्रो स्वागतका लागि खटिएका सम्बन्धित स्वयंसेवक कार्यकर्ताहरु त समयमै आएर हाम्रो आगमनलाई निकैबेर पर्खेछन् र अनि फर्केछन् । तर हाम्रो ुआफ्नो आङको भैंसी नदेख्ने अर्काको आङमा जुम्रा लिखा खोज्ने बानीले गर्दा आफ्नो भूल देख्न दिएको थिएन । त्यसको फल पनि हामीले मजैसँग भोग्यौं । सुनसान सडकको कुनामा आधारातमा अलपत्र अवस्थामा मानसिक र भौतिक दुवै कष्ट भोग्र्यौं हामीले ।
आखिर एकाध घण्टाको यो नमिठो अलपत्रे बर्खाइपछि उपकुलपतिसँग भएको टेलिफोन नम्बरमा त्यहाँको स्थानीय सांस्कृतिक एकाइमा फोन भयो । त्यसपछि त्यहाँ दुईतीन जना युवायुवती स्वयंसेवकहरु हामीलाई लिन आइपुगे । हामीले भोग्नुपरेको असुविधा कष्टका लागि हामीसँगै क्षमा मागे उनीहरुले । त्यसपछि हाम्रा लागि निर्धारित आवास न्यू गार्डेन होटेलमा लगेर थन्क्याए ।
यो हङकङकै नमूनामा बन्न लागेको नयाँ सहर सििाजयान दुई वर्षको अल्प अवधिमै एउटा नयाँ नौलो सुन्दर अनुहारमा हाँसिरहेझैं लाग्थ्यो । भलै अझै केही निर्माण कार्यहरु चल्दै थिए । यस सहरको यति छोटो अवधिमा यति ठूलो विकास भएको भन्ने कुरा थाहा भएर चिनियाँहरुको देश बनाउने जोश इमानदारी अनुशासन र कार्यदक्षताको प्रशंसा स्वतः गर्न मन लाग्ने । अनि मनमा एउटा गहिरो पीडाबोध पनि हुने ूहरे शिव ! मेरो देशको राजनीति पनि यस्तै देश र जनताप्रति प्रतिबद्ध भएर देशका निर्माताहरुमा देश र जनताप्रति निष्ठा प्रेम ममता र अनुशासन जगाउन सक्ने नेतृत्व क्षमता हुँदो हो नेताहरु स्वयंमा दूरदृष्टि राष्ट्र निष्ठा र त्याग भावना हुँदो हो त मेरो देशको पनि यो नामधारी मात्रको प्रजातन्त्र प्राप्तिपछिको पाँच सात दशकभित्र कति सुन्दर अनुहार हुँदो हो ! तर आज यिनै नेता हुँ भन्नेले आफ्नो सङ्कुचित स्वार्थ सत्ता लोलुपता भ्रष्ट र बेइमान चरित्र यिनका कुशासनले गर्दा देशलाई नरककुण्डतिर धकेले ! मेरो देशमा साँच्चैको जनताको प्रजातन्त्रु दिनसक्ने निष्ठावान राजनेता किन जन्मन सकेनन् “यो कसको दुर्भाग्य हो देशको कि जनताको”
भोलिपल्ट जेठ २४ गते बिहानै कौला नास्ता का लागि हामीलाई यस सहरको एउटा विशेष चमेनागृहमा लगियो । यसका धेरै विशेषताहरुमध्ये एउटा खास विशेषता के थियो भने यसको सबैभन्दा माथिल्लो तलाहाम्रो परिप्रेक्ष्यमा बुइगल तलाको चमेनाकक्ष वृत्ताकार थियो । यसका चारैतिर डण्डिबार बार्दली लागेको थियो । यसै बार्दलीमा खाने मेच टेबिल सजाएर खोखिएका थिए । यो वृत्ताकार कक्ष चौवीसैघण्टा घुमिरहन्थ्यो । प्रति पौने घण्टामा एक चक्र पूरा गर्दा भित्र टेबिलमा बसेर कौला खाइरहेका ग्राहकहरुले चारैतिरका दृश्य देख्थे । हङकङ सहरको भव्य वास्तुदेखि पश्चिम उत्तरतिरका विस्तृत सागर हरिला भरिला डाँडा पहाड खुला नीलगगनमा स्वच्छन्द कावा खाइरहेका चीलका जोडी हिउँका थुप्राजस्ता बादलका विविध आकृतिअति सुन्दर अति मनमोहक दृश्यहरु आँखाकै अगाडि थिए ।
यी सुन्दर मनमोहक दृश्यहरु हेर्दै हाम्रो कति समय बित्यो । त्यस अन्तरालमा हामीले कति कप चिया कति के नास्ता खायौ हामीलाई हेक्कै रहेन । त्यसपछि सहरका केही दर्शनीय स्थलहरु र हुँदै गरेका निर्माणको केही झलक हेरेर हामी होटेल फक्र्यौं र चीनको राजधानी बेजिङ पुरानो नाउँ पेकिङ वा पिकिङका लागि तयारी गर्न थाल्यौं । निश्चित समयमा विमानस्थल पुगेर बेजिङका लागि उड्यौं । बेजिङु विमानस्थलमा हामीलाई लिन गाडीसहित त्यहाँको अखिल चिनियाँ साहित्य तथा कलामण्डलका मानिसहरु उपस्थित थिए । उनीहरुले हामीलाई संस्थाको नगर कार्यालयमा लगे । त्यहाँ मण्डलका अधिकारीहरुसँग परिचय साटासाटका साथै औपचारिक सद्भावना विचार आदानप्रदानपछि हामीलाई चियापानमा लगियो । अनि त्यहाँको एउटा भव्य होटेल झाबलुङमा लगेर थन्क्याइयो ।
चीनको अल्प भ्रमणको सिलसिलामा हामीले केही महìवपूर्ण प्रसिद्ध ऐतिहासिक स्थलहरु हेर्ने अवसर पनि पायौं । भोलिपल्ट अर्थात् २५ गते विहानै हामी त्यहाँको एउटा खास हेर्नुपर्ने विश्व प्रसिद्ध पुरातात्विक ठाउँ चीनको विशाल पर्खालु हेर्न भनेर िहंड्यौ । बेजिङ सहरबाट हाम्रो नौ जनाको टोली िहंड्यो । त्यस टोलीमा हामी नेपाली प्रतिनिधि सदस्य बाहेक दुइटी चिनियाँ महिला श्रीमती गु र श्रीमती कि सु श्री च्याचे पनि थिए । श्रीमती च्याचे हाम्रो दोभाषे सहयोगी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै नेपाली सिकेकी रहिछिन् । अर्की श्रीमती गु हामीलाई साहित्य कलामण्डल बाटै सहयोगीका रुपमा उपलब्ध गराइएकी थिइन् ।
बेजिङबाट िहंडेपछि केही बेरमै हामी सहरी वातावरणबाट अलि प्राकृतिक वातावरणमा यात्रा गरिरहेका थियौं । बाटोमा हरिलाभरिला रुखपात बोटबिरुवा डाँडापाखाहरुको सुन्दर मनोहर दृश्यहरुको अवलोकन गर्दै हामी एउटा सुन्दर पुरातात्विक स्थला पुग्यौं । यो ठाउँमा प्राचीन वंशका राजाको समाधिस्थल थियो । यो समाधि पनि हेर्ने सबैको मनसाय भएकोले हामी त्यहाँ रोकियौं ।
एउटा विस्तृतस्थल ओगटेको परिसरमा एउटा भव्य भवन थियो । यसमा पुगन बाटो छोडेर अलि सिँढीजस्तो उक्लनु पथ्र्यो । यसका बाटाका दुवैतिर थरीथरी र विविध सौन्दर्ययुक्त प्राचीन स्मारकवस्तु पुरातात्विक वस्तुहरु र त्यस ठाउँका खासखास पहिचानका वस्तु क्यूरियो सामान हरु बेच्न राखिएका थिए । बाटाका दुवैतिर आकर्षक ढङ्गले सजाएर राखिएका यी पुराना कलात्मक कृतिहरु देखेर ुकिनु किनु लिउँ लिउँु लाग्थ्यो । तर एक दुईथोक भए पो झ्वाट्ट आँट गरेर लिउँ भन्नु । जुन हेर् यो त्यस्तै राम्रा र लोभलाग्दा ! तै पनि एउटा चिनो त लिनै पथ्र्यो । सबैले एकएक थोक लियौं ।
यिनै पुराना कलाकृति र विभिन्न स्मारकहरुको बजार अवलोकन गर्दै समाधि भवनको विशाल कक्षमा पुग्यौं । यहाँ पनि विभिन्न किसिमका प्राचीन कलाकृतिहरु र स्मारिकाहरु सजाएर राखिएका थिए । पर्यटकीय विविध सामग्रीहरुको अवलोकन गर्दै हामी अगाडि बढ्यौं । जमिनमुनि लगभग दुई सय फिट तल समाधि कक्ष थियो । यस समाधि कक्षको बीचमा एउटा बेदी चौतारा कृति थियो । शायद गर्भमा राजाको समाधि चीरकालतक नसड्ने गरी सुरक्षित राखिएको शव थियो । अनि किम्बदन्ती अनुसार राजाका शवका साथमा हजारौं दासदासी अङ्गरक्षक सिपाहीआठपहरियाहरु र राजाले उपयोग गरेका सम्पूर्ण वस्तुहरुका साथ अकूल सम्पत्ति सुनचाँदी हिरा ज्वाहरात पनि त्यहाँ दवाइएका थिए । दासदासी र अंगरक्षकहरुलाई त जिउँदै समाधिस्थ गरिन्थ्यो रे त्यस समयमा !!
यस्तो क्रूरता राजाले मरेपछि पनि भोगविलाश सुखसयल गर्न पावस भनेर गरिन्थ्यो रे ! यस्ता कुरा सुन्दा रौं खडा भएर आउँथे र पुराना राजा सम्राटहरुको एउटा क्रूर र अमानवीय छवि मनमा जीवन्त हुन्थ्यो । थुकथुकी घृणा र आक्रोशको भाव उनीहरुप्रति जुर्मुराउँथ्यो । बेदीमाथि आज पनि अनगिन्ति सिक्काहरुको राश लागेको थियो । यी सिक्काहरु त्यहाँ पुग्ने यात्री पर्यटकहरुले माथिबाट फालेका सिक्का थिए त्यहाँ आज पनि कसैले माथिबाट फालेको सिक्का वेदीमाथि परेर अडियो भने उसको मनोकामना पूरा हुन्छ भन्ने रुढीगत विश्वास जीवितै रहेछ । यो अन्धविश्वासमा अनपढ ग्रामीण मानिसमात्र होइन पढेलेखेका र प्रबुद्ध भनिने मानिसहरु पनि फस्दारहेछन् । त्यसैले त्यहाँ सबैले सिक्का फाल्दा रहेछन् र ती सिक्काहरु कसैले छुँदारहेनछन् । हामीले पनि कौतुहलवस माथिबाट सिक्का फाल्यौं । अनि सबै हेर्न सकिने पाइने र भ्याइने जति वस्तु र ठाउँ हेरेर हामी त्यहाँबाट अन्तिम गन्तव्य ुचीनको विशाल पर्खालतिर लाग्यौ ।
हामी पर्खालको मुख्य आधारस्थलमा पुग्यौ । त्यस केन्द्रबाट माथि तहतहका बुर्जाहरुमा चढ्नका लागि रज्जुमार्ग केबुलकारको व्यवस्था रहेछ हामी माथि बुर्जामा चढ्ने कुराको सल्लाहमा लाग्यौं । को को जाने भन्ने सल्लाह भयो । रज्जु मार्गबाट चढ्न सकिने पहिलो बिसाउनीको बुर्जाको आधारसम्म त सबै सजिलै गयौं तर त्यसपछिको बुर्जामा चढ्न चिप्लो र ठाडो चढाइ भएकोले सबैको आँट पुगेन । मदनमणि, देवकुमारी दिदी र धूस्वाँ सायमीले माथि जाने आँट गरेनन् । तर अलि उमेरदारहरु तुलसीदास राजभण्डारी रोचक घिमिरे ज्ञानमणि नेपाल चाहिँ बुर्जा चढ्न तम्से । उनीहरुसँगै म अठसी वर्षको मानिस पनि जोस्सिएर चढ्न कस्सिएँ । रोचकलेत तँ चढ्न सक्तैनस् आँट नगर भन्दै थियो । तर मैले हिम्मत हारिनँ ।
जे होस् रोचक तुलसीजस्ता आफूभन्दा निकै कम उमेरका भाइहरुसँग होडै गरेझैं बुर्जा चढ्न थालेँ । त्यहाँ हामीबाहेक अरु कतिपय गोराकाला छालाका पर्यटकहरु पनि बुर्जा चढ्ने कसरत गर्दै थिए । कुनैकुनै त मेरो हिम्मत देखेर नजानिदो मुस्कान पनि फ्याक्थे । ती मुस्कानमा केही विद्रुपको रङ पनि देखिन्थ्यो । चढाइपछि ज्ञानमणिले हातखुट्टा छोडे । त्यसभन्दा माथिको बुर्जा चढ्ने आँट गरेनन् उनले । तर म तुलसी र रोचकको सँगसँगै अर्को एउटा बुर्जा पनि चढिछोडेँ ।
भोलिपल्ट जेठ २६ गते विहानको चिया सकेर हामी बेजिङ सहरका केही प्रसिद्ध दर्शनीय स्थलहरु हेर्ने उद्देश्यले तयारी गर्न थाल्यौं । हाम्रा पुरातत्वपुरुष साथीले पइलापाइलामा आफ्ना विचित्र विचित्र चर्तिकला देखाएर सबैलाई केही अश्वाभाविक स्थितिमा पार्थे । यहाँ पनि उनले एउटा त्यस्तै स्थितिको सृजना गरे । चियापानका लागि भोजनकक्षमा आउँदा उनले चप्पल र लुङ्गी कुर्तामा आएर त्यहाँ धेरैका आँखामा एउटा विचित्र परिहास निम्त्याएँ । हाम्रो अनुहारमा चाहिँ केही सरमको लाली चढाइदियो उनको व्यवहारले ।
चिया पान सकेर त्यहाँबाट निस्क्यौं । बेजिङ सहरको पुरानो अनुहार हेर्दै हामी एउटा पुरानो गल्लीजस्तो ठाउँमा श्वेत चैत्य हेर्न पुग्यौं । त्यो हाम्रै देशका वास्तकलाकार बलबाहु अरनिको को नेतृत्वमा तात्कालीन चीनका सम्राटको निम्तोमा गएका कलाकारहरुद्वारा निर्मित थियो । नेपाली शैलीमा निर्मित चैत्य अत्यन्त भव्य थियो । यो माथि आकाशको बादलसँगै मितेरी लगाइरहेको विश्वविख्यात चैत्य हेरेर हाम्रो मनमा आफैंप्रति गर्वका अनुभव भयो । हाम्रो देशमा यस्ता यस्ता कलाकार पनि थिए जसले अल्पवयमै विदेशीको निम्तोमा गएर विश्वविख्यात कालजयी कलाकृतिको सृजना गरेर आफ्नो देशलाई विश्वसामू गर्वले शिर ठाडो गराउने काम गरेथे । उनीप्रति नतमस्तक भएँ म ।
श्वेत चैत्यको अवलोकनपछि हामी त्यहीँ नजिकैको बौद्धमठमा गयौं । पुरानो धर्म र संस्कृतिको निर्मूलन गरेर नवसंस्कृतिको निर्माण गर्न सांस्कृतिक क्रान्तिका नाउँमा त्यत्रो रक्तपात मच्चाउने देशमा बौद्धमठ र भिक्ष्ाहरु ! अनौठो लाग्ने कुरा थियो । तर मानव मनको प्रतिपल बदिलंदो प्रवृत्तिलाई कसले रोक्न सकेको छ र बौद्धमठमा भिक्ष्ाहरुसँगै त्यहाँको पुनरावृत्त सांस्कृतिक अवस्थाका बारेमा केहीबेर कुराकानी र चियापानपछि हामी अर्को गन्तव्य त्यहाँको पुरानो ऐतिहासिक दरवारको अवलोकन पनि थियो । तर त्यो इच्छा पूरा हुन पाएन । एक त तुलसीको राहदानीमा नाउँको केही गडबडीले गर्दा बाटोमा बेफ्वाँकको झाझट आइलागेर निकै अलमल भयो । दोस्रो उपकुलपति केही अस्वस्थ जस्ता भए । त्यसैले त्यो दरबार हेर्ने इच्छा हामीले त्याग्नु पर् यो ।
त्यसपछिको हाम्रो अर्को गन्तव्य त्यहाँको इतिहास प्रसिद्ध तियान्मिन् चोक थियो । यस चोकलाई सांस्कृतिक क्रान्ति बेलाको क्रूर रक्तपातसँग गाँिसंदोरहेछ । त्यसको भव्य भवनमा अध्यक्ष माओको भव्य व्यक्तिचित्र टाँगिएको थियो । त्यहाँ यतिखेर आन्तरिक र बाह्य पर्यटकहरुको निकै भीड भएर पनि वातावरण लगभग चकमन्न र शान्त थियो ठाउँ ठाउँमा जोडी बनेर बसेका किशोरकिशोरी युवायुवतीहरुको प्रेमालाप र आपसी आलाप फोटो सोखिन पर्यटकहरुको क्यामेराका फ्ल्यासको चमकदमक तत्परता फूर्ति र गतिशीलता अनि प्राङ्गणमा चारो खाँदै गरेका परेवाका बथान र तिनैका प्रणयलीन जोडीजोडी प्रणय आलाप ूमाक माक घुर माक्माक् घुरका दृश्यहरु निकै आकर्षक थिए ।
तर धेरैबेर हामीले यो आनन्दको उपभोग गर्न पाएनौं । त्यही सँगको भेटघाट र वार्ता निश्चित भएको थियो । हाम्रो चीन भ्रमण खासगरी बेजिङ अडानको एउटा प्रमुख कार्यक्रम त्यो पनि थियो । त्यसैले हामीले त्यहाँका बाँकी दर्शनीय र ऐतिहासिक स्थान वस्तुहरुको अवलोकनको लोभलाई छोडेर दिइएको समयमा त्यहाँ पुग्नु थियो । त्यसैले हामी त्यहाँबाट होटेल फक्र्यौ र खानासाना खाएर औपचारिक पोशाकमा डटिडटाऊ भएर प्रदत्त सवारी साधनमा चढेर चिनियाँ जनकाङग्रेसको भवनमा पुग्यौं ।
त्यहाँ हामीलाई चिनियाँ जनकाङ्ग्रेसका आधिकारीहरुले स्वागत गरेर ठूलो सभाकक्षमा लगे । त्यहाँ जनकाङ्ग्रेसका उपाध्यक्ष हामीलाई पर्खिरहेका थिए । उनकै बगलमा हामी दोभाषे श्रीमती च्याचे र अरु केही अधिकारी पनि थिए । भलाकुसारी र परिचय आदानप्रदान पछि हामीलाई चिया उपलब्ध गराइयो । चियाको सुर्कोसँगै हाम्रो औपचारिक कुराकानी सांस्कृतिक सद्भावना आदान प्रदानहरु भए । डेढ घण्टाको कुराकानीमा हामीले आफ्नो साहित्य संस्कृति र बालसाहित्यका स्थितिहरु प्रस्तुत गर्ने प्रयत्न गर् यौं । तर यहाँ पनि हाम्रा पुरातत्वपुरुषले आफ्नो अनौठो चरित्र देखाइ छोडे ।
हामी आफ्नो मुलुकको साहित्यको राष्ट्रियस्थिति र त्यसको संरक्षण सम्बद्र्धनका समस्याहरुका बारे कुरा राख्न खोज्थ्यौ तर हाम्रा महापुरुषको भने एउटै रट थियो उनको तिब्बत यात्राका लागि प्रबन्ध गरिदिऊन । बीचबीचमा उनी हाम्रा कुरामा हस्तक्षेप गर्दै फर्किदा तिब्बतको बाटो भएर फर्किने प्रबन्ध मिलाइदिन जिकिर गर्थे । हुन त यसबाट हामीलाई आपत्ति हुनुपर्ने कुनै खण्ड थिएन । त्यस्तो प्रबन्ध मिल्न सके हामी पनि नौलो ठाउँको भ्रमण गर्न पाउँथ्यौं तर उनको जिकिर गर्ने तरिका शिष्टाचार भन्दा अलि पर गएर राष्ट्रिय स्वार्थभन्दा बढी व्यक्ति स्वार्थमा लक्षित देखिन्थ्यो । त्यसैले अन्त्यमा त उपाध्यक्ष स्वयंले उनको भाषणमा हस्तक्षेप गरेर अरुलाई भन्ने मौका दिए ।
डेढ घण्टाको उपाध्यक्षसँगको कुराकानीमा यस्तै तीतामीठा अनुभवहरु बटुल्दै हामी बेलुकी होटेल फर्किर्यौं र तयार भएर बस्यौं । किनभने त्यसै साँझ बेजिङस्थित नेपाली राजदूतावासमा रात्रिभोजको कार्यक्रम थियो । हामीलाई राजदूतावासबाट लिन गाडी आउने थियो । त्यसैले हामी केहीबेर सुस्ताएर तयारै भएर बस्यौं ।
त्यतिखेर चीनका लागि शाही नेपाली राजदूतको पदमा नेपाल कम्युनिष्ट पार्टी माले पछि एमाले का केन्द्रिय सदस्य तुलसीलाल अमात्य थिए । उनीसँग मेरो चिनजान २००८ सालतिरै भएको थियो । उनी त्यतिखेरका एकजना जल्दाबल्दा नेता थिए र उनको भाषणमा हजारौं हजार जनसमूह उर्लन्थ्यो । म उनलाई गोप्यरुपमा भेट्न गएको थिएँ । किनभने पार्टी त्यतिखेर प्रतिबन्दित थियो र म पनि एउटा प्रत्यासी स्वयंसेवकका रुपमा पार्टीका लागि काम गर्थें ।
तुलसीलाई यता धेरै समयसम्म पार्टीको नेतृत्व पङ्क्तिमा भएर पनि अलि ओझेलमा परेका थिए तर यतिखेर मुलुकमा कम्युनिष्टकै सत्ता भएको र प्रधानमन्त्री मनमोहन अधिकारी भएकोले उनलाई चीनको राजदूतजस्तो ठूलो जिम्मेवारी र गरिमाको पद सुम्पिएको थियो ।
हामी दूतावास पुग्दा मेरालागि त्यहाँ अर्को एउटा सुखद आश्चर्यले पर्खिरहेको थियो । त्यहाँ एकताकका उत्साह साहित्य घुम्ती गोष्ठीको जल्दोबल्दो नवयुवा प्रतिभा रमेश खनाल दूतावासको एकजना वरिष्ठ अधिकृतका रुपमा हाम्रो स्वागत गर्न खडा थिए ।
उत्साह साहित्य घुम्ती गोष्ठी त्यतिखेरको वामविचारधाराको साहित्यिक अभियान नै थियो । यो गोष्ठी प्रत्येक पक्षमा विभिन्न गाउँमा गएर त्यहींका उत्साही केटाहरुलाई पनि साहित्यिक रचना वाचनमा उत्साहित र प्रेरित गर्ने गथ्यौं । आज त्यसै गोष्ठी उत्पादनका केही जल्दाबल्दा कवि साहित्यकार स्थापित रुपमा यस क्षेत्रमा कार्यरत छन् । तिनैमध्ये गोविन्द वर्तमान कणाद महर्षि देविका तिमि_िल्सना आदि प्रमुख छन् । तिनैमध्येको रमेश खनाल धेरै समयदेखि यस क्षेत्रबाट हराइरहेको थियो । मैले ऊ परराष्ट्र मन्त्रालयको कुनै पदमा कार्यरत छ रे भन्नेसम्म झनक पाएको थिएँ । तर आज एक्कासि उसलाई यो ठाउँमा पाएर मलाई सुखद अनुभूतिका साथै कििचत आश्चर्य पनि लाग्यो ।
साभारः मधुपर्क
(स्रोत : Nepalisahitya.webs.com )