उनि राम्री अप्सरा झैँ मुटु चले जस्तो लाग्यो,
अर्कै संग बोल्दा त्यसै आत्मा जलेजस्तो लाग्यो.
हाँसो राम्रो अधरको फिजाएका केश घटा,
अजीर्ण यो शरीर पनि त्यसै जलेजस्तो लाग्यो.
कहिले झुक्ने कहिले उठ्ने तिर जस्ता पलकले,
दुनियामा एक्लिएको मैलाई छलेजस्तो लाग्यो.
दिनलाई केहि छैन उपमा त्यो तिमीलाई,
आकाशको जुन पनि उन्मै फलेजस्तो लाग्यो .
–महेश घ्रितकौशिक
(स्रोत : ‘नयाँ रचना पठाउनुहोस्’ बाट रचनाकार स्वयंले पठाईएको । )