किन यसरी
भत्किरहन्छन् रहरहरु
थोरै अङ्कुरण हुन खोज्दा
निठुर आँधीले
भाँची दिन्छ
गुज्रिरहेको यो समय
दिनहुँ
रित्तो हात लिएर भित्र पस्छ
हामीले भेटेका प्रिय बसन्तहरु
रहरहरु न बाँडेर छोडेर गए
प्रत्येक रात काटेर जन्मने बिहान
अझै सकेको छैन
धर्तीभरि रहरहरु बिछ्याउन
आशा गर्दा गर्दै रहरहरुको
मिल्तीका मेरा दौँतरीहरु
अलबिदा भनेर गए
र, हामी बाँचेकालाई
भन्दै थिए–
रहरहरु लिएर आए
कहरहरु फालेर आए ।
(स्रोत : PraLeSh – Dang)