~एन.पि.मगर ‘रोल्पाली’~
किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं
रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं
देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले
गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं
भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई
सहमति भन्दै कहिले कृतिमताको मेल देखाउँछौं
चुनाव आउँदा नेपाल हैन स्वीट्जरल्यान्ड बनाउने भन्छौं
मिठो घाटो, चिल्ला गाडी सयल गर्दै जनतालाई तेल लगाउँछौं
कोशी खायौ महाकाली खायौं, देशद्रोही भ्रष्ट नेताहरू
छाड्ने छैनन् जनताले तिम्लार्ई एक दिन जेल चलाउँछौं
सबै मिलि हाम्रो देशमा शान्तिको रेल चलाउँछौं
हत्या हिंसा बन्द गरी एकताको खेल चलाउँछौं
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४४ – २०६७ असोज ६ गते, बुधबार)