समालोचना : उपभोक्तावादको जादुगरी

~शम्भुनाथ~

आदम र इभले वर्जित फल खाएर पाप गरे, उनीहरू निसर्गबाट खसेर पृथ्वीमा आइपुगे। निस्सन्देह यो राम्रो भयो, किनभने उनीहरू धरतीमा नै केही बिगार्न र सिर्जना गर्न सक्थे। स्वर्गमा यस्तो गर्न केही नै थिएन। यसपछि मानिस उपभोक्ता–मालहरूको संसारमा आयो, यो दोस्रो पाप थियो–आदम र ईभको दोस्रो महाभिनिस्क्रमण।

धेरैलाई संसारमा उपभोक्तावादको थालनी भारतीय सुती कपडा र मलमलको सत्रौं शताब्दीको अन्तिम दशकको कुनै बेला इंग्ल्याडपुगेको खेपबाट भएको थियो भन्ने जानेर आश्चर्य हुनेछ। यस फेशनले अंग्रेजहरूको रूचिमा परिवर्तन ल्याइदिएको थियो। भारतीय कपडाहरू उनीहरूका निम्ति प्रतिष्ठा चिन्ह बन्न पुगेका थिए। त्यतिखेर विश्वमा उपभोक्तावाद मात्र मुीभर अभिजनहरूका बीच सीमितथियो। बिस्तारैसँग उपभोक्ताहरूको संख्या बढ्यो। किसिमकिसिमका वस्तुहरू निर्माण हुन थाले। सामाजिक प्रतिष्ठाको प्रतिद्वन्दिता बढ्यो। आजको केही दशक अघिसम्म उपभोक्ता मालहरूले आफ्नो स्वायत्त संसार नबनाई आफ्नो वस्तुगत उपयोगिताको बलमा मानिसहरूका रूचि, विचार र जीवनशैलीहरूको आधुनिकीकरणमा निर्णायक भूमिका निर्वाहगर्दै थिए। मानिसहरू चतमकदमक हेरेर होइन, आफ्नो निश्चित आवश्यकताहरूलाई ख्याल राखेर सामानहरू किन्दथे। बजारका सामानले प्रलुब्ध तगर्दथे तर कैदी बनाउँदैनथे। तिनले मानवीय सोचको बन्ध्याकरण गर्दैनथे र वस्तुहरू भन्दा पारिको संसार पनि सफासँग देखिन्थ्यो।

उपभोगको इच्छामा सुखवाद कारण छ। मनुष्यका इच्छाहरूकेवल जीवनलाई सम्भव बनाउने चीजहरूसम्म सीमित रहन सक्दैनन्। जीवनको आनन्द पनि एक आवश्यक तत्व हो। लोकायतिकहरूको प्रसिद्ध श्लोक, “जबसम्म जीवन रहन्छ सुख उपभोग गर।” मनुष्यलाई इहलौकिक वस्तुहरूबाट टाढाराख्ने भारतीय दर्शनको एउटा धारा अवश्य पनि छ, तर अर्को धारा पनि छ जसले भौतिकवादको महत्व प्रतिपादित गर्दै इन्द्रिय सुखभोगलाई मनुष्यको एक प्रमुख ल73य घोषितगर्दछ। काँडा छ भन्ने कारणले मात्तै कसैले पनि माछा खान छोड्न सक्दैन। धानमा बोक्रा छ, त्यसो भनेर को चामको भात खाँदैन? चार्वाक र उनका समर्थकहरू जीवनमा दुःख छ यस कारण सुखको आकांक्षा नराख भन्ने किसिमले सोच्नेहरू थिएनन्।

प्राचिन सुखवादीहरू सुखको अवधारणालाई महत्व दिन्थे भने अर्कातिर धार्मिक रूढीहरूकोविरोध गर्नका लागि तर्कलाई पनि आवश्यक मान्दथे। यो भनाई लोकायतिहरूकै थियो,“कागले खाने पितृले किन पाउने?” हाम्रो समाजमा लोकायतिहरूको निरन्तर विरोधभयो, कतिसम्म भने उनीहरूको दार्शनिक सफाया नै गरियो। तर उनीहरूको भौतिकवादको विरोध गरे पनि राजा–महाराजा, सामन्त र समाजका पुरोहितवर्गले उनीहरूको सुखवादलाई छाड्न भने सकेनन्,यो भने विडम्बनापूर्ण छ।“गीता” मा कृष्णले युद्धबाट उदासीन अर्जुनसँग भने–“यदि यस युद्धमा मारियौ भने स्वर्ग जानेछौ र विजयी भयौ भने पृथ्वीमा सुखभोग गर्नेछौ” अर्थात् पृथ्वीमा सुखभोग वा स्वर्ग जाऊ सुख चाहिं भोग गर। भारतवासीहरूको व्यवहारिक जीवनमा सुखवादले अध्यात्मवादको निरन्तर अनुशरण गर्दै आएको छ, जसको चरम आधुनिक विस्फोट उपभोक्तावादसँग गाँसिन पुगेको छ। “ऋणम् क्रित्वाधृतम् पिवेत्” यो उक्ति आज चरितार्थ भैरहेको छ। रमाइलो कुरो के छ भने लोकायतिकहरूका सुखवादर्ला सधै नै अपनाइयो, तर उनीहरूको तर्कवादलाई परित्याग गरियो पहिलो पनि र आज पनि।

परम्परागत सुखवाद खाली भोजन, मदिरा र यौन सुखसम्म सीमित थियो। सयौं वर्षदेखि धनवान् मानिसहरूपरस्पर एकअर्कालाई लोभको दृष्टिले हेर्दै र अधिकाधिक सुखभोगमा डुब्दै बढीभन्दा बढी सम्पदा जोर्दै आएका छन्। गौतम बुद्धले “सुत्त” मा उपर्युक्त सन्दर्भमा एउटा यस्तो महत्वपूर्ण कुरो भनेका छन् लाग्दछ यो आजको उपभोक्तावादमाथिको टिप्पणी हो–“यदि यति धनवान् मानिसहरू पनि असन्तुष्ट रहन्छन् र आफ्नो लिप्साबाट क्षणिकताको नदीमा बहँदै जान्छन् भने अनि यस धर्तीमा कुन चाहिं व्यक्ति शान्तिपूर्वक विचरण गर्न सक्छ त?” क्षणको सरितामा बहने मानिसले उपभोक्ता इतिहासकै अन्त चाहनेछ यसमा कत्ति पनि शंका छैन। किनभने इतिहासमा नजाने यस्ता कति भोगवादका विलापहरूले नांगो रूप प्रदर्शन गरेका छन्। गौतम बुद्धले आफ्नो युगमा व्यापक विलासोन्माद र हिंसा देखेका थिए। उनका एकजना मित्रै विम्बसारलाई उसैको छोरो अजातशत्रुले कारावासमा बन्दगरेर भोकै मारेको थियो। अर्काका क्षेत्रहरूमाथि र राज्यहरूमाथि हिंस्रक आक्रमण गरी आफ्नो नियन्त्रणमा ल्याउने घटनाहरू सामान्य थिए। अनन्त लिप्सा र ऐश्वर्य तथा सत्ताको कामना वर्तमान युगको मात्र होइन, बुद्धको युगकोपनि विशेषता थियो। उनको “धम्म” आज अप्रासंगिक लागोस् तर त्यो जीवनलाई परि सीमित गर्दो सुखवादसँगको एउटा विद्रोह नै थियो। केवल सुस्वादु भोजन, शराब र यौन सुखसम्म संकुचित परम्परागत सुखवादले बेदान्त, बौद्ध धर्म र भक्तिआन्दोलनका अतिरिक्त हजारौं वर्षसम्म मानवीय अभिलाषाहरूलाई कुण्ठित पारेरराखेको थियो।यी अभिलाषाहरू त्यतिखेसम्म ठिड्डुराएरराखिएका थिए जहिलेसम्म व्यापक बुद्धिवादीकरण र प48यीकरण (कमोडिफिकेशन) का ऐतिहासिक अवसरहरू आएनन्।यसभन्दा अघि लामो समयसम्म चारैतिर एकनासेपन रजडता थियो।

उपभोक्तावादको विरोधको अर्थ उपभोगको मात्र विरोध हुन सक्दैन। उपभोग वा कुनै किसिमको भोगले मानिसलाई जीवनमा प्रवृत्त गराउँछ, जसलाई निवृत्तिमुखी र वीतरागी हुनबाट बचाउँछ। जुलाहा कबीर कपडा बुन्दथे, बजारमा मजासँग बेच्दथे र आफै पनि जतनसँग ओढदथे। सुखका सामानहरू बजारको माल बन्दैछन् भने यो सुखको विकेन्द्रीकरणको चिन्ह हो। पय48ीकरण सामाजिक, आर्थिक गतिशीलताको चिन्ह हो। कवीरपय48वा उपभोगका विरोधी थिएनन् उनी के मात्र चाहन्थे भनेउपभोगले जीवनमा गति देओस्, त्यसलाई मैलो नपारोस्–“दास कवीरजनतन ते ओढी, जसकी तस धर दिनी चदरिया” वस्तुहरूको उपभोग गरेर तिनकोपन्जाबाट बाहिर रहनु नै उपभोक्ताको आत्म परिचय हो।पुरानो जमानामा सन्त, भक्त र कवि नै मास मिडिया थिए। उनीहरू झुटो रचना गर्दैनथे, आफ्नोतरिकाले असत्यसलाई विखन्डन गर्दथे। उनीहरूको आधारभूत चिन्ता के हुन्थ्यो भने अति इन्द्रियपरायणताले कतै मानव परिचयलाई सुखको छद्म आवरणले नढाकिदेओस्।

बुद्धिवादीकरण र विस्तृत प48यीकरणको अवसर हाम्रो समाजमा धेरैपछि उत्पन्न भएका हुन्। त्यसैले आधुनिकीकरण ढिलो आयो। ढिलैगरी रिनेसा र रोमान्टिसिज्म आए। आधुनिक सुखवाद परम्परागत सुखवादबाट अलग्गियो। यो “खाने–पिउने र यौनसुख” लाई अतिक्रमणगरेर उच्चतर सुखतिर अघि बढ्यो। आधुनिक उपभोगहरूले मानिसहरूलाई स्थुल इन्द्रिय सुखवादको परिधिबाट विस्तृत गरेर आधुनिक जीवन, राष्ट्रिय चतेना र नयाँ सपनाहरूसँग जोडे। नवजागरणदेखि रोमान्टिक युगसम्म इन्द्रिय सुख कहिल्यै प्रधान ल73य थिएन। यद्यपि बजार पर्याप्त विस्तृत थियो र विदेशी वस्तुहरू पनि सुलभ थिए। नयाँ वस्तुहरूको उपभोगले नयाँ जीवनशैल मात्र होइन नयाँ चेतना पनि उत्पन्न गर्दै थियो। रेलगाडीले खाली यात्रा गराइरहेको थिएन। यसले पृथकतामा तड्पिरहेका जातीय हिस्साहरूलाई एकअर्कासँग जोड्दै पनि थियो। नयाँ शिक्षा आउँदै थियो। शरीरमा तोरीको तेलको सट्टा सावुनमन पराइँदै थियो। मानिसहरू समुद्रपार जाँदै थिए। पहिले मानिसविदेश गएरफर्कंदा अन्य जे चीज ल्याए पनि आफ्नो बाकसमा पुस्तक भने नल्याई छाड्दैनथ्यो र अपेक्षतया बढी देशभक्त बनेर फर्कन्थ्यो।

भारतेन्दुले उपर्युक्त सकारात्मक परिदृश्यका अतिरिक्त, आधुनिकीकरणको डोरी समाएर बौद्धिक उपनिवेशवादलाई पनि आफ्नो भूमिमा ओर्लेको देखेका थिए। उनको एउटा कवितामा लाला साहेबसँग उनकी पत्नी भन्दछिन्–“ लिखाय नाहीं देत्यो पढाय नाहीं देत्यो। सैयाँ फिरंगित बनाय नाहीं देत्यो। लहड्डा–दुपट्टा नीकनलागे। मेमनका “गौन” मंगाय नाहीं देत्यो। बैरिन हम रंग संबलिया। रंग में रंग मिलाय नही देत्या। ” भारतेन्दुले भारतीयहरूमा आत्मविसर्जनका लक्षणहरू पनि पाए। उनी कुन तथ्यबाट परिचित थिए भने विस्तृत पय48ीकरणको प्रक्रिायमा जाति, धर्म रप्रष्ठिा पनि कसरी चूर्ण र पिस्ता ओखरजस्तै गरेर बिक्री भैरहेछन्। उनकोप्रहसन “अँधेर नगरी” औपनिवेशिक सामन्ती व्यवस्थाका साथै त्यो बजार व्यवस्थाको पनि विरोध थियो, जसमा हरेक वस्तु, प्रत्येक भावना विकाउ मालमा रूपान्तरित हुन्छ सब टका सेर 164

समाजमा उपभोगको इतिहास बजारका पुराना रूपहरूकोजन्मसँगै प्रारम्भ हुन्छ। बजार नभएको समयमा मानिसहरू आफ्नै सिकार र आफ्नै खेतबाट उब्जिएको अन्न खान्थे। उनीहरू मात्र जीवनरक्षा गर्दथे। उनीहरूजे जति खान्थे, लगाउँथे, भोग गर्दथे, हेर्थे र सुन्थे त्यो सबैलाई “कन्जप्सन” भन्न सकिन्नथ्यो। बिहान सखारैको हिंडडुल उपभाग होइन, तर जतिखेर हामी पंखामुनि बस्छौं त्यतिखेर उपभोक्ता बन्दछौं। नदी वा समुन्द्रमा नुहाउनु उपभोग गर्नु होइन, तर कलधारामुनि उभिने बित्तिकै उपभोग गरिरहेका हुन्छौं। खेतबाट दाल, चामल वा तरकारी बारीको ासाग बजार नपुगी सोझै घरमा आउँछ भने त्यो भोजन उपभोग होइन। यस किसिमको खाना आधुनिक जमानामा दिवास्वप्न हो, किनभने उर्वरक वा नुन मसलाको माध्यमबाट थालमा बजार घुसिहाल्दछ। केही मानिसहरू उपभोक्तावादबाट डराएर बजारसँग बढीभन्दा बढी बच्ने प्रयत्न गर्दछन्। एउटा सानो सीमासम्म उनीहरूसफल पनि हुन्छन्, तरउनीहरूको यो विद्रोह बेसनका लड्डुहरूले बनेको नक्कली किल्ला भत्काएर सन्तोष गरे जस्तै हो। बजारका सामानहरूको उपभोगबाट मात्रै जोगिनु सभ्यतालाई छाडेर प्रकृतिमा फर्कनु हो।

उपभोगले व्यक्तिमा “स्व” बोध उत्पन्न गर्दछ। उपभोक्ताजगतमा बढ्दो सहभागिताले नै वैयक्तिकता, व्यक्तिको स्वायत्तता र वैयक्तिक अनुभवको बाटो बनायो। व्यक्तिहरूले आफ्ना इच्छाहरूलाई प्राधान्य दिन थाले, उनीहरूमा आत्मविश्वास उत्पन्न हुन थाल्यो। अभिरूचिहरू परिवर्तन हुन थाले, तिनमा विविधता आउन थाले। संस्कृतिमा आधुनिक परिवर्तन आयो। व्यक्तिले सामन्ती वर्जनाहरूलाई वास्ता गर्न छाड्यो, उभित्र नयाँ–नयाँ इच्छाहरू उब्जिए। बजारका वस्तुहरूले उसका इच्छाहरूको एउटा नयाँ संसार निर्माण गर्‍यो। उपभोग र रोमान्टिसिज्मका बीच एउटा गहिरो सम्बन्ध छ। विशेष गरी भारतीय समाजमा, यहाँ हरेक ऐतिहासिक अवधिमा इच्छारहित र स्वेच्छाचारिताका विरोधी ध्रुव एकै ठाउँ मिल्दछन्–केही मानिसहरू संसारदेखि चरम उदासिन हुन्छन् भने केहीचाहिं चरम भोगवादी सत्तालोलुप स्वेच्छाचारी,यस्तो समाजमा रोमान्टिसिज्म चरम उदासीनता र भोगवादका विरूद्ध इच्छाहरूको एक आदर्शवादी संसार लिएर उपस्थित भएको थियो। यसको समग्र परिणति एक व्यापक राजनैतिक इच्छाशक्तिमा भयो, परिणामतः भारतवासीहरूको सबै थोक बदल्ने आफ्नो भौतिक शक्तिमाथि विश्वास दरिलो भयो।

रोमान्टिक युगका इच्छाहरू स्वायत्त र कल्पनाशील सुखवादबाट उत्पन्न भएका थिए। ती बिनाहोहल्ला हलुका पाइला चाल्दै आएका थिए–“उठ उठ री लुघ लुघ लोल लहर” जस्तै। रोमान्टिक कविहरूले सन्त कविहरूसरह इह लौकिक सवालहरूमा परै रूचि लिए र तत्युगीन उपभोक्तावादप्रति कडा आलेचनात्मक रूखअपनाउँदै आफ्नो एक समानान्तर सौन्दर्यलोक पनि बनाए, जुन निस्सन्देहकतै कतै रहस्यात्मक भएको थियो। यद्यपि हिन्दीमा रोमान्टिसिज्म ठीकसँग आएन। फेरि पनि ायावादी कविहरूले जुन सौन्दर्यलोक रचना गरे, त्यो उपभोक्ताजगतका रूढीहरू र सम्पूर्ण किसिमका संकीर्णताहरूका विरूद्ध एक भावनात्मक विद्रोह थियो। कुनै रोमान्टिक मनुष्यको सुखबोध कोरा उपभोक्तावादमा सीमित हुन सक्दैन थियो, किनभने त्यसका केही आफ्नै उच्चतर सत्य र स्वप्न थिए।

बितेका लगभग तीन सय वर्षमा उपभोक्ता समाजले असीम प्रसार गरिसकेको छ। ठूला उद्योगहरूले अहिले सोझै आफ्ना बिक्रीका भ्यालहरू खोल्दै छन्। स–साना शहरहरूमा पनि पारदर्शी शीशा भएका डिपार्टमेन्टल स्टोर्स खुलेका छन्। तिनमा उपभोक्ता वस्तुहरू ती73ण प्रकाशमा अति नाटकीय तरिकाले सजिएका हुन्छन्। मानिसहरू ती सामानलाई देखेर एउटा नयाँ किसिमको भोकले सताइन्छन्। भरिएकोपेटमापनि भोक घ् जब पेट पाताला जस्तै गहिरो भएको छ। थुप्रै मानिसहरूको दृष्टिमा घुम्ने एउटै मात्र ठाउँ हो– बजार। बजार र यसको संस्कृति भित्री गाउँसम्म घुसेको छ। गाउँका छाप्राहरूमा पनि टिभी एन्टिना देखिन्छ। उपभोक्तावादको दबाब कति बढी छ भने अब आमाहरू शिशुहरू होइन कन्ज्यूमर जन्माउँछन्। उपभोक्ता वस्तुहरू पैसाको भाषामा बोल्दछन्, त्यसैले मानिसको मस्तिष्कमा पैसा मात्र भरिएको छ। पैसा नै दिमाग भएको छ। बालबालिका पैसा भेट्टाएपछि मात्र पढ्दछन्। मानिस कुनै कामहिजो आज त्यतिखेर मात्र गर्दछ, जतिखेर उसले पैसा पाउँछ। अब कसैले भन्नेछ उसले राष्ट्रिय झन्डा त्यतिखेर मात्र हातमा लिएर हल्लाउनेछ जतिखेर उसले पैसा पाउनेछ वा अरू केही हात पार्नेछ। उपभोक्तावादले आधुनिक युगमा बिस्तारोसँग पैसालाई मानिसभन्दा बढी महत्वको बनाइदिएको छ। परिणामस्वरूप मानवीय सम्बन्ध र संवेदनाका सबै भन्दा निश्छल कोणहरूमापनिबजार पुगेको छ र पैसा अहम भएको छ। भन्ने गरिएको छ–“जुन चीजको कुनै मूल्य हुँदैन, त्यो केही पनि होइन।”

उपभोग र उपभोक्तावाद कदापि एउटै होइनन्।आधुनिक व्यवस्थामा उपभोगबिना कुनै मानिसको जीवन सम्भव हुँदैन। उसलाई खाना, कपडा, आवास, औषधी तथा आधुनिक जीवनलाई सम्भव र राम्रो बनाउने अरू धेरै चीजहरू चाहिन्छ। तिनलाई किन्नु र उपयोग गर्नु नै उपभोग हो। बदलिंदो संसारसँगै उपभोगको स्वरूप र उपभोगको बदलिंदो स्वरूपसँगै संसार परिवर्तन भैरहेकोछ। त्यति भएरपनि एउटा निश्चित समयसम्म परिवर्तनशील विश्वमा उपभोक्ता वस्तुहरूसँगै देशप्रेम, सामाजिकता र मानवीय संवेदनाको पनि एउटा भरपुर संसार सुरक्षित थियो। यो हालसालैसम्म पनि सुरक्षित थियो,जतिखेरसम्म उपभोक्ता, उपभोक्ता वस्तुहरू र राष्ट्रिय संस्कृतिको पारस्परिक सम्बन्ध टुट्नु नै उपभोक्तावाद हो।

उपभोक्तावादी समाजमा वस्तुहरूको कुनै उपयोगिता मूल्य हुँदैन, उपभोग–मूल्य मात्र हुन्छ। उपभोग एक निस्त्रि्कय र एकतर्फी विषय बन्न पुग्दछ। यस्तो वअस्थामा उपभोगले आफ्नो उत्पादकता गुमाउँछ, उपभोक्ताका आफ्ना रूचिहरू, प्रतिक्रियाहरू र स्वप्न निदाउँछन्। ऊ ज्यादै सजिलोसँग पूंजीवादका “कृत्रिम आवश्यकताहरू” को मनोवैज्ञानिक जालमा फस्न पुग्दछ। उपभोक्ताका अभिरूचिहरू, हितहरूर आवश्यकताहरूसँग उपभोक्ता वस्तुहरूको अब कुनै सम्बन्ध रहँदैन किनभने यी सुख र प्रतिष्ठाका स्वतन्त्र चिन्ह हुन्छन्। यसरी नै संस्कृतिसँग पनि उपभोक्ताहरू र उत्पादनकर्ताहरूका सबै सम्पर्क भग्न हुन जान्छन्।

यस शताब्दीको तेस्रो चतुर्थाशसम्म उत्पानकर्ता कम्पनीहरू उपभोक्ताहरूका अभिरूचिहरू, हितहरू र आवश्यकताहरूको उपेक्षा गर्न सक्दैनथे। उपभोक्ता सामान्यतः अति कम खर्च र सादापन मन पराउँथे। उनीहरू सामानको बाहिरी चमक र डिजाइन नहेरेर उपयोगिता र गुणवत्ता जाँच्दथे। कैंची किन्दा पहिले भूईंमा पछारेर त्यो भाँचिने त होइन राम्ररी हेर्दथे र अनि मात्र किन्दथे। अहिले चीजहरू अल्पकालिक नभएको खन्डमा किनिदैनन्। उपयोग गर र फ्याँक। पैलेका उपभोक्ताहरू बजारका त्यस्ता उत्पात मच्चाउने सामानहरू किन्नबाट बच्तथे, जुन उनीहरूको संस्कृतिको प्रतिकूल हुन्थे। एकताका हाम्रा परिवारमा उपन्यासलाई यति खराब बस्तु मानिन्थ्यो कि यसले आफ्नो ठाउँ बनाउन दशकौं लाग्यो। त्यतिखेर राम्रा वस्तुहरू, राम्रा सेवाहरू र सुधारहरूलाई उपयोग गर्ने मामिलामा सांस्कृतिक आग्रहहरूले बाधा दिइरहेका थिए भने नक्कली, तुच्छ र असुरक्षा उत्पन्न गर्ने झन्झटिया सामानहरूले सांस्कृति प्रतिरोधको सामनागर्नु किन नपरोस् 164 आज उच्च फेसन, नयाँ किसिमका विदेशी भोजन र पेय, पश्चिमी नृत्य,संगीत र अन्य सम्पूर्ण उत्पाती चीजहरूलाई हाम्रो समाजमा मौनस्तरमा नै किन नहोस् सांस्कृतिक प्रतिरोधको सामनागर्नु परिरहेको छ। तापनि के सन्देह छैन भने लोकतान्त्रिक र नैतिक पतनको वर्तमान अवधिमा नयाँ संगठित पूंजीवादले उपभागलाई चरम मूल्इ बनाउनमा अभूतपूर्व सफलता प्राप्त गरेको छ। एउटा त्यस्तो संस्कृति हुर्कन थालेको छ, जसको मुख्य आधार उपभोगको चरम मूल्यमा आधारित सुखवाद हो। रोमान्टिक युगको स्वायत्त र कल्पनाशील सुखवादभन्दा भिन्न यो नयाँ सुखवाद उपभोगकेन्द्रित र अन्धो छ।यसले उपभोगको क्षेत्रमा एक बर्बर होड उत्पन्न गरेको छ। सभ्यता र बर्बरता “टु इन वा” छन्। अन्धो सुखवादी संस्कृतिले नवजागरण र रोमान्टिक युगका महान् आधुनिक आदर्शहरूलाई मेटाउन प्रारम्भ गरेको छ। यसैले यसलाई उत्तर–आधुनिक संस्कृतिपनि भनिन्छ।

उपभोक्तावादी समाजमा वस्तुहरू बाहिर हेर्दा एकथोक र भित्रचाहिं अर्कै हुन्छन्। एउटा भिन्नता हुन्छ वस्तुहरूको प्रत्यक्ष बिम्ब र यथार्थमा। प्रत्यक्ष विम्ब छलनामय हुन्छन्। प्रायः छलनामय प्रत्यक्ष विम्ब नै यथार्थ बनेर उपस्थित हुन्छन्। अयथार्थ नै यथार्थ बनेर उपस्थित हुन्छ। त्यसैले मखुन्डोको संसार हो उपभोक्तावाद।

छलनामय विम्बकेवल बजारका वस्तुहरूको हुँदैन,धर्म, प्रशासन र मानवसेवाका पनि हुन्छन्। देखिन्छ प्राचीन किसिमको रथ तर त्यो कुनै विदेशी गाडी हुन्छ। प्रशासनिक कार्यालयहरू छलनामय विम्बहरूले भरिएका हुन्छन्। सेवाका निम्ति बसेका मानिसहरू कहाँ जानुस् तपाई स्वयंले थुप्रै सेवाहरू गर्नुपर्ने हुन्छ। भक्षक नै रक्षक र मृत्युदाता नै जीवनदाताका रूपमा बसेका पाइनेछन्, उद्धारसामग्री बाँड्ने समयमा राजनैतिक प्रचार पनि प्रष्ट देखिनेछ। भारत र पाकिस्तानको अणु बम विस्फोटमाविश्वका पाँच ठूला देश विश्व शान्तिका निीम्त ज्यादै चिन्तित पाइनेछन् तर भित्रचाहिं के सोचेका होलान् भन अणु बमहरूको संग्रह मात्र आफूसँग होस्। अहिले समाजमा छलनामय विम्ब नै प्रधान छन्। स्त्रीहरूका सौन्दर्य प्रशाधन, आभूषण र फेशनका विज्ञापनहरूले यी स्त्री स्वाधीनताका चिन्ह हुन् भन्ने देखाउँछन्, तर यसको जडमा कस्तो सोच रहेको हुन्छ भनेगाई, गोरू, स्त्री, घोडा र हात्तीलाई सजाएर राख्नुपर्दछ। उपभोक्ता–अपसंस्कृतिका उत्पादक आफ्नो अनुहार मानवीय बनाउनका लागि आँखा अपरेशन क्याम्प, रक्तदान शिविर, गरिबहरूलाइ कम्बल वितरण, शिशुमेला, शास्त्रीय नृत्य संगीत, च्यारिटी शो आदि गरिनै रहन्छन्।

बजारका सौन्दर्यप्रशाधन, चिप्स र खानेपिउने यस्तै खालका अनगिन्ती सामानहरू तथा धेरै अन्य उपभोक्ता वस्तुहरूले झैं सांस्कृतिक मालले पनि आफ्नो सम्मोहक छली विम्बहरूको बलमा आधुनिक जीवनलाई यसको आधारभूत सारतत्वबाट विच्छिन्न गरिदिन्छन्। तिलने “तर्क”लाई बिदा गरेर “मजा” लाई जीवनको चरम ल73य बनाइदिन्छन्। बजारका नयाँ–नयाँ मालले जीवनलाई बाह्याडम्बरपूर्ण बनाउँछन्। उपभोक्तावाद तर्कहीनता, बाह्याडम्बर र छलछद्मको पर्याय हो, तर उपभोगको पुरानो आधुनिक संसारमा तर्क र यथार्थ सुरक्षित थिए।

वास्तवमा धर्म पनि मात्र उपभोगको वस्तु बन्दै गएको छ– एक फास्ट फुड सेन्टर र धर्मस्थलमा अन्तर मेटिंदैछ। विशेषतः धार्मिक प्रवचनका भव्य आयोजन, करोडौंको खर्चबाट ठूला भव्य मन्दिरहरूको निर्माण, धार्मिक गीतहरूका क्यासेटहरू, आध्यात्मिक रिमिक्स, र्‍यापमा भजनकिर्तन, तिरूपति जस्ता मन्दिरहरूमा लड्डु प्रसादभन्दा बढी उपभोक्तामाल हुनु, धर्मस्थलहरूको पर्यटनसथ्लमा रूपान्तरण र तिनको राजनीतिकरण उपभोक्तावादका चिन्ह हुन्। पुरानोयुगमा बाह्याडम्बर कम थिए –छापा–तिलक, माला, पुजा नमाज–यज्ञ, अरू एकाध चीज यत्तिनै, तर अत्याधुनिक बाह्याम्बरहरूको कुनैगन्तीसम्म हुन सक्दैन। समाजको ड्राइभिङ सिटमा एकताका धर्म बसेको थियो, आज त्यहाँ उपभोक्तावाद र त्यसको छलशास्त्र बसेको छ। त्यो कलयुग थियो यो छल युग हो।

उपभोक्तावादी समाजमा हरेक व्यक्ति कसैलाई छलिरहेको छ र कतै आफै समेत छलिंदै छ। यतिखेर “लुट अन्यथा लुटिनेछौं” को ठूलो अमानवीय दबाब छ। “वीर भोग्या बसुन्धरा”, वीर भएर बसुन्धरालाइृ पूर्णतया भोग गर, अन्यथा आ्कपै बसुन्धरा बन्ने छौं। उपभोक्तावादी समाजको आदर्श त्यो व्यक्ति होइन, जो सरल र इमान्दार छ। त्यो होजो बढी नै झुट, कृत्रिमता र ढोंग बाँच्तछ। जे पनि बेच्न सक्छ,जेपनि किन्न सक्छ। कहिल्यै तर्क गर्दैन। आफ्ना लुगा, टिभी, व्यापार, साथी, कार तथा इलेक्ट्रोनिक सामान चाँडचाँडो बदल्न सक्छ। ऊसँग सामानका अधुनातन मोडेल होस्। जति पनि पुरानो रूढी छ नवजात लागोस्। बिक्रेताहरूको मनलाई नयाँपन र चमत्कारका पछि–पछि दगुर्ने बनाइदिएको छ। कुनै व्यक्तिको बल ऊ आफ्नो विचारधारामा कति अडिग छ भन्नेबाट सिद्ध हुँदैन। ऊ कति ठूलो बजारमा पस्यो, कति थोरै श्रम गरेर कति बढी कमायो यसबाट सिद्ध हुन्छ। पूंजीवादको नयाँ दिग्विजयले सबै पुराना आदर्शलाई उल्टयाइदिएको छ। सबैभन्दा छली नै बैभन्दा बढी वली भयो।

के कुरामा सन्देह छैन भने उपभोक्तावादी दर्शनलाई यत्रो शक्रि सूचना क्रान्तिबाट प्राप्त भएको छ, यो शक्ति मिडियाले दिएको छ। ठूल्ठूला अखवार र टिभी माध्यम पाठकदर्शकहरूलाई सम्बोधन गर्दैनन्, ती सीधै उपभोक्ताहरूप्रति सम्बोधित हुन्छन्। उपभोक्ता सामग्री उत्पन्न गर्ने कम्पनीहरू “सित्तै”, “छुट” र “पुरस्कार” को प्रलोभन दिएर विक्रेताहरूलाई छक्याउँछन्। तिनको आफ्नै बजार रणनीति हुन्छ। ती आफ्नो खर्चकोएउा ठूलो हिस्सा विज्ञापनमा लगाउँछन्। विज्ञापनको मार्गबाट झुट मस्तिष्कमा चढेर बोल्दछ। विज्ञापनमा सबैभन्दा बढी छली चिन्ह हुन्छन्। यी मात्र चिन्ह होइनन् सम्मोहक जाल हुन्, “ट्रयाप” हुन, जसमा मानिस फस्दछ। जादु चमत्कार–छलछद्मले भरपूर फ्यान्टासीलाई उपभोक्तावादले हाम्रोसमयको सबैभन्दा शक्तिशाली शैली बनाइदिएको छ। त्यसैले आज झुट जहाँ जन्मिन्छ त्यहाँबाट टाढा–टाढासम्म फैलन्छ, सत्यचाहिं त्यहीं दबाइन्छ, जहाँ यो जन्मिएको हुन्छ।

वास्तवमा मानिसद्वारा वस्तुहरूको उपयोग कत्ति पनि खराब कुरो होइन, यदि स्वयं वस्तुहरूद्वारा मानिसकोउपभोग भैरहेको छैन भने। उपभोक्तावादी समाजमा स्वयं मानिस माल बन्न पुग्दछ, अर्थात् बजारतन्त्रकोशिकार। टिभीका सामु बसेको दर्शक कहिल्यै के सोच्न सक्दैन भने ऊ विज्ञापनदाता कम्पनीहरूको कति राम्रो सिकार हो र प्रायोजकहरूको हातमा बस्तुतः बेचिइसकेको छ। ऊ मजा लिइरहेको छैन स्वयं मजेदार बन्दै गइरहेको छ। साबुन जस्तो आनन्ददायी, फ्रिज जस्तो चिसो,जुत्ता जस्तो लगाउन योग्य र नयाँ कार जस्तो चमकदार। ऊ नयाँ नयाँ , रंगीविरंगी र आकर्षक चीजहरूलाई उपभोग मात्र गरिरहेको नभई स्वयं पनि कतै वस्तुमा परिवर्तित भएर “कन्ज्यूम्ड” गरिरहिएको हुन्छ। उसको प्रत्येक उपभोग एक आत्म छल हो,ऊ वास्तवमा आत्मछलको आनन्द नै किन्दछ। बजारको प्रत्येक मालले उसलाई रिक्त बनाउँछ। उसको उपभोग पिपासाले उसलाई अधिकाधिक उपभोग्य र प्रतिरोधशून्य बनाइदिन्छ।

उपभोक्ता र उपभोक्ता वस्तुको अन्तरसम्बन्धलाई टुक्र्याएपछि उपभोक्तावादको दोस्रो चाल उपभोक्तालाई उसको राष्ट्रिय संस्कृतिबाट पृथक गर्नु हो। उसलाई संस्कृतिबाट उत्तर–संस्कृतिमा पठाउनु, जहाँ दुईवटा कुरा तर्कर नैतिकता हुँदैनन्। उपभोक्तावादले मानिसलाई सर्जकबाट ढोंगी र नक्कलकर्ता बनाइदिन्छ। यसले सबै मानवीय सम्बन्धहरू, मूल्यहरू र दायित्वहरूलाई बिर्सेर मात्र उपभोक्ता बन्नका निम्ति बाध्य पार्दछ। यसले मानिसलाई बजारको उपनिवेश बनाउँछ। कुनै व्यक्ति यसबाट सुरक्षित रहँदैन, चाहे त्यो दलितवादी होस् वा स्त्रीवादी, धर्मनिरपेक्ष होस् वा साम्प्रदायिक, धनी होस् वा गरिब।

भन्नलाई त उपभोक्तावादले “उच्च संस्कृति” र “निम्नसंस्कृति” को भेदलाई मेटाउँछ। भन्निछ, तर वास्तविकता के होभने यसले “उच्च संस्कृति” र “लोकसंस्कृति” दुवैलाई आफ्नो उपभोक्तावादी संस्कृतिमा उदरस्थगरेर खतम पारिदिन्छ। चाहे हाम्रा क्लासिक ग्रन्थ हुन्, धार्मिक मिथक हुन्, कुनै साहित्य वा इतिहासको प्रसंग होस्,शास्त्रीय संगीत होस् वा लोक धुन उपभोक्तावादले सबैलाई निश्चरित्र पारेर चम्किलो भुसमा परिणत गरिदिन्छ। उपभोक्तावादी संस्कृतिको प्रचार गर्ने कलाहरू र तिनका मालले नारीहरू, नवयुवकहरू, बालबालिकाहरू र बृद्धहरू सबैलाई उनीहरूको विकासशील राष्ट्रियस संस्कृतिबाट घिसार्दै आफ्नो छिन छिनमा बदलिने तुच्छ जादुमा कैद गरेर राख्दछन्। मानिस आफ्नो जीवन गुमाएर सुख र सम्मानको नक्कली चिन्हहरूलाई आफ्नो जीवन मान्दछ, ढोग नैयथार्थ हुन पुग्छ।

विभिन्न संस्कृतिका फरक–फरक बाटाबाट विकसित भएर पनि संसरका मानिसहरू आज एउटै खालको सभ्यता बजारमा उभिएका छन्। प्रकृति र टेक्नोलोजीको असीम दोहनको बलमा उपभोक्तावाद सबै संस्कृतिहरूको आत्मपरिचय मेटाउन मात्र उद्यत छैन स्वप्नहरूको भिन्नता समाप्त पार्न पनि लागि परेको छ। व्यापार एवं स्वप्नका नयाँ अन्तः सम्पर्कले मानिसहरूबाटसपना देख्ने स्वतन्त्रता हरण गरेको छ। हाम्रा सपनाहरूको संसारमाथि उपभोक्ता वस्तुहरूका विज्ञापनहरूको नियन्त्रण छ। जुन विज्ञानले हाम्रो स्वतन्त्रताको विस्तार गरेको थियो त्यही विज्ञानले बहुराष्ट्रिय कम्पनीहरूको बधुवा मजदुर बनेर हामीलाई अब दासत्वका नयाँ लोभ लाग्दा तटहरूमा लगिरहेको छ। आज विज्ञान जनताको हातमा छैन। अतः नागरिक समाजबाट उपभोक्तावादी समाजमा वर्तमान समयको छलाङ, यो नयाँ मानवविकास लोभलाग्दो बढी छ कि डर लाग्दो सोच्नुपर्छ।

मुनष्यका आफ्ना सपनाहरू त्यही जीवित हुन्छन्, जहाँ संस्कृति बाँचेको हुन्छ। उपभोक्ता समाज वास्तवमा मानव बथानहरूबाट बन्दछ, जुन बथानले कला, संस्कृति, धर्म र विज्ञानलाई मूल्यहरूको स्रोतको सट्टा मात्र इन्द्रिय सुखवादी उपभोगको औजारमा परिणत गरिदिन्छन्। चाहे माइकमा “रामचरित मानस” को अखन्डपाठ होस्, कुनै अर्को धार्मिक “पाठ” फिल्मी गीतहरूको शैलीमा भगवद् कीर्तन, नृत्य वा क्लासिक ग्रन्थहरूको धाराबाहिक अथवा उपभोक्ता संस्कृतिका अन्य आकर्षक माल यिनमा कतै पनि संस्कृति हुँदैन। यो सबै उत्तर संस्कृति हो। उपभोक्ता संस्कृति न केवल प्राचिन महान् परम्परालाई मनोरञ्जनात्मक मिक्चरमा बदल्दछ, मनुष्यले आफ्नो शक्तिमा विश्वास अन्तिम रूपबाट गुमाएर सुपरम्यानको प्रतीक्षामा बसिरहोस् भन्ने आशय लिए र यसले सपुरम्यानको नयाँ मिथकीय छविहरू समेत निर्माण गर्दछ। मानिसले नयाँ–नयाँ उपभोक्ता वस्तुहरूलाई नै आफ्नो शक्तिको चिन्ह मानोस् भन्ने यसको अर्थ हो।

उपभोक्तावादले हामीलाई सोच्ने मौका दिन चाहँदैन। त्यसैले कृत्रिम र खोक्रो उत्तर संस्कृतिक जीवन बाँच्नका निम्ति यसले एक मनोवैज्ञानिक लाचारी उत्पन्न गरिदिन्छ, त्यसलाई हामी समात्न सक्दैनौं। उल्टो हामी स्वयं त्यस्तो जीवनको पकडमा हुन्छौं। हामी उपभाुुेक्तावादको सम्मोहक चक्रव्यूहमा हुन्छौं, जसमा पसेपछि निस्कन सजिलो हुँदैन। आत्मविसर्जित उपभोक्ता खाली मोहाविष्ट कठपुतली हुन्छ। उपभोग एउटा एकतर्फी प्रक्रिया बन्नपुग्छ, जसमा वस्तुहरू वा चिन्हहरूलाई अर्थ दिने रचनात्मक शक्ति उपभोक्ताको नियन्त्रणमा हुँदैन। वस्तुहरूले नै जस्तो प्रभाव पार्न चाहन्छन् पार्दछन्। जता घुमाउन चाहेको हो त्यतै घुमाउँछन्। उपभोक्ता केवल एक प्यासिभ आस्वादनकर्ता मात्रै हुन्छ, एक निश्त्रि्कय र लाचार एकाई।

उपभोक्तावादको अन्तिम ल73य मानिसलाई उपभोग–पशुमा रूपान्तरिक गर्नु हो। जतिखेर मानिसका आवश्यकताहरू अनन्त छद्म आवश्यकताहरूमा बदलिनेछन् र उसले “सकेसम्म कमाऊ सकेसम्म किन र सकेसम्म उपभोगगर” को संस्कृतिभन्दा बाहिर चियाउनै पाउने छैन त्यतिखेर ऊ आफ्नो अन्तिम परिणतिमा एक उपभोग पशु नै हुनेछ। उसले मात्र मजा खोज्नेछ चाहे फास्ट फुडबाट पाइयोस् वा पुजा कीर्तनबाट। ऊ खाली देखावटी र उत्तेजना उत्पन्न गर्ने वस्तुहरूतिर मात्र आकर्षित हुनेछ। उसले अलिकति पनि त्यतातिर हेर्ने छैन जता उसले आफ्नो दिमाग खियाउनु परोस्।

उसो त सारा सुखहरू सबैसम्म पालैपालो पुग्नेछन् भन्ने आशा संगठित पूंजीवादले दिन्छ तापनि खोसाखोसको नयाँ नांगो रूप देखिंदैछ। आज मानिस आफूलाई देशको नागरिकभन्दा धर्म, जाति, रंग, भाषा वा क्षेत्रको “स्थानीय” घेरामा अधिक सुरक्षित अनुभव गर्दैछ, किनभने उसको के विचार छ भने उसको यस चौघेराले वैधता पाउनासाथ ऊ बढी स्वच्छन्द उपभोग पशु हुन सक्नेछ। समाज बाँडन सक्दैन, जंगल बाँडिनेछ।

उपभोक्तावादका दुइवटा मुख्य देन छन् –खन्चुवापन र बर्बरता। मानिस यस्तो खन्चुवा र बर्बर यस अघि कहिल्यै थिएन। उसको नयाँ–नयाँ भागेको न कुनै अन्त देखिन्छ न त हिंसाको नै सभ्यताको शिखरमा आज ऊ पुनः आदिम छ। संस्कृति, साहित्य र तर्कप्रियताबाट टाढा एक अत्याधुनिक आदि मानव। के फेरिथाल्नुपर्ने हो सभ्यताको यात्रा?

उपभोक्तावाद साम्राज्यवादको नयाँ अस्त्र हो। यो पूंजीवादको अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण हो।पूर्व–आधुनिक समाजमा आएको साम्राज्यवाद नृशंस हुँदाहुँै पनि त्यो असंगठित थियो। अंग्रेज, डच, पुर्तगाली र फ्रान्सेली आ–आफै पनि रक्तपात मच्चाउँथे। दोस्रो कुरो अंग्रेजी राज्यमा आर्थिक लुट खसोटका बीच पनि थुप्रै पुराना रूढीहरू र भेदभावले हल्लनु पर्‍यो। सामाजिक गतिशीलता उत्पन्न भयो। त्यसका आडमा एकता र स्वतन्त्रताका लहरहरू उठे। उत्तर आधुनिक साम्राज्यवाद पहिलेको जस्तो असंगठित छैन। उसको आधारभूत उद्देश्य पनि अर्थ अपरहण नै हो, तर ऊ पुराना रूढीहरू र भेदभावहरूभन्दा अलिकति पनि टाढा जानुको सट्टा तिनलाई उक्साएर फेरि अघि ल्याउने काम पो गर्दछ। यसले आफ्नो पछिपछि दासता र विखन्डनको उन्माद ल्याउँदैछ। उपभोक्तावादले मस्तिष्कको स्वतन्त्रतालाई चिडियाखानामा राखेर वास्तवमा दासतालाई नै किसिम किसिमले ल्इाटेस्ट फेशन बनाइदिएको छ। उसले के देखाइदिएको छ भने अब पासविक औपनिवेशिक सिक्रीहरूको आवश्यकता छैन।

पूंजीवाद आफ्ना विरोधी शक्तिहरूको भौतिक–वैचारिक विघटनको सुयोग पाएर संगठित भयो कि पूंजीवाद संगठितभएको कारणले उसँग लड्ने भौतिक–वैचारिक शक्तिहरू विघटित भए यो छलफलको विषय हो। वर्तमानमा संसारको आम दृश्य के छ भने पूंजीवाद विरोधी शक्तिहरू छिन्नभिन्न भएका छन्, तिनको मनोबलमा कमी आएको छ र मानिसलाई उसको वास्तविक इच्छाहरू, आवश्यकताहरू र उच्चतर सांस्कृतिक सम्पर्कहरूबाट पुनः संयुक्त गर्ने प्रयासहरू रोकिए–रोकिए जस्ता छन्। अन्ततः वीसौं शताब्दी ठगियो नै। शत्रु हाम्रै अनुहारहरू भिरेर फर्किए। के ती कहिल्यै गएका पनि थिए?

संगठित पूंजीवादले उत्तर–औद्योगित समाज बनाएको छ कम्युटरीकरणको व्यापक यन्त्र विन्यासद्वारा एक पूर्णतः गतिमान, तीब्रचालित र उन्मत्त भएर उठेको समाज हो उत्तर औद्योगिक समाज। यस समाजमा पूंजीवादको नयाँ विकासले तीब्र उद्योगवाद ल्याउँछ। फलतः बुद्धिवादीकरण र प48यीकरणको पर्याप्त विस्तार हुन्छ। बुद्धिवादीकरणले प्राविधिक बुद्धिवादको उच्चतर चरणमा अन्ततः नैतिक बुद्धिवादलाई पछि पार्दछ, किनभने बुद्धिवादको अर्थ नैग48य, निर्वेयत्तिक र परम्परा विरोधी हुनु हो। आज चरित्र भन्दा बुद्धि माथिल्लो छ। उत्तर–औद्योगिक समाजमा एकातिर बुद्धिवाद प्राविधिक विकाससम्ममा मात्र सीमित हुन्छ भने अर्कातिर प48यीकरण आर्थिक क्षेत्रबाट विस्तारित भएर सांस्कृतिक क्षेत्रमा प्रवेश गर्दछ। यसैको परिणाममा के हुन्छ भने जीवनमा नैतिकतालाई गौण पारिन्छ, तर्कलाई दबाइन्छ। जनआन्दोलनको अवकाश रहँदैन र समाजलाई “सके जति कमाऊ, सकेसम्म किन र सक्दो उपभोग गर” को बाटोमा धकेलिन्छ। संस्कृतिको उद्योगीकरणले उपभोक्तावादलाई दीर्घजीवी बनाइदिन्छ।

उत्तर–औद्योगिक समाजमा राज्यले नोकरशाही र कुशल प्रबन्धकहरूमाथि निर्भर रहनुपर्दछ। स्थिरता र समृद्धिको ल73य लिएर राज्यशक्ति आफ्नो सिद्धान्तहरूमा हिंड्दछ ऊ सस्याना स्वार्थहरूका लागि संघर्षमा ओर्लंदैन। समाजको बौद्धिक, नैतिक र सांस्कृतिक पतनसँग उसलाई कुनै चासो हुँदैन। प्राविधिक प्रगति बस्तुतः सामाजिक उन्नति, सांस्कृतिक विकास र पर्यावरणका समस्याहरूसँग पनि वस्तुतः उदासीन रहन्छ। विज्ञानको एकांकी ल73य उद्योगवादलाई नयाँ–नयाँ उर्जाले भरिभराउ पार्नु हो। वास्तवमा विज्ञान आफ्नो उन्नतिको एउटा निश्चित मोडमा सामान्यतः एउटा विशुद्ध प48यमा रूपान्तरित गरिन्छ र आधारभूत सामाजिक उत्तरदायित्वहरूबाट पृथक पारिन्छ। अत्यन्त खर्चिलो हुने कारणले ठूला वित्तिय र औद्योगिक निगम वा ठूला देशमा दादा सरकारहरूले नै यसको भार उठाउँछन्। विश्वमा सत्ता र धनको असमान विभाजनको कारणले “ठूला विज्ञान” को भूमिका महत्वपूर्ण भएको छ। उत्तर औद्योगिक समाजमा राज्य र विज्ञान संगठित पूंजीवादको नोकर बनेका छन्। के विश्वास गर्न थालिएको छ भने संसारमा जुन “खुशीयाली” र “क्रान्ति” आजसम्म आउन सकेको थिएन त्यो व्यापार, विज्ञान र राज्यका बीचको निकटतम सम्बन्धबाट आउनेछ। के यस्तो होला?

के विश्वका केही समाजहरूको नियति निरन्तर उच्चतर उत्तर औद्योगिक अवस्थाहरूमा पुग्नु र कैयौं देशहरूको नियति विकासशील उद्योगवादमा हल्लिरहनु अनि पश्चिममाथि निर्भर रहनु हो?

त्यसो त संगठित पूंजीवादी व्यवस्था भएका उत्तर औद्योगिक समाजहरू आफ्नो सबै ल73यहरूसम्म पुग्न सकेका छैनन् र एउटा न एउटा आन्तरिक संकटबाट निरन्तर गुजि्ररहेका छन्। त्यति हुँदाहुँदै पनि, के साँचो हो भने उनीहरूकै आदर्शहरू शेष विश्वको व्यापार, संस्कृति र राज्यव्यवस्था माथि थोपरिएका छन्। हामी तिनीहरूकै आर्थिक नीतिहरूमाथि हिंडिरहेका छौं। उनीहरूकै नृत्य, संगीत, खानपान, फेशन तथा सांस्कृतिक उद्योगको रंगमा रंगिदै गएका छौं। त्यहाँ जसरी नै हाम्रो देशको सरकार शिक्षा, चिकित्सा, यातायात, कल्याणकारी योजनाहरू, कृषि क्षेत्रमा सब्सिडी आदि सामाजिक उत्तरादायित्वबाट भाग्ने मनोदशामा छ। लामो ऐतिहासिक संघर्षबाट उत्पन्न लोकतान्त्रिक दबाबहरूको कारण तत्काल पूरै भाग्न सकिरहेको छैन, तर राज्य व्यवस्थाको भूमिकामा कमी आएको छ। यो सम्प्रभुता र नागरिक अधिकारहरूको संरक्षकका रूपमा आफ्नो भूमिकाप्रति उदासीन छ। एक विकासशील लोकतन्त्रको पहिचान राजनीति, विज्ञान– प्रविधि र व्यापारका बीचको सही सम्बन्ध हो। आवश्यकता त यी सबै अनैतिकतालाई नैतिक बनाउनु र यनीहरूलाई विमानवीयकरणबाट पुनर्मानवीयकरण गर्नु “विकास”को मानवीय सम्कर्पलाई दरिलो बनाउनु थियो। तर सबै घटित भयो यिनका विपरीत।

राज्यको भूमिकाको विलोप विस्तारोसँग प्रारम्भ भएको छ। यो विलोपनको प्रक्रियामा क्षमताको पुनर्वितरण भएको छ। क्षमताको एउटा ठूलो हिस्सा स्वायत्त निगम, बहुराष्ट्रिय कम्पनीहरू र बजारलाई सुम्पिएको छ। राज्यशक्ति कुनै दिन विभिन्न निगम कम्पनीहरू र उपभोक्ताहरूका बीचको मध्यस्थकर्ता मात्र भएर रहेमा आश्चर्य मान्नु पर्ने छैन। कुनै दिन शान्ति व्यवस्था, न्याय र सीमाहरूको सुरक्षा पनि ठेक्कामा लगाउन बेर छैन। त्यतिखेर पनि स्वाधीनता दिवसको अवसरमा “राष्ट्र” को नाममा सन्देश दिन हाम्रा नेताहरूलाई कुनै लाज नलाग्न सक्छ।

पश्चिमको उत्तर औद्योगिक समाजमा आदर्शले नै फेरि एकपटक आफ्नो सार्वभौमिक औचित्य प्रमाणित गर्न थालेका छन्। उत्तर आधुनिकतावादी चिन्तकहरू यूरोपेली ज्ञानोदय वा नवजागरणको विरोध के भनेर गरिरहेका छन् भने यसले आफ्नो तर्क अभिरूचि र आफ्नो सार्वभौमिक सत्य संसारभर लाद्न चाहेको थियो। यदि नवजागरणमा समग्रतावाद थियो भने उत्तर औद्योगिक समाज जुन व्यापारिक, सांस्कृतिक तथा राजनीति तत्वहरूलाई उक्साइरहेको छ के तिनमा कुनै समग्रतावाद छैन? तर्कको प्रवृत्तिलाई लिएर आउने समग्रता र तर्कलाई विदाई गरेर आउने समग्रतामा कुन चाहिं खतरनाक छ? तर्कसँग सधै नै बहुलता गाँसिएर आउँछ, किनभने तर्कका लागि एउटा होइन सधै नै दुई वा दुईभन्दा बढीको आवश्यकता हुन्छ। तर्कलाई नै बहुलता र समग्रताका बीच सही सम्बन्धतिर उन्मुख गराउँछ। एत्तर आधुनिक तर्क निरपेक्षताले अन्ततः बहुलता र समग्रताको सम्बन्धलाई बिगार्ने काम गर्दछ। यही कारणलेगर्दा उत्तर औद्योगिक समाजको संगठित पूंजीवाद, विज्ञानवाद, खुला व्यापार, व्यापक प48यीकरण, राज्यका थुप्रै सामाजिक भूमिकाहरूको विलोपन, सांस्कृतिक उद्योग र यी सबैलाई प्रश्रय दिने उपभोक्तावादले एक भिन्न र अधिक भयंकर किसिमको समग्रतावाद, समानरूपता वा अभेद (डि–डिफरेन्सिएसन) ल्याइरहेको छ।

वास्तविकता के हो भने नवजागरणका केही तत्व सार्वभौम भए तापनि राष्ट्रिय विशेषताहरूले सम्पन्न थिए। नवजागरण प्रत्येक ठाउँमा आफ्नो रूप भेद सहित आएको थियो। भारतमा उन्नाइसौं शताब्दीको नवजागरण एउटा राष्ट्रिय जागरण थियो। यो यूरोपली ज्ञानोदयको पर्याय थिएन। भारतीय नवजागरण बहुलताको सन्देश लिएर आएको थियो–“जति मत त्यति पथ”। त्यसैले जुन एककेन्द्रवादको सवालमा उत्तर आधुनिकतावादीहरूले नवजागरणका विरोध गरे, त्यो भारतमा अनुपस्थित थियो। भारतीय नवजागरणमा एक तर्कधारा, एक समग्रता अथवा एक रेखीयता रहेकै थिएन। भारतीय नवजागरण सीमित स्तरमानै आयो, तर निस्सन्देह त्यो बहुरंगी थियो।

यसको ठीक उल्टो उत्तरआधुनिकता जुन विकेन्द्रीकृत विश्व र बहुलतावादको दुहाई दिने गर्दछ, त्यसलाई उपभोक्तावादले असम्भव बनाइदिएको छ। उपभोक्तावादले उत्तर आधुनिकतालाई एक रूपता र सर्वसत्तावादमा बदलेको छ। तपाई कुनै पनि नृत्य हेनुर्स एकै ढंगको छ। कुनै पनि संगीत सुन्नुस् एउटै किसिमको छ। सबै प्यारोडी वा खिचडी मनोरञ्जन एउटै खालको। एउटै किसिमको महानायक, एकै खालको जादु। उस्तै उत्तेजन। कुनै पनि होटेल वा फास्टफुड सेन्टरमा जानुस् एउटै खालको स्वाद। कुनै लोकप्रिय फिल्म हेर्नुस् एउटै खालको मसाला। अर्थ व्यवस्थामा एकै किसिमको खुलापन र एकै खालको लुट। सबै आडम्बर एउटै किसिमका। सम्पूर्ण उन्माद एउटै जस्ता। आस्वादको विविधतामा पनि एउटा आधारभूत एकरूपता। अमेरिका हा्से् वा इंग्ल्यान्ड, अफ्रिका होस् वा रूस वा भारत, उपभोक्तावादको पहुँच भएको कुनै पनि ठाउँबाट तपाई आफूले चाहेको जति उत्तर आधुनिक नमुनाहरू लिनुस्, तिनलाई मजासँग “पाठ” बनाउनुहोस् र सबैलाई एकैसाथ राखेर राम्ररी जाँच्नुहोस्–नमुना त धेरै नै हुने छन् तर संकेत भने एकै मात्र हुनेछ।

उत्तर आधुनिक संकेत “फिक्स्ड” भैसकेका छन्। केवल चिन्ह बदलिन्छन्, संकेत कहिल्यै बदलिंदैन। बहुलता र अनेकान्तको प्रबर्द्धन गर्ने उत्तर आधुनिक महाशय, के तपाई पूरा संसारमा एक समान हाय– हलो सुनिरहनु भएको छैन्? के तपाई एक छेउबाट चारैतिर संकीर्णता र विखन्डताको नांगो नाँच फैलिरहेको लक्षित गरिरहनु भएको छैन? जहाँ भेद हुनुपर्थ्यो त्यहाँ अभेद फैलिरहेको छ, जुन पुनर्उपनिवेशन हो। जहाँ अभेद हुनु पर्थ्यो त्यहाँ विभेद फैलाइदैछ। जुन पुनरूत्थानवाद हो। उत्तर आधुनिक संकेतहरूको सम्बन्ध पुनर्उपनिवेशन वा पुनरूत्थानवादसँग छ।

एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकाली समाजहरूको सबैभन्दा ठूलो विडम्बना के हो भने यी अहिलेसम्म औद्यागिक विकासबाट अघि बढिरहेकै अवस्थामा यिनमाथि उत्तर औद्योगिक र पूर्व औद्योगिक समाज दुवैका रूचि र रीतिहरू एकै साथ थोपरिए। पुनर्उपनिवेशन र पुनरूत्थानवादको गठबन्धनले यी समाजहरूमा मानव जीवनलाई एक करूण र पाखन्डपूर्ण होडमा परिवर्तन गरिदियो।

उत्तर–औद्योगिक समाजमा इलेक्ट्रोनिक टेक्नोलोजीद्वारा मशिनी टेक्नोलोजी ध्वस्त भैसकेको छ। स्वयं इलेक्ट्रोनिक टेक्नोलोजीकै नयाँ विकसित रूपद्वारा तुरून्त अघिको विकसित रूपलाई जसरी उपहास गरिन्छ, यदि यही प्रक्रिया निरन्तर रूपबाट जारी हुने हो भने विकासशील समाजहरूमा उत्तर औद्योगिक समाजको वर्चस्व शाश्वत हुन पुग्नेछ। जसरी नयाँ संगठित पूंजीवादको संचालन सत्रु उत्तर औद्योगिक समाजको हातमा छ त्यसरी नै इलेक्ट्रोनिक टेक्नोलोजीका नयाँ खेलहरू पनि उनीहरूकै विज्ञान पार्कहरूमा खेलिंदै छन्। जुन ईश्वरको कृपाले पंगु पहाड नाघ्न सक्छ र अन्धोले सबै थोक देख्दछ त्यो ईश्वर टेक्नोलोजी हो र यसले यतिखेर उत्तर औद्योगिक समाजहरूका मञ्चबाट आफ्नो लीला देखाइरहेको छ। मानव श्रमलाई हलुका बनाउन र अद्वितीय सुखहरूका निम्ति हुने एकभन्दा एक वैज्ञानिक प्रौद्योगिक अनुसन्धानमा खर्चको प्रतिस्पर्धा यिनै समाजहरूमा छ। पूर्व औद्योगिक समाजमा विलम्बित पूंजीवादमा छलाड्ड लगाइरहेका समाजहरूलाई व्यापारिक, वैज्ञानिक र राजनैतिक निर्देश उत्तर औद्योगिक देशहरूबाट नै लिनु परिरहेको छ। विलम्बित टेक्नोलोजी सधै नै उपनिवेशनको टेक्नोलोजी हुन्छ र यसको छायाँमा उपभोक्ताहरूको जीवन एउटा करूण ढोंग हुन्छ।

पश्चिम पहिले राजनीतिक अस्मिता थोपर्दथ्यो, अहिले इलेक्ट्रोनिक टेक्नोलोजीको माध्यमबाट आफ्नो सांस्कृतिक अस्मिता थोपर्दैछ। यही कारणले उपभोक्तावादको प्रवाह पूर्वबाट पश्चिमतिर छैन, फेरि अर्को पटक पनि पश्चिम नै पूर्वतिर अघि लम्किरहेको छ अर्थात् उत्तर आधुनिक परिदृश्यमा पश्चिमी समग्रतावाद वा सर्वसत्तावादबाट छुटकारा पाइएको छैन उल्टै तर्क निरपेक्ष वातावरणमा त्यो अधिक कठोर रूपमा उपस्थित छ।

उत्तर आधुनिकतावाद कुनै स्वतन्त्र घटना होइन, यो उपभोक्तावादी रणनीतिकै एउटा अंग हो। उपभोक्तावाद कुन मूल्यहरूमा आधारित छ, हाम्रो जीवनमा पसेर यसले कस्तो उद्युम मच्चाएको छ, यो कसरी पश्चिमी साम्राज्यवादको सांस्कृतिक आक्रमणको हतियार हो यी र यस किसिमका सवालहरूमाथि निरन्तर छलफल हुनुपर्दछ, तर्क गरिनुपर्दछ अनि मात्र उत्तर आधुनिकतावादको वास्तविकता बुझ्न सकिनेछ। उत्तर आधुनिकतावादी इन्द्रजालको प्राण उपभोक्तावादको सुगामा कदै छ।

उत्तर औद्योगिक समाजहरूमा सामान्यतः कुनै सांस्कृतिक व्यवधान छैन। अतः तीब्र उद्योगवादको कारणले गर्दा उपभोक्तावाद खुबै फैलिरहेको छ। ठूलो संख्यामा मजदुरहरू नयाँ मानवीय र तकनीकी सेवाहरूका अंग बनेका छन्, आफ्नो उच्च व्यावसायिक–तकनीकी गुणहरू र योजनाबद्ध आर्थिक विकासमा उल्लेखनीय सहभागिताका बलमा शासक वर्गका पनि अंग भएका छन्। ठीक यसको उल्टो भारत अझै अर्धसामनती दशामा छ। यो अझै औद्योगिक र आधुनिक विकासबाट लम्किरहेकै अवस्थामा उत्तर आधुनिक बबन्डरमा फस्न पुग्यो।

विश्व व्यापार र बजारले भारतीय समाजका आर्थिक संरचनालाई मात्र प्रभावित गरिरहेको नभएर बौद्धिक, सांस्कृतिक संरचनालाई पनि प्रभावित गरिरहेका छन्। स्वयं उद्योग एवं व्यापारको विकास आवश्यक आधारभूत ढाँचाका अतिरिक्त सामाजिक अभिरूचि, संस्कार र बौद्धिक, सांस्कृतिक अनुकूलतामा निर्भर गर्दछ। भारतले विश्व व्यापार र बजारका निम्ति आफ्नो ढोका खोलि दिएको छ, यसका साथै सांस्कृति आक्रमणलाई बाटो पनि दिएको छ। सट्टामा आर्थिक परिदृश्यमा ठूला व्यापारी र उद्योगपति के अनुभव गर्दैछन् भने उनीहरू विदेशी पूंजी, आफ्ना उत्पादकहरूको लोभ्याउने रूप, अत्याधुनिक विपणन–पद्धति र विज्ञापनको बलमा बहुसंख्यक गरिबहरूको यस देशमा पनि व्यापक खपत बढाउने र मानिसहरूको बौद्धिक–सांस्कृतिक गुण र भाषाहरूलाई पूर्णतया बदल्नेछन्।

हाम्रो समाजमा उपभोक्तावाद आफ्नो तामझाम, बहुरंगी संसार र पूर्ण आक्रमताका साथ आएको छ। निश्चय नै, त्यसले गरिब, परम्परागत रूचिहरू र पूर्व–औद्योगिक समाजका थुप्रै सांस्कृतिक दशाहरूको सामना गर्नु परेको छ। देशमा आज पनि जबजस्त गरिबी र बेरोजगारी छ, यो उपभोक्तावादको गालामा थप्पड हो। भूमन्डलीकरणको एउटा परिणाम बेरोजगारीकरण हो। कम्प्यूटर सिकेका नवयुवकहरूसम्मको स्थिति कस्तो छ भने तीन जनाको माग भयो भने तीस आउँछन्। विदेशी पूंजीको रूचि भारत जस्ता देशहरूलाई औद्योगिक समाजमा परिवर्तन गर्ने, तीब्र उद्योगवाद उत्पन्न गर्नेछैन। ती उत्पादकता र रोजगारको अवसर नबढाई उत्तर औद्योगिक वातावरण उत्पन्न गर्न चाहन्छन्। आफ्नो टेक्नोलोजीको श्रेष्ठताको बलमा ती आफ्ना मूल्यहरूको श्रेष्ठता स्थापित गर्न चाहन्छन्। यदि उपभोक्तावादको दुर्दशा हेर्नु छ भने देशका पुराना औद्योगिक नगरहरूमा गएर हेर्नुस्। त्यहाँ जातीय उद्योगवादको कस्तो दुरवस्था छ र आधुनिकीकरण कति अवरूद्ध छ हेर्नुस्। एक एक गरेर पुराना उत्पादन एकाईहरू उखेलिंदैछन् , मजदुरहरू पिसिएकार असहाय छन्। उनीहरू दुर्गन्धले भरिएका घरहरूमा बस्छन् र उनीहरूको पंक्तिलाई धार्मिक,जातिवादी कट्टरतालेकसरी छिन्नभिन्न पारेको छ त्यो पनि हेर्नुस्। उनीहरू विस्तारै उन्मत्त अपराधीमा रूपान्तरित हुँदैछन्। यो दशा गाउँहरूसम्म फैलिएकोछ। तपाई दश रूपियाँमा चिप्स खाने शहरी केटा–केटीहरूलाई मात्र नहेर्नुस, ती किसानहरूलाईपनि हेर्नुस्, जसले त्यति खालुको सट्टा दश पैसा पनि पाउँदैनन्। यस देशमा सत्तरी करोड मानिसहरूका निम्ति उपभोक्तावाद आज पनि वीरबलको खिचडी हो।

हाम्रो देशमा व्यापार, विज्ञान र राज्य शक्ति तीनवटामा नै धेरै खोक्रोपन छ। व्यापारको क्षेत्रमा दलाल धेरै घुसेका छन् र विज्ञानका क्षेत्रमा नक्कलबाजहरू। शासकवर्गको संरचनामा आज पनि मुखभरी पान कोचेर हिंड्ने नेता, बुद्धिवादको सट्टा लाठी पेसतोलको भौतिक शक्तिमा विश्वास राख्ने मानिसहरू तथा धर्म र जातिकाठेकेदारहरू नै बढी छन्। यदि हाम्रो देश मात्र बजार बनेर रहने हो भने संसद् दधीचिको तपोवन बन्नेछैन। उपभोक्तावादले नै शासनको शिखरदेखितल साधारण सिपाहीसम्ममा भ्रष्टाचार बढाएको छ। घुसखोरी हरेक स्तरमा छ। समाज आफ्ना कर्णधारहरूको भारीले थिचिंदैछ र त्यसको आधार भासिंदै जाँदैछ। शिथिल नोकरशाहीर गतिशील घोटालाहरू विकासमा घुन सरह लागेका छन्। महंगीका पखेटा लागेका छन्। अतः ठूल्ठूला बहुराष्ट्रिय कम्पनीहरूका उपभोक्ता वस्तुहरू आउनाले पूरै समाज उपभोक्तावादीकरण भएको छ भन्ने ठान्नु हुँदैन। केवल एक सीमित जनसंख्यामा हलचल भएको छ।उपभोक्तावादको ढोकामा उभिएको यो सानो जनसंख्या माथिबाटहेर्दा चमक दमकले भरिएको किन नदेखियोस्, यसको नयाँ–नयाँ सामग्रीप्रति उत्सुकता किन नदेखियोस् तर यो उत्सुकता अभावहरूका कारण सदा किनमेलमा बदलिंदैन। त्यसैले भारतमा विश्वबजारका परम्परागत संस्कार र रूचिहरूदेखि क्रय शक्तिसम्मले थुप्रै स्तरहरूमा ठूलो गतिरोधकोसामना गरिरहनु परेको छ। आर्थिक मन्दी बढ्दामध्यवर्गका उफ्रीपाफ्री गर्ने आत्मकेन्द्रितमानिसहरू उत्तानो परेर पछारिने छन्। समग्रतः परिदृश्य दयनीय बढी छ। यसमा जति लोभ भरिएकोछ,त्यति नै अपमान वा उपभोक्ता वस्तुहरूको हँकाई। यस नयाँ परिदृश्यमा जति चमक छ त्यति नै अँध्यारो छ।

भारतीय समाजको गरिबी र बेरोजगारी उपभोक्तावादका लागि समस्याहरू हुन्,तर यहाँका परम्पराहरू र रूचिहरू मात्र समस्या होइनन् ती उपभोक्तावादका निम्ति चुनौती पनि हुन्। भारतका मानिसहरूको सुखको शालीन र विवेकवादी धारणाहरूलाई सजिलै नष्ट गर्न सकिन्न। स्वाधीनता संग्रामले सरलता, त्याग र वास्तविक आवश्यकता अनुसार उपभोगका जुन मूल्यहरूलाई हुर्काएको थियो, ती मुल्यको समाजमा अहिले पनि प्रभाव छ। कृत्रिमताको खोक्रोपन र भोगवादलाई पतन मान्ने मानिसहरू समाजमा अहिले पनि बढी छन्। उच्च फेशन, नांगोपन र कामुक प्रदर्शन जति थोपरिउन् ती समाजमा हेय दृष्टिले हेरिन्छन्। नवजागरणदेखि वामपन्थी जनवादी आन्दोलनसम्म लगभग दुई सय वर्षका ऐतिहासिक जनसंघर्षहरूले समाजमा जुन देशप्रेम, मानवतावाद र जनवादी जागरूकता उत्पन्नगरेको छ, त्यसलाई मेटाउनु बिल्कुल नै असम्भव छ। उपभोक्तावाद यी आधुनिक तत्वहरूबाट नब्य कुबेरहरका केही समूहलाई विच्छिन्न गर्न सक्छ, तर समाज सम्पूर्णलाई चेतना विहिन गर्न सक्दैन। यद्यपि भारतीय संस्कृतिमाथि उत्तरऔद्योगिक समाजका सांस्कृतिक उद्योगको अत्यन्त तीब्र आक्रमण भएको छ, तथापि यसमा अझै पनि बलियो प्रतिरोध क्षमता छ। भारतको राष्ट्रिय संस्कृति आहत भएर पनि दुर्जेय छ। भोजन, वस्त्र र घरका सवालहरूमा नै हेरौं आज पनि भारतीय रूचिहरू र स्वभावहरूकै प्रभुत्व छ, पश्चिमी स्वादको होइन।

पश्चिमका उत्तर औद्योगिक समाजका सैद्धान्तिक परिधिसँग भारतीय समाजको विश्लेषण गरिनु हुँदैन। किनभने यस समाजको जातीय प्रकृति र दशाहरू विलक्षण छन्। विश्वबजारको अंग बनाइएपछि मध्यवर्गका दमित आकांक्षाहरू कुनै ज्वालामुखी जस्तै उम्लिएर बाहिर आएका छन्। परम्परागत इन्द्रिय सुखवादले नयाँ आवरण लगाएर पश्चिमी शैलीको उपभोक्तावादलाई बढाएको छ, तर पनि भारतीय समाजमा उपभोक्तावाद नै उपभोक्तावाद होइन। विश्व बजारको दबाबको कारण धेरै रूझानहरूमा समानता अवश्य छ, तरहामीले समान रूझानको चर्चाका साथै उपभोक्तावादका भारतीय समस्याहरू र विलक्षणताहरूसँग पनि अवश्य परिचित हुनुपर्छ। उत्तर आधुनिकतावादी चिन्तक दिशा बहुलताको कुरा गर्दागर्दै पनि अन्तः सबै भैंसीहरूलाई एउटै लठ्ठीले हाँक्ने काम गर्दछन्।

उत्तर–उपभोक्तावाद उपभोक्तावादको एक वैचारिक संघर्ष हो। यो उपभोगबाट विमुखता होइन, उपभोगको एउटा त्यस्तो संसारका निम्ति संघर्ष हो, जहाँ जीवनका निम्ति उपभोग हुन्छ। उपभागका निम्ति जीवन हुँदैन। उत्तर उपभोक्तावाद उत्तर आधुनिकतावादको एक प्रमुख उत्तर हो। यो आस्वादको संस्कृतिमाथि विवेकको संस्कृतिको प्रतिवर्चश्वको विचार हो। उत्तर उपभोक्तावादले उपभोक्ता, उपभोक्ता वस्तुहरू तथा राष्ट्रिय संस्कृतिका बीचको टुटेको सम्बन्धहरूलाई पुनर्जीवित गर्दछ। एउटा पारदर्शी उपभागको संसार प्रस्तावितगर्दछ, जहाँ छलनामय विम्ब एक्सपोज भएर प्रभावहीन हुन पुग्दछन्। उपभोग जीवनको एक मात्र वास्तविकता रहँदैन र मनुष्यको आफ्नो सौन्दर्यबोध सुरक्षित हुन्छ। आउने कुनै पनि समयमा नयाँ, आरामदायक र आकर्षक उपभोक्ता बस्तुहरूको सिलसिला समाप्त हुनेछैन। उत्पादक कम्पनीहरू कृत्रिम इच्छाहरू र आवश्यकताहरू उत्पन्नगर्दै रहनेछन्। ती विज्ञान र राज्यशक्तिको मद्दतले इच्छाहरूको ब्रेक फेल गर्ने पटकपट प्रयत्न गर्नेछन्। सांस्कृतिक परम्पराहरूमा जिउन असंगठित जनतालाई विकृतर व्यवसायिक संचारमाध्यमहरूको माध्यमबाट सम्मोहक उपभोक्तावादी जालमा फसाउने चेष्टाहरू कदापि बन्द हुनेछैनन्। फेरि पनि मनुष्यको समझ, सुझबुझ र तर्कबुद्धि सदा सुताएर राख्न सकिंदैन र न त मनुष्यलाई अन्तिम रूपबाट मेटारमात्र उपभोक्तामा परिसीमित गर्न सकिन्छ। संसारमा अरू केही पनि मानिसभन्दा बढी अद्भूत र चमत्कारपूर्ण छैन, यो विश्वास नै उत्तर उपभोक्तावादको प्राणशक्ति हो।

उपभोक्ताभित्र नागरिक,जनता र मनुष्य अझै मरेको छैन, ऊ लडिरहेको छ। निश्चय नै, शहरी उपभोक्ताको एउटा ठूलो वर्ग आफ्नो पहिचान, समवेदना र सामाजिक सम्बन्ध गुमाउनेएक उन्मादपूर्ण दशामापुगेको छ। ऊचरम स्वार्थी र सुखवादी हुँदै गएको छ। तर हरेक अन्धो उपभोग उसको आन्तरिक जीवनलाई यति रिक्त र बाह्य जीवनलाई यति कलहपूर्ण बनाउँदै छ कि बिस्तारबिस्तार स्वयं उसको आफ्नै दृष्टिमा नै उपभोक्तावाद सन्देहास्पद हुँदै गएको छ। उपभोक्ता आफ्नो हराउँदै गएको छ। उपभौक्ता आफ्नै हराउँदै गरेको आफ्नो पहिचान, संवदेनशीलता र आफ्नो असामाजिकतासँग स्वयं उद्विग्न छ। उसको नग48य र निस्त्रि्कय भोक्ताको रूपले ऊस्वयंलाईकहिले कहिले ग्लानिले भरिदिने गर्दछ।ऊ टिभी हेर्दछ, तर कस्तो अनुभूतिबाट पनि पीडित रहने गर्दछ भने एक विन्दुपछियो एउटा स्वादिष्ट जहर हो। ऊ बजारका आकर्षक वस्तुहरूको उपभोगबाट एउटा अद्भूत उन्मुक्तताको अनुभव गर्दछ, तर उसलाई कुन पीडिाले चिमोटिरहन्छ भने ऊ कतै विक्षिप्त छ वा स्वयं पनि उपभोक्ता वस्तुहरूको बीच एक माल बनेर रहेको छ। उपभोगको यत्रो स्वतन्त्रताका बीच पनि ऊ एक सभ्य दास हो, उससँग इच्छाको स्वतन्त्रता छैन।

“इच्छाको स्वतन्त्रता” उपभोक्ता समाजका नागरिकहरूको एक आर्त आवाज हो। जुन समाजका मानिसहरू बजारको चेपाइबाट “इच्छाको स्वतन्त्रता” पुनः प्राप्त गर्ने छैनन्। त्यस समाजका मानिसहरूले मानवतावाद र जनतन्त्रको सपना देख्न पनि छोड्नेछन्। उत्तरउपभोक्तावाद उपभोक्ता समाजको पुनर्मानवीयकरण हो। त्यसैले हाम्रो सयको एक मुख्य लडाइ उपभोक्तासमाजलाई मानव समाजमा परिवर्तन गर्नेहो उपभोक्तावादबाट। यो संघर्ष जति बाहिर आवश्यक छ, त्यत्तिकै भित्र पनि।उपभोक्तावादबाट उत्तर उपभोक्तावादतिर उन्मुख नभइृ न जनवादी आन्दोलनलाई पुनः संगठितगर्न सकिन्छ न त समाजवादतिर नै बढ्न सकिन्छ। यदि उपभोक्तावाद नै अन्ततः विजयी भयोभने यसले राष्ट्रियता, मानवतावाद र समाजवादकोसपनालाई मात्र मेटिदिने छैन। यसले त सांस्कृतिक बहुलतालाई पनि बिस्तारैसँग समाप्त पारिदिनेछ। यसैल्े सबै मानवतावादी र जनतान्त्रिक शक्तिहरको एक मुख्यप्रहारको तारो उपभोक्तावाद हुनुपर्दछ। यस सन्दर्भमा कन्ज्यूमर फोरमरअदालतहरूअस्तित्वमा आएकाछन्,तर यी गुणवत्ता, आपूर्ति तथा केही अन्य मामिलासँग सम्बन्धित ससाना सिकायतको सीमाबाट बाहिर निस्किएर उपभोक्तावादको छलछदमको व्यापक आलोचनात्मक अनावरण, उपभौक्ता समाजको पुनर्मानवीयकरण तथा सांस्कृतिक पर्यावरणका चिन्ताहरूसँग अहिले गाँसिएका छैनन्, जब कि उपभोक्तावादका विरूद्ध एक व्यापक सांस्कृतिक आन्दोलनको आवश्यकता छ।

हाम्रो समाजलाई बजारले खोसेर लिएको छ, त्यसलाई बजारबाट पुनः खोसेर लिनुपर्नेछ। यो कठिन छ र उत्तर संस्कृतिले यस कामलाई निरन्तर कठिन बनाउँदै लगेको छ।जतिखेर उत्तर आधुनिकतावादीहरू हरेक क्रोध र प्रतिरोधले बजारको हिस्सा बन्नेछ भन्दछन् त्यतिखेर उत्तर संस्कृतिको छाँयामातिनको मेट्रो पोलिटन डर र साधारण जनतामाथिको तिनको अविश्वास सजिलै देख्न सकिन्छ। उनीहरू भारतीय समाजको बौद्धिक, सांस्कृतिक र जनतान्त्रिक चेतनालाई विश्वव्यापी निराशाको झोलामा फँयाकिदिन चाहन्छन्।

संसारभरीका उत्तर आधुनिकतावादीचिन्तक सांस्कृतिकउद्योग तथा प48यीकरणको विस्तारबाट कति आतंकित छन् भने उनीहरूलाई मुक्तिका झुटा आशाहरूमा बाँच्नुपर्दछ। उनीहरू “मौन क्रान्ति”, “नयाँ राजनीति” र “उप संस्कृतिहरू” को आश्रय खोज्छन्। केही यस्ता पनि छन् जो परिवर्तनको कुनैपनि नयाँ आशालाई युरोपियन मान्दछन्, जब कि संगठितपूंजीवादका आफ्ना अन्तर्विरोध पनि त्यतिकै सघन छन्, जति संगठित पूंजीवाद र असंगठित शोषित समाजका अन्तर्विरोध। संगठित पूंजीवाद जतिसुकै शक्ति सम्पन्न होओस्, उसले श्रमशक्तिमाथि आफ्नो मालिक्याइँ कायम राख्न सक्दैन, उसले जनविक्षोभमा केवल सामयिक विखन्डन मात्र ल्याउन सक्छ। फलतः उपभोक्तावाद, उत्तर आधुनिकतावाद र बहुराष्ट्रिय साम्राज्यवादसँगको भारतीय श्रमशक्तिको संघर्ष जति जति तेज हुनेछ, जनविक्षोभ आफ्नो विखन्डनबाट मुक्त भएर पुनः केन्द्रिभूत हुन थाल्नेछ।

संगठित पूंजीवादले ठूलो चलाखी गरेर टेक्नोलोजीलाई विचारधाराको हत्याको अस्त्र बनाइदिएको छ, अर्थात् जहाँ वस्तुतः अन्तर्विरोध छैन त्यहाँ उसले अन्तर्विरोध उत्पन्न गरेको छ। टेक्नोलोजी र विचारधारा दुवै अमरछन्,तरयिनको अन्तर्विरोध अम छैन। विचारधाराले समाजकोराजनीतिक पनुःसंगठनको प्रक्रियामा सम्भव छ टेक्नोलोजीको दुरूपयोगसँग टक्कर लिनुपरोस्। तर उत्तर उपभोक्तावाद कहिल्यै पनि विज्ञान र टेक्नोलोजिको शत्रु होइन र न त यो विचारधारात्मक पुनर्गठनको एक प्रेरणा बन्न नसक्ने गरी संगठित पूंजीवादबाट आक्रान्त नै छ।

हुन त भारतीय समाजमा उपभोक्तावादका ठूला ठूला टापुहरू बनिसकेका छन्। बिक्रीका लोभलाग्दा केन्द्रहरू जिन्स लगाएका किशोर र नवयुवकहरू अनौठा गुरिल्ला बनेर घुम्छन्। सन् साठीको अवधिमा प्रतिरोध नै जसको शैली थियो, अलिहे शैली नै तिनको प्रतिरोध छ। यी किशोर किशोरीहरूमा हिन्दु छन्, मुसलमान छन् , दलित छन्, शहरी छन्, ग्रामिण छन्–उनीहरू मिथ्या प्रभेदमा बाँडिएका छैनन्। किशोर किशोरी र नवयुवक नै उपभोक्तावादका मुख्य सिकार हुन्। यी बिग्रिएका र खराब मानिस होइनन। यी आशंकाबाट होइन, आफ्नो देशकोविशाल श्रमशक्ति सरह नै सम्भावनाबाट हेर्न लागय छन्,किनभने मुख्यतः जसका काँधमा चढेर उपभोक्तावाद आउँदैछ। तिनकै काँधमा एक दिन उसको लास उठ्नेछ।

उपभोक्तावादको बढ्दो प्रभावले हाम्रो त्यस सांस्कृतिक नागरिकतालाई महत्वपूर्ण बनाएको छ, जससलाई हजारौं वर्षको महान् साहित्यिक र दार्शनिक परम्पराहरूले निर्माण गरेका छन्। सांस्कृति नागरिकताले हामीलाई केवल उपभोक्ता समाजको ऋणीविहिन नागरिक बन्नबाट मात्र रोक्दैन, यसले अन्ध उपभोगको सट्टा आलोचनात्मक उपभोगका निम्ति प्रेेरित गर्दछ। आज हाम्रो सांस्कृतिक नागरिकता गम्भीर संकटमा छ, त्यसो भएर पनि यो निरन्तर उपभोक्तावादसँग लडिरहेको छ। आवश्यकता चौतर्फी प्रयासबाट यसलाई बचाउन अन्यथा हेर्दा हेर्दै सबै समाप्त हुनेछ। उत्तर उपभोक्तावाद एक कोरा कल्पना होइन, भविष्यको बेचैनीको यथार्थ हो। यो एक भविष्य यथार्थ हो।

(स्रोत : बेदना वर्ष ३० अंश १)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.