~दुर्गा खनाल~
शव्दहरु छोटिदैछन, छैन आज यहा सरम
सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।।
लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट
मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।।
सुरुगर्ने कहाबाट घोचपेच,सल्लाह र सुझाबहरु
मनका कुरा लेखिदिए समाएर आफ्नै कलम ।।
लेख्नै पर्छ केलाएर समाजका कुराहरु
बहुरंगी जे भएनी समाएर हाम्रो कलम ।।
मसिको रङ जे भएनी अक्षरहरु मिलाएर
समाजका भाषा,भुगोल,दु:ख लाइ कोर्छ कलम ।।
पृथ्वी हाम्रो साझाघर, हामीसबै दाजुभाई
टुक्र्याउने सब्दलाई बिदागर्दै लेख्छ कलम ।।
साउदी अरब रियाद
१६ जनवरी २०१२
(स्रोत : NRNaksa)