~जुनिता सुब्बा~
यो कविता मेरो हैन !
बुझेर पढ भनेर म भन्दिन !!
कसरि लेख्नु पर्छ कविता
त्यो नलेखिएको पनि हून सक्छ
मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !!
म सानो छदा,
मेरो बोलि
कुनै स्वार्थ बेसमा फुटेको थिएन !
म आचानक बोलीईएको थिए !
त,ता, तु,तू गर्दा गर्दै,
मेरा शब्द जोडिएका थिए !
जोडीईएको शब्दहरु आज वाक्य बानाईएको छु !
बानाईएको ति वाक्यहरु, म कविता भन्दिन !!
भुत, वर्तमान र भबिष्य बाट
म भाग्न खोज्दै
जे देख्दछु ,उही लेख्दछु !!
सुन्दर फुलको थुंगाम़ा समाहित हुने
मनमोहक दृश्यमा बिलय हुने
हेर्दा हेर्दै म फुल बनेछु !!
देख्दा देख्दै म दृश्य बनेछु !!
म बाट म हटी रहदाँ
मान्छेहरु मलाई नाचिन्न पनि सक्छन !!
दुइ खुट्टा टेकेर हिडिरहेको मेरो शरिर
निर्जिबेन यौटा पुत्ला पनि हुन सक्छ !!
म आफैमा म हैन
सिता , गीता ,निता, राम, गोपाल
के तिमि तिम्रो नाम हौ ?
सांकेतिक शब्द उचारण म मेरो नाम भन्दिन !!
छायाँ भित्र को छायाँ ,
दृश्य भित्र को दृश्य हूँ म !!
चाहे तिमि मान वा नमान,
तिमि भित्रको तिमि हूँ म !!
तिमि भित्रको प्रेम हु म !!
भुत वर्तमान र भबिष्य हूँ म !!
-जुनिता सुब्बा
संयुक्त राज्य अमेरिका
junitato7summits@gmail.com