तिमी उदायौ जून बनेर
यो रातको अंधेरिमा,
मात्र वादल नलागोस् अब
चाहिन्न विहानी मझेरिमा ।
दिनको वयान म के गरुं, रोएकै छु सधैं फगत
बरु आनन्द छ रात मै, तिमी हुंदाको यो बखत ।
तिम्रो शितल रोशनीले
वहार ल्यायो खडेरीमा,
मात्र वादल नलागोस् अब
चाहिन्न विहानी मझेरिमा ।
यो आलो घाउ चोटमा, मलम लगाउने चाहना
टुटेको मन सम्हालेर, एकपल्ट जिउने वाहना
तिमी खुल्यौ आकाशमा
प्रकाश छरेर धर्तिमा,
मात्र वादल नलागोस् अब
चाहिन्न विहानी मझेरिमा ।
(स्रोत : रचनाकारको फसबुकबाट सभार )

