कथा : छोटो साथ

~सरु पोखरेल~Saru Pokhrel

‘अब मेरो गर्भ नै नबसोस् भगवान’ प्रत्येक पटक गर्भ परिक्षण गरेपछि उसको यहि बोली हुन्थ्यो । तर उ गर्भवती भने पटक पटक भइरही । पेट भित्रको बच्चाको लिंग नछुट्टयाइने बेलासम्मकी गर्भवती ।
छोरी भन्ने डाक्टरको निक्र्योल पछि जतिसक्दो चाडो उसको जीउ हल्का वनाउन समय मिलाउने हतारोमा हुनेगर्थें म ।
‘छोरी छ’ डाक्टरले पहिलेकै बाक्य दोहोर्यायो यसपाली पनि । कसरी घर आइपुगियो हामी, दुवैले सायद पत्तो पाएनौं ।
‘म त अब अस्पताल जान्न हजुर जेसुकै भन्नुहोस’ उसले घर पुग्ने वित्तिकै ओच्छ्यानमा घोप्टो परेर रुन्चे स्वरमा भनी । त्यतिखेर म केहि बोलिन ।
उसलाइ मनाउन मलाइ करिब एक हप्ता लाग्यो । हस्पिटल जाने अघिल्लो दिनभर उ रोइरही,रातभर पनि उ सुतिन । मैले उसको पीडालाइ कम गर्न हरेक प्रयास गरें ।
भोलिपल्ट उ चुप लागिरही । हस्पिटल जाने बेलामा सरक्क उठेर हिडी, म पछि लागें ।
‘म त अर्को जन्ममा आमा बन्दिन होला है”आँशुले भरिएका आँखाले मलाई हेर्दै उ बोली ।
“त्यस्तो पनि हुन्छ त तिमी के-के सोच्छ्यौ” मैले उसलाई सम्झाउने प्रयत्न गरे ।
हस्पिटलको लेवर रुम बाहिर हामी चौथो पटक सँगै फेरि आज पालो कुरिरहेका छौँ । उसले कुरिरहेकी छ, म साथ दिइरहेको छु ।
पहिलो पटक यसरी कुर्दा हामी कति खुशी थियौँ । हाम्रो मायाको प्रतिरूप भेट्न आतुर थियौँ । उसको धड्कन, उसको हलचल अनुभव गरेर कस्तो होला भनी पलपल उत्सुक थियौँ । तर त्यसपछिका सबै पर्खाइमा हामी निराश भएर कुरिरह्यौँ ।
वुवाआमाका सातवटी छोरी पछि जन्मेको म एक्लो छोरो । त्यसकारण वावुको वंशलाई अगाडि बढाउने जिम्मा मलाई मात्र प्राप्त छ । मेरी एउटी छोरी छ नौ वर्षकी। त्यसपछि गर्भमा आएका ३ वटा छोरीहरु यही हस्पिटलमा टुक्रा-टुक्रा वनेर आमाको कोखबाट निकालिएका छन् । यस कुराको आत्मग्लानीले म दवेको छु तर वावुआमा समाज र समाजकै प्रचलनले अझ बढी मलाई दब्न बाध्य बनाएको छ ।
श्रीमतीको अनुहार हेर्दा दया लाग्छ । मसँग विहे नभएको भए पटक-पटक यो पीडा भोग्नु पर्ने थिएन होला उसले ।
मैले उसको भावनालाइ टुक्राइरहेको छु । उसको मातृत्वलाई कुल्चिरहेको छु । उसको शरीरलाई एउटा मेसिन जस्तै आˆनो मनपरी प्रयोगमा ल्याइरहेको छु ।
“उषा पाण्डे” नाम बोलाइन्छ भित्रबाट, ऊ मेरो हातमा जोड्ले पक्डिन्छे । म लाचार भएर नियाल्छु उसको विवशतालाई । यसपालि पनि मलाई आमा वन्नबाट बंचित गरायौँ, समाजसँग डराउने लाछी पुरुष, स्वार्थी लोग्ने, उभिन सकेनौ होइन यो पितृसत्ताको शोषण विरुद्ध । यस्ता धेरै कुरा एकैचोटी देख्छु उसका आँखामा म ।
“प्लीज भित्र जाउ ।” मैले उसको कपाल सुम्सुमाए र सानो स्वरमा आग्रह गरेँ ।
उसले जवरजस्ती बोझिला पाइला घिसार्दै पूनः भरखर कोखमा आएकी छोरीलाई टुक्राउन मेरै आग्रहमा भित्र पसेर आफूँलाई छोडिदिई ।
पेटमा वच्चा भएका धेरै आमाहरु त्यहाँ छन् कोही ओहोरदोहोर गरिरहेकाछन् । कोही बसिरहेका छन् । कोही सकुसल सन्तान जन्माउने प्रतिक्षामा छन् कोही नफक्रदै निमोठ्न बाध्य उ जस्तै आमाहरु ।
“उषाको मान्छे कालो चिया र विस्कुट लिएर भित्र आउनुहोस ।”उसको पेटबाट गर्भ छुट्याउने काम सकिएपछि सधैँ जस्तो बोलावट आयो ।
म गएँ हातमा चिया अनि विस्कुट लिएर । मलाई थाहा छ उ रोइरहेकी हुन्छे । मैले लग्नु मात्र हो । उसले खान्न । मेरो मुख पनि हेर्दिन अरू वेला जस्तै र त्यस्तै भयो ।
यस पटक हस्पिटलबाट घर फर्केदेखि नै उ मसँग टाढिन थालेकी छ । एक्लै बस्छे । खाली छोरी वाहेक कोहीसँग बोल्दिन । म भित्र पस्दा बाहिर निस्कन्छे । छोरीको खाटमा सुत्छे । न त खानमा उसको रुची छ न खाना बनाउनमै । म उसलाई बाहिर घुम्न लिएर जान खोज्छु तर उ घरबाट बाहिर निस्कनै मान्दिन ।
अफिसबाट फर्किदा उसको लागि म केहि न केहि लिएरै आउँछु । कपडाहरु, उसले मीठो मान्ने खानेकुराका परिकारहरु, नया फिल्मका सिडिहरु,म्यागेजिनहरु उसलाइ मन पर्ने हरेक चिजहरु ।
मैले ल्याइदिएको कुनै कुराले पनि उसको मन बहलाउन सक्दैन ।
“म एक गरीब किसानकी छोरी, हजुरभन्दा मेरो पढाई कम छ । मेरो वावुले हजुरको योग्यता हजुरको खानदान, हजुरको सम्पत्ति देखेर मलाई सुम्पिन पाउँदा आफैलाई कति धन्य ठानेका थिए होला । हजुरका वुवाआमाले एक्लो छोरोको लागि असल वुहारी खोज्दै जाँदा गाउँका गरीब र सोझी धेरै केटी मध्ये एक छानिएकी म । तर वहाँहरूको नाति जन्माउन नसकेकी खोटी बुहारी अनि हजुरको छोरोकी आमा वन्न नसकेकी अधुरी श्रीमती म ।” उसले हिक्का छोड्दै मलाई भनी र वाथरुम भित्र पसी ।
उ धेरैबेरसम्म वाथरुमभित्रै बसिरही । सायद त्यहाँभित्र उ रुनकै लागि गएकी हो चाहे जति रुन स्वतन्त्र भएर रुन ।
खाटको सिरानीमा पत्रिका थियो । त्यो त्यहाँ राख्ने उ नै हो । कति दिनपछि पत्रिका समाएकी उसले ।
पत्रिका उठाएर सरर हेरें ।
‘छोरा वा छोरी जन्माउने कुरामा महिला होइन पुरुष शरिर नै जिम्मेवारू शीर्षकको लेख देखियो पत्रिकाको भित्री पानामा । पक्कै उसले पढिसकेकी थिइ त्यो लेख ।
कति नमीठोसँग दुख्यो, कस्तो व्यंग्य थियो ममाथि ।
म हरेक पटक आफैभित्र निर्णय गर्छु । मनभित्र वाचा गर्छु । अब म छोरा कुर्दिन तर मेरो भित्री चेतनालई बाहिरी दवावले सँधै परास्त गर्दछ । अनि म बाध्य हुन्छु आˆनै निर्णयलाई तुहाउन ।
दिन, महिना, अनि वर्ष विते । फेरि समयले यस पटक हामीलाई पूनः वावु आमा बन्ने मौका दियो ।
अहिलेसम्म लिंग सोधिएको छैन डाक्टरसँग । त्यसैले हाम्रो सन्तान अहिले गर्भभित्र सुरक्षित छ ।
गर्भमा त दुईवटा वच्चा पो छन् त । यसपालि सोनोग्राफीको रिपोर्ट हेरेर डाक्टरले भन्दा भने हामी डरायौँ । छोरा र छोरी दुवै भएको थाहापाएपछि भने खुशी लाग्यो । छोरा पनि गर्भमा भएकोले छोरी जन्मेपनि घरपरिवारलाइ आपत्ति नहुने भयो ।
‘लौ नानी पनि दिदी बन्ने भई अब, अरु साथी खोज्न पर्दैन खेल्नलाई आफ्नै भाइ बहिनी हुने भएपछि’ एक दिन आमाले कौसीमा बसेर मेरी छोरीको कपाल कोर्दै भन्नु भयो ।
‘अहिलेसम्म कतिवटाकी दिदी भइसक्थी………….।’ श्रीमतीले मेरो अनुहारमा पुलुक्क हेरेर मसिनो स्वरमा बोली ।
यो पटक मेरी श्रीमतीको हेरबिचारमा घरका कुनै सदस्य पछि परेका थिएनन् । जन्मनै नपाइ बच्चाहरुका लागि लगाउने कपडा, सुत्ने ओच्छ्यान तयार भइसकेको थियो ।
‘म त दिक्क भएं आमाले न भान्छामा सघाउन दिनुहुन्छ न घरको अरु काम, टि.भी पनि कति हेर्नु ।’
‘यहि त हो नी आराम गर्ने बेला’ । म हाँस्दै उसलाइ भन्थे ।
उसले रुचाउने परिकार दिनैपिच्छे फेरिएर पाकिरहन्थे भान्छामा ।
पाउ, तितौरा, मिठाइ जिब्रोको स्वादकोलागि भने काजु,बदाम, पेश्ता, फलफुल उसको शरीरको लागि कोठामा कहिल्यै टुट्थेन ।
नियमित जाँच भैरहेकेा थियो । सबै कुरा ठीक रहदा रहदै महिना पुग्यो । हस्पिटल जाने दिन आयो ।
यसपालि लेवर रुमभित्र जाँदा उ सार्है खुशी थिइ । पुनः आमा वन्ने कुरामा दंग थिई । उसैगरी आँफू फेरि वावु वन्न लागेको खुशी र यसपालिको आफ्नो निर्णय प्रति म पनि गर्व गरिरहेको थिए । वुवा आमा लगायत परिवारका अन्य सबै हाम्रो छोरोको प्रतिक्षामा थिए । हस्पिटलभित्र पर्खनेहरूको एउटा जमात थियो ।
“केस अलि क्रिटिकल छ अपरेशन गर्नु पर्ने भयो ।” एक्कासी डाक्टरले मलाई बोलाएर भने । “सबै नर्मल थियो होइन र डाक्टर साव ।”
‘पहिले गरिएका चेकअपमा त दुवै बच्चा ठीकै थिए । अहिले एउटाको अवस्था अलि जटिल छ । अपरेशन तुरुन्त नगरे आमालाई पनि खतरा हुन्छ ।’
अपरेशनको तयारीमा केहीबेर दौडधुप भयो । सबैको मन आत्तिएको थियो । आँखा कि त घडीमा थिए कि त अपरेशन थिएटरको वन्द ढोकामा ।
अपरेशन गरियो एउटा मात्र बच्चा सकुशल निकालेको खवर बाहिर आयो । छोरा पर्खिरहेका सवैमा कौतुहलता र चिन्ता थियो । तर छोरी जन्मेकी थिइ सकुशल । माहौल निराश भयो किनकि जो चाहिएको थियो , त्यो रहेन । जसको आवश्यकता थिएन, उसको आगमन भएको थियो ।
मेरी श्रीमतीको होश आइसकेको थियो । उसले थाहा पाई यसपालि उसको एउटा गर्भ प्रकृतिले नै खोसेको थियो । छोरो थिएन तर अर्की छोरी आएकोले काख रित्तो भने भएन ।
“छोरा हाम्रो भाग्यमा रहेनछ”उसले सुकासुकाउँदै मसिनो स्वरमा मलाई भनी । मेरो मन पनि भारी भएको थियो । छोरो नै कुरेर आजसम्म बसियो । बुबा आमा पनि कति खुशी हुनुहुन्थ्यो । बाहिरतिर आँखा घुमे । अघिसम्मको भीड वरपर कतै देखिएन ।
श्रीमतीको आडमा सुतेकी सानी छोरीलाई हेरंे । पेटभित्र रहदा कति असुरक्षित थिई उ । अहिले कति ढुक्क भएर सुतेकी छ । अवोध चेहरा हेरिरहे धेरैबेरसम्म । आधा उघ्रेका आँखाले मै तर्फ उसले हेरे जस्तो लाग्यो ।
मैले उसलाई काखमा लिएँ ।
‘चिहा चिहा’ उ मेरो काखमा आउने वित्तिकै च्याट्ठिएर रोई । उसको चिहा चिहाको चर्को रुवाइमा गुनासोका भाका महशुश भयो यतिखेर मलाइ ।
फूल जस्तै कोमल मेरी भरखर जन्मेकी छोरी चिच्याइ चिच्याइ भन्दैछे ‘ वावा मैले साथमा भाइ नल्याएको भए हजुरले मलाई जन्मन दिनुहुन्थ्यो र ।’

(स्रोत : अनलाईन खबर पुष १३ गते )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : छोटो साथ

  1. bishnu says:

    ताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।…. यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले बिगत ५ वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु सुक्षम गतिमा दास हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ, सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृ भाषामा चाईन्छ |मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.