केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? के हन्टिङटनको ‘क्ल्यास अप्m सिभिलाइजेसन’ पढेर सक्दा मेरो जीवन पनि क्यास हुन्छ अब ? अथवा फ्रान्सिस फुकुयको ‘द इन्ड अप्m हिस्ट्री एन्ड द लास्ट म्यान’स“गै मभित्र विचारको कर्नाली जन्मियो ? एउटा द्वन्द्व जन्मियो । मलाई थाहा छैन, द्वन्द्ववादको कुन तहसम्म त्यो द्वन्द्व पुग्छ । मेरा अभिव्यक्तिका बाँझा गह्राहरूले सोच्छन्, के म यी विचारको मलिलो फाँटमा अटाएको छु ? विचार वा दर्शनको एकमात्र मौलिक प्रश्न के हो ? के म उत्तर खोज्न सकुँला ? यो जस्टिन गार्डरकी पात्र सोफीको देश होइन । सोफी मेरी प्रेमिका होइन ।
किन–किन पङ्तिहरू बदलिदिन्छन् । जान्दिन“, अभिव्यक्तिमा निखार ल्याउन या भावनाको पहेलिका खडा गर्न । वैचारिक स्तम्भको रूपमा एउटा† असलमा यी कसैस“गै शङ्कर अल्झिरहेको त हुन्छ नै तथापि चिप्लन्छन् क्रमशः । अन्ततः भेट्टाउँछु, हराएका वस्तुहरूबीच शङ्कर लामिछाने र नित्सेका उपर उठेका निभ्रान्ति भावभङ्गीमाहरू । जानेर वा नजानेर लेख्दिन“ पनि केही मैले । तर, यो अलेखाइको एउटा पाटो हो जो ‘अनरियालिटिज्म्’को पुट खोतल्ने क्रियामा उद्धत छु । लेखेर बा“च्न किन सक्दिनँ म ?
मेरी प्रेमिकाका मुटुका च्याम्बरहरू हु“दै शङ्करजस्तै ‘म’हरू या यो पनि युगजस्तै शङ्करहरूका करोडौं आर.बी. सी. हुत्तिरहेछन् अथवा डी.एन.ए.को असर रहिरहेछ यद्यपि, र त यो भइरहेछ सम्भव । कलम, सपना देख्न पुग्छ, अनायास यो ! शङ्करजस्तै विचारको पहाड । या भूपिजस्तै आशाको नदी । र, लाग्छ, म चालिरहेछु पाइला जुन अभिशप्त छ आफैंमा, कि कुनै अविचारको कलेवरभित्र छिपेको निर्जीव वस्तु हँु म । अथवा, यसो पनि, विचार निर्माणको प्रोसेसमा (या भनौँ रियाक्सनमा) कसैले उत्प्रेरकको रूपमा गरिरहेछ, कार्य । देश कता गइरहेछ ? विचारले किन देश डो¥याइरहेको छैन देश ?
(जुन, केमिकल प्रोसेस या, रियाक्सन नै हुनुपर्छ भन्ने छैन । मैत्रिक रियाक्सन या, प्रक्रिया पनि त हुनसक्छ नि ! ) र, पनि बुझाऊँ कसरी (?) मेरा निराश्रित कलमहरूउपर उर्लिएका सम्मोहनहरू र कसैलाई अक्षरहरूभरि खोपेर हिँड्ने ईप्साहरू, । समायोजनविहीन सेतुहरू ! हो, यसै पङ्तिको प्राप्तिउपर अडेको छु, यतिबेला म । र त भन्छु, असलमा, के लेखिरहेछु म । ठा“उ कुठाउ“ रोकेर दोहो¥याउनुपर्छ स्वयम्लाई । यदि एपिग्राफ हो भने–कस्को (?) शङ्कर या स्वयम्को ? जो, लेखे“ मैलै यो, यो नै नभएर, या अकथा नै नभएर अन्य कुनै वस्तु पनि त सक्छ नि हुन ।
कसो–कसो अभिव्यक्तिका खुड्किलाहरू उक्लँदै गर्दा, भावनाका सरिताहरूबीच हुत्तिँदै गर्दा, सिर्जनाका छालहरूउपर तैरिँदै गर्दा– लाग्छ, बनाइदिऊँ युग नै शङ्करको यद्यापि यो पङ्ति केवल अक्षरकै इन्टेसटाइनहरूबीच सीमित रहिदिन्छ नितान्त, र आउँदैन पनि कुनै अभिव्यक्ति† मानौ“, खोक्रा मस्तिष्कहरू, स्वयम्का । के मलाई जोन रल्सको ‘भेल अप्m इग्नोर्यान्स’ले गम्लङ्ङ छोपेको हो र ? होइन । मैले मार्था नुसबमलाई पनि सम्झेको छैन यतिबेला ।
शङ्करका प्रतिको मेरो एक मित्रको धारणहरूबीच भेट्टाउ“छु म पृथक शङ्करवादको इमेज । (यहाँ, जानाजान “शङ्करवादी” भनिदिएँ मैले । असलमा शङ्करवादीहरू फरक विचार र यसको डेस्टिनेसनउपर सपोर्ट गर्छन्, जुन असरको परिणामस्वरूप, आज यो अकथा सार्थकताको बाटोतर्फ उन्मुख छ, बिनासङ्कोच लेखिदिन्छु, म । कारणतः उसको यहा“ र …, त्यहा“ बीचको उद्गमता खोज्ने आ“टको बीज अङ्कुराएन मभित्र ! एकपटक त ग¥र्यौं पनि अठोट हामीहरूले । लागौं संयुक्त रूपमा र खोजौं– शङ्करका फोसिलहरू भनेर । आखिर, व्यर्थको प्रयास रह्यो त्यो पनि ! मानौं, यो बाटो जुन हि“डिरहेछु म भर्खर ग्राभेल हु“दै छ । यद्यपि, निर्माण भएका छैनन् कलभर्टहरू पनि !
(शङ्करका प्लाज्माहरूद्वारा, मस्तिष्कका डल्लाहरूद्वारा, तरल शैली बहने भेसल र आर्टरीहरूद्वारा ।) ‘शङ्करको, या स्वयम्को । भनौं, पृथक एउटा धार समातेर । ताते गरिरहेछु जसउपर म, भयो–भएन जाँन्दिनँ, एउटा पृथक धार ।’
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)