ढुंगा ढोगेर कुनै काम हुदैन !
दुधले धोएर कोहि राम हुदैन !
आधा पेट नखाई माग्नेलाई दिनु
त्यो भन्दा पर अर्को नाम हुदैन!
नलाउ दाग कतै मेरै हो भनि
जुन जस्तो शितल घाम हुदैन!
समय संगै छलाङ्ग मार्न सिक
सधै फुल फुल्ने मात्र याम हुदैन!
कस्को दिलमा सधै बुद्ध बस्छ यहाँ
त्यसैले त सुन जस्तो फलाम हुदैन !
–शम्शेर रानामगर
साल्धारा, काभ्रे
(स्रोत : Fyangkhola )

