अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजका विविध उद्देश्यहरुमध्ये एक नेपाली साहित्यका पुस्तक प्रकाशन पनि हो । यसलाई पूरा गर्न अनेसासले पुस्तक प्रकाशन गर्दै आइरहेको छ । हालै आएर अनेसासका अरु च्याटरहरुले पनि पुस्तक प्रकाशन गर्ने काम प्रारंभ गरेका छन् । अझ अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले ”हµेक समुदायमा नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न जुटँंै” भन्ने अभियान विश्वव्यापी रुपमा अघि बढाउन थालेको वेलामा कवि हेमनाथ घिमिरेको “छातििभत्र देश दुख्दा” कविता संग्रह अनेसास जापानले प्रकाशन गरेकोमा हामी सबैलाई गौरव लाग्नु स्वाभाविक कुरा हो । यही क्रम विश्वका विभिन्न राष्ट्रबाट सुरु भो भने नेपाली मूलको नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जग बलियो हुदैजानेछ । यस कदममा अग्रसर हुने अनेसास जापानका उपाध्यक्ष, यस कविता संग्रहका रचयिता, कवि हेमनाथ घिमिरे धन्यवादका पात्र हुनुहुन्छ र यस संग्रहलाई बजारमा ल्याउन सक्रियता पूर्वक काम गर्ने अनेसास जापानका पदाधिकारीहरु सबैले नेपाली पाठक समुदायलाई ठूलो गुन लाएका छन् ।
हेमनाथ घिमिरे
यस कविता संग्रहमा ३० वटा कविता छन् । धेरैजसो कविताहरु छन्दोवद्ध छन् । केही कविता लोकलयमा आधारित छन् । नवीनतम विचार र प्राचीन संरचना पद्धतिले यो कविता संग्रह सुगठित छ ।
कवि घिमिरेको कविताको स्रोतः “आप्रवासमा बस, नेपाल न फर्क” भन्नेहरुको लागि प्रत्युत्तर नै हो । यस कुरालाई यो कविताले प्रमाणित गर्दछः
बिदेशमा हुने साथी ‘यतै बस’ भन्छन् ।
देशभित्र भएकाले ‘नआउ है’ भन्छन् ।
बाहिर नै सबै बसे देश कैले बन्ने ।
बिकाशको मूल बाटो अब कस्ले खन्ने ।। १ ।।
देश फर्कौं
कविता कविको नितान्त वैयत्तिक संपत्ति हो । त्यसैले कविता निःसन्देह मौलिक भएकाले यहा“ कवि हेमनाथका विचारहरुको अनुशीलन गर्दा ती यहा“ यसरी स्थापना भएको पाइन्छः १. वर्तमान नेपालको रुग्ण अवस्थाको चित्रण २. वर्तमान नेपालको रुग्ण अवस्थाको निदानको स्वर ३. राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय शान्तिको शंखघोष ।
१. वतर्मान नेपालको रुग्ण अवस्थाको चित्रणः
मानव सभ्यताको विकासको इतिहास नै युद्धको इतिहास हो । युद्ध त कति आए कति गए । यत्तिले कोही तर्सन्नथ्यो बरु एक हली भन्थ्यो “राम राजा होउन् वा रावण हामीलाई ˚रक नै पो के पर्छ र†” तर आज हली, बाउसे र खेतालाहरु ढुंगो, मुडो र कोदालो लिएर आआ˚ै युद्धको मैदानमा उत्रिएका छन् । सारा नेपाली दाजुभाइ, दिदीबहिनी आआ˚ै काटाकाट गर्ने र बाबुआमा छाती पिटी पिटी रोएर मर्छन् । यो त्रस्त वातावरणको चित्रण कवि यसरी गर्छन्ः
च्याहाँ गर्न डराउँछ जन्मिएको नानी ।
मृत्यु पनि भाग्न खोज्छ अरे डर मानी ।।
मसान र चिहान ती सधैँ जाग्छन् अरे ।
गाऊँ बस्ती खाली भयो सबै भाग्छन् अरे ।।
पुकार
नेपाल आमा सानाठूला सबै शत्रु देखी दिनरात रुन्छिन् । यो कविले आप्रवासमा बसेर पाएको समाचार जस्तै कल्पना गर्दछन् ः
………..
गाउँ छ बन्द, शहर बन्द, नेपालै बन्द छ ।।
भाइले भाइ काट्दछन् यहाँ, शान्ति छ नठान ।
नेपाल तिर नहेर लक्ष्मी देश भो मशान ।।
………..
देशको ब्यथा
पू“जीवादी शक्तिको दमनचक्र र माओवादीको जनयुद्धको विभीषिकाले मसानघाट बनिरहेको नेपालमा कोही पनि देखिएर बस्दैन । सबै त्रस्त छन् आआÏनै त्यसैले कवि कविता गर्छन् ः
स्कूल जान्नन् साना नानी कता लागे अरे ।
मेहनती युवा वर्ग कता भागे अरे ।।
कति चाहिँ स्वदेशमै बस्न डराए रे ।
बिदेशमा लागेका ती उतै हराए रे ।।
…………
पुकार
यी कविताका हर˚ले कलात्मक रुपमा आजको नेपालको दूरावस्थालाई प्रतिविम्वित गरेका छन् । नेता, अभिनेता र वुद्धिजीवीहरुप्रति पनि कविको कलमले वितृष्णा नै जाहेर गरेको छ । यसको यौटा नमूनाः
भन्छन् गर्छौं सकल जनता, देश सेवा नढाँटी ।
पाए आपैंm रगत पिउँछन् एक थोपा नराखी ।।
बेच्छन् माटो, रगत, जननी शेष केही नराखी ।
छैनन् सच्चा हृदयदेखि नै देशका भक्त बाँकी ।। ३ ।।
आर्तनाद
अर्को उदाहरणः
भन्छन् कोही सबचिज म नै, लाग मेरै पछाडि ।
हर्ता–कर्ता सबतिर म नै, छैन कोही अगाडि ।।
भूmटो बोली सकल जनता, देश यिन्ले डुबाए ।
मौका पर्दा हृदय सबमा चोट यिन्ले पु¥याए ।। ४ ।।
आह्वान
अझ अर्कोः
पढी–लेखी ज्ञानी हुने बिदेशमा गए ।
बलीया ती युवा–वर्ग लाहुरे नै भए ।।
देश भनी सोच्ने बस्छन् बिदेशमा जब ।
फटाहा र भ्रष्टले नै देश खान्छन् तब ।। २ ।।
देश फर्कौं
शोषणको स्रोत भेटाएका मन्त्री, सचिव र त्यस्ता अरु सत्ताधारी बाहेक अरु कोही नेपाल नै बस्न सक्दैन र अझ ती शोषणको स्रोत भेटाएका मन्त्री, सचिव र त्यस्ता अरु सत्ताधारीले पनि नेपालको रस सकिएको पाएर आआÏना सन्तानलाई विदेशमै पठाउछन् । नेपालको समसामयिक शक्ति क्षीण छ, नाजुक छ र पतनको गर्तमा डुब्दै गइरहेछ । कवि घिमिरेको यो कविता संग्रहमा चित्रित रुग्ण अवस्थाकी नेपाल आमा हुन् यिनी ।
२. वर्तमान नेपालको रुग्ण अवस्थाको निदानको स्वर
कवि घिमिरेको यो कविता संग्रह आमाको रुग्ण अवस्थाको चित्रण मात्र गरेर मौन रहन्न बरु यसले त्यसको निदानको स्वर दिन्छ । “देशको ब्यथा” कविता भन्छः “….गाउँमै बस, उन्नति गर, गाउँ त्यो भन्दछ ।… लक्ष्मी ! देश भो मशान” । कवि आप्रवासीलाई नेपाल ˚र्किने भन्नुभन्दा पहिले विदेश नै न जाउ भन्ने कुरामा जोड दिन्छन् । त्यसको प्रमाण हो यो ः
पूकार गरौं सबले मिली शान्ति र सुखको ।
नहोस् है फेरि जीवन कुनै पीडा र दुःखको ।।
खुशी भै बसुन्, उन्नति गरुन्, ती मुना–मदन ।
नेपाल छोडी, विदेश जान्छु, कसैले नभन ।।
अब ! कसैले नभन ।।
बिन्ती ! कसैले नभन ।। ६ ।।
देशको ब्यथा
यो पुस्तक कविले आप्रवासमा बस्दा पाएका आर्तनादहरुको संग्रह भएकोले यसमा बढी आप्रवासमा बसेर देशको सेवाबाट वञ्चित भएका युवा शक्तिलाई देशमा पुनःस्थापित गर्ने आग्रह पाइन्छः
फर्कौं हामी एक भई गरौं काम नयाँ ।
भोली हाम्रो नेपाल त्यो बन्छ पक्कै नयाँ ।।
हामी सबै जाउँ अब बनाउन बाटो ।
हाम्रो पनि हक लाग्छ देशको त्यो माटो ।। ४ ।।
देश फर्कौं
नेताहरुप्रति घृणाको एक नमूनाः
यिन्को आशा नगर जनता आज पालो छ हाम्रो ।। ६ ।।
हे नेपाली ! उठ अब सबै देश आफ्नो बचाउ ।
हाम्रा सारा हृदयहरुमा आश नौलो जगाउ ।।
ब्यूँझाई ती सकल जनता ल्याउ है क्रान्ति नौलो ।
होला पक्कै सबतिर खुशी देश बन्ला सुनौलो ।। ७ ।।
हाम्रो अग्लो हिम शिखरले डाक्छ नौलो बिहानी ।
नौला पाना, नव–कलमले लेख्छ नौलो कहानी ।।
हाम्रा सारा हृदयहरुमा पूmल्छ नौलो गुराँस ।
नौलो आभा सबतिर छरी, खुल्छ नौलो बिकास ।। ८ ।।
आह्वान
यसरी उनी देश फर्कन, देशबाट न विदेशिन र नेताहरुको भर न परी आआफै देश बनाउनको लागि क्रान्ति गर्ने आह्वान गर्दै विकाशको लागि विगुल फुक्छन् ।
३. राष्ट्रप्रेम र अन्तर्राष्ट्रिय शान्तिको शंखघोष
कवि हेमनाथ घिमिरेको ‘छातीभित्र देश दुख्दा’ले हाम्रो मूल भूमि नेपालमा हाल भै रहेको हत्या आतंक र अशान्तिको चित्रण गर्दै त्यसको प्रतिरोध गरी शान्तिको कामना त गरेकै छन् । त्यसभन्दा पनि बढी समूचा मानव संस्कृतिमा आज भैरहेको आक्रमणको तीब्र विरोध गर्दै “शान्तिको ध्वनि छर्दै” कवितामा विश्वशान्तिका लागि यसरी कलात्मक सन्देश दिन्छन् ।
घिमिरे जेष्ठ वा कनिष्ठ दुवैमा राष्ट्रप्रेमको अमोघ निधि छ । कवि हेमनाथ भीष्मपितामहजस्तै मृत्युशैयाबाट पनि नेपाली माटो हिमाल र बाटाहरुकै सुवास लिन चाहन्छन्ः
मृत्युशैयाबाट पनि हिमाल नै देखुँ ।
कलम यो चलेसम्म ‘नेपाल’ नै लेखुँ ।।
आत्मा मेरो सधैं हिँडोस् नेपालकै बाटो ।
लगाउँ म टिका सधैं नेपालकै माटो ।। ७ ।।
ईच्छा
नेपालमा भइरहेको अहिलेको माओवादी र सरकारको युद्ध अनि त्यसमा च्यापिएको जनताको पीडाले कवि घिमिरेलाई ब्यथित बनाएको छ । शान्तिको लागि एक अर्काले एक अर्कालाई हृदयङ्गम गरेर शान्ति स्थापनाका लागि कदम चाल्न उनी आव्हान गर्छन्ः
रोपेर मृत्यु उम्रन्न शान्ति के गर्छौ मारेर ।
आमाको छाती, बाबाको मुटु त्यो टुक्रा पारेर ।।
औंलाको घाउ त्यो निको हुन्न हात नै काटेर ।
मलम पट्टी लगाउ तिमी हृदय साटेर ।। १ ।।
आग्रह
यस्तो काटमार झैझगडा र अशान्तिले आज नेपाल मात्र होइन, विश्वका धेरै ठाउँहरुमा भइरहेका छ र संसार नै त्राही त्राही छ । यस्तै हो भने त यी प्रभुत्वकामी शक्तिले पृथ्वीलाई नै डुवाउँछन् । त्यसैले शान्तिकामी जनता र शक्तिले विश्वमा शान्ति स्थापनाको लागि अग्रसर हुनु आवश्यक छ भन्ने सन्देश दिन्छन्ः
ब्यूँझी हेर्दा सबतिर हरे अन्धकारै रहेछ ।
आभा छर्ने सपुतहरुको शक्ति सानो भएछ ।।
क्रन्दन्, कोलाहल इतर क्यै’ छैन अर्को अवाज ।
डुब्ला पृथ्वी अब पनि नगरे शान्तिलाई बिराज ।।२।।
शान्तिको ध्वनि छर्दै
कवि घिमिरेका यी चिल्लापातहरुले धिमिरेका कवितालाई अझ चम्काउदै लैजाने छन् । अनेसासले विश्वका विभिन्न कुना कुनाका कवि प्रतिभाहरु यसै गरी अगाडि ल्याउदै जानेछ भन्ने म विश्वास गर्दछु ।
ंंंंंंंंंंंंंं०
वुडब्रिज, भर्जिनिया
मार्च ३०, ००४
(स्रोत : Pardesh.com)