कथा : सम्झौता

~सुमन बगाले~Suman Bagale

सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ।

यो कस्तो समय आयो आज, यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरीर दुखेको छ। यो सूर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजिक नैतिकतामा अल्झेर पूर्णिमाको जुन बन्नु परेको छ। समय नै यस्तै रहेछ। मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङ्ग पारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेन्डपनि अगाडि जान सक्दैन। मानेकी त थिइन रे गीतापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गीत जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने? कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गीता लाइ शम्भु दाइको हातमा दिएछन्। अहिले एकदम खुशी छिन रे।

हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो, घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्विर हेर्न बाध्य बनाउने मोरा, जिन्दगी भरिलाइ चोट परिजाओस। कसले बुझनदिने प्रतिक्षाको घडी कति कस्ट हुन्छ भनेर। गाइ चराउँदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ विर्सीदिने, अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखिदिन्छन् र?

तीन साल बिताएर आफ्नै गाउ फर्कि गएँ गीतासँग भेट भयो, कुरा भयो, रँग फुङ्ग उडेको पतेरोले चुसेका पात जस्तो पहेली भएकी। ठूला ठूला आखा घुमाउरो गरि गाजल लगाएकी सिउँदो भरि सिन्दुर, गलामा मँगलसुत्र कुर्ता सलवार लगाउने जमाना गएछन् कि क्या हो, फरियाले बेरिएकी एक व्यावहारिक असल बुहारी घर नै पवित्र लाग्यो गीतामा उस्तै चञ्चलता उस्तै मुस्कान। सधैं भरि कुरी रहनपनि सकिएन, त्यैपनि तिमीहरू जस्तो परदेशीको भर हुँदैन रे नि त, उतै माया लगाउछन् भन्थे। सन्तकान्छाको छोरा अझै फर्केको छैन रे , उतैको केटीसँग बिहे गरेर बसेको छ रे नि त। पोहोर साल खुशी फाट्यो तिम्रो पर्खाइमा , यसपाली त खै हजुरआमापनि नातिनीको बिहे हेरेर मर्छु भन्दै हुनुहुन्थ्यो मेरो बिहेपछिको तीन महिनामै दमको रोगले वित्नुभयो। लाग्यो पुण्य नै गरिछु।

अब तिमीपनि बिहे गर। अस्तिको मेलामा तिम्री आमा भन्दै हुनुहुन्थ्यो, तिमीले बिहे नगर्ने रे। म त शम्भुसँग एकदम खुशी छु। तिमीले जस्तै हर कुरा बुझेको छ उसले पनि। उसलाई पनि थाहा छ एक असल लोग्ने कस्तो हुनुपर्छ भनेर। त्यसैले विवाह नगर्ने कुरा तिमीले गर्नु उचित होइन। तिमीले मेरो इज्जतको लागी भयपनि बिहे गर्नुपर्छ। तिमीलाई थाहा नै छ हाम्रो समाज तिमीले बिहे नगरि बस्यौ भने कुनै चेलीले आमा बाबुको आखा छलेर एक दुई घण्टा हराउदापनि तिमीमा नराम्रो दृष्टिले हेर्ने गर्छन्। बुढो भएपछि सहारा त चाहिन्छ नि। तिम्रो त्यो बिजोग म हेर्न सक्दिन। सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। मलाइ पनि लाग्थ्यो, शम्भुलाइ भन्दा तिमीलाई सयौं गुना बढि माया। जब शम्भुको व्यवहार मायामा गहिरिदै जाँदा मलाइ पनि लाग्यो, यो सिन्दुर र पोतेको अर्थ के हुँदोरहेछ भनेर। नारीको सौभाग्य नै त्यही भएपछि मलाइ तिमीसँग साटेको रुमालको अर्थ सौभाग्यभन्दा ज्यादै कमी लाग्यो। बिस्तारै बिस्तारै तिम्रो स्थानमा शम्भुलाइ राख्दै गएँ। अहिले उही नै मेरो जीवनसाथी बनेको छ। उसकै समिपमा जीवन बिताउने छु। सयौं सयौं जुनीका लागी उसैको भएकी छु।

मलाइ विश्वास छ, तिमीले मलाइ राम्ररी बुझेका छौ। माया मारेको कुरै हैन के, सुमन। तिमी बुझ्ने कोशीस गर न। उस्तै ढिपी छ तिमीमा अहिले पनि। तिम्रो यो बानी मलाइ धेरै सताइएको छ। कहिले भुल्ने होला। तिमीलाई थाहा छ, तिमीले स्कुलमा लगेको किताब सरलाले कुलो नाग्न नसकेर बगाइदि्एकी थिई नि। त्यति बेला तिमी कस्तरी एकोहोरो लागेर सरसँग त्यही किताब चाहिन्छ भनेर रिसाउँदै आशु झारेको। बिचरा खै त तिमीले त्यही किताब पाएनैा नि। अरुमा नै चित्त बुझाउनु पर्यो। त्यति सानो कुरा त तिमीले पुरा गर्न सकेनौ। त्यहि किताव त पाएनौ नि, पछि बाबाले नया किताब दिँदा तिमी कसरी मख्ख परेका थियौँ। त्यस्तै हो जिन्दगी सबै रोजेको देखेको पाउनु नै पर्छ भन्नेपनि छैन र पाइदैन पनि। नसोचेको हुनु नै जिन्दगीको मज्जा हो। मन हो मानी हाल्छ। तिमीलाइ थाहा नै छ नि पानी जस्तो भाडामा हाल्यो उस्तै अकार बनिदिन्छ। तर विडम्बना त्यो पानीको व्यथा बुझिदिने कोही हुँदैन। उसको उकुसमुकुसकतालाइ कजाएर भयपनि उ बसिरहन्छ। किनकी उसको वाध्यता हो। सबैलाई भगवानले एक एक वाध्यताले जेलाएर राखिदिएको हुन्छ। जबसम्म हामी यो लोक छोडेर परलोक भइँदैन, हामीलाई एक न एक वाध्यताले जेलिरहेको हुन्छ। धन सम्पत्ति कमाएर तिमीलाई समाजको अगाडि तिम्रो हात मागेर तिमीलाई आफ्नो बनाउँछु , तिमीले भनेका कुरा हिजो जस्तो लाग्छ। खै ती सबै विगत भए। मैले पनि सकिन कि तिमीलाई रोक्न किनकी परदेशीनु तिम्रो वाध्यता थियो, देशको स्थिति राम्रो थिएन, त्यसैमाथि तिमी टुहुरो जेठो छोरो, सबै जिम्मेवारी तिमीमा नै थियो।

सबै तिमीलाई मेरो अनुहार हेरेर मात्रै त पुग्दैन थियो। मेरा पनि आवश्यकता हरु हुन्थे। तिम्री आमा हजारौं दुःख सहेर तिम्रो उज्जवल भविष्यको लागी एक छाक खाएर पनि तिमीलाई हुर्काइन। उनको पनि केही सपना थिए होलान्। तिमीले घर सम्झेर काम गरेछौ। अहिले तिम्रो घरको स्थिति राम्रो बन्दै गएको छ। तिमीलाई दुई पैसा रिन नपत्याउनेहरु ,तिम्रो घरमा पाउ मोल्न आएका छन्। भाइबहिनी नाङ्गा थिए, अहिले टम्म जिउ ढाक्ने लुगा लगाउन पाएका छन्। त्यसैले सबै थोक माया मात्र होइन रहेछ। यहाँ केही पाउनुको लागी केही गुमाउनु नै पर्छ। खाल्टो नभइ डाँडो बन्दैन। यहाँ को संसार नै यस्तै छ, मान्छे यही गुणले नै मान्छेलाई विवेकशील प्रणाली भनिन्छ। यो रुप रँग त दुइ दिनको मात्र हो। माया मार्न लाइ माया घटाउनलाइ यो भनेको होइन सुमन! बुझ्ने कोशीस गर। माया अपार छ सँगै हुने चाहना मेरो पनि थियो। तिम्रो घरमा आउने मैलेपनि धेरै सोचेकी हुँ। हुर्के बढेको चेली कुल घरनाले माग्न आएपछि मैले घरपरिवार लाइ नाई भन्नै सकिन। मैले के भनेर कुरा टार्ने मेरो कुनै बाटो थिएन। बेला नभएको पनि होइन। मैले नाई भने पनि, मेरो कुरा सुन्ने कोही हुने थिएनन्। एकचोटि तिमीलाई पनि सम्झे। तिम्रो मेरो प्रेमलाई सम्झे, आँसु गह भरि भयो, के तिम्रो माया नभएको भए रुन्थे होला र म? आशु अन्तर आत्मा दुखाएर आउछ। तिमीलाई थाहै छ। तिमीलाई मेरो परिवारले दिदैनथे पनि। राम्रो भयो अब तिमीले म भन्दा पनि राम्रो जीवन सँगिनी पाउँछौ। नयाँ साथी हुन्छ। नयाँ नयाँ कुरा हुन्छन्, विचार नयाँ हुन्छ , नयाँ साइनो जोडिन्छ। आफन्तहरू धेरै हुन्छन्। दुःख सुख पर्दा हेर्ने मान्छे हुन्छन्। तिमीमा खोट लगाउने मेरो कुनै कसुर छैन। आजको जमानामा पनि तिमी जस्तो असल साथी पाएको छु। मलाइ यतिमा खुशी छु। मेरो विहेवारी भइसक्दा पनि, तिमी भेट्न आएका छौ। मलाइ त लागेको थियो तिमी मसँग रिसाएका छौ होला भनेर। रिसायौ पनि होला, के रिसायौ भनु,रिसायौ नै । मलाइ पाप लाग्ला पनि, तिम्रो असल मायालाई लात मारेर पराइको सिन्दुर सजाइरहेकी छु।

तिम्रो पवित्र मायामा खोट लगाएकी छु। यो सव वाध्यता र विवशमा ,समयले चालेको खेल हो सुमन। समय आफ्नो मुठीमा भइदिएको भए, रोकेर तिम्रै हातको सिउँदो सजाउँथे, तिम्रै साथ जिउने कसम खाएका ती भगवानले पनि हाम्रो पुकार सुनेनन्। भगवान नै वैरी भएपछि, शम्भुको लगन जुरेर आयो। म मा केही छैन त्यसैपनि वाध्य छु आफुलाइ सँयत्र राख्न। आफूबाट कोही खुशी हुन्छ भने हामी उसको खुशी किन खोसिदिने होइन? माया हो सँगत जति गर्यो उति बढदै जाने हो। अहिले शम्भुबाट अपार खुशी पाएकी छु। उसको खुशी देखेर नै म खुशी छु। माया भन्ने चिज यस्तै रहेछ बसेको पत्तै नहुने रहेछ। त्यसैले सुमन बेदनाहरू यस्तै हो, परिस्थितिसँग जुध्न सक्यो भने सफल भइने रहेछ। तर के गर्ने मसँग केही आधार थिएन मेरो परिवारलाई विश्वास दिलाउने, आमालाई भनेकी थिएँ आमाले बाबालाई भन्नुभयो, परदेशीको केही भर हुँदैन त्यसैपनि तिम्रो खानदान गतिलो छैन रे ,आदि आदि मैले सुन्न सकिन र शम्भुसँग बिहे गर्न राजी भएँ। यो पापी समाजमा, मायाको कुनै अर्थ छैन तिम्रो मेरो, माया मा नै खोट रहेछ। माया गरेर विवाह नहुनमा नै मित्रता जीवन भर अमर रहनेछ। अगि बढ, जिन्दगीले एक बाटो विराउदैमा अरु बाटोहरु सबै बन्द हुन्छ भन्ने छैन। अझ बढि सुवर्ण अबसरहरु आउँछन्। त्यसैले हरेस नखानु प्राप्तिको लागी मात्र प्रेम गरिँदैन प्रेम त्यागपनि हो। माया गरेको चिज सबै पाउनु पर्ने भन्ने पनि छैन नि। के तिमीलाई लाग्छ तिम्रो दुखाइमा म हाँस्नेछु, खुत्ती मार्ने छु? त्यैपनि सिउँदो सजाउनु मात्र मायाको अन्तिम पनि रुप होइन। सिउँदो नसजाउदा पनि, तिमी प्रतिको माया मेरो ह्दयबाट मेटिने छैन।

बाहिरबाट गीता गीता भन्दै कुर्लि रहेको आवाज गुन्जियो , जुन आवाजमा जोडी हराएको चखेवाको जस्तो टिट लाग्दो स्वरहरु फैलिरहेका थिएँ। एक उदासीनता मिश्रण स्वरहरु गुन्जीएको थियो। शम्भु बेलाउँदैछ , गीता झस्किन् । धेरै बस्न उचित लागेन। मन गरुङगो पारेर ,लागे आफ्नो घर तिर।

आँबु खैरेनी
तनहुँ

(स्रोत : Sapanasansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.