~सर्वेश्वर दयाल सक्सेना~
जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको सामाजिक , राजनैतिक विसंगतिहरूलाई चित्रित गर्दछ। जनवादी नाटक के हो? मेरो विचारमा होइन। राजनैतिक नाटक, जननाटक र जनवादी नाटकलाई फरक पार्नु पर्दछ। यदि कुनै नाटकले खाली आजको राजनीतिक रूप अघि ल्याउँछ वा मात्र जनताका आकांक्षालाई चित्रण गर्दछ भने त्यसले जनवादी नाटकको उद्देश्लाई पूरा गर्दैन–आधा बाटोमा नै रोकिन्छ। “मुख्यमन्त्री” “महाभोज”, “जाति ही पूछो साधु की” जस्ता नाटकहरू राजनीतिक नाटक हुन्, जनवादी नाटक होइनन् र “अन्धेर नगरी” जस्ता नाटक जननाटक हुन्, जनवादी नाटक होइनन्। जनवादी नाटकमा “जन” मात्र होइन “वाद” पनि जरूरी हुन्छ।
अतः केवल स्त्रीपुरूषका सम्बन्धनहरूबाट पर रहेर केही सामाजिक, राजनैतिक सर्न्दभ दिनु नै जनवादी नाटकको धर्म होइन, न त रूप र विन्यास (गठन) मा सानोतिनो परिर्वन नै जनवादी नाटक हुन सक्दछ। जनवादी नाटकको “विषयवस्तु” र “रूप” दुवैमा पुरापुर परिर्वन आवश्यक हुन्छ। न त केवल विषयवस्तुको परिवर्तन जनवादी नाटक हुन सक्दछ, न त केवल रूपको परिर्वतन। यदि तपाईले पश्चिमी नाटकहरूको जटिल विन्यास (बनोट) मा मनोवैज्ञानिक उकाली–ओराली सहित सु73म, सांकेतिक अर्थगर्भयुक्त त्यस्तो नाटक लेख्नुभएको छ, जसले कुनै क्रान्तिकारी विषयलाई उठाएको छ भने त्यो जनवादी नाटक हुने छैन र न त लोक रूप “एकादेशमा” …. भनेर प्रस्तुत गर्नु नै जनवादी नाटक हुनेछ, जनवादी नाटक हुनका निम्ति दुबै एकसाथ हुनु जरूरी छ। अर्थात् विषयवस्तु र रूप दुवैमा पूर्णयता परिर्वतन।
जनवादी नाटक आजको राजनीतिको माथिल्लो (उपरी ) सतहसँग जोडिएको नाटक हुन सक्दैन। त्यसले आजको राजनीतिको जग (गहिराई) मा जानुपर्ने हुन्छ। अतः केवल राजनीतिक वाग्वाण, नोकरशाहीमाथि व्यंग्यात्मक प्रहार, भ्रष्टचारको मनोरञ्जक चित्रण (जस्तो कुनै लोलुप अधिकृतको आफ्नी गरिब स्टेनोसित फ्लर्ट गर्नु ) वा अन्याय र शोषणमाथि भावुक प्रलाप र त्यससित जुध्ने नाराबाजी जनवादी नाटकको सही चित्रण होइन। त्यसैले के भन्नु आवश्यक छ भने जनवादी नाटकले त्यस्ता सम्पूर्ण शोषण र अन्यायका जगमा पुग्नु पर्दछ – अर्थात वर्गसंघर्षलाई बुझ्नु पर्दछ, यी सारा अन्याय र शोषणका पछाडि, सामाजिक संरचना र सम्बन्धहरूको बनोटको जगमा जुन आर्थिक आधार छ, त्यस आर्थिक आधारको जुन राष्ट्रिय, अन्तराष्ट्रिय शुत्रहरू छन्, ती सबैलाई जान्नुपर्दछ– यसरी त्यो जगलाई बुझेपछि मात्र जनवादी नाटक लेख्न सकिन्छ। किनभने जवसम्म जनवादी नाटककारले यसलाई बुझने छैन, त्यतिखेरसम्म नाटकद्वारा ऊ न कतै पुग्नेछ, न पुर्याउने नै छ।
जसरी आफूलाई वर्गच्यूत (डिक्लास) नगरी तपाई वर्गसंर्घषको लडाइँ सही तरिकाले लड्न सक्नु हुन्न। जुन गल्ती जनवादी कविहरू गरिरहेका छन् त्यो गल्ती जनवादी नाटककारहरूले गर्नु हुँदैन् –नाटककार त यो गल्ती गर्ने स्थितिमा नै हुन सक्दैन। किनभने उ आफ्ना दर्शकलाई सिधै सम्बोधन गदैछ , जसको दर्शक आफ्नै अघि हुन्छ । जनवादी कविताले के गल्ती गरिरहेको छ त? त्यो के भने ऊ एउटा खुट्टो साहित्यको डुड्डा र अर्को खुट्टो जनचेतनाको डुड्डामा राखेर उभिन चाहन्छ। दुईटा डुड्डामा खुट्टा राख्नुको परिणाम के हुन्छ भने तपाई कविता त जनका लागि लेख्नुहुन्छ, तर त्यो जनको बुझाई भन्दा बाहिरको हुन्छ, जनलाई कहीं कतै काम लाग्दैन। हामी कवितालाई हतियार सरह प्रयोग गर्दछांै। तपाईको यो भनाइबाट के हुन्छ?किनभने हतियार जुन हातमा जानुपर्ने हो, तिनको लागि कुनै कामकै यो हुँदैन, ती हातहरूमा यो पुग्नै पाउँदैन। यस्तो दुई कारणले हुन्छ– एक त जनवादी कवि साहित्यमा आफ्नो मान्यता चाहन्छ। यसैले यस मान्यताको लोलुपताको कारण ऊ कविताको रूपलाई भत्काउन डराउँछ–बिम्ब प्रतिकहरूमा जटिल विन्यासयुक्त आजको गद्यात्मक प्रयोगमा लेख्दछ र यता न उताकेा हुन पुग्दछ। जनवादी कविता छन्दबद्ध, सोझो सम्बोधन गर्ने कविता हुनेछ–यदि भए भने। अन्यथा राजनीतिक वा जन कविताहरू नै लेखिनेछन्।
अतः जनवादी नाटककारले साहित्यको चिन्ता नगरी जनको चिन्ता गर्नुछ। उसले सोझै आफ्ना दर्शकहलाई हेर्नुछ–असी प्रतिशत गाउँका अनपढ जनतातिर, कुनै नाट्य समीक्षक र साहित्यको पन्डिततिर होइन। जतिखेर ऊ यो चिन्ताबाट मुत्त हुनेछ। त्यतिखेर ऊ सही भूमिमाथि उभिएको हुनेछ र , सही भूमिमा उभिएर उसले हेनुै छ भने–
१. यसको भाषा सीधा र सरल होस्। जुन क्षेत्रीय परिधिलाई ध्यान दिएर उसले लेखेको छ, त्यहाँका पात्रहरूको बोलीमा ढालिएको होस्।
२. नाटकको कथानकमा, र रूपमा कतिसारो लचक होस् भने त्यसलाई विभिन्न क्षेत्रीय बोलीहरू, भाषाहरू र तिनको लोकरूपमा अपनाउन सकियोस्।
३. यो लोक विन्यासमा हुनु आवश्यक छ। अर्थात् यसले लोकरूपमा लोकको बोलीचालीलाई आत्मसात् गरेको होस्।
४. रचना गर्ने समयमा नै यसको परिकल्पना खुल्ला, सादा मंचलाई ध्यानमा राखेर गरिएको होस्। पसाजसज्जाले सुसज्जित, खर्चिलो मंच, तडक भडकपूर्ण लुगा, वेषभूषा आदि यसमा समावेश नहोस्।
५. सोझो कुरालार्य जहाँ आवश्यक हुन्छ सीधा तरिकाले भन्ने खतरा उठाउने साहास यसमा होस्।
६. नाटकले अँध्यारोमा नछाडोस्, कुनै न कुनै बाटाहरूतिर संकेत गरोस्, आवश्यक पर्दा सफासफी भनोस् पनि –किनभने सफासफी भन्नु कला होइन भन्ने मान्ने गरिएको छ। तर साहित्यमा एउटा समय यस्तो आउँछ, जतिखेर सफासफी कुरा गर्नुपर्ने हुन्छ र यो सफासफिी भन्नु कालान्तरमा कला मानिन्छ, किनभने वयसका पछि आफ्नो समयको गहिरो बेदना र गहिरो ताप हुन्छ।
यस्तो चरित्र भएको जनवादी नाटक कोठामा बस्न सक्दैन। यसलपे बन्द प्रेक्षागृहबाट निसकेर बाहिर सडकमा, गाउँका दलान र आँगनमा आँपका बगैंचाहरूमा जानुपर्नेछ। र देशकाल अनुरूप आफू उभिनुपर्ने ढंग बदल्नुपर्नेछ, आफ्नो तरिका परिवर्तन गर्नुपर्नेछ। र हुन सक्छ कैयौं ठष्ूला उद्देश्यहरूको रक्षाका निम्ति र आफ्नो अस्तित्व कायम राख्नका लागि कैयौं सानातिना सम्झौताहरू गर्नु हुनेछैन।
जनवादी नाटक यसरी जब सडकमा आउने छ त्यतिखेर यो कसको नाटक होला? जनको र ती सबैको, जसले जनसँग आफूलाई गाँसिएको घोषणा गर्दछन्, यो न केवल कम्युनिस्ट पार्टीको हुनेछ, न मार्क्सवादी कम्युनिस्ट पार्टीको, न त मार्क्सवादी लेनिनवादी कम्युिनस्ट पार्टीको नै।
यो सबैको हुनेछ। अलग अलग भएर पनि सबैको हुनेछ। र सबैले यसलाई आफ्नै भन्नु र मान्नुपर्नेछ। र यस नाटकमाथि आक्रमण गर्ने शक्तिसँग यसको त्यतिखेरसम्म रक्षा गर्नुर्प्ने छ। जहिलेसम्म जारूक भएर नाट्य संजीवनीबाट बल हासिल गरेर जन स्व्यं यसको र73ँाका निम्ति नडटुन्। यहाँ के कुवरो स्पष्ट गर्न आवश्यक छ भने जनवादी नाटक बामपन्थी विचारधाराको भएर पनि कुनै वामपन्थी पार्टीको मात्र ठेकदारी होइन। यो नाटक ती व्यक्तिहरू पनि लेख्न सक्दछन् जो कुनै वापमन्थी पार्टीका सदस्य छैनन्। वामपन्थी पार्टीहरूले जनवादी नाटकका निम्ति न आपसमा झगडा गर्नुछ, न गैर पार्टी लेखकसँग। उल्टो नाटकको नाममा यसको (नाटकको) प्रचार र रक्षाका निम्ति एउटै मोर्चामा उभिनु छ।
चौबाटोमा पुगेर नाटक बदलिन्छ। सबै कुरा बदलिन्छन्। मान्छे बदलिन्छ, उसका क्रियाकलाप, उसको सोच्ने ढंग, उसका उठ्ने, बस्ने, बोल्ने ढंग परिवर्तन हुन्छ। बन्द कोठामा जसरी ऊ फर्निचर र पलङमा आफ्ना साथीभाई, पत्नी र प्रेमिकाहरूसँग बस्दछ, चौबाटोमा त्यसरी बस्न सक्दैन। न झ्यालहरू, ढोकाहरू र भित्तामा पर्दा र चित्र नै टाँग्न सक्दछ। उसको पपछिल्तिर हिंड्दो सडक, खुला आकाश, झ्याम्म परेका रूखहरू र आँपका बगैंचाहरू हुन सक्दछन् वा थुम्काथुम्की, तलाउ, जंगल। यिनै उसका मंच सज्जा हुन् र यिनै उसका संवादहरू र क्रियाका सीमाहरू हुन्।
सडक नाटक छोटो, बढी घुमाई फिराई नगरी सोझै कुरो भन्ने दो टुक शैलीमा हुनेछ। यसमा कुरो आवश्यक हुन्छ। कुरो दाल सरह र कला त्यसमा झानिएको चीज जस्तै हो। के राम्ररी मान्नु आवश्यक छ भने सडक नाटक भोलि अखवार झैं बेकम्मा हुन सक्दछ।
समयका थप्पडहरूमा नष्ट हुनु यसको नियति हो। प्रयोजन सिद्ध भएपछि, विषय पुरानो भएपछि यसलाई बिर्सनु पर्ने छ र एउटालाई छाडेर अर्कातिर कुद्नु पर्नेछ, किनभने सडक नाटक प्रतिदिनका प्रश्न र समस्याहरूवसँग जोडिएको हुन्छ। प्रश्नहरूका बढ्दा रूपसँगै बढ्दछ र प्रश्न समाप्त हुनासाथै अन्त हुन्छ।
जसले यसलाई मान्दछन् उनीहरू नै सडक नाटक गर्न सक्दछन्। यो वासस्थान हो, यात्राको अन्तिम ल73य होइन। यो यात्रामा हिंडेको चिनो हो। चिनो बन्दै जान्छन्, बास छुट्दै जानेछन् र अन्तिम नजिक आउँदै जानेछ। के हुन सक्छ भने अन्तिम ल73यमा पुगेपछि फेरि कुनै अर्को लडाईव लड्नु परोस् र र फेरि जनवादी नाटकको दोस्रो अर्को भ्रमणको सिलसिला शुरू होस् र नाटककारले फेरि चौबाटोमा आउनु परोस्।
अन्तिम ल73य के हो? एउटा शोषणमुक्त समाजको रचना जहाँ सबै समान हुन्। जनवादी नाटक सडक सडकमा र चौबाटो चौबाटोलाई यह िदिशामा लड्नेछ। यही यसको सार्थकता हो। जो मानिस यस्तो नाटकलाई रछाने नाटक (गटर नाटक) भन्दछन् (रूपवादी समीक्षकले भनुन् वा आपसमा वामपन्थीहरूले एक अर्काको नाटकलाई भनुन) तिनको पीर गर्नु पर्दैन। किनभने फोहोर वस्ती (गटर) मा बस्नेहरूका निम्ति नाटक लेख्दा उनीहरूसँवग बस्नु पर्नेछ, तिनकै बोलीमा कुराकानी गर्नुपर्नेछ, तिनका भद्दा, कुरूप चेष्टाहरू र वउखान टुक्काहरू अपनाउनु पर्नेछ र प्रायः आफ्ना लुगा फोहोर मैलो बनाउनै पर्ने छ। जनवादी नाटक सफासुग्धर लुगा भिरेर हिंड्ने भएर हिंड्डुल गर्न सक्दैन।
जुन मानिसहरू नाटकलाई फोहोर बस्तीमा लैजानु गलत छ भन्दछन, उनीहरू अभिजात संस्कृतिका पोषकहरूको षडयन्त्रमा फँसेका छन्। त्यसैले यस्ता मानिसहरू नाटकहरूलाई दुरदर्शन र रेडियोसित जोडिनुपर्छ भनी वकालत गर्दछन्। उनीहरू दुरदर्शन र रेडियोसँग जोडिनु त्यसत्ताको शर्तहरूमा नै सम्भव छ, जससित लड्नु नै नाटकको मूलधार हो भन्ने कुरा भने पटक्कै सोच्दैनन्।
जनवादी नाटकको आधार शहर होइन, गाउँ हुनुपर्दछ। अहिले शहरबाट हुँदै त्यसले गाउँ पुग्नु पर्नेछ–यो अर्कै कुरा हो। जनवादी नाटकले आमूल परिवर्तनकारी र आलोचनात्मक त हुनु नै छ, विद्रोही र क्रान्तिकारी पनि हुनुपर्दछ। यो रूप यदाकदाको निम्ति मात्र होइन सततः ग्राह्य हुनुपर्दछ।
विद्रोही वा क्रान्तिकारी हुनका निम्ति नारा भन्नु होइन, यो जनवादी नाटकहरूको सुनियोजित कार्यक्रम हुनुपर्दछ। त्यसो भएको खन्डमा मात्र जनवादी नाटक आफ्नो चरित्रमा सही र सार्थैक नाटक हुनेछ अतः जनवादी नाटकहरूले सम्पूर्ण साजसज्जा, साहित्यिक गुढता, रहस्यमयतालाई फ्याँकेर सडकमा आउनु छ, खुला ठाउँमा सास फेर्नु छ र त्यस मानिससित कुराकानी गर्नु मात्र होइन, उसलाई हँसाउनु र खुशी पाुर्न मात्रै पनि होइन, उसलाई बुझ्नु, बाटो देखाउनु र संगठित भएर, एक भएर एउटा समान ल73यतिर बढ्नु छ, जो यस पूंजीवादी, साम्राज्यवादी र उपनिवेशवादी सभ्यतामा आर्थिक, सामाजिक, रवाजनीतिक हरेक किसिमका शोषण र अन्यायको शिकार बनेको छ आफ्नो संघर्ष गर्ने तागत र आफ्नो अस्मिता गुमाउँदै गैरहेको छ र आफ्नो मानवीय सम्बन्धहरू र प्रेमको परिधिलाई खुम्चिँदै खुम्चिदै लुप्त भैरहेको हेरिरहेकोछ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३६ – २०६७ श्रावण ०५ गते, बुधबार)