~“जीवन्त” रुकु~
बतासले हागाबाट एउटा फुल झारिदियो
एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो
मुटु भित्र बस्ने फूल सडकको बास
आखा भित्र हास्ने फूल भयो आज लास
बोटलाई के भयो र दुख पनि लागेन
कसैको जीवन मरिरह्यो उसलाई फरक परेन
जीन्दगीका मोडहरु जब काडा बनिदिन्छन्
मनका ब्यथा हरु कठै छाल बनि रुन्छन
आज कठै सपनाहरु पहाड बनि दिए
फूल रोयो पलपल कसैले कुल्ची दिए
February 8, 2013
(स्रोत : रचनाकारको ब्लगबाट सभार )