मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी ? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा !
आख़िर मा मैलेनै आफू केटा हुनुको बोध दर्शाउने बिचार गरे ।
” तिम्रो नाम के हो ?”
कस्तो अवास्ताबिक प्रश्न ! मानौं म प्रश्न सोध्नलाई मात्र प्रश्न सोधिरहेछु ! पक्कै पनी मेरो यो प्रश्न प्रति उनिलाई हाँसों उठ्यो होला ! शोलेमा “तुम्हारा नाम क्या है बसन्ती ?” भने जस्तो !
” बिबाह गर्न आउनु भएको नाम नै थाहा नभई त ? ”
उनले मलाई प्रतिप्रश्ना गरिन । उनको बोली स्पस्ट थियो, एउटा साहसी युवक को जस्तो! म छक्क परें , प्राय केटीहरु लजाउने खालका हुन्छन् भन्ने मेरो सोचाई थियो , तर मेरो सानो प्रश्न माथी पनी प्रतिप्रश्ना ? किन ? उन्लाई मलाई उनको नाम संध्या हो भन्ने थाहा हुंदाहुँदै पनी उनले दोहोर्याएर पनी त भन्न सक्थीन । के यो उनको अहम् हो ? वा अरु नै कुनै कुरा ? मैले पहिलो चोटी उनिलाई नियालें । साधारण भएर पनी असाधारण थिइन् उनी । बिवाह को लागी पहिलो भेटघाट ने भए पनी खास श्रृंगार थिएन उनको अनुहारमा, तर बिछट्टै राम्री . के ले गर्दा हो मलाई पानी थाहा छैन ! शायद उनको चुच्चो नाक, शायद एउटा रहस्य बोकेको जस्तो अनुहार, शायद अरु नै केही !
” तपाईको यो पहिलो पटक हो ? ”
उनले मलाई फेरी एक पटक झाटारो हानिन । म अकमक्क परे । उनी पक्कै पनी साधारण होइनन, नभए पहिलो भेट , त्यो पनी बिबाह्को उदेश्यले , केटी ले यस्तो प्रश्न सोध्नु त पक्कै पनी साधारण मनिदैना ।
” किन ? तिम्रो होइन र ? ”
मैले पनी एकछिन उनलाई जिस्काउने प्रयास गरे ।
” म तपाँई जत्तिको नर्भस भएको छैन नि, छू र ? ”
उनी पहिलो चोटी हासीन . एउटा स्वछन्द हाँसो, रोकटोक नभएको ! कोठा भित्र चिया को ट्रे छिर्यो, हामी अली सतर्क भयौ । ट्रे बोकेरा आउने अधबैसे आईमाई ले हामिलाई चियो को नजरले हेरिन अनी चुपचाप बाहिर निस्किन । ढोका ढप्क्याईदियीन । यो कती बेर सम्म हुने हो सोच्दै मैले पसीना पुश्ना रुमाल बाहिर निकाले ।
” मंसिरमा काठमान्डौ मा पसीना ? ”
उनी फेरी हासीन ।
“तिमी हास्दा असध्य राम्री देखिन्छ्यौ , एकदम निस्फिक्री हासे जस्तो !”
मैले पहिलो चोटी उनको प्रसंसा गरे तर साँचो भन्छु प्रसंसा मेरो मुटू बाट साँचो निक्लेको प्रसंसा थियो । हुनसक्छ , मलाई देखावटीपन मन पर्दैन ।
“तपाई चीनी कती चम्चा लिनुहुन्छ?”
“अरु बेला दुई चम्चा , आज एक चम्चा मात्र !”
“किन?”
” एक चम्चा चीनी को काम त तिम्रो हातले पनी गर्ला नि!”
” मलाई यस्तो नहुने कुरा गरेको मन पर्दैन !”
पहिलो चोटी प्रसंसा मन नपर्ने केटी देखियो, तर किन हो किन मलाई त्यही प्रसंसा मन नपर्ने केटी नै मन पर्दैछ ।
“कस्तो भौतिकतावादी तिमि ! प्रसंसा पनी मन नपर्ने !”
” होइन ! म यथार्थ वादी छू ।”
” एउटा कुरा सोधौ?”
” सोध्नुहोस न ! त्यसैका लागी त तपाँईलाई यो कोठा भित्र छोडिएको!”
“तिमि यती राम्री, फ्रैंक पनी ! कलेजमा केटाहरुसंग affair भएन कहिल्यै ?”
यो प्रश्न मैले अली ज्यादा नै सोधे जस्तो लागेको थियो तर उनको हासो ले म परिधि भित्रै छू जस्तो लाग्यो ।
“अहं मैले कहिल्यै पनी केटा हरुलाई खासै भाऊ दिइन । तपाँई पनी त handsome हुनुन्छ, कोही girlfriend बनेनन?”
” थिए तर प्रतिस्पर्धा मा तिमिलाई जित्न सक्ने कोही पायीन । ”
” मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको ! भो मलाई चाहिएन पुरस्कार !”
पहिलो चोटी मलाई यो युद्ध हरेको अनुभव भयो । मैले अफ्नो अन्तिम अस्त्र फ्याल्ने प्रयास गरें ।
“तिम्रो जीवन मा कोही छ भने भन । म बाटो छोडीदिनेछु ।”
“तपाँई राम्रो केटा हुनुन्छा, तर म तपाईलाई मात्र साथी बनाउन सक्छु ।”
” जीवनसाथी किना बनाउन सक्दिनौ , कोही केटा छ ,के उ म भन्दा राम्रो छ ? caring छ ? ”
“मलाई सानै देखि केटा हरु कहिल्यै मन परेनन् , उ केटा होइना केटी हो !!!”
मैले मुन्टो उठाउने साहस गरीन, तलको कार्पेट मलाई गीज्याऊँदै थियो ।
(स्रोत : Rajit’s Blog )