उठ—उठ जाग—जाग हे यूवा हो
मानविय यूगको माग बिश्व शान्ति हो
मान्छेले मान्छे मार्छ, मान्छे मारी जीत हुन्न रे
यूवा शक्ति शान्ति चाहे शान्तिको शंख बज्छ रे
शान्तिको द्धिप बाली उठ यूवा हो
मानविय यूगको माग बिश्व शान्ति हो
क्रोधभित्र रत्तपात मानव–मानव शत्रु हुन्न रे
लक्ष्य सधैं महायान वुद्धत्वले बिश्व ढाक्छरे
यूवा जोश होश भए यहि क्रान्ति हो
मानविय यूगको माग बिश्व शान्ति हो
उठ—उठ जाग—जाग हे यूवा हो
मानविय यूगको माग बिश्व शान्ति हो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )