~डा.टीकाराम भण्डारी~
जब जिन्दगीको भार फूलजस्तो थियो
मेरो पनि अनुहार फूलजस्तो थियो ।
टुट्ने मुटुकै दोष मानियो यहाँ
धोका दिनेलाई प्रहार फूलजस्तो थियो ।
कोही खासको पर्खाइमा हुनुपर्छ उनी
आज उनको श्रृङ्गार फूलजस्तो थियो ।
जीवन गुमाएका शहीद आत्मा भन्दैथिए–
देशको लागि तरबार फूलजस्तो थियो ।
समयले ढुङ्गा बनाएको हुनुपर्छ पक्कै
कुनैदिन यो गजलकार फूलजस्तो थियो ।
(स्रोत : नेपाली गजल गुगल ग्रुप )