~मेदिनी भण्डारी~
म मानवताको खोजीमा निस्कीएको छु
ए वाटाका परतहरू, ए मेरा मनका तरंङ्गहरू,
मलाई नरोक नटोक नछेक
म, म भित्रैको शान्ती खोज्न हिडेको हु“
शान्ती रिसाएको जस्तो छ
मेरा मुख्याईले उस्को चित्त दुखाए जस्तो छ
मेरो ववकूफीले यस्ता काम धेरै गरेको छ,
मनले एक÷तन अनेक नाटक अनेक
मन–अन्तरमन टिकाएर एक चित्रमा
अनन्तर मनहरू खोल्दै बा“ड्दै गरेको छु,
अन्तर आत्मा कतै विसाएर – आत्मा आत्मा पोख्दै हिडेको छु,
जताततै गोप्यता÷समिश्रीत वाह्य प्रदर्शन गरेको छु
माहागोप्य पोखिएन देखिएन र बुझिएन
मैले जताततै मसित वेईमान गरेको छु
मैले वाच्न धेरै थोक गरेको छु,
मैले मेरा अनेक अहं नष्ट गरेको छु,
म रोगको पीडामा बहकिएको वटुवा हु“,
त्यसैले तुच्छता असह्य ठाने झैं छ शान्तीले,
उ मेरै मनबाट समेत विरक्तिए झैं छ
उ मेरै तनबाट पनि निस्सार भए झै छ,
हुनता मानवता र शान्ती जगत पनि हो,
उ हिडे भेटन सकिन्न, हुनता उ अखण्ड पनि हो
कृपाको उसद्वारा भेटिन्न उ हिड्दैन र आफै पुग्छ
म र शान्ति र मानवता र म
यद्यपी परालको आगो हो,
हामीबीच मन मुटाव भए झै छ
निकै चित्त दुखा दूख भए झै छ,
तिल पाहाड संघर्ष चली रहेछ हाम्रो
असख्य बज्रन्छु पिठो हुन बा“की नै छ
असख्य बल प्रयोग गर्छु बोक्रा हटन बा“की नै छ ।
त्यसैले ए उसकै स्वरुपहरू हो,
म स्वरुपहरूमा रम्न सक्तिन शान्ति र मानवता विना
म मानवता र शान्तीको खोजीमा हिडेको हु“,
छाया पक्रन चाहन्न
म पिठो चन्दन र अझ पानी बन्न हिडेको हु“
समिपमा मेरो मतलव छैन
म समष्टि स्वरुपमा उसको खोजीमा हिडेको हु“
त्यसैले ए विभाजित मेरा म स्वरुपहरू हो,
वरु मलाई डो¥याइदेउ, वरु मलाई वोलाइदेउ, मलाई पूकारी देऊ ।
मैले भुल महसुस गरेको छु, चेतेको छु, र कबूल गरेको छु,
म शान्ती र मानवता सित सदाको लागि हराउन चाहन्छु,
म शान्ती र मानवता को खोजीमा निस्कीएको छु
अमेरिका, २८ मे २००५
Medini Bhandari ,
Birch Harbor, Maine, USA
(स्रोत : Pardesh.com)