म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय दुई पटकसम्म बोर्ड फस्टको स्तरमा पुगेको हुँनाले आजकल त्यही विद्यालय एउटा उच्च स्थानमा छ । त्यही विद्यालयको प्रिन्सिपलको नाम पुष्पलता थियो
। उनी एउटी एकल र साहसी महिला थिईन् । आइ. ए. पढ्दा पढदै उनको एउटा शिक्षित सुशील केटासँग बिवाह भयो । उनीहरु सबै राम्रो परिवारसँग सम्बन्ध गाँस्न पाएकोमा खुशि र सन्तुष्ट देखिन्थे, तर पुष्पलताको मुहारमा भने किन हो कुन्नि प्रसन्नता देखिएन । विवाह धुमधामले सम्पन्न भयो । बेहुला र बेहुलीमा भने पहिलो रातमै मनमुटाव शुरु भयो । कुरा के हो भने, राम्री र यौवनले ढकमक्क फुलेकी दुलही रसपान गर्न बैश पुगेको दुलाहा आतुर थियो । कोठामा एकान्त पाउनासाथ आफ्नी दुलहीलाई अंगालोमा कस्न खोज्यो । दुलहीको मन भने चिसो नै भएर हो कि उनी अँगालोमा जान तयार भईनन् ।
दुलाहाले ठानँे– मनमा इच्छा हुँदाहुँदै पनि लाजले इन्कारको अभिनय गर्दैछिन् । उसले बलजफ्ति अँगालो हालेर म्वाइँ खायो । लोग्नेको उन्मादपूर्ण ब्यवहारलाई उनले तिरस्कार गरी चिच्च्याएर बाहिर आईन् । यो क्षणको घटनालाई घरको सबैले पुष्पलताको अबुझ स्वभाव ठानेर दुलाहाले पनि बिर्सिदिए । दुलान फर्कनको लागि उनी माईत आइन् । भोलिपल्ट दुलाहाको घर जान उनी मानिनन् । आमाबाबुले पुष्पलतालाई सम्झाउँदै भने–“हेर छोेरी विवाह गरेपछि लोग्नेको घर नै आफ्नो घर हुन्छ । आमाबाबुको घर त माइती हुन्छ । दुनियाँको रीत नै यस्तै छ । एउटी नारीले तन, मन र धनले श्रीमान्लाई अपनाउनुपर्छ । यो घर त तिम्रो जन्मघर मात्र हो । कर्म गर्ने थलो त त्यही घर हो उमाशङ्कर, लक्ष्मीनारायणले जस्तै तिमीहरुले पनि दुःखसुख बाँडेर गृहस्थी धर्ममा बस्नु नै राम्रो हुन्छ ।
“मलाई त्यो घरमा हैन त्यो पुरुषसँग बस्नै इच्छा छैन ।” पुष्पलताले भनिन् ।
त्यस्तो राम्रो शिक्षित सुशिल केटामा के कमजोरी छ ?”कतै तिम्रो मनपर्ने अर्कैछ कि ?” आमाले सोधिन् । “होइन, त्यस्तो केही होइन” पुष्पलताले भनिन् । आमाबाबुले भन्ठाने –तीन जना दाजुकी बहिनी पुलपुलिएर बसेकी भएर पराई पुरुष देखेर डराएकी पनि हुन सक्छे । केही दिनमा सबै ठीक हुन्छ । “अव एक दिन गएर आऊ बरु भोलि नै फर्क” भनेपछि उनी गइनन् । तर त्यो रात उनी नन्दहरुकै कोठामा सुतीन् । भोलिपल्छ माइत फर्किन् ।
चार–पाँच वर्षसम्म उनले पैताला नराखे पछि उनका दुलाहाले अर्कै बिबाह गरे । लोग्नेले अर्को विवाह नगरुन्जेल घर जानुपर्ला भनि उनी सधैँ असामान्य भइरहने त्यो खवरपछि सामान्य हुँदै गइन् र छोडिराखेको पढाइ पनि फेरि सुरु गरिन् । एम.एड. सम्म पास गरिन् । बिदेशमा समेत शिक्षा हासिल गरिन् । अनि पढाउने काम पनि पाइन् ।
एउटी विवाहीत छोरी सधँै माईत बसिरहन हाम्रो समाजले राम्रो मान्दैन । त्यसैले उसलाई त्यस घरमा बस्न असजिलो महसुस भयो । अनि एउटा बोर्डिङ विद्यालय खोलेर छुट्टै बस्न थालिन् । त्यसताका म पनि त्यही विद्यालयमा एक कक्षामा पढ्न सुरु गरेको थिएँ । त्यस विद्यालयमा एक जना सहायक प्रिन्सीपल कोमल पनि थिईन् । उनी पच्चीस वर्ष पुगेर पनि कतिले विवाह गर्न माग्दा पनि मानिनन् रे । उनी पुष्पलताकी परम् भक्तिनी थिईन् । उनको साथ पाएर पुष्पलता विद्यालय राम्रोसँग चलाउन सफल भएकी थिईन् ।
उनी आफूलाई गाजल, टीका, लिपिस्टिक लगाएर सजाउँथिन् उनको कालो र लामो कपाल थियो । उनी सारी, चोलो र कुर्ता सुरुवाल मात्र सधँै लाउँथिन् । उसको ठीक उल्टो पुष्पलता अनुहारमा श्रृङ्गार नगर्ने, ब्वाइज कट टाउकोको रौं काट्ने र सर्ट पाइन्ट, सफारी सुट लगाउँथिन् र झट्ट हेर्दा उनमा एउटा पुरुषको ब्यत्तित्व झल्किन्थ्यो । उनीहरु बीच यति मेलमिलाप थियो कि एउटै खाटमा सुत्थे ।
एकचोटि म पाँच कक्षामा हँुदा विद्यालयमै बिरामी भएँ । बिद्यार्थी बिरामी पर्दा प्रिन्सिपलको कोठामा राखी राम्ररी हेरचार गरिन्थ्यो तर भोलिपल्ट मलार्ई बेसरी ज्वरो बढ्यो र घरै जानुप¥यो । तर निको भए पनि मलार्ई त्यस विद्यालयमा फर्कनै मन लागेन, किनभने त्यस रात देखेको अचम्मको दृष्यले अहिले पनि जिउ नै सिरिङ भएर आउँछ ।
मन्द मन्द हाँसो र खासखुस आवाजले त्यस रात म अचानक ब्यूझिएँ । पूर्णिमाको रात थियो । कोठाभरी झलमmल उज्यालो चन्द्रमाको चाँदनी फैलिएको थियो । त्यहाँ मैले कहिलेकाँही टिभिमा अङ्ग्रेजी फिलिमका अर्धनग्न नारी पुरुषहरु ओछ्यानमा खेलिरहेको जस्तै दृष्य देखेँ । तर अचम्म त्यहाँ दुवै नारी थिए । मेरा आँखा दुर्ई महिला एक आपसमा मस्तले शारीरिक क्रीडा गरिरहेको दृष्यमा प¥यो । उनीहरु दुधजस्तो चाँदनीको उज्यालोमा असाध्यै राम्रा र सुन्दरी परीहरु एक आपसमा अँगालो हाल्दै चुम्बन गर्दै मद्होस भएर स्वप्नील संसारमा रमाइरहेका थिए । शरीरमा गुलाफ फूलको थुम्का जस्ता लोभलाग्दो दुर्ई जोडी उनीहरुको स्तन थरथराईरहेको थियो ।
मेरो बाह्र वर्षको कलिलो उमेरमा खिएको त्यो दृष्यको स्मृतिले म आजसम्म पनि झस्किरहेछु । त्यो दृष्य सधँै मेरो आँखामा टाँसिरहेको छ । त्यस क्षणको स्मृतिले मलार्ई सधँै झस्काइरहन्छ ।
अद्भूत दृष्यजलेश्वरी श्रेष्ठम सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय दुई पटकसम्म बोर्ड फस्टको स्तरमा पुगेको हुँनाले आजकल त्यही विद्यालय एउटा उच्च स्थानमा छ । त्यही विद्यालयको प्रिन्सिपलको नाम पुष्पलता थियो । उनी एउटी एकल र साहसी महिला थिईन् । आइ. ए. पढ्दा पढदै उनको एउटा शिक्षित सुशील केटासँग बिवाह भयो । उनीहरु सबै राम्रो परिवारसँग सम्बन्ध गाँस्न पाएकोमा खुशि र सन्तुष्ट देखिन्थे, तर पुष्पलताको मुहारमा भने किन हो कुन्नि प्रसन्नता देखिएन । विवाह धुमधामले सम्पन्न भयो । बेहुला र बेहुलीमा भने पहिलो रातमै मनमुटाव शुरु भयो । कुरा के हो भने, राम्री र यौवनले ढकमक्क फुलेकी दुलही रसपान गर्न बैश पुगेको दुलाहा आतुर थियो । कोठामा एकान्त पाउनासाथ आफ्नी दुलहीलाई अंगालोमा कस्न खोज्यो । दुलहीको मन भने चिसो नै भएर हो कि उनी अँगालोमा जान तयार भईनन् ।
दुलाहाले ठानँे– मनमा इच्छा हुँदाहुँदै पनि लाजले इन्कारको अभिनय गर्दैछिन् । उसले बलजफ्ति अँगालो हालेर म्वाइँ खायो । लोग्नेको उन्मादपूर्ण ब्यवहारलाई उनले तिरस्कार गरी चिच्च्याएर बाहिर आईन् । यो क्षणको घटनालाई घरको सबैले पुष्पलताको अबुझ स्वभाव ठानेर दुलाहाले पनि बिर्सिदिए । दुलान फर्कनको लागि उनी माईत आइन् । भोलिपल्ट दुलाहाको घर जान उनी मानिनन् । आमाबाबुले पुष्पलतालाई सम्झाउँदै भने–“हेर छोेरी विवाह गरेपछि लोग्नेको घर नै आफ्नो घर हुन्छ । आमाबाबुको घर त माइती हुन्छ । दुनियाँको रीत नै यस्तै छ । एउटी नारीले तन, मन र धनले श्रीमान्लाई अपनाउनुपर्छ । यो घर त तिम्रो जन्मघर मात्र हो । कर्म गर्ने थलो त त्यही घर हो उमाशङ्कर, लक्ष्मीनारायणले जस्तै तिमीहरुले पनि दुःखसुख बाँडेर गृहस्थी धर्ममा बस्नु नै राम्रो हुन्छ । “मलाई त्यो घरमा हैन त्यो पुरुषसँग बस्नै इच्छा छैन ।” पुष्पलताले भनिन् । त्यस्तो राम्रो शिक्षित सुशिल केटामा के कमजोरी छ ?”कतै तिम्रो मनपर्ने अर्कैछ कि ?” आमाले सोधिन् । “होइन, त्यस्तो केही होइन” पुष्पलताले भनिन् । आमाबाबुले भन्ठाने –तीन जना दाजुकी बहिनी पुलपुलिएर बसेकी भएर पराई पुरुष देखेर डराएकी पनि हुन सक्छे । केही दिनमा सबै ठीक हुन्छ । “अव एक दिन गएर आऊ बरु भोलि नै फर्क” भनेपछि उनी गइनन् । तर त्यो रात उनी नन्दहरुकै कोठामा सुतीन् । भोलिपल्छ माइत फर्किन् ।चार–पाँच वर्षसम्म उनले पैताला नराखे पछि उनका दुलाहाले अर्कै बिबाह गरे । लोग्नेले अर्को विवाह नगरुन्जेल घर जानुपर्ला भनि उनी सधैँ असामान्य भइरहने त्यो खवरपछि सामान्य हुँदै गइन् र छोडिराखेको पढाइ पनि फेरि सुरु गरिन् । एम.एड. सम्म पास गरिन् । बिदेशमा समेत शिक्षा हासिल गरिन् । अनि पढाउने काम पनि पाइन् । एउटी विवाहीत छोरी सधँै माईत बसिरहन हाम्रो समाजले राम्रो मान्दैन । त्यसैले उसलाई त्यस घरमा बस्न असजिलो महसुस भयो । अनि एउटा बोर्डिङ विद्यालय खोलेर छुट्टै बस्न थालिन् । त्यसताका म पनि त्यही विद्यालयमा एक कक्षामा पढ्न सुरु गरेको थिएँ । त्यस विद्यालयमा एक जना सहायक प्रिन्सीपल कोमल पनि थिईन् । उनी पच्चीस वर्ष पुगेर पनि कतिले विवाह गर्न माग्दा पनि मानिनन् रे । उनी पुष्पलताकी परम् भक्तिनी थिईन् । उनको साथ पाएर पुष्पलता विद्यालय राम्रोसँग चलाउन सफल भएकी थिईन् । उनी आफूलाई गाजल, टीका, लिपिस्टिक लगाएर सजाउँथिन् उनको कालो र लामो कपाल थियो । उनी सारी, चोलो र कुर्ता सुरुवाल मात्र सधँै लाउँथिन् । उसको ठीक उल्टो पुष्पलता अनुहारमा श्रृङ्गार नगर्ने, ब्वाइज कट टाउकोको रौं काट्ने र सर्ट पाइन्ट, सफारी सुट लगाउँथिन् र झट्ट हेर्दा उनमा एउटा पुरुषको ब्यत्तित्व झल्किन्थ्यो । उनीहरु बीच यति मेलमिलाप थियो कि एउटै खाटमा सुत्थे ।एकचोटि म पाँच कक्षामा हँुदा विद्यालयमै बिरामी भएँ । बिद्यार्थी बिरामी पर्दा प्रिन्सिपलको कोठामा राखी राम्ररी हेरचार गरिन्थ्यो तर भोलिपल्ट मलार्ई बेसरी ज्वरो बढ्यो र घरै जानुप¥यो । तर निको भए पनि मलार्ई त्यस विद्यालयमा फर्कनै मन लागेन, किनभने त्यस रात देखेको अचम्मको दृष्यले अहिले पनि जिउ नै सिरिङ भएर आउँछ । मन्द मन्द हाँसो र खासखुस आवाजले त्यस रात म अचानक ब्यूझिएँ । पूर्णिमाको रात थियो । कोठाभरी झलमmल उज्यालो चन्द्रमाको चाँदनी फैलिएको थियो । त्यहाँ मैले कहिलेकाँही टिभिमा अङ्ग्रेजी फिलिमका अर्धनग्न नारी पुरुषहरु ओछ्यानमा खेलिरहेको जस्तै दृष्य देखेँ । तर अचम्म त्यहाँ दुवै नारी थिए । मेरा आँखा दुर्ई महिला एक आपसमा मस्तले शारीरिक क्रीडा गरिरहेको दृष्यमा प¥यो । उनीहरु दुधजस्तो चाँदनीको उज्यालोमा असाध्यै राम्रा र सुन्दरी परीहरु एक आपसमा अँगालो हाल्दै चुम्बन गर्दै मद्होस भएर स्वप्नील संसारमा रमाइरहेका थिए । शरीरमा गुलाफ फूलको थुम्का जस्ता लोभलाग्दो दुर्ई जोडी उनीहरुको स्तन थरथराईरहेको थियो । मेरो बाह्र वर्षको कलिलो उमेरमा खिएको त्यो दृष्यको स्मृतिले म आजसम्म पनि झस्किरहेछु । त्यो दृष्य सधँै मेरो आँखामा टाँसिरहेको छ । त्यस क्षणको स्मृतिले मलार्ई सधँै झस्काइरहन्छ ।
(स्रोत : Kabyasudha.com )