पुस्तक समीक्षा : कथा संग्रह सात काँटी सलाई सम्बन्धमा

~गोविन्दप्रसाद आचार्य~

सात काँटी सलाई शिर्षकको कथा संग्रह खगेन्द्र संग्रौलाद्वारा अनुवाद गरिएको हो। जसमा चार वटा कथा संग्रहित छन्। जसमा “हाम्रा टोलीका प्रशिक्षक” र “छापामारलाई अन्न पकाउँदा” दुई कथाहरू यस संग्रहका सर्वाधिक चर्चित कथा हुन्। “सात काँटी सलाई” र “मुक्तिपथमा तीन यात्री” यस संग्रहका छोटा कथाहरू हुन्।

पहिलो कथा करिब उपन्यास प्रकृतिको रहेको छ। दोस्रो कथा पनि उपन्यास प्रकृतिकै रहेको छ। प्रथम कथामा १९३५ मिति तोकेर यसको रचना गरिएको छ। जुन कथा दस्तावेज प्रकृतिको देखिन्छ। यस कथामा विचारको प्रभाव सशक्त रूपमा व्यक्त गरिएको छ। कम्युनिस्ट पार्टीले पार्टी सदस्यहरूलाई देशको वस्तु स्थिति चर्चा गरेको देख्दा जुनसुकै पाठकले पनि वर्तमान स्थितिको नेपालको सन्दर्भ र तात्कालिन चिनियाँ परिवेशलाई तुलना गरेर हेर्दा हाम्रो परिवेश भन्दा चिनियाँ परिवेश नै जटिल समस्याबाट गुजि्रएको पाउँछ। प्रथम कथामा विचारको बढी प्रभावकारिता रहेको देखिन्छ। त्यसका साथै यस कथाले वैचारिक पक्षमाथि चर्चा गर्दै त्यसभित्र चिनियाँ समाजको जटिलता र जनताको स्थिति, क्रान्तिकारीहरूले समाज रूपान्तरणको लागि खेल्नुपर्ने र खेलेको योगदानलाई गम्भीर रूपबाट उठाइएको छ। कम्युनिस्ट पार्टी, त्यसका सदस्य पार्टीले लिएको ल73य, जनसंगठन सदस्यहरूको भूमिका सामाजिक स्थिति आदिका विषयमा सम्बन्ध र अन्तर बताउँदै दुश्मन कम्युनिस्ट पार्टीका बीचको अन्तरद्वन्द्व प्रस्तुत गर्दै यथास्थिति र परिवर्तन चाहानेहरूको वैचारिक स्थितिका माध्यमबाट जोडिएको प्रष्ट रेखा नै कम्युिनस्ट पार्टी सफलता हो। छापामारहरूका बीचमा परेका संकटहरू र चिनियाँ समाजले अपनाएको घरेलु परिस्थिति र उपचारका विषयमा “मौसम झन् झन् जाडो भइरहेको थियो तर हामीसित चाहिंदो लुगाफाटो थिएन र हाम्रो रासनपानी पनि सिद्धिन लागेको थियो।

कहिलेकांही कोही आएर भन्थ्यो “हाम्रो गोली गा सिद्धिन लाग्यो, टोली कमान्डर ज्यू घ् अरू गोलीगा पाउन सकिएला कि? अथवा अर्को कोही मानिसले मेरो अगाडि आएर यसो भन्थ्यो – कोही कोही कमरेडका घाउ पाकेर साहै्र दुख्न लागेका छन्। पाक्न नदिने नुनको झोल बनाउन यसो अलिकति नुन कहाँ पाउन सकिएला? मैले यी सारा चीज कताबाट हात लगाउने? यो स्थितिमा मलाई साँच्चिनै पीर पर्‍यो। यी अंशले पनि चिनियाँ समाजको जटिलतालाई राम्ररी प्रष्ट्याएका छन्। यसबाट यो स्पष्ट हुन्छ कि? चीनको कम्युनिस्ट पार्टी जटिलताका साथ जनसंगठन गर्न सफल भएको हो। जसले समाजको स्तर एवं पार्टी सदस्यहरूको वैचारिक स्तरमाथि उठाउँदै चिनियाँ समजामा देखा परेको जटिलताका गाँठा सजिलै फुकाएको। प्रतिकूल मौसममा पनि संघर्ष गर्न र त्याग र बलिदानको भावना विकास गर्न पार्टी सफल रहेको छ। जोस र जाँगर यस्तो देखिन्छ – “पहाडमा यसरी दुलामा मुसो थुनिए झैं अनिश्चित समयसम्म थुनिनुभन्दा त लडेर मर्नु नै जाति हो नि।”

यी वैचारिक भनाई उत्तेजक देखिन्छन्। जसले जनतामा उच्च मनोबलको विकास गदैृ पार्टी, जनता र क्रान्तिप्रति इमान्दार भएर चिनियाँ समाजमा बन्दी भएका जिन्दगीलाई उज्यालो उद्देश्य तर्फ लम्काउँदै जनतामा जीवन संचार गर्ने उच्च मनोबल र दृढ सहासको काम गरेका छन्। छापामारहरूले प्रतिक्रियावादीहरूलाई आफ्नो इलाकाबाट लखेट्दाको अवस्था यसरी चित्रण गरिएको छ – “घरमा पसेपछि हामीले रिक्ता कोठा बाहेक अरूथोक केही पनि हात लाउन सकेनौं किनभने घरका सारा मानिसहरू भागिसकेका रहेछन्। खाली पचपन्न साठी वर्षकी झुत्रा लुगा लाएकी एउटा बुढी भित्ताको एक कुनामा ढल्केर उभिरहेकी थिई।” यी भनाईबाट हामीले यो बुझ्न सकिन्छ कि १९३५ मा यति ठूलो रूपान्तरण हुनु आदर इलाका मजबुत हुनु, पार्टीले जनताका बीचमा संगठित रूपबाट काम गर्नु, जनतालाई आफ्नो पक्षमा लिनु, क्रान्ति हाम्रो लागि हो भन्ने धारणा जनतामा बस्नु, जनताले आत्मदेखि कम्युनिस्ट पार्टी प्रति विश्वास गर्नु, प्रतिक्रियावादी र जनताकाबीच हुने वर्गसंघर्ष प्रष्ट रूपमा देखा पर्नु जस्ता कार्यले कम्युनिस्ट पार्टी र त्यसको क्रान्तिकारी ल73यलाई सफलताको बाटोमा अग्रसर गराएको देखिन्छ। पृष्ठ ४ मा लेखिएको छ : “कसैले बोरामा अन्न भरे, कसैले नुन खोजे, अनि कसैले चाहिं यसो अलिकति सागसब्जीको अचार फेला पारे सबैजना कतै केही न केही चीज रहेको होला भनेर पिरोलिंदै हत्तपत्त खोज्न थाले।”

एउटा घरभित्र पस्दा छापामारहरूको क्रियाकलाप कुन प्रकारको थियो? घर छोडेर हिंड्नु पर्ने साहु महाजनहरूको स्थिति देख्दा कम्युनिस्ट पार्टीले चिनियाँ समाजको वर्ग विश्लेषण गरेर सही नेतृत्व गर्दै दुश्मनहरूलाई कसरी खेदिरहेको छ भन्ने स्थिति यी भनाइले बताउँछन्। जसलाई गहन रूपले हेर्दा युगौंदेखि जनतालाई शोषण गर्ने शोषकहरू कम्युनिस्ट पार्टीको आधार इलाकाबाट दिन प्रतिदिन भागिरहेका छन्। तिनीहरूले गरेका काला कर्तुतहरूको रहस्य यथार्थ रूपमा खुलिरहेको छ। “हामी लाल सेनाका छापामार हौं। तैंले हामीसँग के खोजेको होस्?” पेज नं. ६ मा लेखिएको छ : “यसबाट नेपालमा १० वर्षसम्म चलेको युद्ध तत्कालिन चीनमा चलेको युद्धका बीच मिल्दाजुल्दा परिस्थितिहरू देखा पर्छन्। सामन्तलाई थर्काउने स्थिति दुबै देशमा समान देखिन्छन्।” पेज नं. ६ लेखिएको छ : “मैले कैयौं लाल सेनाका छापामारहरूलाई देखेको छु, तर सरसामानका सच्चा मालिकलाई नसोधिकन गाउँलेहरूको सम्पत्तिमा हात हाल्ने एकजना छापामारलाई पनि देखेको छैन। यी अंशले अराजक प्रवृत्तिलाई नियन्त्रण गर्दै छापामारहरूलाई अनुशासित ढंगबाट जनतालाई संचालन गर्नुपर्छ।

जनताका बीच नराम्रा कार्य गर्नु हुन्न भन्ने विचार यहाँ व्यक्त गरिएको छ। पेज नं. ९ लेखिएको छ : “एकैछिन अघि तपाईले मलाई स्थानीय अत्याचारी ठान्नु भएको थियो र मसित सोही अनुसारको व्यवहार गर्न तपाईहरू तयार हुनु हुन्थ्यो नि। डरले मेरो त झन्डै सातै गयो। हेर्नोस्, तपाईहरूकी काकी सुद्धि नै हराउने गरी त बुढी भएकी छैन नि। आफूले गर्न लागिएको काम के कस्तो हो भन्ने कुरा राम्ररी नबुझकन म कहिल्यै पनि कुनै काम गर्दिन।” यहाँ आफ्नै साथीका बीचमा चिनजान नहुँदाको समस्या व्यक्त गरिएको छ। यसले छापामारहरूको स्थिति र स्थानीय जनताको स्थिति, दुश्मनी र क्रान्तिकारीहरू बीचको भेद एउटाले अर्कोलाई नचिन्दाको अवस्थामा हुने जटिलता यहाँ चर्चा गरिएको छ। जसले छापामारहरूको स्थिति राम्ररी प्रष्ट्याउँछ। पेज नं. १० लेखिएको छ : उसले घाइते गोडो टेक्न नसक्ने हुनाले हातमा र घुंडामा फाटेका जुत्ताका चारवटा तलुवा बेरेर उसले एक एक इन्च घसि्रंदै जानुपर्थ्यो। दिउँसो दिउँसो उ कि त जंगलमा सुत्थ्यो कि त चिहानधारीको कुनै खाल्डोमा लुक्थ्यो। अनि रात परेपछि ऊ झारपातले ढाकेको पहाडी गोरेटोमा घसि्रंदै जान्थ्यो। वासका तामाका जरा अथवा सखरखन्ड खानेर उ पेट भर्थ्यो। पहाडका झर्नाको पानी अंजुलीमा थापेर पिउँदै तिर्खा मेट्थ्यो। चार पाउ टेकेर अगाडि बढ्दै भोक, जाडो र अरू दुःख कष्टहरू एक महिना भन्दा बढी यसरी प्राण धानेपछि ऊ झन्डै आफूले तोकेको ठाउँमा पुग्यो।” यहाँ प्रस्तुत गरिएका कारूणिक विचारले घाइतेहरूले पनि क्रान्तिमा खेलेको भूमिका महत्वपूर्ण रहेको छ। अपांगताभएका व्यक्तिहरू जीवनको प्रवाह नगरी घाइते अवस्थामा पनि पार्टी र क्रान्तिप्रतिको दृढ विश्वासले उज्जवल सम्भावना, आशावादीता जस्ता विचारले क्रान्ति सफल हुन्छ भने धारणा प्रष्ट्याउँदै घाइते छापामारहरूले गरेको सहासको परिणाम र क्रान्तिप्रति देखाएको सच्चा भावना यहाँ चर्चा गरिएको छ। पेज ३५ लेखिएको छ : “उहाँले एक्लै बैरीलाई छेकेर बस्नु भएको छ अनि उहाँ घाइते हुनुभएको छ” उसले सुक्कसुक्क रूँदै भन्यो।

यो कुरा सुन्दा मेरो थाप्लोमा बज्र चड्के झैं लाग्यो र मेरो मथिंगल फन्फनी घुम्यो। अनि मलाई मेरो मुटु फुटे झैं लाग्यो।” यी विचारहरूले मित्रताको गहिरो स्थितिको बोध गराउँदै छापामारहरूका बीच देखापर्ने हार्दिक प्रेम उच्च प्रकारको मानवीय सम्बन्ध एक अर्काको पींडाबोध मायाममताको अघात स्नेह पार्टी र क्रान्तिको अगाध वर्गीय सम्बन्ध र प्रेम तिनीहरूका बीचमा देखा पर्ने प्रेम र न्यानो वास्तविकता आदिले एकअर्काका बीच वर्गीय प्रेमका माध्यमबाट जोडिने मानवता र उच्च प्रकारको हार्दिकता एक अर्काको बीच नशा नशामा एक अर्कामा घुलिएको अवस्था यथार्थमा प्रस्तुत गरिएका छन्। छापामारहरूले आफ्ना हतियारको प्रसंग यसरी उठाएका छन् “तपाईको बन्चरो ठीक छ?) “ज्यू.मेार बन्चरो त शुद्ध इस्पातको हो नि। पेज नं. ४० लेखिएको छ : यसरी यस कथामा चिनियाँ समाजको सही विश्लेषण गर्दै पार्टी क्रान्ति छापामार, दुश्मन र क्रान्तिकारी तात्कालिन समाज आदिलाई वर्गीय विचारमा प्रस्तुत गर्दै कम्युनिस्ट पार्टीको चिनियाँ समाजप्रतिको जिम्मा, छापामारहरूको इमान्दारिता, विचार र सिद्धान्तप्रतिको आस्था, नेतृत्व र पार्टीप्रतिको विश्वास कठिन संघर्ष आदि यो लामो कथाका विशेषता बनेका छन्। यसका साथै वीरता, त्याग र बलिदान क्रान्तिप्रति जीवन समर्पण गर्ने योद्धाहरूको उच्च मनोबल सामाजिक एवं छापामारहरूको भोगाई तिनीहरूका बीचको हार्दिक प्रेम, हतियारका माध्यमबाट प्रेमको जन्म आदि यस कथाका विशेषता रहेका छन्। यसै संग्रहभित्रको दोस्रो कथा “छापामारहरूलाई अन्न पठाउँदा” उत्तिकै रोचक छ।

जसले क्रान्तिअघि बढ्दा देखा पर्ने जटिलताका विषयमा चर्चा गर्दै समस्याको समाधान विश्लेशणात्मक रूपबाट समाधान गर्दै कम्युनिष्टहरूको बृद्धि, विचारको इस्पातिलो धारले तिर्खारिएको हुन्छ। जसका सामु पैसाका मात लागेको यथास्थितिवादीहरू सहजै धुलोमा मिल्किन्छन् भन्ने विशेषता यस कथामा बौद्धिक प्रस्तुति दिई चर्चा गरिएको छ। कथामा भनिएको छ “क्रान्तिकारी उद्देश्यको लागि म तरवारको पहाड चढ्न पनि सक्छ” (पृष्ठ ४८) क्रान्तिकारी योद्धाको क्रान्तिप्रतिको आस्थालाई सामाजिक समस्याले छेकबार लगाउन खोज्छन् त्यो समयमा तिनीहरूले कसरी खाना पकाएर खान्थे भन्ने विषयमा यसरी बताइएको छ। पेज नं. ५० लेखिएको छ : “चामल राम्ररी पखालेर पानीसँगै तिनमा हालिन्थ्यो अनि ती ढुंगालाइई आगामा घुसारिन्थ्यो। ढुंग्रो आधासरो डेढपछि भात पाक्थ्यो केही समयसम्म त मेरो काम बडो सुचारू रूपले चल्यो। छापामारहरूले युद्धको बेला जंगलमा खाना पकाउँदा कुन रूपबाट पकाउँथे, कसरी यति राम्रा रहस्यहरू पत्ता लगाए होलान् यी अनुभवहरू तिनीहरूका जीवन भोगाई हुन् संकटको बेला गरेका अनुभव हुन, बाँच्नका लागि गरिने प्रयास हुन्। अप्ठेरोको बेला अपनाइने सीपयुक्त कला हुन्। जहाँ जीवनको कार्यदक्षता मूर्त रूपबाट प्रकाशित भएको छ। यस कथामा मानव अनुभव यसरी बताइएको छ।

पे. नं. ५२ लेखिएको छ : “धेै जसो कामरेडहरूको कन्दमुल र रसिलो घाँसका जरा खाएर निर्वाह चलाउनुपर्ने भयो। अब त्यो पहाडमा हामीले नचाखेको हरियो रूख एउटासम्म पनि बाँकी थिएन। जंगली जटिबुटीहरू, च्याउँहरू, बासका तामा र झारपातहरू, रूखका बोक्राहरू घाँसका जराहरू साराका सारा चीज हामीले चाखिसकेका थियौं। हामीले जंगली जन्तुको शिकार पनि खेल्यौं र खोलामा माछा गंगटा संगटा पनि समात्यौं।” यस कथामा चिनियाँ समाज निर्माण गर्नका लागि क्रान्तिकारी योद्धाहरूले तात्कालिन अवस्थामा क्रान्तिका लागि के कस्ता अनुभव गरें। प्रकृतिसँग तिनीहरूको लामो सम्बन्ध उपयुक्त अनुपयुक्तको वास्ता नगरी जीवन पाल्नका लागि प्रकृतिमा रहेका हरेक बनस्पतिहरू चाखेर अनुभव गरे जसको सम्बन्ध क्रान्तिसँग रहेको छ। पेज नं. ५४ लेखिएको छ : “मलाई देख्दा मेरी जहान चकित भई। मैले लामा दाह्री पालेको थिए र म लंगडो भएको थियो। उसलाई त म साँच्चि नै अपांग भएछु भन्ने लागेछ। उसले मेरो झुत्रा लुगा बेरेको लंगडो खुट्टो मुसारी र विचरी झन्डै पो रोइ। मैले खुट्टो सोझ्याएँ अनि म जुरूक्क उठे त्यसपछि मैले हाँस्दै भने, मैले त बैरीहरूलाई छक्याएको सम्म न हुँ।” दुश्मनहरूलाई झुक्याएर बच्नको लागि क्रान्तिकारीहरूले कस्ता किसिमका रहस्यमय नाटक देखाउँथे जसलाई दुश्मनहरू सहज पत्याउँथे। योद्धाहरूले गरेको अभिनयबाट दुश्मनहरू मानसिकरूपमा पराजित हुन्थे।

जसले क्रान्ति र पार्टीलाई पूर्णरूपबाट समर्थन गर्दै जनघात गरेका छैनन्। दुश्मनहरूबाट बचेका छन्। पेज नं. ५५ लेखिएको छ : “मैले त यस्तो पो खाने गरेकी छु। उसले जंगली झारपातका रूखका बोक्रा मिसाएर पकाएका दुई टुक्रा रोटी मलाई देखाई। ती रोटी कति कडा थिए भने तिनलाई फोर्न पनि निकै मुश्किल पर्दथ्यो।” छापामारहरूको परिवार मिठो मसिनो खाने बेलामा यसप्रकारको जीवनशैली अपनाएर क्रान्तिको बाटो कठिन छ। सहज रूपमा क्रान्ति हुन्न ज्वार भाटाका विरूद्ध संघर्ष गर्न सजिलो छैन हरेक परिवारले असल अनुशासन सिक्नुपर्छ। समस्या समाधान गर्न सिक्नुपर्छ। परिस्थिति अनुकूल सामाजिक व्यवहार गर्न सिक्नुपर्छ। प्रतिकूल समयलाई अनुकूल बनाउन सिक्नुपर्छ भन्ने दृष्टिकोण यहाँ प्रस्तुत गरिएको छ। जसले चिनियाँ समाजको तत्कालिन अवस्थाको जनजीवन राम्ररी प्रस्तुत गरेको छ।

कथामा अगाडि लेखिएको छ पेज नं. ५६ लेखिएको छ : “उता पहाडका मानिसहरू कठोर संकल्पसाथ आफ्नो संघर्षमा डटेका थिए अनि यता गाउँका मानिसहरू पेटमा पटुका कसेर तिनकालागि अन्न जोगाइरहेका थिए। पहाडमा अन्न पठाउनु परेको थियो तर यो सियोधागो झैं खल्तीमा हालेर पठाउन सकिने खालको चीज थिएन” यी अंशमा पार्टीको फलामे अनुशासन क्रान्तिकारीहरू बीचको हार्दिकता कति सुन्दर ढंगबाट गरिएको छ। यी अंशले पार्टीको निर्देशनलाइ बिना हिचकिचावट लागु गर्ने आफ्नो कार्यक्षेत्र सफल तुल्याउने दृष्टिकोण साथै संघर्षको बेला खाद्यन्नको महत्व र लड्ने लडाकुहरूलाई गर्नुपर्ने सहयोग कति हार्दिकतापूर्वक गरिएको छ। पेज नं. ५६ लेखिएको छ : “हाम्रो घर अगाडि एउटा खाल्डो खन्ने जुक्ति निकालेकी थिइ। मैले दिउँसो दिउँसो त्यो खाल्डोमा बस्नुपर्थ्यो अनि रातीराती काम गर्न बाहिर निस्कनुपर्थ्यो। खाल्डो खन्ने काम तत्कालै शुरू भइहाल्थ्यो। मैले हुङछिलाई डाकेर उसका कानमा साउती गरें। आइज हामी घर पछाडि आओ र तेरो बा बस्ने एउटा खाल्डो बनाऔं। यहाँ भूमिगत शैली कसरी अपनाइन्थ्यो। स्वतन्त्रपूर्वक डुल्न पाउने मावनले प्रतिक्रियावादीहरूसँग बच्न अपनाएका जुक्तिहरू कुन रूपका थिए भन्ने विषयमा राम्ररी बताइएको छ। कथामा अगाडि भनिएको छ : “अब त्यो दाउराको थुप्रो जस्तो देखियो तर त्यसमुनि चाहिं साँच्चि नै मेरो सुत्ने कोठा थियो।”

यहाँ एउटा बालकलाई प्रेरणा दिएको प्रसंग यसरी उठाइएको छ : “छोरो हाम्रो देशलाई सुत्केरीको बेथा लागेको बेला तैले बडो कष्ट काटेको छस्। क्रान्तिको जीत गराउन कति गाह्रो छ तँलाई थाहै छ? पार्टी र जनताको लागि तैले भ्याएसम्म गर्नुपर्छ। लौ हाम्रो देशको विकास गरौं र यसलाई हाम्रो पुरानो आधार इलाका भन्दा राम्रो बनाऔं।” “तिनले दुःख झेलेका हुनाले नै आज नयाँ पुस्ताले यो चैनको जिन्दगानी जिउन पाएका छन्। यस कथामा परिवार र क्रान्ति रोज्नुपर्दा परिवारभन्दा क्रान्ति रोज्ने योद्धाको भनाई यस्तो रहेको छ : “मैले मनमा कुरा खेलाए लाखमा एक बराबरको छ यो छोरो। अनि मैले जहानलाई के भन्ने होला नि? तर अर्को उपाय नै केही थिएन छोरो अनमोलको चीज हो तर क्रान्ति त्यो भन्दा अनमोलको छ। सके उसको ठाउँमा लिन सकूँला। तर उसले मेरो ठाउँ लिन सक्दैन।” जनताबाट उठाएको अन्नका विषयमा छापामारहरूको भनाई यस्तो रहेको छ “यो त अन्न होइन मानिसहरूको हृदय हो। हामी क्रान्तिकारी पल्टन हौं। हामीले अडिग भएर संघर्ष गर्न सकौं र क्रान्तिको जीत बाजीको निम्ति काम गर्न सकौं भनेर जनताले हामीलाई भोजन दिने गरेका छन्।”

“सातकाँटी सलाई” यस कथा संग्रहको तेस्रो कथा हो। जुन कथामा वर्षाले निथु्रक्क भिजेका छापामारहरूलाई आगो प्राप्त नभएको अवस्थामा शरीरको लुगाको भित्री तहमा नभिज्ने बस्तुले बेरेर राखेका सात काँटी सलाईको महत्व यस कथामा प्रभावकारी ढंगले गरिएको छ यो कथा जति वैचारिक छ त्यति कलात्मक छ। भावनात्मक सम्बन्ध सशक्त रूपमा रहेको छ। चौथो कथाभित्र छापामारको जीवनशैली जीवनको अन्तिम घडीसम्मको लडाईं जोश, उत्साह र उमंग राम्ररी प्रस्तुत गरिएको छ। यस कथा संग्रहभित्र जे जस्ता कथा रहेका छन्। ती सबै उत्कृष्ट छन्। चिनियाँ समाजको यथार्थ चित्रण देख्न सकिन्छ। जीवनका तीतामिठा अनुभव सुन्दर ढंगबाट गरिएको छ।

समाज र संसार बदल्ने भावना जीवनसँग गाँसिएका छन्। मानिसको चेतनास्तर उच्च मनोबल लङ मार्च जस्तो ऐतिहासिक पृष्ठभूमि सामाजिक संकट, हार्दिकता, वर्गद्वन्द्व, पार्टीको नीति, अनुशासन, नयाँ समाजप्रतिको आस्था यस कथाका मूल विशेषता बनेका छन्। विचार र भावना सन्तुलित रूपमा रहेका छन्। कतै पनि दाँतमा ढुंगा लाग्दैनन्। विचार र कलाको सम्बन्ध दरिलो छ। वस्तुवादी ढंगबाट प्रस्तुत गरिएको छ। कथाका पात्रहरू क्रान्ति अनुकूल छन्। यसरी यस कथा संग्रहले तत्कालिन चिनियाँ समाजको परिस्थितिलाई छर्लङ पारेको छ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १३ – २०६७ फागुन ४ गते, बुधबार)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.