मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन ।
————————————————————————————————
“के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”
यस्तै केहि भनेकी थिई, एकदिन उसले मलाई । अचानाकको उसको यस प्रश्नले, थाकेर उसको छातीमा टाउको राखेर सुतेको मैले, टाउको मात्र उठाएर उसलाई सोधेथें, “किन, के भो र?”
“केहि भएन, त्यसैले त !”
“कस्तो केहि भएन ? फेरी के भनेको दासी ? मैले कहिले तिमीलाई दासको जस्तो गरें र ?”
“जहिल्यै गर्छौ !”
“कहाँ ?”
“यहीं, यसै खाटमाथी !”
“कसरी ?”
“त्यो दास नै त हो नि, जसको इच्छा, चाहानाको ख्याल नगरी आफ्नो स्वार्थ मात्रै उसमाथी लादीन्छ !”
“मतलब ? के यो सबै हामी दुबैको इच्छामा भएको हैन र ?”
त्यसपछि उ केही बोलीन । जानेबेलामा चै तिखा सुईराहरुले मेरो मुटुमा घोपेर गई,
“तिमी यौनको मामलामा कमजोर छौ !”
——————————————————————————————
त्यसपछी उसको र मेरो पहिलाजस्तो सम्पर्क भएन । भेटघाट त हुन्थ्यो दिनहुँ जसो नै, तर मैले ठाडो भएर उसलाई हेर्न सकिन । लघुताभासले मलाई पलपल सताइरहयो । किन, कसरी जस्ता प्रश्नहरुले मलाई सधैं ऊ संगका संपर्कहरु केलाउन बाध्य पार्दथे । के मैले चुम्बन गर्न जानीन ? गर्ने त त्यसरी नै हो जसरी म उसलाई अंगालोमा बाँधेर उसका माथील्ला ओठलाई आफ्ना ओठहरु बिच दाबेर जीब्रोले खेलाउँथें । त्यसपछि तल्लो ओठ, त्यसपछि माथील्लो ! समय ?? ५-७ मिनट, त्यो भन्दा बेसी कति गर्ने ? हैन मेरो चुम्बनमा कसैले खोट लगाउन सक्दैन !! त्यसोभए ?? त्यसपछी म उसका बक्षहरु एक एक गर्दै खेलाउन थाल्थें । अँ, त्यसबेला ऊ चैं मेरो टाउकोलाई अँठयाएर मेरो मुख उसका बक्षहरुको बिचमा गाडथी । म पनि झन उत्तेजीत भएर साथ दिन्थें । हो त, मैले त साथ पो दिएँ त, कसरी उसले दासी बनाएको भनी ?
त्यसपछी ?? हामी बिभीन्न आसनमा समागम गर्थ्यौ । आसन ?? के हामीले सल्लाह गर्यौ ? हैन, त्यसमा चै म उनलाई चाहेअनुसार मिलाउँथें । के यो मेरो गल्ती हो ? मन नपरेको भए उसले त्यसबेला नै मलाई रोक्न सक्थी । त्यसोभए ?? मेरो लींगको आकार ? सानो त हैन, तर भएपनि यसले फरक नपार्नुपर्ने ! उसोभए मेरो शरीर ?? हो, होचो, दुब्लो त छु, तर मेरो यही शरीर उसलाई मन परेको थीयो । कसरी पहिलो भेटमै हामी आशक्त भएर एकअर्कामा समाहीत भएका थीयौं । ऊ भन्ने पनि त गर्थी, “होचा मान्छे गँठीला हुन्छन् !” त्यसोभए के त ? के ? के ? प्रश्नहरु आइरहन्थे तर ठोस उत्तर मैले कहिल्यै पाइन ।
——————————————————————————————–
“त्यसोभए तिमी मसंग बिहा गर्न राजी हैन ?” मैले यसरी सोद्धा मेरी हुनेवाली श्रीमतीले मुन्टो हल्लाएर स्वीक्रीती दिएकी थिइ । हो म आबेसमा आएर हतारमा बिहे गर्दै थिएँ । मलाई “तिमी यौनको मामलामा कमजोर छौ” भनेर हिंडेको केही महीनामै ऊ फेरी मेरोमा आई र हातमा कार्ड थमाउँदै भनी “अर्को महीना मेरो बिहा हुँदैछ, आउनु ल । वहाँलाई पनि भेटेर जानु !” भनाइ सुन्दा यस्तो लाग्थ्यो ऊ यौनको मामलामा एकदम आदर्श केटोसंग बिहा गर्दैछे र मलाई पनि देखाउन चाहान्छे । म चै के कम, के म बिहा गर्न सक्दिन ? केटी खोजी, कुरा छिनी मेरो बिहा उसको भन्दा एक हप्ता अगाडी नै हुने भयो । म पनि उसलाई बोलाउन गएँ । हो, त्यसैबेला त हो, मैले कार्ड हातमा राखीदिंदाको उसको त्यो कुटील मुस्कान म कहिल्यै बिर्सन सक्दिन । जीस्क्याएजस्तो, खिसी गरेजस्तो, भनीरहेजस्तो, “बिहा गरेर के भो त ? तिमी यौनको मामलामा कमजोर नै छौ !”
————————————————————————————-
मलाई आफैं थाहा छैन, यस्तो दिनमा यो सब म किन सोचीरहेछु । आज मेरो बिहा ! तल पार्टी हलबाट बिदावारी भएर म आफ्नो कोठातर्फ लम्कदैछु, तर सधैं हींडने यो बाटो आज किन यती लामो ! साथीहरुकै करमा आँट आउँछ भनेर १-२ पेग पनि लगाएकै हो, फेरी किन यी खुट्टा काँम्दैछन् ? हो, तर मैले त्यो सँग बदला भनें पक्कै लिएँ, त्यसको भन्दा चाँडो बिहा गरेर । ऊ पनि त भुटभुटींदै होली ! तर किन ? न हामी प्रेमी-प्रेमीका, न हाम्रो बिहा गर्ने योजना ! हामी त मात्र एक अर्काको, अझ उसको अनुसार त मेरो मात्र, शारीरीक इच्छा पुरा गर्दै थीयौ । ऊसलाई केही हुँदैनभने मलाई चै किन यस्तो ? ए, अँ, हो त, मैले त उसलाई म यौनको मामलामा कमजोर छैन भनेर देखाउनु छ !
घड्याङ !!! धत्तेरीका, मैले त सधैकै जस्तो पो ढोका खोलेंछु, यादै नगरी कि आज त यहाँ मलाई कोही कुरेर बसेको छ । छ्या, यो बिहा को दिन पनि के के सोचेर बसेको म पनि, होसै उडने गरी ! ऊ शायद निदाएकी थीइ, झसंग भइ अनी सक्पकाउँदै उठी । मधुरो बत्तीमा पनि कती उज्यालो अनुहार, आहा ! चौडा निधार, सुलुक्क परेको नाक, टुपुक्क गाला, आहा मेरी श्रीमती, मेरी मायालु, कती राम्री ! प्रतिशोधको पर्खालले कस्तरी छेकेछ मेरो आँखा, मेरी श्रीमती, तिमी यती राम्री रैछौ, मैले देखेकै थीइन । एक्कासी मेरो मनमा उनका प्रती अपार माया उर्लेर आयो !!!
————————————————————————————-
बिहानीको सुर्यको किरणमा जब मैले मेरी श्रीमतीको तृप्त अनुहार देखें, मनैबाट नीस्कीयो, “मेरी रानी, I Love You” । त्यसै बेला याद आयो, “तिमी यौनको मामलामा कमजोर छौ” । अहो, त्यसबेला ऊ संग मैले शारीरीक संपर्क त गरें, तर माया ?? अहँ !! साँच्चै नै हो रैछ उसले त्यसबेला भनेको “तिमी यौनको मामलामा कमजोर छौ”।
(स्रोत : Manoj’s Blog)