कथा : भुन्टी

~सिता बराल~Sita Baral

पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए कता होला नि त्यो ? पल्लाघरे काका अरब कालेको बा दुबई बासघाँसी ठुला बा

हङकङ ऊ त्यो छुचि छ नि मलाई मनै नपर्ने काली त्यसको बा पनि अरब हो रे ! हजुर त कता हो कता, टाढा होला हगि आमा ? किन नी हजुर मात्र त्यहाँ ? आमाहरु त्यहाँ जानु हुन्छ क्या … आमाहरुले मात्र काम गर्ने ठाऊ होला नि होईन त आमा …. ? टाउको हल्लाउदै भुन्टेले सोध्यो ठूली उत्तरविहिन भएर उनीहरुका कुराहरु सुनिरहन्छिन । सबै जनाका बा हरु जान्छन हाम्रो त हजुर, किन नी …. ? बा लाई जान भन्नु न … अनि यँहा अरुको आमाले जस्तै हजुरले हामीलाई घुमाउन लैजाने मिठो मिठो खान दिने राम्रा राम्रा लुगाहरु किन दिने गर्न हुन्थ्यो नी ! अनि नि आमा बिर्सीने होईननी फेरी अहिलेको दशैमा टँुडीखेलमा मैले रोजेको च्याङग्रो कति ठूलो थियो । हजुरले अर्को दशैमा है बाबु भन्नु भएको छ नी। हामीहरुलाई केके ल्याईदिनुहन्छ नी ? भुन्टी लाई ठुलो गुडिया भए हुन्छ म त त्यतीबेला सम्म ठुलो भईसक्छु मोटरसाईकल है , हुन्न त भुन्टी ? भुन्टीले हुन्छ भन्दै टाउको हल्लाउछे । ठूली वाल्लपरेर उनीहरुका माग र रहरहरु सुनिरहन्छिन । होइन आज सुत्नै नपर्ने रहेछ की क्याहो, छोराछोरी संँग गफ गरेर बसेकी छौ त । भित्तामा घडी हेरत कति बज्यो ? कमसेकम छोराछोरी लाई समयमा सुत्न त दिनु पर्छनि । भोली स्कूल जाने बेला सम्म सुतिरहन खोज्छन फेरी यिनिहरु पल्लो कोठाबाट भुन्टेका बा कराए । भान्छा कोठामा कुरागरेर बसेका सबैजना पल्लो कोठा तिर लागे ।

भोली त जाने दिन, छोराछोरी लाई सम्झाएर छाडन पाए भनेर …. नत्र पछि सातो जान्छ भन्छन । हजुर सुत्नु म एकछिन यिनिहरु संग कुरा गर्छु । यति भन्दै ठूली छोराछोरी लिएर फेरी भान्छा कोठामा नै गईन । ठूलीको मनमा अनेक कुराहरु खेल्न थाले । परदेशको यात्राभन्छन समयले कहाँ सम्म पुर्याउने हो न भाग्यमा त्यहीदिन नै परिवार संगको अन्तिम पो लेखेको छ की ? थोरै समय होईन पाँचबर्ष भनेको । यतिबेला सम्म आफ्नै हातले सुसार गरेर हुर्काए । कहिले यिनिहरुका आँखाबाट आँसु बग्न दिइन । जे मागे पनि दिनसके दिन्थे नत्र फकाएर भए पनि खुशी नै राखेकी थिए । स्कुल बाट आएपछी गृहकार्य गराउन लगाएर खेल्न पठाउँथे फर्केर आउदा संगै खान्थ्यौ र सुत्ने बेलामा शिशिर बसन्त, रामायण र स्वस्थानीका कथाहरु सुनाउथे । स्वस्थानीका पात्र नवराज साह्ै मन पथ्र्यो यिनिहरुलाई । शिशिर बसन्तका कथामा यिनिहरुले आफ्नो आमा नभएपछी पाएका दुःखहरु सुनेर बिचरा ……..है आमा भन्थे । भोलीबाट खै यि कामहरु कस्ले गरीदेला यिनिहरुलाई । लोग्ने मान्छे बारका दाउरा हुन भन्छन । माया त साह्ै गर्छन नि तर मैले जस्तै खुशी राख्न सक्लान् र ….. ? छोराछोरीलाई धेरै सम्झाउन मन लागेको थियो । तिमिहरु ज्ञानी बन्नु, बाबालाई दुःख नदिनु, भनेको मान्नु स्कुलमा धेरै नचल्नु, वल्लोघर पल्लोघर का साथीहरु सबै संग मिलेर खेल्नु है…..? यति भन्दा भन्दै ठूलीको मुटुमा भक्कानो परेर आयो दुवैलाई च्यापेर रुन थालिन । आमा , बाहिर जाँदा कहाँ जाने भनेर सोध्नु हुदैन अनि रुनु पनि हुदैन, रोयो भने काम बन्दैन र बिरामी परिन्छ भन्नु भएको होईन हजुरले हामीलाई ? हामी त रुदैनौ हगि दादा ? हजुर टाढा जानु हुन्छ, विरामी पर्नु भयो भनेनी …. हजुर पनी नरुनु है भन्दै आशु पुछी दिन्छन । मैले भनेका कुराहरु सम्झिरहनु र त्यसै गर्नु है, ल हिड सुत्न जाँउ । भुन्टीले आफ्नो कुरा दोहोर्याई, आमा म तीनमा जादा आउनुहुन्छ हैन त …? हो बाबा हो कति त्यही मात्र सोधीरहेकी ।

यता भुन्टेका बा पनि कहाँ निदाउन सकेका छन र ओछयानमा यता उता पल्टदै सोचिरहेका छन । उनको जीवनमा हरेक दुःख सुखमा आफ्नो प्राण भन्दा बढी माया गर्ने ठूली परदेश लाग्दैछ । उनले पनि पठाउन चाहेका त थिएनन । ब्यवहार बिग्रीर्दै गयो । देशको स्थीती सुध्रीएला र केही गरौला भन्दाभन्दै सबै गुमीसक्यो । भान्छामा आमासंगै छोराछारीले बालाई पठाईदिनुन हजुर किन जाने नि भनेका कुराहरु र ठूली चुप बसेको थाहा पाएर उ ओछ्यानमा एक्लै रोएका थिए । छोराछोरीले भनेका कुराहरु सही थिए तर बिचराहरुलाई बा जान खोज्दा धरै पैसा डुबेर ब्यवहार बिग्रीएको के थाहा । अब ठूली पनि न जाने हो भने यही भएको बास पनी बेच्नु पर्ने हुन्छ । त्यसपछिका दिनहरु कसरी बित्लान् सम्झदा पनी अतालिन्छन् । ठूलीले केही बर्ष दुःख गरी भने पछी त सुखका दिन आउलान् नि भन्ने सम्झेर दुवैजनाको सल्लाहले ठूली विदेश जान लागेकी हुन । रामेले ठूलीसंग केही भन्न चाहेका थिय तर मुटुमा भक्कानो परेर आयो केही बोल्न सकेनन् भित्ता पट्ी फर्केर शिरानी भिज्ने गरी रोईरहे ।

ए आज त ठूली परदेश जाने दिन हो, छिटो छिटो घरको काम सकेर हेर्न जानु पर्छ भन्दै पधेर्नीहरु हतार हतार गरिरहेका थिए । ठूली र रामे भने एक अर्काको अनुहार हेर्न समेत सकेका थिएनन् । उनीहरुको मन चुक छरिए जस्तै अँधेरो थियो । ठूलीको विदाइको लागि घर भरी इष्टमित्र आफन्त र छरछिमेकीहरु जम्मा भएका थिए । आठ बजेर दश मिनेट जाँदा सुभसाइत छ रे पल्लाघरे पण्डीत बाजेले भन्नुभएको भन्दै रामे आईपुगे । सुभदिनको सुभयात्रा भन्दै रातो अक्षता लगाईदिइन सासुले । नन्द र भान्जा भान्जी हरुले फुल हातमा दीए । ठूलीले पनी भान्जाभान्जी र छोरालाई टीका लगाइदिइन् । छोरी भुन्टीलाई देखीनन् । आँखा भरी बादल लागेर दिननै अध्यारो भएको थियो बिचरीको लागि । होईन भुन्टी देख्दीन नी कता गईन । भिडको बिचबाट कसैले देखाए ऊ ….. उनी त कौसीमा साथीहरुसंग रमाउदै घरमा जम्मा भएका सबैलाई हेरेर बसेकी रहीछीन । बोलाएर टिका लगाई दिइन भुन्टी दगुर्दै पहिलेकै ठाउमा गएर बसिन । जतिबेला भुन्टीले आमालाई हेर्थिन । उनको प्रश्न त्यही थियो म तिनमा जाँदा हैन त ?

आँखा बाट आशु झार्दै विदा भईन ठूली । रामे यएरपोर्ट सम्म पुर्याउन आए । भित्र पुगिसके पछि ल त है भन्दै रामे निस्के ठूलीले पछाडी फर्केर हेर्दा उनी टाउको निहुराउदै आशु पुछदै बाटो काटिसकेका थिए । एयरपोर्ट बाट प्लेन उडेर नेपाल छोडदै थियो । ठूलीले आँखा चिम्म गरेर सबै भगवान संग आफ्नो परिवारको रक्षागरिदीनु भनेर प्राथना गर्दै हात जोडीरहेकी थिईन् ।

आकाशको उडान सफल भयो । निश्चित समयमा नै ठूलीले सकुशल काम शुरु गरीन । सबैै परदेशी साथीहरुको जस्तै दुःख पिडाहरु संगै घर र परिवारको सुखद भविष्यको कल्पना सहित काममा उपस्थित हुन्थिन । परिवार विछोडको सम्झना ताजै थियो तर पनि आफ्ना दुःख सम्झेर सबै बिर्सन बाध्य थिईन उनी । विस्तारै विस्तारै ब्यवहार छाँटिदै गएपछी भने अली आत्तिन छाडीन । अब भने हरेक सम्झनामा प्यारा छोराछोरी र लोग्ने लाई भेट गर्ने दिन गन्दै बसेकी थिईन । दशंै लागेको बेला पोहोरको दशैमा छोराले टुँडिखेलमा रोजेको च्याङग्रो किनीदिनु, बजार घुमाईदिनु, रोजीरोजी कपडाहरु किनीदिनु भुन्टीलाई पनि खुशी राख्नु है भन्नुपर्यो भन्दै फोन गरिन । भुन्टीका बा बाख्रालाई घाँस काटन् गएछन । भुन्टे पनि बा संगै गएछ । भुन्टीले फोन उठाइन । आमा दशैमा बाले दादाले रोजेको च्याङग्रो र मलाई ठुलो गुडिया किनीदिन्छु अनी बजार पनि घुमाई दिन्छु भन्नुभाको छ । अब हजुर आए हुन्छनी त । हामीलाई केही पनि ल्याउनु पर्दैन । दशैमा जसरी पनी आउनुु है ? मलाई कस्तो देख्न मन लाछ हजुर लाई । उही चन्चले बानी, फतफते तोतेबोली सुनिरहन्छिन ठूली । बाबा मलाई देख्न मन लागेको बेलामा मैले पठाएको फोटो हेर है ? आमा आमा त्यहाँ त पाईन्ट लगाएको छ, यहाँ आउदा त साडी लाउनु है नत्र त सबैले गिज्याउछन नि । भुन्टीका कुराहरु नसकिदै फोनकार्ड सकियो । त्यो दिन ठूली काममा गईन ।

रामेलाई घरको आईमाईको काम देखी सबै धान्न धौ धौ भएको थियो । जति वेला पनी उनि व्यस्तनै थिए । रामे संग ठूलीले दशैको बारेमा केही भन्न पाएकी थिइनन । छुट्ी मिलाएर अर्को हप्ता पनि फोन गरिन । त्यो दिनमा पनि उनले भुन्टे र रामेलाई भेटन सकिनन फोनमा उनै प्यारी छोरी भुन्टी मात्र थिइन आज पनी । खै आजत के भएछ फोनमा नै रुन थालिन भुन्टी । छोरी रोएको सुनेपछि ठूलीको मन के थामिन सक्थ्यो र किन बाबा किन रोएको भन त के भयो ? अब दशै आउन लागेको छ, स्कुल पनी छुट्ी हुन्छ, बाले घुमाउन लैजानु हुन्छ । त्यहाँ तिमि रोयो भने म पनी रुन्छु, नरोउ है छोरी । भुन्टी रुदै … आमा हजुरले म तिनमा पुगेपछी आउछु भन्नु भएको हौईन त ? त्यसैले म आज तिनमा गएर बसेकी अनि मिसले निकाली दिनुभयो । कति छुच्ची मिस हगि आमा । भोली त विहानै गएर मिसले नदेख्ने गरी पछाडी बेन्चमा गएर बस्छु अनी हजुर आउनु है ……

समाप्त

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.