~गीता पन्थ~
एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले
सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस
मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन । बिर्सनकालागि
गरिएका अनेकन प्रयासहरूले मलाई जिस्क्यारहेका थिए । बिर्सन्छु भनेर
मात्र कहाँ सकिँदो
रहेछ र मन भित्र गाँसिएको मान्छेलाई, जति भुल्ने कोसिस गर्यो, उति झन् संझिने
पीडाबाट म कहिल्यै पनि मुक्त हुन सकिन । चाहरे नचाहरे जीवनका थु प्रै साँझहरू ति म्रो
रित्तो पखाइमा बिताएँ मैले । तिमीलाई निक्कै मनपर्थ्यो हगि घाम अस्ताएको हेर्ने । चराहरू
चिरविराउँदै गुँड (घर) तर्फ उडको शीतल हावा सुनसान हरियो चौर अनि तिमी र म ।
‘राज मलाई पनि घाम अस्ताएको हेर्न साहै मन पर्छ । थाह छ ?’
‘किन भन न ।’
‘किनकी तिमीलाई मन पर्छ त्यसैले ।’
‘नीलु मलाई मन पर्ने सबै कुरा तिमीलाई मन पर्छ त -‘
‘सतप्रतिशत ।’
‘मलाई त तिमीसँग एक पल पनि नछुटि्टएर बाँच्न मन पर्छ । ‘
‘अनि के म अरूसँगै बाँच्ने रहर गर्दै छु त ?’
‘भविष्य कसले देखेको छ नीलु ? के थाह हाम्रो बाटो कहिलेसम्म एउटै हुन्छ,
कहिलेसम्म हाम्रा सपना एउटै हुन्छन् ?’
‘के तिमी म बाहेक अरूसँग जीवन बिताउन सक्छौ ?’
‘त्यही सम्भावित पीडाले त म अचेल दिन प्रतिदिन चिन्तित छु ।’
‘तर राज म ढुक्क छु । तिमी बाहके दास्रो पुरुष मरो जीवनमा कोही हुँदैन ।’
‘नीलु म त्यही चाहन्छु, तिमी बाहेक दोस्रो युवती मेरो जीवनमा आउँदै नआओस् ।’
‘भो छाडिदेऊ यी कुरा, बरु राज एउटा कुरा भनिहाल्छु, मैले पनि क्यानाडाकालागि भीसा
अप्लाइ गरेकी छु तिमी अष्ट्रेलिया म क्यानाडा छिट्टै प्रक्रिया मिलाएर हामी एकै ठाउँमा
बस्नु पर्छ है ।’
नभन्दै राज, तिमी अष्ट्रेलियामा गयौ पढन् को लागि । मलै भीसा पाइन । पछि लागको
थियो, बरु तिमीसगँगै अष्ट्रेलियाकै भिसाको आवेदन भरको भए जान पाउँथे कि ? तिमी
आफूमात्र गएनौ राज त्यति बेला, मेरो सिँगै मन पनि लिएर गयौ । तिमी जाने दिन घरमा
ढाँटेर तिमीलाई बिदा गर्न एयरपोर्ट जाँदा मेरो आँखाबाट आशु थामिएकै थिएन । तिमी
पनि त निक्कै भावुक भएका थियौ त्यतिबेला । साँच्चै राज, त्यतिबेला ति म्रो आँखामा
टलपलाएको आँसु देखेर म निक्कै आहत थिएँ । मेरो सुन्दर संसार एकाएक ध्वस्त भएको
महससु गरें मलै । शुशभ -यात्राको लागि त्रि्रो गलामा सयपत्रीको माला पहिर्याइदिंदा राज !
म साह्रै रोएँ, तिमीले पनि त देखेका थियौ मेरो आँसु आफ्नो प्यारो मान्छेलाई सदा-सदाका
निम्ति विदा गरिरहेछु र उसबाट धेरै टाढा भइरहेको छु भन्ने पीडा बोधले साहै नराम्रोसँग
गाँजेको थियो मलाई । त्यसपछि एक अर्कासित छुटि्टने समय आयो । तिमी रुँदै हात
हल्लाउँदै गयौं, म मूर्तीवत् त्यहीं भावशून्य बनरे उभिइरहे । राज, मेरो जीन्दगीमा तिम्रो
भौतिक उपस्थिति त्यत्तिमै मात्र सीमित रहृयो । मानसिक रूपमा म सधैं तिमीसँग भइरहें,
सपनामा तिमी अनगिन्ती आश्वासन बोकेर आउँथ्यौ अनि जान्थ्यौ । मेरा लागि ति म्रो
अनुस्थिति यति भयावह थियो कि त्यस्को कल्पना गर्न पनि म अहिले सक्तिन । सुदूर देशमा
तिमी अनि म, म तिमीसँग मात्र फोनमा कुरा गर्न सक्थें, रुन सक्थें, सिकायत गर्न सक्थें ।
एकदिन कोही मानिस घरमा आए । खास खुस चलिरहृयो म त यन्त्रवत् बनिसकेकी
थिएँ । मानौं समवेदना भन्ने कुरा मबाट निक्कै टाढा छ । तिमी अष्ट्रेलियामा गएको तीन
वर्षपछि शेखरसँग मेरो विवाह भयो । न आग्रह न पूर्वाग्रह चुपचाप सबै आगतलाई तिमी
सम्झरे स्वीकादै गएँ । राज, तिमी मलाई स्वार्थी भन्न सक्छौ । निर्मोही भन्न सक्छौ मलाई
केही आपत्ति छैन, किनकी जानेर जीवनमा मैले कहिल्यै कुनै गल्ती गरेकी छैन ।
विवाह पछिको पहिलो रात उफ ! राज म तिमीलाई कसरी भनुँ ! शखेरसगँ म
कहिल्यै नजिकिन सकिन, आजको मितिसम्म पनि । त्यो रात पनि सम्पूर्ण रूपमा शेखरमा
तिमी भेटें मैले । आँखा चिम्लिएर सम्पूर्ण तिमीलाई भोगें र तृप्त भएर रमाएँ ।
वर्षौं पछि अनायस आज तिमीले मसगँ यसरी सेल फोनमा कुरा गर्यौ । मलाई थाहा
छैन, तिमीले कसरी मेरो नम्बर कहाँबाट पायौ ?
‘हेलो नीलु हो ?’
‘हजुर, को बोल्नु भयो ?’
‘म राज, ति म्रो आफ्नो मान्छे ।’
‘सरी, गलत नम्बर ।’
‘नीलु म ति म्रो राज भरखर पढाइ सकरे आएँ, थुप्रै अवसरलाई लात माररे ति म्रा
लागि आएँ ।’
‘सरी, म अब त्यो नीलु रहिन, म शेखरकी श्रीमती हुँ ।’
यति भनरे मैले फोन राखें । मलाई थाह छ राज यत्ति भनिसकेपछि, ति म्रो फोन
काटेपछि म कत्ति रोएँ कत्ति । मेरो मनको मान्छें मेरो आफ्नो मान्छे, मेरो प्रेम, राज ति म्रो
आवाजले मलाई फेरि पाँच वर्ष पछाडि धकेल्यो ।
नीलु म तिमी विना बाँच्दिन ।
राज, तिमी बाहेक को छ र मेरो –
नीलु, हामी कतै टाढा जाउ यो ठाउँबाट ।
म त घरबाट त्यही सोचेर आएकी ।
साँच्चै नीलु ?
हो राज ।
यसरी ख्याल ख्यालमा जिन्दगीको गहिरो नाता गाँसेका थियौं हामीले । बाह्र र चौध
वर्षका दुइ छोराकी आमा मलै जहिल्यै पनि आफूलाई ति म्रै आफ्नो मनको मान्छे मात्र
सम्भिmहे । मेरो हरके सुस्केरामा तिमी सधैं उपस्थिति रहृयौ मानसिक रूपमा । राज,
तिमी बिर्सेर म एकपल पनि बाँच्न सकिन । आज-भोलि कहिलकाहीं लाग्छ- म शेखरलाई
धोका दिइरहेकी छु, ढाँटिरहेकी छु, छलिरहेकी छु । चोखो सिन्दुरलाई बिटुल्याइरहेकी छु,
शेखरको चोखो पत्नी-प्रेममा अनावश्यक छल गरिरहेकी छु । अपराध बोधले त्यतिबेला
नराम्ररी चिथोर्यो मलाई जतिबेला शेखरले मलाई भनेका थिए ‘नीलु तिम्रो विगत सम्पूर्ण
रूपमा तिम्रो हो, त्यो बिगतसँग मेरो कुनै सरोकार छैन, न हक र अधिकार नै छ, तर मसँग
बिहे गरेपछिको सम्पूर्ण तिम्रो समय मेरो हो, मेरो समय तिम्रो हो । हिजो म पनि कहीं
कतै रमेको हुँला तर आज ममाथि तिम्रो पूरा अधिकार छ । न मैले अनि न तिमीले नै एक
अर्कालाई कुनै हालतमा पनि ठग्नु हुँदैनै, अब यो कुरालाई सधैं ख्याल गर्नु ।’ मेरो असहज
केही क्रियाकलापका कारण शेखरले मेरो विगतबारे यति भनेको दिन आकाश बादल फाटेर
छयाङग् भएको महससु गरें मैले । हो त यसरी हिजामात्र संझेर बसें आजलाई कसरी
चिन्न र बुझन सकिन्छ ? कसरी आजसँग बाँच्न पाइन्छ ?
हो, बिहे गरेको लगभग छ वर्षपछि मैले सुने तिमीले पनि बिहे गरेछौ । जति
भावुकता र आदर्शको कुरा गरे पनि यो समाजभन्दा पर हामी बाँच्न सक्दैनौ । यिनै
सामाजिक परिपाटी र संस्कारले हामीलाई मानसिक रूपमा सँधै अल्झाइरहेको हुन्छ ।
नातागोता, इष्टमित्र, परिवार, घर, साथी यी सबै-सबै पनि त हाम्रा जीवनका अपरिहार्यता
हुन् । बडो खुसी थिएँ म बाहिर, तिमीले बिहे गरेको सुन्दा । तर भित्र एउटा जलन जस्तो,
इर्ष्या डाह जस्तो के-के सल्बलाइरहेको थियो, त्यो रात म मा । आफूले आफ्नो मात्र
ठानेको मान्छेको जीवनमा केही आएको छ प्रतिष्पर्धी बन्न जस्तो लागेको थियो त्यतिबेला
र पनि तिमी अब कम्तीमा एक्लो भएनौं भनरे पनि एक किसिमको ढुक्क बनेकीं थिएँ ।
क्रमशः दिनहरू बित्दै गए, मेरा छोराहरू हुर्कदैं गए, पारिवारिक व्यस्तताले परिपक्व
बनाउँदै लग्यो । बीच बीचमा खबर खै कसले ल्याउँथ्यो कुन्नि, तिम्रा बारेमा झन् सुन्न
थालें । कहिले सुन्थें तिमी अब नेपाल नबस्ने रे, उतै अष्ट्रेलिया फर्कने । कहिले सुन्थें,
श्रीमतीसगँ सम्बन्ध रा म्रो छैन रे । कहिले सुन्थें तिमीबाट बच्चा हुँदैन रे….आदि इत्यादि ।
आफूले जीवनमा सर्वाधिक माया गरेको मान्छेको बारेमा त्यस्ता कुरा सुन्नु पर्दा म भित्रदेखि नै आहत हुँन्थें ।
भेटेर तिमीसित कुरा गरेर तिमीलाई सान्त्वना दिन मन लाग्थ्यो तर
शेखरका कुराले यी सबै गर्न मलाई आफ्नै मनले रोकेको थियो । हल्लाहरू सुन्थें सहन
नसकरे रुन्थें घन्टौं तिम्रो तस्वीर सँगैं ।
एकदिन फेरी अचानक सुनें तिमी पत्निसहित अष्ट्रेलिया उड्यौ रातहतको सास फेरें
मैले । कमसेकम अब मन बिझाउने कुरा त सुन्नु पर्दैन । आँधी थामिएपछिको वातारवणझै
एक किसिमले ढुक्क भएँ म तिमी अष्टे्रलिया गएकोमा । उनै, उस्तै उस्तै लाग्ने साँझहरू
धेरै आए, धेरै गए । थुप्रै, थुप्रै पल्ट घाम उदाए अनि अस्ताए । मानसिकरूपमा ती सबै
साँझहरूमा ति म्रो मीठो सम्झनाले मनलाई आहत गर्थें र पनि भोगाइको एउटा पीडामय
तर सुखद स्मृतिलाई मैले सँधै सँधै स्वीकृति थिएँ ।
जीवन सलल नबगे पनि रोकिएको पनि थिएन, छोराहरू बाह्र चौध वर्षका भैसकेका
थिए । शेखर साहै परिश्रमी भएका कारणले सरकारी उच्च ओहोदामा पुगिसकेका थिए ।
जीवन सामान्य रूपमा बितिरहेको थियो । अब कुनै खालको बाधा र अप्ठेराले मलाई
मानसिक आघात नगरोस् भन्ने पक्षमा म थिएँ । राज तिमीले राज गरेको भित्री मन भने
सधैं तिमीले मात्र हडप्यौ, अहँ त्यहाँसम्म पुग्न शेखरले कहिल्यै पाएनन् । म के गरुँ,
उपायहीन जस्तै म । अनायसै पन्ध्र वर्षपछि फेरि तिमीले मेरो खाटा बसेको घाउको खाटा
उप्काउन मेरो सेलफोनको घन्टी बजायौ ।
‘नीलु म तिमीबाट टाढा फरक भूगोलमा बाँच्न सकिन, म फर्केर आएँ नीलु ।’
‘राज यो तिमीले रा म्रो गरेनौ, अब हामी दुइको फरक संसार छ ‘।
‘कसरी भन्न सक्छ्यौ तिमी हाम्रो फरक संसार छ भनेर, एउटै घाम एउटै जून एउटै
आकाश एउटै धरती अनि हामी दुइको मुटुमा सल्बलाउने एउटै संवेदना ।’
‘राज, कृपया अन्यथा नसम्झ, म अब शेखर र दुइ छोरालाई छल्न सक्तिन, ढाँट्दिन,
तिमी फर्क अफ्नै दुनियामा, मलाई मेरो दुनियामा रम्न देऊ ।’सससससससस
‘नीलु जसको पे्रममा, मायामा मैले सबै अवसरलाई गुमाएँ, लात मारें, जस्लाई बिहे
गरे उसको मायाले पनि मलाई जित्न सकने, म जीवनमा तिमी बाहके कसैको हुन सकिन
नीलु, आज त्यही मेरी नीलु भन्दैछे हाम्रो संसार फरक छ ।’
‘हो राज, अब मेरो जीवनमा मेरा श्रीमान् शेखर, छोराहरूअनि मेरो घरमात्र छन् ।
तिमी अब मेरा स्मृतिमात्र बनेका छौं – मेरो विगतको । विगतको स्मृतिमा डुबेर वर्तमानलाई
कसरी भत्काऊँ म राज – यदि साँच्चै तिमी मलाई माया गर्छौ भने नआऊ तिमी मेरो
नजिक नआउ ।
वर्तमानमा । त्यो मीठो हिजो सँगै गाँसिएको हाम्रो सम्बन्ध सधै मीठो स्मृति बनिरहोस्,
मीठो सम्झना बनिरहोस् तर आजको परिस्थिति फरक छ राज, म आफ्नो सिन्दुरमाथि
खेलवाड गर्न सक्तिन, दुइ छोराको मायालु बाबालाई धोका दिन सक्तिन ।’
‘नीलु, मलाई तिमी यसरी परिवर्तन हौली लागेकै थिएन, तिमी जे भन म तिमीबाट
एकपल पनि टाढा बाँच्न सक्तिन ।’
‘राज बाँच्न सिक्नुपर्छ, बाँच्न सक्नु पर्छ तिमीले अनि मैले पनि, जीवन मात्र
भावुकता होइन राज, यथार्थ पनि हो ।’
‘नीलु, म तिमीबिना कहीं रम्न सकिन ।’
‘राज, कृपया मलाई अब यसरी फोन नगर, मलाई बाँच्न देऊ ।’
यति भनरे मैले फोन काटें, सत्य जुन घाउ सञ्चो होस् भनेर पन्ध्र वर्षदेखि प्रार्थना
गरेथें त्यो घाउ फेरी बल्झेको अनुभव गर्दैछु म । राज तिमीले मलाई उही पन्ध्र वर्ष
अगाडि धकेल्न खाजेका छौ, तर म बारबार यसरी कमजारे बनिरहनु हुँदैन । तिम्रो मेरो
सबैको सुखद् पारिवारिक जीवनका लागि यी कुरा पाच्य हुँदैनन्, अब ।
बाँच्नका लागि थुप्रै थुप्रै पल्ट सम्झौता गर्नुपर्छ मान्छेले यो अर्थमा अब तिमीले पनि
सम्झौता गर्नुपर्छ । चाहे जतिको सबै कुरा संसारमा पाइँदैन र नपाइँदाका क्षणमा
आफूलाई सम्हाल्न सक्ने क्षमता प्रत्येक मान्छेमा हुनुपर्छ । माया गर्नु साथ खोज्नु र रोज्नु
-यी नितान्त फरक कुरा हुन् । जस्तोसुकै स्थिति र परिस्थितिमा रहेपनि माया
गर्नलाई कसैले छेक्न सक्दैन । साथ छुट्दैमा माया र नाता छुट्छ भन्ने कुरा तिमी नसोच
राज ! मेरो जस्तै परिवार ति म्रो पनि छ, आफ्नो परिवारलाई इज्जत र माया गर्न नसक्नेले
कसरी अरूलाई माया गर्न सक्छ ? तिमी तिम्रो संसार अर्थात् परिवारमा रमाउन सिक ।
मैले त आफूलाई यस कुरामा अभ्यस्त बनाइसकेकी छु । हो, कुनै समय यस्तो पनि
लाग्थ्यो, गाह्रो मात्र होइन सम्भवनै छैन तिमी भन्दा पर बाँच्न । तर समयले जसरी पनि
सबै कुरा सहज बनाउँदो रहेछ, ठूलो औषधि रहेछ समय !
राज, न तिमी न म दुबैले एक अर्कालाई अब कुनै पनि खालको मानसिक पीडा दिनु
हुँदैन । हाम्रो संसार निक्कै फरक भैसकेको छ । ति म्री श्रीमती र मेरा श्रीमानले, सधैं
हामीबाट चोखो मायाको अपेक्षा गरिरहेका छन् अब नछलौं उनीहरुलाई, नढाँटौं, पूर्ण
इमान्दार पति र पत्नी बनेर जीवनका अरू उकालाहरू उक्निलु छ हामीलाई । जीवनलाई
सहज र सरल बनाउनका निम्ति आफ्ना सयौं सपनालाई जलाउनु पर्दो रहछे, अर्काको
खुशीको निम्ति बाँच्छु भनरे प्रण गरिसकपछि आफ्नो स्वार्थलाई त त्याग्नै पर्यो नि । हामी
दुइको कारणले अरू धेरैको जीवनमा दुःख नआइपरोस् । हो राज विर्सेर बाँच्न सक्ने क्षमता
तिमीमा पनि हुनुपर्छ म मा पनि । किनकी जनु कुराले सधैं घोचिरहन्छ, दुखाइरहन्छ
त्यसलाई मनबाट निकालेर फालेकै बेस । म चाहन्छु तिमी परिपक्व र इमान्दार अनि
मायालु श्रीमान् बनेर बाँच अब । घरिघरिका सम्पर्कले अनावश्यक पीडा दिइराख्छ
मनलाई । अब कहिल्यै नभेटौं हामी । न त फोनमा नै कुराकानी । भो राज, जतिञ्जले
नजिक थियौं, थियौं, अब कुनै गल्ती नगरौं । बिर्सेर बाँचौं सदा-सदाको निम्ति एक
अर्कालाई । शायद हाम्रो प्रेमले यही नियति पाएको थियो । राज ! अन्त्यमा एउटा कुरा फेरी
भन्छु है- बिर्सेर पनि झस्काउनका निम्ति फोन नगर । अनि कहिल्यै पनि मेरा अगाडि
नदेखिनु है राज, यो मेरो प्रेमिल आग्रहलाई स्वीकार गरिदेउ है ।।
(स्रोत : Nepalipost.com)