९ बजे नै अफिस खुल्छ, १० बजे त पुग्नै पर्यो
भलाकुसारी हाकिमलाई, एक घण्टा त दिनै पर्यो,
“के छ ?”, “सञ्चै ?”, “नमस्कार” भन्दैमा १२ बज्दछ,
पत्रपत्रिका उल्टाउँदा, घडीले एक भन्दछ !
भोक लाग्छ, खाना सस्तो, मीठो खोज्दै मेनु पढ्यो,
अर्डर दियो, कुर्यो, खायो, फिर्ता हुँदा दुई बज्यो,
मेचमा बस्न पा’छैन, फोनको टोनले ३,
४ चाँडै किन बज्थ्यो, चिया चुरोट न लि’कन !
बाँकी रह्यो मात्र एक घण्टा थकाइ नि लाग्न थाल्दछ,
आजै कति मरिमेट्नु? भोलि पनि त खुल्दछ !!
(स्रोत : Pahilopost.com)