~चट्याङ मास्टर~
न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ,
आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ,
भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,
आफू दुब्लाउँदै जान्छु, ऊ चैं किन मोटाउँछ ?!
नेताले खोल्न सक्ने एक, उसैको मुख मात्र हो !
नेताको मुख खुल्नाले, जनताको देश बन्द भो !!
रोज्नुपर्ने बेला आयो, नेताको मुख कि देश ?
देशै बन्द हुनुभन्दा, नेताकै बन्द होस् मुख !!
(स्रोत : Saptahik – Kantipur)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.