~सुमन सुस्केरा~
उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको आलस्यता थियो , बोलाईमा भावुकता थियो । मलाई त्यो क्षण उसको अनुहार हेर्न मन पनि लागेन । किन कि म आफै उसको त्यो अवस्था देखेर रुन्छु कि झैँ भयोे, आँखाका आँसु झरी हाल्छन् कि झैँ । हुन त
उसको र मेरो केही सम्बन्ध थिएन । यसरी यस्ता घटना त मेरा लागि सामान्य नै हुन्थे । यो ठाउँमा हरेक दिन कतिका सम्बन्ध जोडिन्छन् कतिका यसैगरि तोडिन्छन् । किन किन यो सम्बन्ध तोडाई कताकति मलाई फरक लागि रहेको थियो । जिल्ला अदालत कति धेरै मान्छे न्यायको लागि अदालतसम्म धाउने गर्दछन् । कतिको धाउँदा धाउँदा ज्यान नै गएका उदाहरण पनि धेरै छन् । सामान्य झै-झगडा देखी हत्या, आतंक वलात्कार सम्मका घटना त्यो दिन अदालतमा थियो । माथि ईजलाशमा बहस चलि रहेको थियो । बाहिर गाईगुई मान्छेका आवाज भिडभाड थियो त्यो दिन अदालत परिसरमा । हुन पनि तराईमा मुद्दाका चाप बढीनै हुने गर्दछ त्यै भएर पनि पक्ष र प्रतिपक्ष अर्थात अदालती भाषामा वादी र प्रतिवादी दुबैको निकै भिड थियो । हो त्यही भिडमा देखिएको दृश्यमा एउटा फिल्म सुटिंग जस्तो देखियो । प्रतिवादीले हातमा पैसा निकालेको थियो छेउमा एउटीे युवती अँधेरो मुहारमा थिइन् । वकिल यता र उति दौडी रहेका थिए । हुदै हुदैन यो काम हुदैन मैले यो काम गर्न सक्दिन वकिलको मुखवाट एकाएक निस्किन थाल्यो । वकिल फटाफट गेटवाट वाहिर निस्किए, वकिलको पछि पछि केटी दौडिरहेको दृश्य मेरो आंखा अगाडी छर्लंग थिए ।
त्यो दृश्य राम्रैसँग नियालें युवतीलाई हेरेको त केही समय अगाडी मसँग कुरा गर्ने मेरै साथी रहिछ । आज भन्दा केही दिन अगाडी मात्र हो उसको र मेरो चिनजान भएको । म पनि रेडियोमा काम गर्ने भएको कारणले पनि उसको र मेरो सम्बन्ध गाढा भएको थियो । उ या म मध्य एक जनाले रेडियोमा काम गरिदैन थियो भने उसँगको मेरो चिनजान हुने थिएन होला । म कहाँको उ कहांको उसको र मेरो छोटो चिनजानको लामो सम्बन्ध थियो । छोटो समयमा यति नजिकैको भएका थियौ कि हामी बिच सबै कुरा हुने गर्दथे । उसले भनेकी थिई सर मेरो सम्बन्ध बिच्छेद हुँदैछ मलाई सहयोग गरिदिनु है भनेर उ घरवाट कसैलाई नलिई अदालतसम्म आएकी थिई । हुन पनि म आफै अदालतमा पनि काम गर्ने भएर होला, हुन्छ भने । हामी बिचको सम्बन्ध भनेकै एउटा रेडियोमा काम गरेको एउटै जिल्लाका संचारकर्मीको नाता सबै भन्दा गहिरो हुदो रहेछ । अर्थात विस्वास गर्न सकिने खालको । हैन भने उसले नभनेको पनि हैन तपाईंले सहयोग गर्नु हुन्न भने मैले वुवा आमालाई लिएर आउँछु भनेर । किन ल्याउने त म छु वकिल साव हुनु हुन्छ भनेको भएर पनि उ एक्लै आएकी थिई । उसले मलाई त्यो दिन बिहान ७ बजे फोन गरेकी थिई । साथीको नाता भन्छन् नि गाँस छोड्नु साथ नछोड्नु भन्ने त्यही चरितार्थ भयो ममा पनि । त्यो समय त्यो परिस्थीती मेरो अगाडी नाचि रहेको थियो । म पछि उसले आफ्नो पक्षको वकिललाई फोन गरेकी थिई रे । हेर्नुस सर, मैले तपाईलाई फोन गरेपछि मात्र आफ्नो वकिललाई फोन गरेकी थिएँ उसले मलाई भनेकी थिई । हो त्यो समय उसको सहारा कोही पनि थिएनन् । केवल उसको पक्षको वकिल मात्र थिए ।
ईजलाशले पक्ष र बिपक्षलाई खोज्यो । माथिवाट पुकार भयो अर्थात वोलावट भयो ईजलाशले बादी र प्रतिवादी झिकाउन आदेश गर्यो । फलाना पलाना फौजदारी ईजलाशमा हाजिर हुनुहोला भनेर बोलाएका रहेछन् उनीहरु बिचको सम्बन्ध बिच्छेदको त्यो अन्तीम घडी थियो । फाँटवालाले सम्बन्ध बिच्छेद गर्न मिलापत्र बनाएर लग्दै थिए । बादी ती युवती र प्रतिवादी उनका त्यतिन्जेलसम्मको श्रीमान पनि सँगै थिए । सायद त्यही नै थियो होला उसलाई मेरी श्रीमती हो भन्ने उसको अन्तिम दिन । फाँटवाला न्यायाधिशको छेवैमा थिए ।
“तपाईले सम्बन्ध बिच्छेद गर्दै हुनुहुन्छ तपाईलाई थाहा छ ?” – न्यायाधीशले सोधे ।
“छ, श्रीमान मलाई यो केटासँग बस्नु छैन ।” -उसले न्यायाधीशको सामु आफ्नो भनाई राखी ।
“लिन दिन केही छ ?” – न्यायाधीशको प्रश्न थियो ।
“एकलाख हो श्रीमान् ।” – उसले मलाई एकलाख दिने भएका हुन् ।
“त्यो रकम तपाईले पाउनु भयो त ?”
” छैन श्रीमान ।”
“त्यसो भए त्यो रकम उसलाई दिनुस् ।” – न्यायाधीशले भने ।
न्यायाधिशले आदेश लेख्दै थिए केटाले त्यो केटीको माग बमोजिमको रकम दिने छाँट देखाएन । पहिला आदेशमा सही गर पछि मात्र दिन्छु भन्न थाल्यो । वकिल रिसाए र ईजलाशवाट बाहिरिएका रहेछन् पछि मात्र थाहा भयो । त्यो घटनाको वास्तबिकता । म हेर्दै थिएँ त्यो दृश्य एउटा नाटकको मञ्चन हुदै थियो । केटाको हातमा एक लाख थियो उ कसलाई दिउ न कसलाई दिउ भनेर अलमलिएको अवस्था थियो । हातमा भएको त्यो एकलाख कहिले वकिल तिर तेस्र्याएको देखिन्थ्यो त कहिले वकिलको फर्ममा काम गर्ने कर्मचारी तिर दिएको जस्तो देखिन्थ्यो । ईजलशवाट वाहिरिएका वकिललाई केटीले फर्काउदै थिई – “अंकल प्लीज छोडदिनुस् भयो सब छोडदिनुस् । जाउँ गएर सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडी बढी सकेको छ हामीले पुरा गर्नु पर्छ दिन मन छैन भने नदिओस् ।” तर वकिल मानी रहेका थिएनन् । यतिसम्म आउँदा जति नराम्रो हुने हो भै सक्यो अब यो भन्दा नराम्रो गर्नु छैन । नराम्रो हुन्छ न्यायाधीशको अगाडी भनेर त्यो युवतिले वकिललाई पुन पर्काएर ईजलाशमा लिएर गईन् ।
इजलासमा न्यायाधीशेले सोधे- “के हो कुरा मिल्यो त ?”
” मिल्यो श्रीमान ।” – वकिलले जवाफ दिए । केटाले एकलाख रुपैया केटीलाई निकालेर दिए ।
सुमन सुस्केरा
रानीवास – २, सिन्धुली
हाल : राजधानी दैनिकका सर्लाही सम्वाददाता,
सर्लाहीमा रहेको ढुकढुकी एफएम ९५.२ मेगाहर्जको समाचार प्रमुख
sumansuskera@gmail.com
(स्रोत : Bimamyagdi.com )