लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~

पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल जान्थे । उनीहरूलाइ जंगल जानलाइ चर्को घामपानी र कुनै हुरीबतासले छेक्दैनथ्यो । बारम्बार जान्थे, नजाउन पनि के गरुन, जानै पर्ने बाध्यता थियो ।

एक दिनको कुरा हो, रातभरी पानी परेको थियो । विदूर र उसको बा सुतिरहेका थिए । उसको आमा सबेरै उठी नाम्लो र हँसिया लिएर घाँस काट्‍न गइन । जमीन पुरै गलेर जहाँ टेक्दा नि गाडिने, हिलैहिलो, चिप्लो भएको थियो रातभरीको झरीले । त्यस्तै पनि मनभरी कुरा खेलाउँदै बडो मुस्किलले भारी पुर्‍याएर फर्किन । तर अपसोच आउँदा त गोठ नै थिएन, गिलो जमिन सँगै भासिएर गएछ । न छोरा न बुढा न गोठ केही देखिनन् । उनको जीवनमा एक्कासी कालो बादलले ढाक्यो । उनले यही झरीमा श्रीमान गुमाइन् र छोराको एक आँखा पनि गुम्यो । उनी आकाशबाट परिरहेको झरी सरी रुन थालिन् । रोएर मात्र के गर्ने ! दैवको खेल सँगै उनी सम्हालिन् र सदाको झैँ दिनचर्या बिताउन थालिन् ।

केही समय जसोतसो त्यहीं बिताइन् तर विडम्बनाको कुरो समय बित्दै जाँदा उनलाइ समाजले अनेक थरी श्राप र गाली दिन थाले, दोष लगाउन थाले । “पोइ टोक्कानी, अलिच्छिना, मर्न नसकेको” आदी इत्यादि । जीवन साथी विनाको एक्लो जीवनको पीडा र समाजले गर्ने तिरस्कार सहन नसकेर मध्यरातमा छोरालाइ काखी च्यापी गाँउदेखि धेरै टाढाको शहर गइन् । जहाँ उनलाइ विधुवा भनेर कसैले चिन्दैनथे ।

शहर त गइन् । त्यहाँ पनि उनको जीवनमा अर्को संघर्ष थपियो खाने, बस्नेको ठेगान लगाउने । जसोतसो सबै व्यबस्था गरिन् । छोराको पनि उपचार गरिन् । तर उनले गरेको उपचार उनलार्इ पूर्ण लागेन किनकी छोराको एउटा आँखा थिएन । उनलाइ त्यही कुराले हरक्षण सताउन थाल्यो । छोराको एउटा आँखा नभएको हेर्न नसकेर आफ्नै एउटा आँखा डाक्टरको सहयोगमा छोरालाइ आँखा हालिदिइन् । उनले एउटा आँखाको सहारामा इट्टा बोक्ने, बालुवा चाल्ने काम गर्थिन् । छोरा पनि ठुलो हुँदै गयो । आफुले कमाएको पैसाले राम्रो स्कुलमा भर्ना पनि गरिन् छोरालाइ ।

उनको कामको ठेगान नहुने र छोराको हेरचाह गर्ने समय नभएकोले छोरालाइ स्कुल कै छात्रावासमा राखी पढाउन थालिन् । धेरै दिन पछि उनी छोरालाइ भेट्‍न स्कुल पुगिन् । उनलाइ देखेर सबै हाँसे । विदुर भने रिसायो । विचरी ! उनलाइ के थाहा मलाइ देखेर हाँसे भन्ने कुरा । फेरी एक दिन छोराको रकम तिर्न स्कुल पुगिन् । त्यति बेला विदुर डौडेर आयो र आमालाइ गाली गर्न थाल्यो- ‘मेरो स्कुलमा नआउनु भनेको होइन सबैले कानीको छोरा भनी जिस्काए’ भन्दै झर्क्यो । त्यही दिन देखि उनी फर्केर पनि गइनन् र अरूकै हातमा उसको लागि खाने कुरा र धेरथोर पैसा पठाइदिन थालिन् ।
विदुर पढ्‍नमा तेज थियो । एस. एल. सी. पनि पहिलो श्रेणीमा पास गर्‍यो । उ एस. सल. सी. पास गरे लगत्तै छात्रबृति पाएर अमेरीका पढ्‍न गयो । अमेरीका उड्‍ने बेलामा आमालार्इ भेटेन बरु अरू क-कसलाइ भेट्‍नु थियो सबैलाइ भेटेर बिदा मागी गयो । अमेरीकामा पनि उसले धेरै राम्रो संग पढ्‍यो । उसले पढ्‍ने कलेज नै टप्यो । त्यसैले त्यही कलेजमा काम गर्ने अवसर पायो ।

दिनहरू बित्दै जाँदा आफू जन्मेको ठाँउ त के जन्म दिने आमा पनि भुल्दै गयो । त्यहीँको रमझम वातावरणमा घुल्दै गयो । त्यहीँ भेटिएकी सुन्दरीसँग विहे पनि गर्‍यो र दुइ सन्तान पनि भए । उसका दिनहरू बडो सान्दारको साथ बित्न थाल्यो । यता आमा भने उसकै यादमा छट्‍पटिदै थिइन् । एक दिन विदुरकी आमालाइ छोरालाइ भेट्‍ने तिव्र रहर जाग्यो । “म डाँडा माथिको घामको के भर जतिखेर जे पनि हुन सक्छु एक पटक छोरालाइ भेट्‍न पाए हुन्थ्यो” भनी बुद्धिजिवीहरूसँग सहयोग मागिन् । उनीहरू कै सहयोगमा अमेरीका जाने भइन् । ६ महिनाको भिसा पाइन् । उनी खुशीले विभोर हुँदै अमेरीका उडिन् ।
छोराकै निम्ति चाउरीएका अनुहार, कुप्रो परेको ज्यान, थरथरी काँपिरहेका हात खुट्टा, सुकेका ओठहरू, झोलिएका आँखाहरू, फुलेका कपाल लिएर उनी एकाविहानै छोराको ढोकामा पुगिन् । उनको मनभरी अनेक थरी कुरा खेलिरहेको थियो । स्कुल भेट्‍न जाँदाको क्षण सम्झिन् । “हैन अहिले छोरा ठुलो भयो । बुझ्ने भाको छ, मलाइ देख्यो भने अंगालो मार्न आउँछ होला ।” भन्दै सोच्दै थिइन् ।

उनी एकतक उभिरहिन् । उनका झोलिएका आँखाले छोरा खोजी रहेका थिए । विदुरका बच्चाहरूले उनलाइ देखेर हाँसीरहेका थिए । विदुरकी श्रीमतीले विदुरलाइ बोलाउँदै भनी “ढोकामा माग्ने बुढी आ’छे, दुइ चार पैसा दिएर पठाउ” । आएर हेर्दा ढोकामा आफ्नै आमालाइ देखेर छक्क पर्‍यो अनि उसको पारो चढ्‍यो । आमालाइ रिसाउँदै गाली गर्न थाल्यो- “कसरी यहाँ आयौँ ? कहाँ बाट मेरो ढोकामा आउने आँट गर्‍यौ? खुरुक्क जाउ तिम्रो बाटो ।” उनले म तिम्रो आमा हुँ भन्न नपाउदै उसका ह्दय, मनमुटु छेड्‍ने वाणरुपी शब्दहरूले गर्दा ढोकैबाट फर्किन् ।

६ महिना त के ६ दिन पनि नबित्दै फर्किन् । सबै मान्छेहरू छक्क परे कति छिटो फर्की भनेर । विचरीको व्यथा कसलाइ पो हुनु थाहा ! सबैले सोध्दा पनि भनिनन् । तर एउटी उनी सँगैको दौँतरिलाइ भने सबै कथा व्यथा, गुनासोहरू पोखेकी थिइन् ।

एकदिन विदुरलाइ उ हुर्किएको गाँउ-टोलले उसको जेहेन्दारको कदर गर्दै सम्मानको लागि निमन्त्रणा पठाएछ । उ स-परिवार सहित नेपाल आएछ । उ आउँदा टोलमा निकै चहलपहल थियो । उ मनमनै जति खुशी थियो उति कानी आमालाइ भेट्‍नु पर्ने भो भनी दु:खी पनि थियो । सम्मान कार्यक्रम सिद्धियो उसले आँखा डुलाइरह्यो तर कानी आमालाइ देख्न सकेन । उ अचम्ममा पर्‍यो र मनमनै सोच्यो “मलाइ भेट्‍न अमेरीका पुग्ने कानी आमा आज यहीं हुँदा पनि किन नआको होला?” उसको मनभरी उकुसमकुस भइरह्यो । र आमाको दैाँतरीलाइ सोध्यो- “ती कानी आमा कहाँ गइन् ?” दौँतरीले गह भरी आँसु झार्दै भनिन्- “कसरी तिमीले आफूलाइ जन्म दिने आमालाइ कानी भन्न सकिराछौ ? तिम्री आमाको आँखाले नै तिमीले हेरीराछौ” भन्दै सबै कुरा बेलिविस्तार लगाइन् । “तिम्री आमा विरामी पर्दासम्म पानी दिने मान्छे पनि थिएन । तिम्रै यादमा छट्‍पटिदैं त्यहीँ प्राण गयो । प्राण जाने बेलामा छोरा विदुर ! छोरा छोरा भन्दै थिइन् । प्राण गयो ठीकै भयो साह्रै विजोक थियो । तिम्रो आमाले खुशी र सुखको अनुभुति गर्न कहिल्यै पाइनन् । तिमी पनि एक्लै छोडेर गयौ ।” विदुर मन ठाम्न नसकेर डाँको छाडेर रुन थाल्यो । उसले आमा गुमाइसकेको थियो चाहेर पनि उ जन्म दिने आमा पाउने वाला थिएन । आफ्नो लागि आमाले गरेको बलिदान र त्याग बारे बल्ल राम्ररी थाहा पायो । आमाको आँखाले आफुले संसार हेरीरहेको थियो । यो सबै सम्झेर पछुटाउन थाल्यो । ‘मैलै आमालाइ किन यसरी वेवास्ता गरेँ’ भनेर उ रुने कराउने र पश्चताप गर्न बाहेक अरू उपाय केही थिएन किनकी उसको आमा सदाको लागी यो धर्तीबाट विदा भइसकेकी थिइन् ।

हिरामोती जुग्जाली
बिम-३, म्याग्दी
ritu_jugjali2000@yahoo.com

(स्रोत : Bimamyagdi.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.